Sunday, May 15, 2016

बनाए ता आफ्नो गाऊं ?

-जनकमान डङ्गोल 
२०५१ मंसिर १४ गते नेपाल कम्युनिस्ट पार्टी एमालेको अध्यक्ष स्व. मनमोहन अधिकारी प्रधानमन्त्री पदमा नियुक्ति भये तर ऊनि बहुमतको नभएर अल्पमतको सरखारका प्रधानमन्त्री थिए ।

नेपालको बार्षिक बजेटको आयब्ययको बिबरण बर्षे अधिबेसनको समय पारेर गरिने गरिन्छ । नेपाली कांग्रेसको सर्खारका अर्थमन्त्री महेस आचार्यले बजेट भाषण ता ठोके तर उक्त बजेट पारित नहुँदै सर्खार परिवर्तन भएको कारणले गर्दा नेपालमा पहिलो पटक बामपन्थि प्रधानमंत्रीका भाई भरत मोहन अधिकारीले अर्थमंत्रिको कुर्चिमा बस्ने मौक़ा हात पारे ।

अर्थमन्त्री बने पश्चातको छोटो समयमा भरत मोहन अधिकारीको सामु दुई बिकल्प थियो । कांग्रेसी सर्खारले निर्माण गरेको बजेटलाई निरन्तरता दिने की नयां लोकप्रिय बजेट पुनर्लेखन गरेर लागु गराउने । अर्थमन्त्रीले बजेट पुनर्लेखनको बाटो रोजे ।

आफ्नो गाऊं आफै बनाऊं, बृद्ध भत्ता जस्ता देखि राष्ट्र सेवक कर्मचारिको तलब मानमा भारी बृद्धिको घोषणाको कारणले गर्दा होला अहिले सम्म ने.क.पा एमाले पार्टी ९ महीने शासनको ब्याजमै टिकेको छ ।

प्रत्येक गाऊं बिकास समितिको अध्यक्ष मार्फत ५ लाख बिकास निर्माणमा खर्च गर्न पाउने अधिकार पाएको उक्त बजेट कत्तिको सदुपयोग भयो एउटा घटना प्रस्तुत गर्दैछु ।

नेपाल भारत सिमाको बारा जिल्ला अन्तर्गत बलिरामपुर गा.बि.स पर्दछ । बलिरामपुर पर्सा जिल्ला अंतर्गत बीरगंज उप महानगर पालिका वार्ड नम्बर १९ ईनरुवा संगै जोडिएको गा.बी.स हो ।

नेपाल भारत सीमामा पर्ने अधिकांस गरीब बासिन्दाको मुख्य आयश्रोत भनेको सामान ढुवानि गर्नु हो जस्लाई स्थानीय लबजमा ‘पोके तस्करी’ भनेर भन्ने गरियेको छ ।

बलिरामपुर गा.बी.स मा उक्त समयमा किसोरि मुखिया नाम गरेका गा.बी.स अध्यक्ष थिए । किसोरि मुखियाको पेशाको बारेमा बताउनु भन्दा पनि ५ लाखे बजेटको बारेमा चर्चा गर्नु उत्तम भएकोले किसोरि मुखियाको पेशाको बारेमा बर्णन गर्नु जरुरी भएन ।
 
जुनसमयमा एमालेको लोकप्रिय बजेट आयो त्यो समयमा पंक्तिकार राष्ट्र सेवक कर्मचारीको रुपमा ऐतिहासिक नगरी बीरगंजमा कार्यरत थियो । गा.बि.स को देखि आफ्नै निजी कामको सिलसिलामा गा.बि.स अध्यक्ष किसोरि मुखिया प्राय सर्खारि अड्डा अदालत चाहारि रहन्थे ।

'के छ मुखियाजी हालखबर ?
पंक्तिकारले सोधेको प्रश्नमा ठिकै छ साहेब भनेर जवाफ दिए ।
बजेट त दरो आको छ हैन । के गर्नु हुन्छ त्यत्रो पैसा ?
बिकास निर्माणमा खर्च गरिन्छ साहेब भनेर जवाफ दिए ।

फुर्सदको समयमा एक दिन पंक्तिकार घुम्दै हिड़ने क्रममा बलिरामपुर पुग्दा केहि स्थानीय मजदुहरु खेतको माटो काटेर बाटोमा खन्याउदै रैछन । किसोरि मुखिया छेऊमै उभिएर स्थानीय भाषामा अरणखटन गर्दै गरेको देखे ।
के छ मुखियाजी हालखबर ?
ठिकै छ साहेब भनेर जवाफ दिए ।
अनि यो धुप (घाम) मा आफु छाता ओढ़ेर जन (खेती मजदुर) लाई मिट्टी (माटो) बोकाउदै हुनुहुन्छता । किन हो ? मुखियाले निर्धक्कसंग जवाफ दिए । आफ्नो गाऊंवाला ५ लाखके बजेट तह लाउँदैछु भनेर जवाफ दिए ।
 
खेतको बीचमा निकालिएको धुले सड़कको केहि स्थानमा खेतकै माटो हालेर सम्याउदैमा बलिरामपुर गा.बी.स का जनताहरुको भलो कुभलो त बर्षाको समयमा प्रत्यक्ष देखिने भै हाल्यो तर ति गा.बी.स अध्यक्षले सांच्चिक्कै बिकास गर्थे भने माटोको स्थानमा ग्राभेल हालेर बाटो बनाउनु पर्ने हो की हैन ?

स्थानीय प्रतिनिधि हुन या केन्द्रीय प्रतिनिधि तिनिहरु मार्फ़त खर्च गरिएको बिकास हैन बिनास बजेटको ताण्डव लीला हेर्न तराईका जिल्लाहरुमा गएर हेर्नु पर्छ । बेरुजुले सगरमाथा छोएको देख्दादेख्दै पनि बर्षेनी बजेट बिनियोजन गर्ने पनि सत्तामा बस्ने ठुला नेताहरुनै होईनन ?

नारा लोकप्रिय दिदैमा स्थानीयस्तरमा बिकास हुन्न । बिनियोजन भएको रकमको सदुपयोग भयोकि भएन भनेर अनुगमन गरेको भये बेरुजुले पक्कै पनि सगरमाथा छुन्थेन होला ।