Home » » फुल मलेसियन गोल्डेन एरोवाना !

फुल मलेसियन गोल्डेन एरोवाना !

Written By खांट्टी कुरा on Sunday, November 11, 2012 | November 11, 2012

 
 
दक्षिणी चिनको समुन्द्री एरियामा मात्र पाइने यो सुनौलो माछाको  नाम हो गोल्डेन एरोवाना ! चित्रमा देखाइएको माछा मलेसियन गोल्डेन एरोवाना हो ! मलेसियन समुन्द्री इलाकामा मात्र पाइने भएर यो माछाको नाउ 'मलेसियन गोल्डेन एरोवाना' भनिएको हो ! यो माछा अतिनै महँगो छ ! सानोको ४०००/०० (नेपाली दरमा ११,०००/००) रिंगेट देखि लिएर पूर्ण बयस्कको १०,०००/०० रिंगेट (नेपाली दरमा ७,८४,०००/००) सम्म पर्दछ ! यति महँगो हुँदाहुँदै पनि माछाको सौखिन हरुले किन यस्लाई  खरिद गर्छन त भन्ने मेरो प्रस्नको जवाफमा 'यो माछा धन धान्य र लक्ष्मीको प्रतिक हो' भन्ने जवाफ पाइयो ! खासगरी चाइनिज, जापानिज हरुले  बडो ध्यान दिएर यो माछा लाइ पाल्दा रैछन ! सायद त्यसैको देखासिकीमा होला दक्षिण भारतीय 'तामिल' तथा 'मले' हरु समेतले यसलाई पाल्ने गरेको देखियो !यो संसारमा सबै लाइ चाहिएको धन नै हो क्यार ! तर के गर्नु हाम्रो नेपालीको काहा औकात छ र यस्तो माछा पाल्नलाई ! यदि पालौ भने पनि लोडसेडिङको माताको कृपाले सम्भव छैन ! किनभने अक्सिजन मेसिन चलाउन  होस वा पानि तानेर फ्याक्ने वाटर पम्प होस् चलाउनलाई त आखिर चाहिने करेन्ट नै हो क्यार ! पाल्न  नसके पनि तस्बिर नै हेरेर चित्त बुझाउ ! मैले काम गर्ने कम्पनी मा यो माछाको उत्पादन (ब्रिडिंग) हुन्छ ! चाखलाग्दो कुरा के भने यो माछाले आफ्नो बच्चा लाइ मुख भित्र राखेर हुर्कौदो रैछ ! यसले भ्यागुता को सिकार गर्छ ! यसको मनपर्ने आहारा काठ भित्र लाग्ने किरा हो र कीर्था (जुन मकै रोपेर उम्रे पछी जमिन मुनि बसेर मकैको जरा लाइ खाइ दिने किरा) पनि हो !
..
तस्बिर श्रोत : xian leng aquatic merchent sdn.bhd. Batupahat,johor malaysia.
 

Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger