Home » » निर्मलालाई न्याय दे सर्खार

निर्मलालाई न्याय दे सर्खार

Written By खांट्टी कुरा on Saturday, September 15, 2018 | September 15, 2018


घरबाट साथिको घरमा गएकी कन्चनपुर जिल्ला  भिमदत्तनगर नगरपालिका २ उल्टाखामकी निर्मला पन्त अकस्मात बेपत्ता भईन्। कक्षा नौ मा अध्ययनरत निर्मला घरबाट आफ्नो साथीको घरमा पढ्न भनि निस्केकी थिईन । अबेरसम्म घर नफर्केपछि परिवारका सदस्यले खोजविन गरे । उनको कहि कतै पत्तो लागेन । त्यसको दोस्रो दिन निर्मलाको शव अर्धनग्न अवस्थामा भिमदत्तनगर नगरपालिका १८ निम्बुखेडाको एक उखुबारीमा फेला पर्यो ।
निर्मला पन्त हत्याकाण्डलाई लिएर सदरमुकाम कन्चनपुरमा पटक पटक ठुलै आन्दोलन भैसकेको छ । कंचनपुर आन्दोलनको क्रममा प्रहरीको गोलि लागेर एक जनाले ज्यान गुमाई सकेका छन भने केहि ब्यक्ति सख्त घाईते भएका थिए ।
नेपालमा न्याय पाउन पनि बन्द हड्ताल जस्ता अलोकप्रिय कदम चाल्नु पर्ने बाध्यता बनाउने लोकतान्त्रिक नाम पाएको सरकारले बलात्कार पछी हत्या भएको स्व.निर्मला पन्तलाई न्याय देला भनेर आस गर्ने कुनै ठाउँ सम्म दिएको छैन । देसभर हत्याकाण्डको बिषयमा बिरोधको लप्को उठन थालेको छ तर आगो निभाउन छाडेर  दुई तिहाईको दम्भ पालेको सरकारले झन् बलेको आगोमा पेट्रोल हाल्ने काम गर्दैछ ।
सरकारलाई खबरदारी गर्ने  मनसाय लिई  सामाजिक संजालमा रहेका केहि जागरुक युवाहरुले सामाजिक संजालमा शान्तिपूर्ण र्यालीमा भाग लिन आब्हान गरे । स्वतस्फुर्तरुमा जुटेका साहित्यकार, रंगकर्मी, पत्रकार देखि समाजसेवाको उद्धेश्य राखी खोलिएको संस्था मकवानपुर जागरण अभियानका कर्मीहरु, एम्नेस्टी नेपालको प्रतिनिधि लगाएत बिधार्थी भाईबैनीहरु सम्मिलित भएर मिति २०७५/०५/३० गते बिहान ११ बजे हेटौडाको मुटु बुद्धचोकबाट मुक शान्ति र्याली निकालेको छ ।
 VDO हेर्न यहाँ Click गर्नुहोस
मुक र्याली बुद्धचोकबाट पश्चिम महेन्द्र राजमार्ग हुँदै जिल्ला प्रहरी कार्यालयलाई बायाँ पार्दै टि.सि.एन रोड, सिमाचोक हुँदै पुन: बुद्धचोकमा आएर समापन गरिएको थियो । शान्ति र्यालीपछी न प्रमुख अतिथि, न भाषण र नारा बिनाको आजको शान्ति र्यालीको कार्यक्रम देखेर हेटौडेलीहरु आश्चर्यचकित भएका थिए ।
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger