Latest Post

शुखी र समृद्धि

Written By खांट्टी कुरा on Sunday, December 16, 2018 | December 16, 2018


एक पटक मेरा प्रजाहरु कत्तिको बुद्धिमान रच्छन जाच्नु पर्यो भनेर बादशाहले सप्पै भारदारहरु दरबारमा हाजिर हुनु  भन्ने आदेश फरमान गरेछन !
सबै भारदार भेला भएसी दर्बार पछाडिको बंगैचामा लगेर अस्टबक्र (आठ ठाम्मा) बांगीएको रुख देखाम्दै भनेछन हेर त कति सिधा र सुलित्त परेको रुख !
धेरै भारदारहरुले बादशाहले ठिक मर्जी भन्दै हो मा हो मिलाएछन तर बिर्बल काजि भने अन्तै मन्टो बटारेर बसेछ्न !
क्या हो बिर्बल काजि तिमीले बादशाहको कुरा सुनेनौ कि क्या हो भनेर सोधेपछि बिर्बलले 'खै सर्खार हजुरको आँखा फुटेको हो कि मेरो गर्धन चिलाको हो म त हजुरले देखाई बक्सेको त्यो रुखलाई अस्ट बक्र (आठ ठाउँमा बांगेको) नै देख्छु भनेर जवाफ फर्काएछन !

नेपालको राजनीतिमा  पनि अहिले अकबर बिर्बलको कथा  जस्तै देखिन थालेको छ ! सहि जवाफ दिने एकजना पनि बिरबल जस्तो  मन्त्रि नै  नभएको अहिलेको नेपालमा सुखी र समृद्धिको सपना देख्नु कुन चै ठुलो कुरो भो र !

नेपालका कम्युनिस्टहरु ईसाईका गुलाम हुन

Written By खांट्टी कुरा on Saturday, December 08, 2018 | December 08, 2018

जनताको लागि भन्दै झन्डै १२ बर्ष कथित युद्ध लडेका माओबादीहरु सत्तामा पुग्नासाथ नेपालको संस्कृति माथि पहिलो हमला बोल्दै तत्कालिन प्रचण्ड सरकारको अर्थमन्त्री बाबुराम भटराईले ईन्द्रजात्रा तथा कुमारी संस्कृतिको पुजा खर्च रोकेर राजधानीबासीको कोपभाजनको सिकार बन्न पुगेको पनि देखिएकै हो 
ईन्द्रजात्रा देखि कुमारी जात्रा चलाउनेहरु भनेका नेवारी समुदायहरु हुन भने भटराई स्वयम नेवारका ज्वाई पनि पर्दछन । उग्र बिरोध कारणले गर्दा तत्कालिन अर्थ मन्त्रि बाबुराम भटराईको निर्णय २४ घण्टा पनि नटिकेको कारण उक्त निर्णय फिर्ता लिन बाध्य भए । हिन्दु धर्म माथि धावा बोल्नकै लागी भनेर कथित माओबादी जनयुद्ध पश्चिमा ईसाईहरुको ईसारामा चलाएको हो रैछ भन्ने त्यो भन्दा दरिलो प्रमाण अरु के हुन्छ ।
अहिले बाबुराम भटराई सत्तामा छैनन । नेपालका सनातनी हिन्दु ओमकार परिवारलाई जिस्कायो भने राजनीतिको रोटि सेक्न गारो हुने निष्कर्ष निकालेर हिन्दु, बुद्धिस्ट देखि किराती धर्मको जगेर्ना गर्नु पर्दछ भन्दै हिंडेका छन । जनताले नपत्याउला भनेर दशैँ देखि तिहारको टिका लगाएको तस्बिर सामाजिक संजालमा पोस्ट गरेर देखाउछन । तिनै बाबुराम भटराई भने ईसाईको कार्यक्रममा हिन्दु कला र संस्कृतिको अनुपम उपहार पानसमा बत्ति बालेर उद्घाटन गर्न लाज मान्दैनन । यस्ता नेताहरु भनेका बिभिषण चरित्रका हुन । ब्यबहारले त्यस्तै देखाएको छ । 
पौने तिन करोड नेपाली बस्ने देसमा हिन्दु तथा ओमकार धर्म मान्ने ९३% छ भनेर सरकारी तथ्यांकले देखाउँदा देखाउदै पनि संबिधानमा जबर्जस्ती धर्म निरपेक्षभन्ने शब्द घुसायर रातारात घोषणा गराउने पनि यिनै हैनन ?
नेपालको राजा भनेका धर्मका संरक्षक हुन । जबसम्म नेपालबाट राजतन्त्रलाई जरै देखि फाल्न सकिदैन तब सम्म पश्चिमा ईसाई रास्ट्रहरुको मनोकान्छा पूर्ण हुन्न भन्ने सोच पालेका बिदेसी कुतत्वहरुले राजनेताको खोल ओढेका नेपालका बिभिषणहरुलाई प्रयोग गरेर रातारात धर्म निरपेक्षको घोषणा देखि गणतन्त्रको स्थापना गर्नु भनेको मौलिक नेपालको धर्म, संस्कृति, भाषा, भेषभुषा र परम्परा मास्ने योजनाको एउटा हिस्सा थियो ।
यस्ता कार्यमा केहि हद सम्म ईसाईहरु सफल समेत भै सकेका छन । अस्ति भर्खर भएको एसिया प्यासिफिक नामको कार्यक्रम त्यसैको एउटा हिस्सा थियो । अबको दोश्रो योजनामा नेपाललाई फिलिपिन्स जस्तै पूर्ण ईसाई रास्ट्र बनाउने षडयन्त्र रच्दै छन । नेपालको परम्परागत मौलिक धर्म र संस्कृति बचाउन नेपालका जनताहरु जागेनन भने त्यो दिन पनि देख्न नपर्ला भनेर भन्न सकिन्न ।
बाबुराम मार्काका नेताहरु धर्म परिवर्तन गर्नु हुन्न र गरे गराएमा कानून बमोजिम जेल संजाय भोग्नु पर्छ । बिदेसिको हकमा हो भने त्यस्तालाई तुरुन्त नेपालमा आउन नपाउने गरि देश निकाला गर्नु पर्छ भन्ने ऐन कानून बनाएर पारित गर्छन । उता प्यासिफिक समिटको नाउँमा ईसाई धर्म गुरु देखि गुरु आमा बोलाएर कार्यक्रम गर्न लगाउने देखि येशु मसीहको सन्देस जनतामा पुर्याउने बाचा कसम खान समेत भुल्दैनन भने यो जस्तो ठुलो नौटंकी अरु के हुन्छ ।
कम्युनिस्टहरुको कुनै जात र धर्म हुन्न भन्ने किताबी ज्ञान घोकेर अहिलेको उमेरमा आई पुगेका धेरै लाल विद्वान नेताहरु छन । तिनीहरु आफ्ना सगोत्रिहरुले सत्ता र भत्ताको मदमा चुर भएर गरेको काम कारबाही बाट कति सम्म लज्जित छ भन्ने कुराहरु सामाजिक संजालमा बिचार, गजल, मुक्तकको माध्यमबाट ब्यक्त गरेको भनाईले पुस्टि गरेको छ । अहंकारको मदले चुर भएकाहरु लाई चाहेर पनि सम्झाउन र बुझाउन सक्दैनन । यदि सक्थे भने ने.क.पा का नेता नारायणकाजि श्रेष्ठले संसारमा गन्हाएको संस्थाले गर्न लागेको कार्यक्रम हाम्रो देसमा गर्न हुन्न भन्दा किन मानेनन ? नेता भिम रावल खुलेरै बिरोध गर्दछन तर नारायणकाजि देखि भिम रावलहरुको बिरोध भनेको माकुने वलीहरुको लागी हत्केलाले सुर्य छेकेको जस्तै हो
हामि नेपाली जनताहरु जत्तिको सोझा र सिधा कोहि पनि छैनौ । नेताहरुले सजिलै संग बेबकुफ बनाएको देख्दा देख्दै पनि बिरोध गर्ने हिम्मत गर्दैनौ । यदि बिरोध गर्ने हिम्मत र ल्याकत भएको भने राजधानीमा यतिखेर मेलम्चीको पानीले सडक पखालिन्थ्यो होला । राजाले स्थापना गरेको कल कारखाना देखि उधोग धन्धाहरु कौडीको भाउमा बेचिदैन थियो होला । चुनाव हुनुभन्दा अगाडिनै  अहिलेको शासन ब्यबस्था हाक्नेहरु भनेका बिदेसिका दानापानीमा बिकेका एजेन्टहरु हुन त्यसैले यस्तालाई शासन सत्ता सुम्पनु हुन्न भन्दै चुनावको माध्यम बाट अस्विकार गर्नु पर्नेमा उही पुर्व एमालेको नारा 'कुटे पनि आमै राम्रो पोले पनि घामै राम्रो' भन्छन भने नेपाल एक दिन सिक्किम नबन्ला भन्ने के ग्यारेन्टी छ । 

बिदेसीहरुको हैकममा चलेको देशमा सामाजिक सुरक्षा कोषको के काम ?

Written By खांट्टी कुरा on Saturday, December 01, 2018 | December 01, 2018

बि.स.१९९१ सालमा सैनिक द्रब्य कोषको स्थापना गरियो । नेपालमा रहेको सेनालाई सेवा अबधि पश्चात जीवन जिउन सजिलो होस भन्ने हेतुले उक्त कोषको स्थापना गरिएको थियो भने निजामती सेवामा लागेका कर्मचारीहरुको लागी भनि बि.स.२००१ सालमा निजामति प्रोभिडेन्ट फण्डको स्थापना गरियो ।
जनकमान डंगोल नेपाल प्रहरीको आधिकारिक जन्म बि.स.२०१२ सालमा पुलिस ऐन पारित भए पछी भएको हो जंगी तथा निजामति जस्तै गरि नेपालमा रहेका प्रहरीहरुको लागी सोहि सालमा प्रोभिडेन्ट फण्डको ब्यबस्था लागु गरियो ।
जंगी तथा निजामति देखि प्रहरीको समेत गरि छुट्टाछुटै फण्ड राख्नु हुन्न भन्दै  बि.स. २०१९ सालमा ऐन पारित गरि अर्थ मन्त्रालयको मातहतमा रहने गरि तिनवटै फण्डलाई गाभेर काठमान्डौको सुन्धारामा कर्मचारी संचय कोषको स्थापना गरियो ।
नेपालमा यो भन्दा अगाडी जे जस्ता नाम दीईयेता पनि रास्ट्र सेवक कर्मचारी कर्मचारीहरु सेवाबाट अवकास गए पछी बाँकी रहेको जीवनयापन गर्न सजिलो होस् भन्ने हिसाबले संचय कोषको स्थापना गरिएको हो । सेवा गरे बापत कर्मचारीको १०% र सरकारको १०% अनिवार्य जम्मा गर्नु पर्ने हुन्छ । यस्तो ब्यबस्था नेपालमा मात्र नभएर संसारभरका धेरै देशहरुमा लागु गरिएको छ ।
नेपालमा संचय कोष छ भन्ने ज्ञान हुँदाहुँदै २०४७ सालमा नागरिक लगानी कोषको स्थापना गरेर २०५० साल देखि कर्मचारीहरुको संचय कोष जस्तै गरि १०% रकम तलब भत्ता बाट काट्ने ब्यबस्था गरियो । सेना प्रहरीका जवानहरु त्यो निर्णयबाट बेखुसी भएको महसुस गर्दै काटिएको रकम फिर्ता गरिएको थियो । पंक्तिकार स्वयम प्रहरी सेवाको रास्ट्र सेवक भएको हुँदा यस्ता बिषयमा अनभिग्य नहुने कुरै भएन ।
नागरिक भनेका जनताहरु हुन । जनताहरुको नाम राखेर स्थापना गरिएको संस्था नागरिक लगानी कोषमा जम्मा गरिएको रकम के कति सदुपयोग भयो र हुँदैछ त्यस सम्बन्धमा समय समयमा प्रकासित हुँदै आएको समाचारले पुस्टि गर्दै आएको छ भने भर्खरै चर्चामा आएको वाईड बडी जहाज प्रकरणमा नागरिक लगानी कोष देखि कर्मचारी संचय कोषको रकम डुब्न सक्ने भन्ने समाचारले जम्माकर्ताहरु चिन्तामा पार्लान नपर्लान त्यो समयले बताउनेछ ।
भै रहेको संस्था हुँदाहुँदै नाम फरक फरक गरि संस्था खोल्नु भनेको देस र जनतालाई गुमराहमा पार्नु हो । त्यसरी संस्था खोल्नु भनेको आफ्ना आसेपासे देखि पार्टीलाई सहयोग गर्न मद्धत पुगोस भन्दै खोलिएको हो भन्नेमा कुनै दुईमत छैन । उदाहरणको लागी नागरिक लगानी कोष, बर्खे च्याउ जस्ता उम्रेका बैंक देखि सहकारी नामको संस्थाहरु लाई हेरे पुग्छ ।
संचय कोष पछी नागरिक लगानी कोष अझ त्यतिले पनि नपुगेर विभिन्न नामका संस्थाहरु खोलेर जनता र रास्ट्रको ढुकुटी रित्याउन नेपालका नेताहरु कम्बर कसेर लागेका छन । विद्वान नेता बाबुराम भटराईले युवाहरुलाई लक्षित गरेर युवा स्वरोजगार कोषको स्थापना गरेका थिए । उक्त कोषको स्थापना पश्चात के कति युवाहरु लाभान्वित भए त्यसको कुनै लेखाजोखा नै छैन । युवा स्वरोजगार कोषको २७ करोड रुपैया सरकारले माया मार्नु पर्ने जस्तै भएको छ भन्ने केहि दिन अगाडी समाचारनै प्रकाशित भएको थियो ।
‘घांटी हेरी हांड’ निल्नु भन्ने नेपाली उखान पनि छ । अहिलेको सरकारको मुखिया उखान टुक्का भन्नमा माहिर छन । उखान टुक्का भनेको ऐना हो भन्ने ज्ञान पनि होला ।
सबैलाई हुने भन्दै अहिले सामाजिक सुरक्षा कोषको स्थापनाको चर्चा चुलिएको छ । ऐननै पारित गरेर लागु गरिएको यो कोषले बाहिरिरुपमा हेर्दा जति क्रान्तिकारी देखिन्छ सतही रुपमा त्यसले फाईदा भने पुर्याउने देखिदैन । 
दुई दिन अगाडी नागरिक समाजका अगुवा सुन्दरमणि दीक्षितले नेपाल सात आठ बर्षमा टाट पल्टिन सक्छ भनेर खुल्लारुपमा नै बताए । सामाजिक सुरक्षा कोषको तामझामपूर्ण उद्घाटन पछी दीक्षितले किन यस्ता कुरा जनतालाई सुनाए त्यो अर्थपूर्ण छ तर बेठिक भने भनेका छैनन ।
बिशेष गरि मजदुरहरुको हितको लागि भन्दै स्थापना गरिएको सामाजिक सुरक्षा कोष हेर्दा जति आकर्षक देखिन्छ जमिनीरुपमा हेर्ने हो भने मजदुरको वर्तमान स्थिति भयाबह देखिन्छ । रोजगार पाए पो त्यो सेवा पाउनु । रोजगार नै छैन भने त्यस्ता सेवाको के औचित्य ?
दैनिक ठेक्का प्रणालीमा अहिले नेपालका प्राय सम्पूर्ण ब्यबसायीहरु चलेका छन । कारखाना मजदुर देखि सुरक्षा मजदुर हुँदै सफाई मजदुर सम्मको रोजगारको कुनै ग्यारेण्टी छैन । निस्चित समय अवधिको लागी लिईने ठेक्का प्रणालीमा चलेका यस्ता कम्पनिहरुले स्थाही गरेर कसैलाई पनि राख्न सक्दैन ।
हाम्रा नेताहरुले आफु सत्तामा जानको लागी जनतालाई भर्यांग बनाए । धेरै नेताहरु अहिले उधोगपति सम्म भै सकेका छन । तिनीहरुले खोलेको उधोग कलकारखानामा भाडाका मजदुरहरु ल्याएर किन काममा लगाउछन भनि प्रश्न कोहि कसैले गरेको देखिदैन ।
नेपालमा असंख्य उधोग कलकारखानाहरु खोलिएका छन । त्यसरी खोलिएका उधोगहरु कतिखेर बन्द हुन्छ पत्तो नै हुन्न । नेपालको मजदुरहरुलाई स्थाही रुपमा राखियो भने सेवा र सुबिधा धेरै खोज्ने तर कामको नाउँमा सिन्को नभाच्ने देखेर आजित भएका उधोगपतिहरुले थर्ड पार्टी सिस्टम खोज्छन । त्यो भनेको सिधै आफुले मजदुर देखि कर्मचारीहरु भर्ना नगरेर तेश्रो पक्षबाट ठेक्का प्रणालीमा लिनु हो । यसो गर्दा आफुले मन नपरेर वा चाहेको खण्डमा मजदुरहरु निष्कासन गर्न पाउछन भने त्यसरी निकालिएको मजदुरहरु लाई कुनै सेवा सुबिधा समेत दिनु पर्दैन । हेर्दा कम्पनीको लागी यो धेरै सजिलो हो तर गाई मारेर गधा पोस्ने उखान भने यहाँ निर लागु भएको पाईन्छ । यस्तो हुनुमा उधोगपति नभएर नेपालका राजनीतिक पार्टीका नेताहरु र तिनले पुल्पुल्याएर पालेका छाडा साँढेरुपी युनियनका नेताहरुको कारणले भएको हो ।
जनक मान मजदुर बिरोधि हो भनेर केहि लोकल मजदुर नेताहरुले लगाएको आरोपलाई चुपचाप सहनु पर्ने बाध्यता पनि छ । मजदुर नेताहरु मजदुरलाई निकाल्न पाइदैन भनेर भन्छन । थर्ड पार्टीमा उधोग देखि देस सम्म चलेको ज्ञान पनि छ । उधोग पति देखि थर्ड पार्टी हाक्ने साहुबाहरुले चटाएको चास्नी चाखेको पनि देख्छु । तपाईहरुको बिरोध गरेन भने हाम्रो पसल कसरि चल्छ जनकमान दाई भन्ने पनि छन ।
हरेक पार्टीहरुले युनियन खोलेका छन । हेर्दा मजदुरको तर राजनीतिक पार्टीहरुको सत्ता बचाउ र प्राप्तिको लागी ढाल बनेर उभिने युनियनहरुको कारण अनि त्यसलाई हाक्ने नेताहरु हुन्जेल यस्ता सामाजिक सुरक्षा कोष नाउँ दिएको को ललिपपको के काम ?




 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger