पत्रकार भनेको स्वतन्त्र व्यक्ति हो कि हैन ? अनि स्वतन्त्र व्यक्तिको स्वतन्त्र पेशा भए पछी पत्रकारिता पनि स्वतन्त्र हुनु पर्नेमा पार्टीको भजन र नेताको स्तुति गाउनेहरु ति कसरि पत्रकार भए ? अनि पार्टी र व्यक्तिको नाउँमा तिनले गरेको काम लाइ पत्रकारिता भन्न मिल्छ ?
रिपोर्टिंगको सिलसिलामा सवाल जवाफ हुन्छ तर जवाफकर्ता रिसायो अथवा जवाफ्कर्ताले अभद्र ब्यबहार प्रदर्शन गर्यो भन्दैमा जवाफकर्ता सित नारि निमोठ्ने, नारा लाउने, धर्ना बस्ने हो भने पत्रकारिता छोडेर राजनीतिक पार्टीको नेता बन्नु नि ! अख्तियार प्रमुख लोकमानले गल्ति गरे भने त्यो गल्ति कागजमा पोख्ने वा कानुनी उपचारमा जाने कि जिन्दाबाद र मुर्दाबाद्को नारा लाउने ? अख्तियार प्रमुख
लोकमान ठिक होलान/बेठिक होलान त्यो तपसिलका कुरा हुन ! लोकमानलाई जसले भर्ना गरे ति भर्ना गर्नेको बिरुद्धमा स्वतन्त्र भएर कलम चलाउन त अनि त्यस्तालाई पत्रकारिता गरेको भनिन्छ ! नेपालमा २०४६ साल पछी कस्ता पत्रकार छन भन्ने कुरा त अस्तिको निर्वाचनमा समेत छर्लंग देखि सकिएको छ !
ठुला नेता देखि प्रत्येक पार्टीको आफ्नो आफ्नो खेमाको पत्रकार र ति पत्रकारहरुको संघ र संघठन ! राज्यको चौथो अंग भन्ने दर्जाको यो सदुपयोग हो कि दुरुपयोग हो ? अनि मन नपरेको ब्यक्ति वा पार्टीको कुकुर खेदाई किन गरिन्छ ? मण्डले भनेको के हो र यो शब्दको प्रयोग किन हुन्छ ? अनि पत्रकारको नजरमा सबै समान हैन र ? देस बिग्रनुमा राजनीतिक पार्टीका नेता तथा तिनका कार्यकर्ता, कर्मचारी देखि शिक्षक, कानुन ब्यबसायी जति दोषी छन त्यो भन्दा पनि बढी पत्रकार दोषी छन !
पत्रकार भए पछी व्यक्तिको भजन गाउन पाइदैन ! जब व्यक्तिको भजन गाउन पाइदैन भने राजनीतिक पार्टीको हितमा समेत लेख्ने कुरै भएन ! पार्टीमा आस्था हुन्छ त्यो मनमा राख्ने हो र निर्वाचनको बेला आफ्नो मतको सदुपयोग गर्ने हो ! हिजो पन्चायतकालमा जसरि पत्रकारिता गरेको भए २४ बर्षमा देस सिंगापुर भै सक्थ्यो !
२०७० माघ १ गते मंगलबार !

0 Comments:
Post a Comment