लोडसेडीग गर्दिन भनेर भनेको रैछ बाबुरामको सरकारले ! जनताले पत्यायेछन ! पहिला गाइजात्रा तथा होलि बर्षमा १/१ चोटि मात्रै आउथ्यो तर २०४८ साल देखि ३६५ दिन नै छ ! जब ३६५ दिन नै गाइजात्रा तथा होलि छ भन्ने कुरा थाहा पाउँदापाउँदै पनि गाइजात्रे सरकारको कुरा पत्याउने ? हिजो पन्चेत्कालमा ब्याट्री बाट घरमा जोडेको चिम बल्छ र इन्भर्टर भन्ने के हो थाहै थिएन ! मर्स्यान्ग्दी बहुदल आयेसी बनेको ! रा.प्र.पा. को अध्यक्ष पशुपति सम्सेर ज.ब.रा.लाइ सोध्नुस तपाइँ बिजुली मन्त्रि हुँदा बर्षमा कति चोटि लोड सेडिंग गर्नु भो भनेर ! उहाले जवाफ दिनु हुन्छ .. मर्मतको बेलाको २/४ घण्टा बाहेक १ दिन त परे जावस १ मिनेट पनि गरिन ! अहिले बहुदल आयेसी थुप्रै आयोजना सम्पन्न भै सक्यो तर पनि लोड सेडिंग ? बहुदल आइ सकेपछी पनि मध्यावधि निर्वाचन पश्चात रा.प्र.पा.को सु.ब.था. र चन्दले सरकार बनाको थियो ! त्यो बेला पनि लोड सेडिंग न्यून गरेको थियो भने जनता लाइ दिने बिजुली बिहार तिर त पठाका छैनन ? रौतहटको पारि बैरगनिया तिरका छिमेकीले नेपालको बत्ति बाल्न पाएन भनेर सिमा थुनेकै हो क्या र अनि अब त थाहा भो होलानी पंचायत फालेको नतिजा ! पंचायत आओस भनेर म भन्दिन किनभने फेरी पंचायत आयो भने धेरै बुद्धिजिबी हरु बेरोजगार हुन्छन ! बिधार्थी, मजदुर तथा कर्मचारीहरुलाइ उचालेर आफ्नो दुनो सोझ्याउन पाउदैनन ! पंचायत भनेको निरंकुस ब्यबस्था हो नि ! त्यो व्यवस्थाले निजीकरण भन्दै सरकारी सम्पति बेचेर हाम गर्दैनथ्यो ! धेरैले भन्दा रैछन अन्याय भो, यस्तो भो, उस्तो भो तर यस्तो अत्याचार कहिले सम्म सहेर बस्ने हो भनेर चैँ किन भन्दैनन् ? म त भन्छु देख्यौ नेपाली जनताहरु हो बि.पी.को समाजबाद, माओ,लेनिन हरुको कम्युनिस्ट ब्यबस्था कस्तो हुँदो रैछ ? अनि कस्तो लाग्यो त नया धर्मनिरपेक्ष गणतन्त्रे नेपाल ?
Home »
» कस्तो लाग्यो त नया धर्मनिरपेक्ष नेपाल ?
कस्तो लाग्यो त नया धर्मनिरपेक्ष नेपाल ?
Written By खांट्टी कुरा on Wednesday, November 14, 2012 | November 14, 2012
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment