Home » » कहिले नटुंगिने अरब ईजरायल युद्ध !

कहिले नटुंगिने अरब ईजरायल युद्ध !

Written By खांट्टी कुरा on Friday, July 11, 2014 | July 11, 2014

धर्तीमा मानिसको उत्पति भए देखि हाल सम्म मानिसहरु मध्ये कतिपय अझै पनि फिरन्ते जीवन बिताई रहेका छन ! फिरन्ते पनि धेरै प्रकारको हुन्छ ! कोहि आफ्नै खुसीले एक ठाउँ बाट आर्को ठाउँ अनि आर्को ठाउँ बाटा फेरी आर्को ठाउँ सर्ने खालका हुन्छन ! उदाहरणको लागि हाम्रै देस नेपालको राउटे समुदायलाई लिन सकिन्छ !
धार्मिक देखि युद्ध अनि राजनीतिक कारणले गर्दा पनि मान्छेलाई फिरन्ते जिबन जिउन बाध्य पारिन्छ  ! उदाहरणको लागी नेपाली मुलका भुटानीहरुलाई हेर्नुस  ! नाम जे जस्तो सुकै दिए पनि आजकल फिरन्ते अर्थात घुमुवाको सट्टा भाषामा परिवर्तन गर्दै 'सरणार्थी' भन्ने गरियो तर 'सरणार्थी' भनेसी स्वेछ्याकारी नभएर बाध्यतामा परेर पुस्तौ पुस्ता बसेको थातथलो जबर्जस्तिमा छोड्नु परेको भनेर बुझ्नु पर्छ !
नेपाल पनि 'सरणार्थी' को थातथलो पटक पटक बनी सकेको छ ! उदाहरणको लागी छिमेकी रास्ट्र चिनले परापुर्बकालमा 'भोट' भनिने तिब्बत देशलाई आफ्नो कब्जामा पारि सके पछी कयौं भोट्बासीहरु नेपालमा 'सरणार्थी' बनेर पस्नुबाध्य हुनु पर्यो ! त्यसरी 'सरणार्थी' बनेर भित्रेका कयौं भोटबासीहरुलाई नेपाल सरकारले पोखरा, काठमाण्डौ जस्ता थाउन्हारूमा क्याम्प बनाएर राखी दिएको छ भने भोटका 'सरणार्थी'हरुले नेपालको सार्भभौम अखण्डतामा हाल सम्म कुनै आंच पुर्याएको देखिदैन र पुर्याएको खण्डमा नेपालीहरुको लागी त्यो सह्य पनि हुँदैन !
तस्बिर साभार: https://www.facebook.com/ranju.karki.14 बाट !
'सरणार्थी' हैन तर खुल्ला सीमाको फाईदा उठाएर नेपालमा तिन पुस्ता बसेको आधार बनाउंदै नेपाली नागरिकता लिने दक्षिणी सीमाका बासिन्दाहरु पनि नेपालमा प्रसस्तै भई सकेको छ ! यो क्रम अझै रोकिएको छैन, यी भए नेपाल भित्रको आन्तरिक कुराहरु !
बिगत केहि दिन देखि खाडी रास्ट्रको साँध सिमानामा पर्ने 'ईजरायल' मा पुन: युद्ध चर्किएको छ तर यो युद्द नभएर दोहोरो भिडन्त हो भन्नु उपयुक्त हुन्छ किनभने युद्ध भनेको दुई देसको बिचमा गरिन्छ ! ईजरायल परापुर्बकाल देखि बनेको देस हैन तर जबर्जस्ति घोषणा गरेर मान्यता दिन लगाईयको देस हो त्यहि भएर आज सम्म खाडी रास्ट्रहरुले ईजरायललाई स्वतन्त्र रास्ट्रको रुपमा मान्यता दिन चाहेको छैन भने भविष्यको कुरा भन्न सकिंदैन !
दोश्रो बिश्व युद्ध हुँदै गर्दा पश्चिम युरोपबाट असंख्य यहुदीहरु लाई ईजरायलमा 'सरणार्थी' को रुपमा बसालियो ! दसौ हजार बाट सुरु भएको त्यो 'सरणार्थी' को हुलले जब लाखौ लाल्ख नाघ्न थाल्यो तब यहुदीहरुको लागी छुट्टै रास्ट्रको माग गरे ! पश्चिमा खास गरि बेलायतको बल मिचाईमा अन्तत छुट्टै रास्ट्र भनेर ईजरायल बिश्वको मान चित्रमा देखाईयो तर त्यसको बिरोधमा आज सम्म धेरै पटक खाडी रास्ट्रहरु सित इजरायलको युद्ध भई सकेको छ ! संयुक्त रास्ट्र संघको पहलमा पटक पटक शान्ति सम्झौता गर्ने कोसिस गरिन्छ ! ईजरायलको पहिलो माग भनेको छुट्टै रास्ट्रको रुपमा फिलिस्तिनी देखि अरब रास्ट्रहरुले मान्यता देओस भन्ने हो तर खाडी देसहरु यो नाजायज माग मान्न कदापि तयार छैनन !
आर्काको देसमा सरणार्थी बनेर पस्ने, देस कब्जा गर्ने सो पश्चात पश्चिमा मालिकहरुको पाउ मोलेर छुट्टै रास्ट्र घोषणा गर्न लाउने अनि अहिले आएर सक्कली बासिन्दालाई ईजरायलले आतंककारीको बिल्ला भिराउनू त्यो जायज कुरा हैन ! ईजराईलीहरुले एक पक्षरुपमा आतंककारी घोषणा गरिएको संगठनहरु  हमास, हिजबुल्ला देखि प्यालेस्टीनी नागरिकहरु सम्म आतंकाकरी हैनन यो कुरा दाबीको साथ भन्न सकिन्छ ! मार्न आउछन भने रक्षाको लागी हतियार उठाउनु त्यो नाजायज  काम हुन्न  भने आफ्नै देसमा सरणार्थी बनेर पसेका यहुदीहरुले जबर्जस्ति 'ईज्राइल' भन्ने रास्ट्र घोषणा गर्न लगाएर पुस्तौपुस्ता बसेको नागरिकमाथी हतियारको बलमा दमन गर्नु त्यो  गलत  काम  हुन्छ  र  त्यो मानवता बिरुद्धको अपराध  समेत  हो !
२०४६ साल पश्चात नेपालमा पनि यस्तै छनक देख्न सुरु भई सकेको छ ! खुल्ला सिमानाको फाईदा उठाएर नेपालमा बसेका असंख्य भारतीय नागरिकहरुले पनि ठ्याक्कै इजरायली पारा देखाउन सुरु गरि सकेका छन तर यस्ता कुराहरुमा हाम्रा नेपालीहरुको ध्यान छ छैन त्यो भन्न सकिन्न तर कुरा बुझेर हो नबुझेर हो ईजरायलमा काम गर्ने नेपालीहरुले अन्यायमा परेका फिलिस्तीनीहरुको बिरोध गर्नु त्यो चैँ जायज काम हैन !
तस्बिर साभार: www.facebook.com/surya.bashyal.9 बाट
'जसको खायो सिता उस्को गायो गिता' भन्ने नेपाली उखान छ ! स्वामी भक्तिमा हामी नेपालीहरुलाई बिश्वमा कुनै पनि रास्ट्रका जनताले जित्न सक्दैनन ! स्वामी भक्ति नदेखाएको भए बेलायतिको नुनको सोझो गर्दै विभिन्न देसको लाखौ निर्दोष मानवको रगतको होलि पक्कै पनि गोर्खालीहरुले खेल्दैन थिए होला ! यो ईतिहासकै कुरा भएता पनि हिजो बेलायतिले जे गरे कुनै बेला त्यहि बेलायतीको दास अमेरिकाले आफ्नै पुराना मालिक बेलायतको सिको गर्दै अहिले संसारभर आतंकको बिउ रोपी दिएको छ ! ईजरायल-हमास-प्यालेस्टिन-अरब युद्ध कहिले पनि अन्त्य नहुने युद्ध हो भने आर्काको देसमा बसेर यो ठिक त्यो बेठिक भन्नु उचित हो भने घुसपैठिया मदेसीहरुले उचालेको नारा 'एक मदेस एक प्रदेस' चैँ हामी स्वाभिमानी नेपालीहरुको लागी उचित हुन्छ कि अनुचित ?
स्वाभिमानी नेपालीहरुको लागि १९५० को सन्धि देखि हिजो गुमाईएको भूभागले आज सम्म जसरि पिरोली रहेको छ हो त्यस्तै गरि स्वाभिमानी फिलिस्थिनीहरुको पनि त्यहि हालत भएको छ भनेर हामी किन बुझ्दैनौ ?
लेख लामो हुने भएकोले मोटामोटी बर्णन गरिएको मात्र हो ! घटना र तारिख सहितको अरब-ईजरायल सम्बन्धि बिस्तृत जानकारीको लागी विकिपिडियाको यो http://hi.wikipedia.org/wiki/%E0%A4%87%E0%A4%9C%E0%A4%BC%E0%A4%B0%E0%A4%BE%E0%A4%87%E0%A4%B2 लिंक खोलेर हेर्न सक्नु हुनेछ !
..
janakdangol@gmail.com
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger