ईशनिन्दा अर्थात ईश्वरको निन्दा/अपमान ! इस्लामिक
देशहरुमा ईश्वरको निन्दा गर्ने जुन सुकै जाती धर्म वा समुदायका किन नहुन तिनलाइ
मृत्यु दण्ड देखि आजिबन कठोर काराबासको संजाय दिइन्छ ! अन्तको के कुरा गराई भो
हाम्रै छिमेकी मुलुक भारतमा समेत ईश्वरको निन्दा गर्न पाइदैन ! यदि ईश्वरको निन्दा
गरेमा त्यस्ता व्यक्तिलाई काराबासको संजाय हुन्छ !
बितेको बर्ष भारतको महारास्ट्र राज्यमा १ जना
इसाई समुदायको केटाले हिन्दुहरुको आराध्यदेव शिबलिंगको शिरमा जुत्ता सहितको खुटा
राखेर खिचेको तस्बिर सामाजिक संजाल फेसबुकमा अपलोड गर्ना साथ पुरै
भारतमा बिरोधको स्वर गुन्जियो ! अझ त्यतिले नपुगेर त्यो केटाको घर तोडफोड गरियो र
अन्त्यमा प्रहरीले त्यो केटालाई पक्राउ गरेर जेल हालेको समाचार पत्रिकामा प्रकाशित
भएकै हो !
हाम्रै नेपालमा पनि बितेका बर्ष चित्र प्रदर्शनीमा एक जना स्थापित चित्रकारले देबीको
अमुर्त तस्बिर रचना गर्दा समाजलाई अपाच्य हुने खालको भयो र यसले धार्मिक खलल पैदा
गराउछ भनेर बहस हुनासाथ उक्त कलाकारको तस्बिर प्रदर्शनीस्थल बाट हटाउनु परेको घटना
पनि छापामा आएकै हो !
हालै केहि दिन देखि सामाजिक संजालमा एक जना
गजलकारले ‘शौचालयमा ईश्वर’ नामको शिर्षक राखेर गजल प्रकाशित गरे भनेर चर्चाले शिखर
चुम्दैछ,नचुमोस पनि कसरि ! ८२% हिन्दु बसोबास गर्ने देसमा यसरि उटपट्याङ्ग
किसिमको शिर्षक राखेर गजल प्रकाशित गर्दा हिन्दुहरुको भावनामा ठेस पुग्छ भनेर ति
गजलकारले सोच्नु पर्छ कि पर्दैन ?
शौचालय शब्दको अर्थ साना केटाकेटीलाइ समेत थाहा
हुन्छ भने ति बिद्द्वान लेखकलाई थाहा नहुने कुरै भएन ! कुरो र कुलो जता घुमाए पनि
जान्छ ! बहस गर्ने कानूनचीहरुले आफ्नो बुद्दी र तर्कले सुल्टो लाइ उल्टो र
उल्टोलाइ सुल्टो पार्न सक्लान तर धार्मिकताको बिषयमा ति बहसकर्ताले त्यसो गर्न
नसक्लान किन भने उ पनि कुनै धर्मको उपासक हुन सक्छन !
हामि नेपालीहरु अतिनै दयावान र सहनसिल छौ !
छिमेको मुलुकमा यसरि शिर्षक राखेर साहित्य रच्नेहो भने तुरुन्तै साम्प्रदायिक रुप
लिएर भिषण दंगा फैलिन्छ भन्ने कुरा हामीले पटकपटक देखेका र भोगेका छौ ! गजलको भित्र
लेखिएको वा भन्न खोजिएको बिषय बस्तु जे जस्तोनै भएता पनि सुरमा पढ्ने पाठक वा हेर्ने
दर्शकको आँखा पुग्नेनै सुरुको वाक्य वा शब्दको शिर्षकमा हो !
यस्ता यावत कुराहरु थाहा
हुँदाहुँदै पनि आफ्नो रचनाको अत्याधिक चर्चा होस भन्ने हेतुले उटपट्याङ्ग शिर्षक
राख्दा चर्चाको शिखरमा ति लेखक अबस्य पुग्छन तर सुकार्य बाट हैन कि कुकार्य बाट !
यदि ति लेखकले सच्चा लेखकिय धर्म निभाउन खोज्छन
भने शिर्षक परिवर्तन गरेर आफ्नो गल्तीलाई विनम्रतापुर्बक क्षमा मागुन किनभने
नेपालीहरुको हृदय समुन्द्र जस्तै बिसाल छ ! सत्रुलाई त क्षमा दिइन्छ भने लेखक त
आफ्नै रगत अनि मुटुको टुक्रा !
'माता सरस्वतीले तिअज्ञानीलाई ज्ञानी बन्ने
सक्ति प्रदान गरुन'
बि.स.२०७० माघ २३ गते बिहिबार !
No comments:
Post a Comment