Home » » स्वतन्त्र चुनावी सरकार गठन हुनुपर्दछ !

स्वतन्त्र चुनावी सरकार गठन हुनुपर्दछ !

Written By खांट्टी कुरा on Saturday, October 27, 2012 | October 27, 2012

अहिले भर्खर कालिका एफ.एम.बाट स्वतन्त्र व्यक्तिहरुबाट निर्वाचित सरकार गठन गर्नु पर्छ भन्ने क.प्रचण्डको ताजा बयान प्रसारित भयो ! यसको मतलब नेपालका सबै राजनैतिक दल तथा पार्टी अनी तिनका शिर्ष नेताहरु र त्यसमा म स्वयम असफल भए भनेर क.प्रचण्डले स्वीकार गरे भनेर बुझ्ने कि नबुझ्ने ?  क.प्रचण्डले आज बोलेको कुरालाई लागु गर्ने हो भने त्यसमा कांग्रेस तथा एमालेलाई किन आपत्ति ? आफ्नो नेतृत्वमा सरकार गठन गर्यो भने बहुमत हासिल गर्न सकिन्छ भने त्यो आज भन्दा २० बर्षे पुरानो बिहारी रणनिती के सधै भरि लागु हुन्छ ? के नेपालको जनता अब पनी २० बर्ष पुराना मनस्थितिका नै छन त ? हिजो पुरानो पंचायती ब्यबस्थामा पनी चुनावी सरकार जहिले पनी स्वतन्त्र व्यक्तिकै हुन्थ्यो ! स्वतन्त्र व्यक्तिको सरकार भयो भने चुनाउमा धाँधली गर्न पाइन्न ! धाँधली नगरे चुनाउ जितिन्न ! आफनै पार्टीका कार्यकर्ताले धरी अब भोट दिने मनस्थिति बनाएका छैनन ! के दियो २३ बर्षमा नेताहरुले जनतालाई ? गाँस, बाँस, कपास र औषधी त परे जावस जनताको सुरक्षाधरी गर्न सकेनन भने कुन मुख लिएर जनताको अगाडी मुख देखाउन आउछौ ? हिजो खालि खुट्टा हिड्ने हरुले गगनचुम्बी महल र सयर गर्न लाइ विलासी गाडी जोड्न भन्दा अरु के सक्यो तिमि नेता तथा तिम्रा हनुमानहरुले ! आज भने क.प्रचण्डले एकदम सहि बोले र यसमा हामि जनताहरुको पूर्ण समर्थन छ ! स्वतन्त्र चुनाबी सरकार सर्बोच्च अदालतको अवकास प्राप्त प्रधानन्यायाधिस र नागरिक समाजका बौद्धिक व्यक्तिहरु बाट गरिनु पर्दछ तर नागरिक समाज भन्दैमा बिदेसिका डलरमा बाचेका हरु चैँ हुन्नन है !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger