Latest Post

Showing posts with label गजल. Show all posts
Showing posts with label गजल. Show all posts

गजल !

Written By खांट्टी कुरा on Tuesday, August 05, 2014 | August 05, 2014

झिकी फाल्यौ मुटु बाट पैतालाको काँडा सरी

 सम्झी ल्याए आँखा बाट झर्छ आँशु बर बरी !!

 

 खुशी हुँदा साथ दियौ दुखमा चैं साथ छोड्यौ

 भन किन यस्तो गर्यौ प्रश्न गर्छु घरी घरी !!

 

 जति पीडा भए पनि सहेर नै बाँच्छु भन्थें

लाख कोसिस गरे पनी सकिन खै कसैगरी !!

 

 बन्द गर्छु आखाँ जब देख्छु तस्बिर उही तिम्रो

 सम्झिएर रुप उही आँत्मा रुन्छ धर धरी !!

 

 संगै जिउने संगै मर्ने वाचा गरी छुट्ने हरु

 ऐना जस्तै चर्काइ जान्छन् हैन मायाँ अजम्बरी !!

 

सावित्रा लुइँटेल घिमिरे
झापा बिर्तामोड
हाल-इजरायल

गजल !

Written By खांट्टी कुरा on Monday, July 28, 2014 | July 28, 2014

(गजलकार: समा श्री)
गजल।समा श्री 
 
याद गर्दै बितेका छन केही मिठा पलहरु 
घरी घरी तड्पाउछन् निश्ठुरीका छलहरु 

थाहा छ त्यो भमरा हो फूलसंग रमाउ'थ्यो 
हाँगा बाटै हराएछन् कलिला ति फलहरु


आँशु धुँन्छु भन्दै थिएँ मिर्मिरे त्यो हुनु अघि 
अलपत्र भए कति अन्जुलीमै जलहरु 

जोस देख्थेँ अंगालेर उडाइलाने हो कि भनि
श्रावणमै सुक्दा रै'छन् खहरेका भलहरु
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger