Home » » जस्तो गुरु त्यस्तै चेला

जस्तो गुरु त्यस्तै चेला

Written By खांट्टी कुरा on Sunday, May 29, 2016 | May 29, 2016

-जनकमानडंगोल 
जवाहरलाल नेहरु तथा माहात्मा गान्धी 
स्वतन्त्र भारतका रास्ट्रपिता भनेर चिनिने मोहन दास करम चन्द गान्धी अर्थात माहात्मा गान्धी वकिल हुन । वकालतको पढाई सकेर दक्षिण अफ्रिका तथा भारतमा समेत वकालती पेसा गरेका गान्धीले अहिंसात्मक आन्दोलनको नेतृत्व गरेर भारतलाई अंग्रेजको पन्जाबाट मुक्त गराएका थिए त्यहि भएर उनलाई रास्ट्रपिताको दर्जाले सुसोभित गरिएको हो ।

पिता मोतिलाल नेहरु तथा माता स्वरूप रानी नेहरूको छोरा स्वतन्त्र भारतका प्रथम प्रधान मन्त्रि स्व.जवाहरलाल नेहरुको जन्म 14 नवंबर 1889 मा उत्तर प्रदेशको  इलाहाबादमा भएको हो ।

अंग्रेज सासनकालको समयमा प्रख्यात वकिल भनेर नाम कमाएका मोतिलाल नेहरुले आफ्ना छोरा जवाहरलाल नेहरूलाई पनि कानूनको बिषय पढ्न भनेर बेलायत पठाएका थिए । बेलायतबाट कानून पढेर आए पछी स्व.नेहरुले केहि बर्ष वकालती पेशा पनि गरेका थिए ।

गान्धीका कामबाट प्रभाभित भएर नेहरुले उनैको मातहतमा रहेर स्वतन्त्रताको लडाईमा होमिएका थिए । यी दुवै नाम चलेका वकिलहरुको सफल तथा कुसल नेतृत्वले गर्दा अंग्रेजले भारत छोड्नु पर्नेको कुरालाई नकार्न सकिदैन ।

भारत स्वतन्त्र त भयो ! हरेक आन्दोलनमा एक न एक गुप्त तथा रहस्यमय सन्धि सम्झौता हुने गर्दछ । अंग्रेजको देस बेलायतमा गएर वकिल पढेका गान्धी तथा नेहरुले अंग्रेजको लहलहैमा लागेर देस टुक्र्याउने सम्मको दुस्साहस समेत गरे । भारत अंग्रेजको पन्जाबाट मुक्त त भयो तर सिंगो हिन्दुस्थान भनेर संसारमा चिनिएको देस दुई चिरामा विभाजित भएर भारत र पाकिस्तान बन्यो । देस टुक्रिएको पिडा सहन नसकेर नाथुराम गोडसेले त महात्मा गान्धीको हत्या समेत गरिदिए ।

‘फुटाउ र राज गर’ भन्ने नीति अंग्रेजहरुले अंगालेका थिए । यहि नीति लागु गरेर अंग्रेजले संसारको धरै देसमा आफ्नो पकड बनायो । अंग्रेजको गुलाम सहन बाध्य भएका भारतीय नेताहरुले उही अंग्रेज निती ‘फुटाउ र राज गर’ लाई अंगालेर पाकिस्तान अन्तर्गत रहेको पुर्बी पाकिस्तानलाई पाकिस्तानको कब्जाबाट छुटाएर छुटै देस बनाई दिये । जुन बंगलादेसको नामले बिस्व मानचित्रमा लेखिन सफल भयो ।

नानि देखि बानि छोडन कसैले पनि सक्दैन । बंगलादेस बनाएर चित्त नबुझेको भारतले अहिले नेपालको तराईको भूभागलाई नेपालबाट अलग्याएर छुट्टै मदेस देस बनाउने सपना देख्दै त्यसलाई बिपनामा परिणत गर्न कम्बर कसेर लागेका छन ।

हिजो अंग्रेजले आफ्ना देसमा लागु गरेको ‘फुटाउ र राज गर’ भन्ने नीतिलाई नेपालमा सफलतापुर्वक लागु गरेका छन । नेपालको राजनीतिक पार्टीहरुलाई उचाल्ने, पछार्ने, फुटाउने देखि नयां नयां पार्टीहरु जन्माई दिने सम्मको काम भारतले गरेका छन ।

हुन त कांग्रेस देखि कम्युनिस्ट पार्टीको जन्म पनि भारतमै भएको थियो । नेपालमा मदेसी पार्टी जन्माउने पनि भारतनै हो । यस्ता सत्य कुरालाई पनि बुझ पचाएर भारतको यस्ता कुत्सित मनोकामनालाई साकार पार्न नेपालका गणतन्त्रे नेताहरुले भरपुर सहयोग र साथ दिंदै आएका छन । निमकको सोझो गर्न नेपालीहरु अब्बल छन त्यस माथि आफ्ना जन्मदाताको कुरालाई नकार्ने हिम्मत पनि गर्न सक्दैनन । हाल सम्म देखियको सत्य यहि नै हो ।
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger