आठ ठाउँमा बांगीएको चिज लाइ अस्टबक्र भनिन्छ ! त्यसै
प्रसंगमा एक दिन अकबर बादशाहले सबै भाइ भारदारहरु जम्मा पारेर अस्टबक्र टाइपको रुख
लाइ देखाउदै भनेछ ‘हेरत सबैले त्यो रुख आहा क्या सिधा हगी ! सिमल को रुख जस्तै
सर्लक्क परेको छ हैनत’ ? सबै भाइ भारदारहरूले एकै लयमा भनेछन ‘हो सरकार हजुरले सहि
कुरा फ़र्माइबक्स्यो’ ! सबैले यस्तो भन्दा खेरि बीरबल मन्त्री चैँ था नपाको जस्तो
गरि बसेछन ! अनि अकबर बादशाहले भनेछन के हो बीरबल तिमीले ता केहि पनि जवाफ दिएनौ !
मैले सोधेको प्रश्न सुनेनौ कि क्या हो ? ल भन त्यो रुख बाङ्गो छ कि सिधा ? अनि
बल्ल बीरबलले जवाफ दिंदै भनेछन ‘खै सरकार मेरो गर्धन चिलाको हो कि हजुरको आँखा
फुटेको हो म ता त्यो रुखलाइ ‘अस्टबक्र’ अर्थात आठ ठाउँमा बांगीएकोनै देख्छु’ !
Home »
» मेरो गर्धन चिलाको हो कि हजुरको आँखा फुटेको हो ?
मेरो गर्धन चिलाको हो कि हजुरको आँखा फुटेको हो ?
Written By खांट्टी कुरा on Monday, December 10, 2012 | December 10, 2012
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment