Home » » कम्युनिस्ट पुजीपतिको घोर बिरोधि हो रे !

कम्युनिस्ट पुजीपतिको घोर बिरोधि हो रे !

Written By खांट्टी कुरा on Wednesday, December 18, 2013 | December 18, 2013

  • करिब एक बर्ष अघी ग्वाँङ्झाओका ब्यापारीले मगाएको जेनेटिकल्ली मोडिफाईड (GM) अमेरिकि मकै चीन सरकारले आगो लगाएर नष्ट गरेको थियो । त्यही मकैको बिउ हामीकहाँ 'मोन्सान्टो' नाममा भित्रिदैछ ।
    यो बिउ बनमारा झारभन्दा बढी हानीकारक छ । यस्ले रैथाने बिरुवा नस्ट गर्छ, साथसाथै बिउ-बिजनमा अमेरिकी परनीर्भरता पनि निम्त्याउँछ । स्मरण रहोस् यस्तो GM food ले क्यान्सर जस्ता रोग निम्त्याउने हुनाले अमेरिकि जनता नै यस्को बिरुद्धमा उत्रिएका छन् । योगेस कुमार खपांगी www.facebook.com/yogesh.khapangi ज्यु को फेसबुक वाल बाट !

आज भन्दा ६/७ बर्ष अगाडी होला त्यति बेला म रेडियोबाट बि.बि.सी.हिन्दि दैनिकरुपमा सुन्थे ! 'आपकी बात बि.बि.सी.कि साथ' भन्ने बुधबारे कार्यक्रममा एक दिन GM फुडको बिषयमा बि.बि.सी हिन्दीमा चर्काचर्की बहस चल्यो ! त्याहा बहस गर्ने दुइ थरिका थिए ! एकथरी GM फुड देसमा भित्र्याउन हुँदैन भन्ने आर्को थरिचैँ GM फुड भित्र्याउन हुन्छ भन्ने !
त्यो कार्यक्रममा भारतको बैज्ञानिक देखि सामाजिक कार्यकर्ता सम्म थिए ! बि.बि.सी हिन्दि सेवाले बहस त गरायो तर त्यो बहस जनतालाई देखाउनको लागि थियो ! त्यो दिनको बहसमा अत्याधिक बक्ताले GM फुडको घनघोर बिरोध गरेका थिए !
भारतमा हालको वर्तमान सरकार कांग्रेसको नेतृत्वमा बनेको छ जसलाई यु.पी.ए गठबन्धन भनिन्छ ! यो सरकारले दुइ कार्यकाल पुरा गर्न लाग्यो र दुवै कार्यकालमा डा.मनमोहन शिंह प्रधान मन्त्रि बने तर प्रधान मन्त्रि डा.मन मोहन शिंह जनताले प्रत्यक्ष चुनेको माननीय सांसद हैनन ! अर्थसास्त्रमा पी.एच.डी गरेका यी बिद्द्वान जुन दिन बाट भारतको सर्ब सत्तामान पदमा पुगे त्यो दिन बाट भारतको अर्थतन्त्र उकालो हैन ओरालो लागेको छ भने उसको नजिकको सिमा जोडिएको सबै छिमेकी हरुसंगको सम्बन्ध पनि त्यति सुमधुर छैन !
अत्याधिक बिरोध हुँदाहुँदै पनि मनमोहन सरकारले GM फुड भित्र्याई दिए ! जसको कारणले उक्त खेति लगाउने क्षेत्रको किसानले लगानी उठाउन नसकेर आत्महत्या सम्म गर्नु पुगेको दिनहु खबर बन्न थाल्यो तर सरकारको कानमा बतास लागेन ! बतास लागोस पनि कसरि जनताले भोट दिएर जिताको भए पो जनताको माया र ममता हुन्थ्यो ! त्यति मात्र हैन अत्याधिक जनताको बिरोध हुँदाहुँदै पनि अन्य अमेरिकी बहुराष्ट्रिय कम्पनि भित्र्याउनलाइ अनुमति दिए !
नेपालमा हरेक कुराको नक्कल गरिन्छ र त्यसमा सयमा ९० भन्दा माथि भारतको गरिन्छ ! नेपालको राजनीतिक देखि सामाजिक, आर्थिक सबैमा अहिले भारतीय हैकम चल्छ ! जनताले मत नदिएर मदेसको नेताले चुनाव हार्दा 'हाम्रो होइन यो त भारतको हार हो' भनेर लाजै नमानिकन भन्छन ! जुन दिन बाट मनमोहन सरकारले भारतीय सत्तामा आसन जमाए त्यो दिन बाट नेपालको सुदिन हैन दुर्दिन सुरु भाको छ !
अमेरिकाले हिजो भारतमा जसरि GM फुड भित्र्याएर खाध्य आतंक फैलायो अहिले नेपालमा पनि त्यस्तै गर्न खोज्दैछ ! ब्यापारीको जात, धर्म, इमान केहि पनि हुँदैन ! ब्यापारी त्यही माथि भारतको राजस्थानबाट नेपाल पसेको मारवाडी समुदाय, जसलाई चाहिएको धन हो भने त्यो धन कमाउन उसले जुनसुकै उपाय गर्छ ! अहिले बहुचर्चित मोंसान्टो नामको GM मकैको बिउ भित्र्याउन अमेरिकीका इसारामा नेपालको १ नम्बर पुजीपति चौधरी समुहको हर्ताकर्ता बिनोद चौधरी लागी परेका छन ! यिनको काला कर्तुतको बारेमा नेपालको सरकार देखि मिडिया सम्मलाइ मुखाग्री जानकारी छ ! भोलि कुनै अनिस्ट होला भनेर उनि अहिले ने.क.पा.एमालेको सदस्य बनेका छन !
एमाले अर्थात जनताको पार्टी ! हरेक कुरामा जनताको च्याँखे र बल्छी थाप्ने एमाले पार्टी कम्युनिस्ट त्यो पनी मार्क्स र लेनिन बिचारधाराको अन्ध भक्त ! नेपालको सबै कम्युनिस्ट पार्टीहरु पुजीपतिको घोर बिरोधि हो भन्छन तर नेपालमा पुजीपति, भ्रस्टाचारी देखी अपराधी सम्मको सच्चा हितैषी नै कम्युनिस्ट पार्टी हो भनेर देखिदा देखिदै पनि कम्युनिस्टहरुले ज्यानमारा मोंसान्टो र अनि त्यो भित्र्याउन खोज्ने नाइके बिनोद चौधरीको बिरोध गरेन भनेर आश्चर्य मान्नु पर्ने के नै जरुरि भो र !
मिति २०७० पौष ३ गते बुधबार !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger