Monday, September 21, 2015

वली लाई प्रधानमन्त्री बन्न नदिने खेल खेलिएको त हैन ?

खांट्टी कुरा     September 21, 2015    

फाइल फोटो : एमाले अध्यक्ष वली
 -जनक मान डङ्गोल

संबिधान बन्नु भन्दा केहिदिन अगाडी नेपालको मिडियाहरुले  भारतीय राजदुत देखि रास्ट्रपति रामबरण यादब समेतले एमाले अध्यक्ष के.पी शर्मा वलीलाई प्रधान मन्त्रि बन्न नदिने खेलमा लागेको छन भन्ने आसयको समाचारहरु प्रकाशित गरेको थियो ।उक्त समाचारहरु प्रकाशित भएको केहि दिन पछी एमाले अध्यक्षको दुत बनेर एमाले पार्टीका नेता प्रदिप ज्ञवालीले भारतको भ्रमण गरेको समाचार पनि प्रकाशित भएकै हो ।
 मिति २०७२ आश्विन ३ गतेको संबिधान घोषणा पश्चात असोज ४ गते टुडिखेलको खुला मन्चमा भएको आम सभामा एमाओबादी नेता प्रचण्डले 'हामि भारतको yes man हैनौ' भनेर भने भन्दै नेपालको सबैजसो  बिधुतिय  मिडियाहरुमा प्रमुखताको साथ खबर प्रकाशित गरे ।
ति मध्ये केहि मिडियाहरुको समाचार साभार गरिएको छ !
नयाँ संविधान घोषणाको स्वागत गर्न सैनिक मञ्च टुँडिखेलमा सोमबार भएको आमसभामा प्रचण्डले भारतले खेलेको भूमिकाको कडा आलोचना गरे
त्यस्तै नेपालको चर्चित अनलाई पत्रिका सेतोपाटिमा पार्टीले संस्थागत निर्णय नगरी बाबुराम पक्षले संविधानको स्वागत नगर्ने,शुसिल कोईराला. के.पी वली र पुष्पकमल दाहालबीच बनेको नयाँ गठबन्धनबाट पनि भटराई असन्तुस्ट
भारतीय दूत जुन समयमा पठाइए त्योनै गलत निर्णय थियो। झन अाजको भारतीय विज्ञप्ति अत्यन्तै अपरिष्कृत र अपरिपक्व कुटनीतिको एउटा ज्वलन्त नमुना हो भन्दै बि.बि.सी नेपाली सेवाको प्रमुख रविन्द्र मिश्र @MishraRabindra ले सामाजिक संजाल twitter मा गरिएको ट्वीट 
भारतीय उत्पादन माओबादीका नेताहरु मध्ये कामरेड प्रचण्ड देखि बाबुराम भटराई हुँदै बि.बि.सी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र समेत यतिखेर आएर भारतलाई उत्तेजित पार्दैछ भन्ने कुरा निजहरुले ब्यक्त गरेको उद्गार बाट प्रस्टिनुको साथसाथै यो बीचमा भारत सरकारले मदेसको समस्या देखाउदै निकालेको पटक पटकको बक्तब्यबाट समेत पुस्टि हुन्छ !

नेपालमा सद्धे आँखा भएका र सोच्ने शक्ति भएका मान्छेहरु हरु बस्दैनन । २०४६६ साल पछी नेपालमा नेपाली नागरिकहरु नभएर विभिन्न पार्टीमा लागेका अन्ध समर्थकहरु बस्ने गरेको देखिन्छ । यदि नेपालमा पार्टीका अन्ध समर्थक नभएर नेपाली नागरिकहरु बस्थे भने तिनीहरुको आँखाहरुले कथित १२ बर्षे जनयुद्धको सरदारलाई आज आएर के कसरि रास्ट्रबादी देखे ? आज तिनीहरु के कसरि पुजनीय भए ?

होस गर कांग्रेस तथा एमालेका नेताहरु राजा देखि स्व.गिरिजा प्रसाद कोईरालालाई समेत घुमाउन सक्ने ह्याउ भएका नेता हुन प्रचण्ड, बाबुराम । पन्चेत फाल्न भनेर २०४५ सालमा भारत गुहारेर नाकाबन्दी लगाए पछी देस र जनताको खातिर भनेर स्व.राजा बिरेन्द्रले २०४६ सालमा प्रजातन्त्र घोषणा गरे पछी त्यसमा पढी बाँची ठिक छ भनेर ल्याप्चे ठोक्ने कांग्रेस तथा एमालेले अहिले आएर माओबादीको भरिया बन्दै किन र के को हिसाबले धर्म निरपेक्ष गणतन्त्रको भारि बोके त्यसको जवाफ जनतालाई एक दिन अबस्य पनि दिनु पर्नेछ,

साथै,
देखावटीरुपमा रास्ट्रबादी बनेर अहिले कांग्रेस तथा एमालेको पार्टी अध्यक्षहरुलाई कांग्रेस तथा एमालेकै केहि नेताहरुको सहयोगमा परिबन्दमा पार्दैछन भन्ने कुरा भारत सरकारले पटकपटक निकालेको बक्तब्य बाट पुस्टि हुन्छ कि हुन्न तलका निम्न कुराहरुलाई ध्यान दिएर विश्लेषण गर्नुस ।
..
१. यदि प्रचण्ड पक्का रास्ट्रबादी नेता हुन भने आफ्नै पुराना छापामारहरु पठाएर टिकापुर घटना किन घटाए ?
२. मधेस तथा थारु आन्दोलन मैले गराएको हो भन्ने आफ्नै पार्टीका नेता बाबुराम भटराई संग किन प्रस्टीकरण लिएनन ?
३. संबिधान घोषणा भएको भोलिपल्टबाट आन्दोलन सुरु हुन्छ भनेर किन र के को आधारमा आफ्नै पार्टीका नेता नारायण काजीले भने ?
४. आफ्ना पार्टीका शिर्ष नेताहरुको यस्ता गतिबिधि देखि भनाई मिडियामा आएको देख्दादेख्दै पनि तराई मधेसमा आन्दोलन गर्नु पर्ने जरुरि छैन भनेर प्रचण्डले किन र के को आधारमा भने ?

तसर्थ यी सबै कुराहरुलाई सुक्ष्मरुपले अध्ययन गरेर हेर्ने हो भने भारत सरकार नेपालमा सकेसम्म एमालेको अध्यक्ष के.पी वली प्रधानमन्त्रि बनेको हेर्न चाहदैन भनेर बुझिन्छ भने ऊक्त कार्य सफल बनाउन को को लागि परेका छन त्यो त समय समयमा देखिएको घटनाबाट पुस्टि हुन्न र ?
पुनश्च: 
केहि संसोधनको साथ यो ब्लग पुन पोस्ट गरेको छु किनभने ब्लग लेखेको केही घण्टापछी नेपालमा भारत सरकारले कथित नाकाबन्दीको घोषणा गरि सकेकोछ !


Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .