Latest Post

कसरि भो हेटौडा नगर सफा स्वच्छ र हराभरा ?

Written By खांट्टी कुरा on Friday, August 04, 2017 | August 04, 2017

-जनकमान डंगोल 
मकवानपुरबाट प्रहरी उपरीक्षक बसन्त कुमार लामा सरुवा भएर जाने बेलामा पत्रकार सम्मलेन गरेर नागरिकहरुलाई लागु औषध दुर्व्यसनमा हेटौडाका युवाहरु नराम्रो संग फसेको हुँदा त्यसतर्फ ध्यान दिन जरुरि छ भनेर भन्नुभयो । अरु पुलिसका हाकिमहरु पनि आए गए तर लामा साबले जस्तो समाजलाई खबरदारी गरेको देखिएन ।
उपरीक्षक लामाको भनाईलाई आधार मान्नेहो भने अहिले हेटौडा नगरीमा ९०% युवाहरु लागु औषध दुर्व्यसनीको सिकार भएको देखिन्छ   
दिनहु युवाहरु लागु औषध अपराधमा पक्राउ परेको समाचार पत्र पत्रिकामा छापिने गरेको छ तर लागु औषध दुर्व्यसनी मुक्त जिल्ला बनाउने भनेर आज सम्म कोहि कसैले पहल गरेको देखिएन ।
‘हाम्रो हेटौडा राम्रो हेटौडा’ भन्ने नारा नयाँ र नौलो पनि हैन तर दिनप्रतिदिन कुरूप बन्दै गएको हेटौडा अहिले सफा र सुग्घरमा देसको तेस्रो नगरपालिका भयो भनेर नगर पालिकाको हाकिम र मेयर भएर संयुक्त पुरस्कार पाएको समाचार सुन्दा जो कोहीलाई पनि अनौठो लाग्न सक्छ ।
सफा र सुन्दरको परिभाषालाई  बुद्धिजिबी देखि लेखकहरुले आ-आफ्नै तरिकाले व्याख्या गर्लान तर सफा र सुग्घरमा हेटौडा नगर देसको तेस्रो भयो भनेर बिस्वास गर्ने आधार के भनेर प्रश्न गर्ने ठाउँ भने प्रसस्त देखिन्छ ।
नगर सफा देखिन बाटोघाटो चोक गल्लि देखि सबै तह र तप्काकाहरुको मन सफा हुन सख्त जरुरि देखिन्छ तर उपरीक्षक लामाले सरुवा भएर जान लाग्दा गरेको पत्रकार सम्मेलनमा अपराधको अभिलेखमा नगरमा बढ्दै गएको लागु औषध दुर्व्यसनीको संख्याको सूचकाँक ९०%  देखिनु त्यो जस्तो डरलाग्दो फोहरीपना अरु के नै हुन सक्छ र ।
हेटौडाले अहिले राजधानी काठमान्डौलाई बिर्साउदै छ । दिनहु बढ्दै गएको ट्राफिक समस्याले सबै भन्दा बढी पिडित र आहत नगरबासीनै भएका छन । बाटो बिस्तार गर्न खोज्यो भने समाजका धमिराहरु अगाडी सरेर बाटो बिस्तारमा भाँजो हाल्छन । दिनहु बढ्दै गएको ट्राफिक जामले हेटौडा नगर अस्तव्यस्त भएको छ । ट्राफिक जाम नभएको कुनै सडक बाँकी छैन । सवारी गुड्ने बाटो जसलाई पिच सडक भनेर नामाकरण गरिएको छ त्यस्ता सडकहरुको अवस्थालाई हेर्दाहेर्दै पनि हेटौडा नगर कसरि सफा र स्वच्छ भयो ।
प्रजातन्त्र देखि लोकतन्त्रे शासनले हेटौडाका केहि नाम चलेका ब्यापारीहरुलाई अहिले सातखत माफी दिएको छ । ब्यापारीहरुले कालाबजारी गर्नु पेशाजस्तै बनि सकेको छ । उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने ब्यापारीको दोकानमा अनुगमन गर्ने निकाएले म्याद नाघेको खाधपदार्थ जफत गरेको समाचारले पत्रिकाको अगाडिको पानो पनि भरिएकै छ तर त्यस्ता जेम्राज चरित्रका व्यापारीहरुलाई कारबाही गर्ने कुनै निकाय देखिदैन भने कालो मन भएका ब्यापारी देखि नेता, समाजसेवी देखि अन्य तह र तप्का बस्ने हेटौडा शहर कसरि स्वच्छ, सफा र हराभरा भयो आजको खाँट्टी प्रश्न यो हो कि हैन ?

राजतन्त्र र प्रजातन्त्र बिचको भिन्नता

Written By खांट्टी कुरा on Thursday, July 27, 2017 | July 27, 2017

नेपाल जस्तै भारतको छिमेकी देस भुटानमा गएर ब्यापार ब्यबसाय गर्ने हज्जारौ भारतीय नागरिकहरु छन राणा सरकारको पालामा ब्यापार ब्यबसाय गर्न छिरेका भारतीय मुलका व्यापारीका शाखा सन्तानहरु अहिले नेपालमा बंसजको आधारमा खाँट्टी नेपाली नागरिक भै सके तर पचासौ बर्ष भन्दापनि बढी समयसम्म भुटानमा ब्यापार ब्यबसाय गरि बसी सकेका भारतीय नागरिकहरुलाई भुटान सरकारले नागरिकता त टाढाको कुरा हालको नयाँ नियम कानून भन्दै पहिचान- पत्र सम्म दिन मानेको छैन ।

नागरिकता नभए सम्म घर जग्गाको खरिद बिक्रि गर्न पाईदैन । जो जति भारतीय नागरिकहरु भुटानमा गएर बसे तिनीहरुले आफु बसेको अर्थात भुटान सरकारले दिएको भाडाको घरलाई बार्षिकरुपमा नबिकरण गराउंदै बस्नु पर्ने बाध्यता छ ।
यसै सन्दर्भमा लत्ताकपडाको ब्यापार ब्यबसाय गरि बसेका एकजना ब्यापारीले आफ्नो नाम नबताउने सर्तमा भने हाम्रो परिवार सन् १९६३ सालमा भुटान आएका हुन । पहिला निकै स्वतन्त्रता थियो तर ऐले आएर भुटान सरकारले नियम कानूनमा कडाई गरेको छ । पहिला परिवारलाई पहिचान पत्र दिने गरेको थियो तर अहिले आएर ब्यापार गर्नेहरु जसको नाउँमा पसल छ उसैको नाउँमा मात्र भुटान सरकारले परिचय पत्र जारि गर्ने गरेको छ । व्यापारीको भाई भतिजा तथा अन्य नातेदारहरुलाई आधिकारिकरुपमा बसोबास गर्ने अनुमति दिने गरेको छैन ।

बि,बि.सि ले हालै प्रकाशित गरेको यो समाचारलाई आधार मानेर हेर्ने हो भने राजतन्त्रात्मक भुटानले नेपालमा पटक पटक भएको राजनैतिक परिवर्तन भएको घटनालाई मध्यनजर राखेर आफ्नो देसको अस्तित्व बचाउनको निमित्त यस्तो कडा कदम चाल्न बाध्य भएको हो भनेर सजिलैसंग अनुमान गर्न सकिन्छ ।

भारत सरकारले उचाली दिएको हो वा स्व.बि.पी कोईराला बन्ने चाहनाले हो टेकनाथ रिजाल नाम गरेका नेपाली मुलका भुटानी नागरिकले भुटानमा प्रजातन्त्रको आवाज उठाए तर तिनले देखेको भुटानी प्रजातन्त्रको सपना भारतको चिसो छिडीमा गएर तुहिएको पनि देखिएकै हो तिनको क्रियाकलापले गर्दा भुटान सरकार रिसायर लाखौलाख नेपालीहरुलाई पुस्तौपुस्ताको थातथलो छाडन बाध्य बनाउंदै जबर्जस्ती भारतको बाटो हुँदै नेपाल ल्याएर छाडी दिएको घटना पनि धेरैले बिर्सी सकेका होलान भुटानी सरणार्थी समस्या हाल सम्म पनि समाधान हुन सकेको छैन धेरै नेपाली मुलका भुटानीहरु तेस्रो मुलुकमा बसाई सर्न बाध्य भए तर भुटान सरकारले आफ्नो देशबाट नेपाल खेदेका नेपाली मुलका भुटानीहरुलाई आफ्नो देसमा फर्काउन राजि भएको देखिदैन कथित प्रजातन्त्रको मागले नेपालको जस्तै स्थिति भुटानमा पनि दोहरिन सक्ने भयले त्यसो गरिएको हो भनेर सजिलै लख काटन सकिन्छ

सियो बनेर पस्दै फाली बनेर निस्कन सक्ने सामर्थ्य भएका बेलायतिहरुले सयौ बर्ष भारतलाई केन्द्रबिन्दु बनाएर थुप्रै देशहरुमा कब्जा बनाउन सफल भय तर नेपाल निल्न भने हिम्मत गरेनन तर अंग्रेजको गुलामी कस्तो हुन्छ भन्ने राम्रै अनुभव बटुलेका भारतीयहरुले अंग्रेजले देस छोड़नासाथ् छिमेकीहरुलाई निल्ने दुस्प्रयास गरे जसको नतिजा स्वतन्त्र रास्ट्र सिक्किमलाई भारतले आफ्नो एउटा प्रदेस बनाउन सफल भने भुटानलाई अर्धगुलाम बनाएको पनि देखिएकै हो

नेपाललाई पनि सके सिक्किम नसके भुटान बनाउन नखोजिएको पनि हैन तर स्व.राजा महेन्द्र देखि बीरेन्द्र सम्मले सिक्किमको घटनाबाट पाठ सिकेर त्यो समयमा शासन ब्यबस्था प्रत्यक्षरुपमा आफ्नो हातमा नलिएको भए  नेपालको नक्सा आज बिस्व मानचित्रमा स्वतन्त्र देसको रुपमा कोरिने थिएन । नेपालले पनि सिक्किमकै नियत ब्यहोर्नु पर्ने थियो

भारतीयहरुको बानि थाहा पाएर भुटानले आफ्नो देसमा नागरिकताको बिषयमा कडाईका साथ नियमको पालना गर्न लगाएका छन । भारतीयहरुलाई ब्यापार ब्यबसाय गर्न दिएकातापनि स्थाही अनुमति पत्र भने दिन मानेका छैनन ।

भारतीय दानापानीमा हुर्केका नेपालका अहिलेका सबै पार्टीका नेता देखि तिनका ताबेदारहरुले भुटानको सिको मात्र गरि दिएको भए प्रजातन्त्र देखि जनयुद्ध हुँदै गणतन्त्रको नाउँमा हज्जारौ हजार नेपालीहरुले अकालमा ज्यान फाल्नु पर्दैन थियो ।

पंचायत नफाले सम्म राजा फाल्न सकिदैन । राजा नफाले सम्म नेपालमा हालीमुहाली गर्न पाईदैन । बिदेसिले बुनेको माकुरी जालो यिनै थियो । बिदेसीले चारो हाले । सित्तैमा किन दिए भनेर सोच बिचार गरेनन । यहि माकुरी जालोमा नेपालका पार्टीका नेताहरु फसेका छन । फस्न त फसे भोलि ईतिहास देखि आफ्ना सन्ततिहरुले कत्तिको धिकार्लान त्यो पनि बुझेका होलान तर दासहरुको लागी भबिस्यको के नै अर्थ होला । आर्काले फाल्देको चारोमा लट्ठ भएर जसरि तोता मैना परेर पिजडाको बास हुन बाध्य भएका छन नेपाली नेताहरुको हबिगत पनि त्यस्तै भएको देखिन्छ

जसरि पिंजडाको सुगाले मिठो मिठो खाना खान त पाएका छन तर मालिकले रटाएको रटान बोल्न बाध्य हुनु पर्छ ठ्याक्कै नेपालका पुराना देखि नया रिकुटे नेताहरुले पिंजडाको सुगाको भाषा बोल्न बाध्य भएका छन २००७ देखि २०७४ सम्मको समयमा आईपुग्दा सम्म देखिएको विभिन्न घटनाक्रमहरुले त्यसलाई पुस्टि गरि सकेको छ

भुटानको राजाले पनि नेपालको राजा जस्तै उदार बनेर आफ्नो देसमा कांग्रेसी नेताहरुले भन्ने गरेको डेमोक्रेसीलाई आत्मसाथ गरेको भए आज भुटानमा बसेका हज्जारौ ब्यापारीहरुको हातहातमा भुटानको नागरिकता हुन्थ्यो र अन्त्यमा आएर भुटानी नरेसले पनि गणतन्त्र घोषणा गरेर राजा ज्ञानेन्द्रको पदको अगाडी पुर्व थप्न बाध्य हुनु पर्थ्यो


रास्ट्र र रास्ट्रियता नबुझ्ने र बुझेर पनि बुझ पचाउनेहरुको लागि यस्तो लेखाईको कुनै अर्थ हुन्न किनभने पार्टी प्रति अन्धभक्त भएर भेडाको जुनीमा पुगी सकेको हामि नेपालीहरुको लागी रास्ट्र र रास्ट्रीयताको लागि लड्ने राजतन्त्र भन्दा बिदेसीको दानापानीमा खोलिएको राजनीतिक पार्टीनै ठुलो हुन्छ । दुई पटक प्रजातन्त्र स्थापना देखि अहिलेको कथित गणतन्त्र सम्ममा आईपुग्दा देस र जनताले के पायो भनेर सोच्नु त परको कुरा अझै पनि विभिन्न पार्टीमा लागेर देशलाई सिक्किम बनाउने तर्खरमा पुगी सकेका छौ भने यो पंक्तिकारले खाँट्टी नेपाली शब्दमा लेखेको यस्तो आलेख के कसरि बुझ्लान

दम्भको राजनीतिले छुट्टै देश जन्मिन सक्छ

Written By खांट्टी कुरा on Saturday, June 24, 2017 | June 24, 2017

-जनकमान डंगोल
बिगत केहि दिन देखि दार्जिलिंग असान्त छ । असान्तिको मुख्य कारण भाषा देखिन्छ । पश्चिम बङ्गाल सरकारका मुखिया ममता बनर्जीले सरकारी पाठ्यक्रममा बंगाली भाषालाई अनिवार्य गराए पछी भड्किएको हिंसाले अहिले दार्जिलिंग बासिको दैनिक जनजीवन कठिन बन्दै गएको छ ।
आज जुन दार्जिलिङलाई हामीले चिन्छौँ त्यसको संगठन १८६६मा भएको थियो। दार्जिलिङमा बसोबास गर्ने नेपालीहरूले हामी नेपालको नागरिक होइनौ भन्ने प्रष्ट पार्न गोर्खा शब्दलाई प्रयोगमा ल्याए। गोर्खा शब्द दार्जिलिङमा बसोबास गर्ने सबै तीन समुह: नेपाली, लेप्चा र भूटियाहरूको लागि हो। (विकिपिडिया)
दार्जिलिंगको अहिलेको घटनालाई उल्लेख गर्नु भन्दा पहिला भाषाको आन्दोलनले गर्दा पाकिस्तान दूइ टुक्रा भएको तथ्यलाई मनन गर्नु पर्ने हुन्छ किनभने हिजो बंगालीहरु माथि पाकिस्तान सरकारले उर्दु भाषा लादन खोज्दा अहिलेको बंगलादेस पाकिस्तानबाट छुट्टिनको निमित्त संघर्ष गर्न बाध्य भएको थियो 
सियो बनेर पस्दै फाली बनेर निस्केको अंग्रेजले भारत लगाएत धेरै देशलाई आफ्नो अधिनमा पारेर एकछत्र राज गरेको ईतिहास छ । अंग्रेजको गुलामिबाट मुक्त हुन समय समयमा थुप्रै आन्दोलन भयो जसको फलस्वरूप सयौं बर्ष भारतमा राज गरेको अंग्रेजले भरत छाड्नु बाध्य भयो तर 'फुटाउ र राज गर' भन्ने नीति अंगालेको अंग्रेजले जादाँजाँदै बिशाल भारतलाई दुई टुक्रा बनाएर गयो ।
सन् १९४७ को भारत विभाजन पछी जन्मेको देस पाकिस्तानको अधिनमा रहेको हालको बंगलादेसको नाम पुर्बी बङ्गाल थियो । पाकिस्तानको केन्द्र सरकारले उर्दु भाषा अनिवार्य गर्दै पुर्बी पाकिस्तान नाम राखेको कारणले गर्दा बांग्ला भाषी बंगालीहरु रिसायर आन्दोलन गर्न बाध्य भए । भारतको हस्तक्षेपमा सन् १९७१ डिसेम्बर १६ तारिखको दिन स्वतन्त्र देस बंगलादेशको जन्म हुन पुग्यो ।
भारत शासित पश्चिम बङ्गाल राज्य तथा अहिलेको बंगलादेस कुनै समय एकै देसमा पर्थे । अंग्रेजको कारणले गर्दा एक भुमि दुई चिरा भयो । वर्तमान पश्चिम बंगालको मुख्य मन्त्रि ममता बनर्जीले ईतिहास पक्कै पनि पढेकी होलिन ।
दार्जिलिंग हुन् या सिक्किम वा आसाम यी स्थानहरुमा नेपाल भाषीहरुको बहुमत छ ।सन् १९०७ मा दार्जिलिंगेहरुले देस नभएर छुटै राज्यको माग गर्दै गरेको आन्दोलन अहिलेको हिसाबमा नयाँ र ताजा पनि हैन ।
तस्बिर साभार : गुगल सर्च


५ अप्रिल १९८६ मा गोर्खा राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्ष सुभाष घिसिंगले  दार्जिलिंगबासिलाई साथमा लिएर गोर्खाल्याण्ड आन्दोलन शुरु गरे । आन्दोलनमा १,२००को मृत्यु भयो । झन्डै दुई बर्ष चलेको गोर्खाल्याण्ड आन्दोलन  पश्चात २२ अगष्ट १९८८ को दिनमा १९ विभागको स्वायत्ततासहित दार्जिलिङ गोर्खा पार्वत्य परिषद (दागोपाप) गठनमा सहमति भयो ।दागोपाप गठन पश्चात आन्दोलन सेलायो ।
७ अक्टोबर २००७ को दिनमाबिमल गुरुङको अध्यक्षतामा गोर्खा जनमुक्ति मोर्चा गठनपश्चात ३ नोभेम्बर २००७ को दिनमा गोजमुमोद्वारा गोर्खाल्याण्ड माग्दै पुन आन्दोलन शुरु भयो । उक्त आन्दोलनको कारणले १० मार्च २००८  का दिन सुवास घिसिङ दागोपापबाट पदच्युत हुन बाध्य भए ।२७ डिसेम्बर २००८ को दिन दिल्लीमा भएको पहिलो त्रिपक्षीय वार्ता पश्चात ११ अगष्ट २००९ को दिनमा छैटौं अनुसूचिमा गाभ्नेसम्वन्धी विधेयक र दार्जिलिङ गोर्खा पार्वत्य परिषद खारेज गर्ने सहमति भयो ।
२१ डिसेम्बर २००९ मा दार्जिलिङमा चौथो त्रिपक्षीय वार्ता भयो । उक्त वार्तामा पहिलोपटक गोर्खाल्याण्ड राज्य स्थापना प्रक्रियाबारे छलफल मात्र भयो तर छुट्टै गोर्खाल्याण्ड राज्य गठन गर्न सम्बन्धमा कुनै निर्णय भएको देखिदैन ।
१८ मार्च २०१० का दिनमा नयाँ दिल्लीमा त्रिपक्षीय राजनैतिकस्तरको वार्ता भयो । उक्त वार्तामा कुनै ठोस निर्णय भएको देखिदैन तर  सन् २०११ डिसेम्बर ३१ सम्मका लागि अन्तरिम व्यवस्था गर्ने प्रक्रिया अघि बढाउने सहमति भयो भने ३० मे २०१० का दिन मोर्चाद्वारा गोर्खाल्याण्डको सट्टा 'गोर्खा आदिवासी प्रदेश'को प्रस्ताव गर्दै अन्तरिम व्यवस्थाका लागि वार्ता नगर्ने निर्णय गर्यो ।
१७ अगष्ट २०१०का दिनमा सातौं चरणको त्रिपक्षीय वार्ता भयो उक्त वार्ताले १९ विभागको सट्टा  गोर्खाल्याण्ड स्वायत्त प्राधिकरणलाई ५४ विभागको स्वायत्तता दिने सहमति भयो । उक्त निर्णयले अखिल भारतीय गोर्खा लिग, गोर्खा राष्ट्रिय मुक्ति मोर्चा, गोरामुमो (सी), गोर्खा राष्ट्रिय काङ्ग्रेस, क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टीलगायतका सबै दलहरू अन्तरिम व्यवस्थाप्रति असहमत भए ।
१२ जनवरी २०११का छुट्टै राज्यका लागि तेलङ्गानाशरह गोर्खाल्याण्डलाई पनि संवोधन गर्न माग गर्दै चरणवद्ध २७ दिने आमहडताल सुरु भए पश्चात २५ जनवरी २०११का दिन भएको त्रिपक्षीय वार्ताले अन्तरिम व्यवस्थामै जान मोर्चा सहमत भएता पनि अन्य घटकहरुले आन्दोलन सुरु गरे ।४ फेब्रुअरी २०११का दिनजलपाईगुडी जिल्लाको सिब्चुमा प्रहरीको गोली लागेर विमला राई र विक्की लामाको मृत्यु पश्चात दार्जिलिङ जिल्लाका विभिन्न ठाउँमा गाडी तथा सरकारी कार्यालय तोडफोड भयो ।५ फेब्रुअरी २०११को दिनमा सिब्चुको घटनाको विरोधमा अनिश्चितकालीन आम हडताल गर्दै सिविआई जाँचको मागगरे ।
गोर्खा जनमुक्ति मोर्चा, पश्चिम बङ्गाल सरकार र भारतको केन्द्रीय सरकारबीच १८ जुलाई, २०११मा गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन बनाउने सहमति गरे। पश्चिम बङ्गालको सिलिगुडीमा केन्द्र सरकारका गृहसचिव केके पाठक, राज्यका गृहसचिव ज्ञानदत्त गौतम र मोर्चाका महासचिव रोशन गिरीले जीटिए लागू गर्न हस्ताक्षर गरेका हुन् ।
पश्चिम बङ्गालको नयाँ मुख्यमन्त्रीमा ममता बनर्जी विजयी भएपछि गोर्खाल्याण्ड समस्याको समाधान खोज्ने बताएकी थिइन् । मोर्चा र राज्य सरकारबीच जुन ६ र ७मा कोलकातामा भएको पहिलो चरणको वार्ताले दार्जिलिङमा स्वायत्त व्यवस्था लागू गर्ने सहमति गरेको थियो । जुन ८मा भएको दास्रो चरणको वार्तामा गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनमा सहमति भएको थियो ।
तीन वर्ष भन्दा लामो आन्दोलन पछि पनि गोर्खाल्याण्ड छुट्टै राज्य भने हुन सकेन। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका प्रशासनिक, कार्यकारी र वित्तीय शक्ति भए पनि आफ्नै विधायक भने हुने छैनन्।भारतमा छुट्टै राज्यको माग गर्दै धेरै स्थानहरुमा आन्दोलन भयो तर पश्चिम बङ्गाल सरकार दार्जिलिंग छुट्टै राज्य होस् भनेर चाहादैनन ।
माथिका सबै घटनाक्रमलाई नियालेर हेर्ने हो भने दार्जिलिंगको छिमेकी सिक्किम राज्य मात्र नभएर अन्य स्थानहरुमा पनि नेपाली भाषीहरु उल्लेखनीयरुपमा बसोबास गरेका छन । जसरि भाषाको कारणले पाकिस्तानबाट छुट्टिएर बंगलादेस नामको देस जन्मियो त्यस्तै गरि छुट्टै राज्यको माग गर्दा उक्त मागलाई बेवास्ता गर्दै पश्चिम बङ्गाल कुनै हालतमा टुक्रयाउन दिन्न भनेर दम्भको राजनीति गर्ने ममता बनर्जीले समयमा बिचार नगर्ने हो भने पाकिस्तानबाट बंगलादेस नामको देस जसरि जन्मियो त्यस्तै गरि  छुट्टै देसको माग नगर्लान भन्न के बेर ।
(घटना र मितिहरू विकिपीडिया शब्दकोष बाट साभार गरिएको हो)

बन्द भएको उधोग संचालन नगर्नेहरुलाई किन अमुल्य मत दिने

Written By खांट्टी कुरा on Sunday, April 30, 2017 | April 30, 2017

-जनक मान डंगोल 
१०४ बर्षे जहानियाँ शासनको उपमा पाएको राणा शासन बिरुद्ध क्रान्तिको बिगुल फुक्ने देसको जेठो पार्टी ‘प्रजा परिषद’ भएता पनि नेपाली जनताले ‘प्रजा परिषद’ लाई बिस्वास गरेको भए भारतमा बसेर राजनीतिक पार्टी गठन गर्दै अगाडी ‘नेपाल’ राखेर कांग्रेस तथा कम्युनिस्ट पार्टीहरुको जन्म पक्कै पनि हुदैन थियो होला ।

बिदेसमा जन्मेको भएर होला नामको अगाडी नेपाल राखेर जन्मिएको पार्टी कांग्रेस तथा कम्युनिस्ट देसको लागी कहिले पनि फाप भएन । यदि भै दिएको भए नेपाल यतिखेर बिस्वको १ नम्बरको देस पक्कै पनि हुन्थ्यो । नेपाल भन्दा पछाडि बिकासको बामे सरेको जापान जस्तो देसले आज नेपाललाई नै दान खैरात दिन्छ । हाम्रा शासकहरु जुवा हारेको पाण्डब जस्तरी शिर निहुर्याएर आर्काले दिएको खैरात थाप्न लाज मान्दैनन । त्यतिले पनि नपुगेर अझै याचनाको झोली फैलाउदै हिंडेको पनि बर्षौ बर्ष भै सक्यो ।

२००७ साल देखि आजको मिति सम्ममा आईपुग्दा धेरै पटक चुनाव भयो । पटक पटकको चुनावले नेता छाने र तिनै नेता प्रधान मन्त्रि देखि विभिन्न मन्त्रालयहरुको मन्त्रि पनि बने । बिकास गर्नु पर्छ भन्ने सोच कहिले पनि पालेनन । बिदेसी संग हात फैलाउनु भन्दा अन्य ठुला काम गरेको अभिलेखमा आज सम्म देखिएको छैन र  देखिन्न पनि ।

चुनाव आउछ र हरेक पटकको चुनावी घोषणा पत्रमा लाज सरम पचाएर पत्याउनै नसक्ने महा बाणी प्रस्तुत गर्न पछी पर्दैनन् । २०४६ सालमा दोश्रो पटक प्रजातन्त्रको स्थापना पश्चात भएको २०४८ सालको चुनावी घोषणा पत्रमा लेखिएको त्यस्ता महाबाणीहरु सयमा आधा मात्र पुरा गरेको भए नेपालका युवाहरु बिदेसमा हली देखि पाले बस्न जान पर्दैन थियो । यो पंक्तिकारले पनि १० बर्ष बिदेसमा द्वारपालेको अनुभव राम्रैसंग संगालेको हुँदा मनको तितो कागजी भित्तामा पोख्न बाध्य भएको हो ।

दलविहीन पंचायतलाई निरङ्कुश र तानाशाहीको उपमा दिन आझ सम्म पछी नपर्ने कांग्रेस देखि कम्युनिस्टको सर्खारले पंचायती सर्खारको पालामा जे जति सर्खारी उधोग कलकारखाना जोडिए त्यस्ता उधोग तथा कलकारखानाहरु लाई निजीकरणको नाउँमा व्यक्तिको भेट चढाएको पनि देखिएकै हो । निजीकरण हुन नसकेको कल कारखानाहरु आज पनि उदारवादी पार्टीका नेताहरु आएर मर्मत सम्भार गरेर संचालन गर्देलाकी भन्ने आसमा बाँचेको पनि बर्षौ बर्ष  भै सकेको छ । त्यसरी आस गरेर बसेका उधोगहरु दिन प्रतिदिन जिर्ण हुँदै गएको देख्नेहरु थुप्रै नेता देखि तिनका कार्यकर्ताहरु नभएको पनि हैनन्  तर त्यस्ता उधोग तथा कलकारखानाहरुलाई संचालन गरेर नेपाली युवाहरुलाई रोजीरोटी कमाउनु दिनु पर्छ भनेर ईन्कलाबको नारा घन्काउने बहादुरहरु आज सम्म देखिएको छैन । पार्टीको नाउँ गरेर आफ्नो स्वार्थसिद्ध गर्ने असंख्य मजदुर नेताहरु छन तर ति बोल्दैनन । पार्टीका नेताहरुको ताबेदारिमा रमाएका त्यस्ता मजदुर नेताहरुले मजदुरको हक हित भनेर बन्द हड्ताल गर्ने देखि उधोगपति ब्यापारी संग चन्दाको नाउँमा कुस्त रकम भने असुल्न छाडेका छैनन् । बिस्वास लाग्दैन भने मे दिबसको नाउँमा बाँडिएको चन्दा पत्रहरुलाई हेर्नु भए हुन्छ ।

देसको नम्बर १ औधोगिक नगरी भनेर परिचय दिने मकवानपुर जिल्लाको हेटौडा उप-महानगर पालिकाको वार्ड नम्बर ८ हो र पंक्तिकारको स्थाही वासस्थान पनि सोहि वार्डमानै पर्दछ ।

चिनियाँहरु नेपालको असल तथा सहयोगी मित्ररास्ट्र हो र भारतले जस्तरी आज सम्म नेपाललाई  ‘म तिमीहरुको ठुल्दाई’ भनेर भनेको पनि सुनिएको छैन र सायद नभन्लान पनि ।  २०३२/३३ सालमा नेपालको बिकास होस् भनेर करोडौ करोड खर्चेर पंक्तिकारको बसेरा रहेको वार्ड नम्बर ८ मा हेटौडा कपडा उधोग बनाई दिएको थियो । हज्जारौ हजारले रोजगारी पाएका थिए ।

नेपालमा २०४६ सालमा फेरि प्रजातन्त्रको आगमन भयो । प्रजातन्त्रको आगमन पश्चात युद्धस्तरमा बिकास तथा निर्माणको काम सुरु हुनु पर्नेमा बिकासको बदलामा बिनासको काम सुरु भएको देखियो । बिनासको चपेटामा हेटौडाको कपडा उधोग पनि अछुतो रहन सकेन ।

नेपालमा चुनाव धेरै पटक भयो र यो पटक पनि हुँदैछ । देसमा प्रजातन्त्र हामीले ल्याएको हो भनेर फुई लाउने नेपाली कांग्रेसले प्रत्येक बर्ष ५ लाख युवाहरुलाई रोजगारी दिन्छु भनेर आफ्नो चुनावी घोषणा पत्रमा नै राखेको छ भन्ने सुनिन आएको छ ।

सरकारी कलकारखाना कौडीको भाउमा बेचेर आफ्ना कार्यकर्ता पोस्ने कांग्रेस र त्यसलाई मौन समर्थन जनाउने नेपालका ठुला एकतारे लाल मार्काधारी कम्युनिस्ट पार्टीहरुले नेपाली कांग्रेसको घोषणा पत्रमा लेखिएको वाक्यलाई पुरा गर्नमा समर्थन मात्र दिने हो भने पनि देशभर बन्द रहेको थुप्रै उधोग तथा कलकारखानाहरु फेरी पनि खुल्न सक्छन । यदि कांग्रेसले फटाहा कुरा गरेर जनता झुक्याउन खोज्छन भने बन्द भएको ठुला उधोग संचालन गर्नु पर्छ भनेर ईन्कलाबी नारा घन्काउनचै  किन सक्दैनन् ।

बिकास जो जसले गरे पनि हुन्छ । नेपालको जनतालाई अहिले चाहिएको प्रमुख माग भनेको गाँस, बास, कपास र ओखती हो । चुनावी घोषणा पत्रमा लेखिएको शब्दलाई पुरा गराउने हो भने बन्द भएका सम्पूर्ण उधोग क्ल कारखाना तुरुन्त संचालन गरेर देखाउन सक्नु पर्छ । यदि सक्दैनन् भने हावादारी कुरा गरेर जनता जनतालाई झुक्याउनुको के नै अर्थ भयो र ।

यो पंक्तिकारको लेखाई निम जस्तै छ । कम्युनिस्ट पार्टीमा लाग्नेहरुले जस्तरी गुलियो र चिप्लो भाकामा लेख्न र बोल्न जानेको छैन तर देखिएको सत्य र साँचो कुरा सबैलाई बताउनु लेखकको धर्म भनेर भन्ने गरिन्छ त्यसैले जस्तो देखाई त्यस्तै लेखाई भन्ने मुलमन्त्रलाई अखबारी पानामा राखी दिएको छु । ग्रहण गर्ने नगर्ने आदरणीय पाठकहरुको जो बिचार ।

(यो लेख लेखकको निजि बिचार हुन) 
प्रदेस रास्ट्रिय दैनिक हेटौडाको मिति २०७४ बैशाख १७ गतेको अंकमा प्रकाशित





कानेखुसीले निस्किने घातक परिणाम ।

Written By खांट्टी कुरा on Thursday, February 23, 2017 | February 23, 2017

-जनकमान डंगोल
कानमा 'खासखुस' कुरा गर्नेलाई नेपालीमा 'कानेखुसी' भन्छन भने छिमेकी हिन्दुस्थान भनिने भारतमा यसलाई 'मन्त्रणा' भनेर निन्छ । मन्त्रणा अर्थात कानेखुसीत हाम्रो देसमा पण्डित गुरुहरुले बटुकहरुलाई गायत्री मन्त्रको ज्ञान दिने बेलामा मात्र गर्छन ।
छिमेकी हिन्दुस्थानमा कानेखुसी अर्थात 'मन्त्रणा' लाई भारतीय रास्ट्रपिता भनिने 'बापूअर्थात महात्मा गान्धीले भित्र्यायेका हुन ।
अंग्रेजको ईसारामा धर्म निरपेक्षको ठेकेदार कांग्रेसी नेता स्व.पण्डित जवाहरलाल नेहरु संग खुसुक्क कानेखुसी गरेर महात्मा गान्धीले भारतलाई हिन्दुको लागी भारत र मुस्लिमको लागी पाकिस्थान बनाए बिसाल देस टुक्र्यायेको सहन नसकेर नाथुराम गोड्सेले महात्मा गान्धीको हत्या गरेका हुन भनेर भारतको ईतिहासले भन्छ ।
देखावटीरुपमा महात्मा गान्धीलाई रास्ट्रपिता भनेर मान्दै आएका छन तर सच्चा हृदयले भारतीय कांग्रेस बाहेक अन्य पार्टीका त्यस माथि सत्ताधारी भारतीय जनता पार्टीकाहरुले महात्मा गान्धीलाई मान्दैनन भन्ने भनाई पनि छ ।
छिमेकी भारतमा जे जे गर्यो नेपालमा पनि त्यहि त्यहि गर्ने चलन भएर होला २०४६ साल पछी नेपालमा पनि 'कानेखुसी' गर्ने चलन उल्का संग बढेको देखिदैछ ।
कानेखुसीकै भरमा स्व. गिरिजाले आफ्नै बहुमतको सर्खारलाई ढाले मानौ त्यतिखेर उनि नेपालको नभएर जापानी प्रधानमन्त्री हुन किनभने जापानमा आफ्नो सक्ति देखाउन आफ्नै बहुमतको सर्खार हुँदाहुँदै पनि संसद भंग गरेर मध्यावधि चुनाव गराउने चलन छ । केहि बर्ष अगाडी जापानी प्रधानमन्त्रीले संसद बिघटन गरेर देखाएका थिए
देसका ठुला पार्टी भनेर गर्व गर्न कांग्रेस, एमाले देखि माओबादी नामका तिन पार्टीका नेताहरुले कानेखुसी गरेकै भरमा देसमा 'प्रजातन्त्र' फालेर 'लोकतन्त्र' ल्याए र बिना जनमत देसमा धर्म निरपेक्ष लागु गरेर सदियौ पुराना राजतन्त्रलाई निलम्बनमा पारेर देखाए ।
भन्नलाई 'पुर्व राजा' 'पुर्ब राजतन्त्र' भनेर भन्छन तर राजतन्त्र पूर्ण रुपमा बिघटन गरेको भन्ने कुनै आधार र प्रमाण छैन । संबिधान सभाको दुवै चुनावले पनि लोकतन्त्र स्थापनाको लागि यो संबिधान सभाको निर्वाचन गराइएको भनेर भन्नलाई पछी परेको छैनन्
जब सम्म संबिधान सभाको पूर्ण बहुमतले स्थाही संबिधान बनाएर राजतन्त्र हटाएको लिखित घोषणा गर्दैन तब सम्म पुर्ब हैन निलम्बित राजतन्त्र र निलम्बित राजा भनेर सम्बोधन गर्नु पर्ने हो तर त्यसो भने भए गरेको पाईदैन
देसी बिदेसी लोकलाई देखाउन अझै पनि कांग्रेस, एमाले र माओबादी नामका तिन थाने लोकतन्त्रका कथित भरियाहरु गाँड कोराकोरको नाटक गर्छन, एकले आर्काको सत्तो सराप देखि लिएर न्वारान देखिको बल निकालेर एकआर्का माथि सार्बजनिक गालि बेईज्जति गर्न समेत पछी हट्दैनन तर नौ बर्ष हुन लाग्यो यिनीहरुको 'कानेखुसी' भनिने भारतीय 'मन्त्रणा' आजको मिति सम्ममा जारिनै छ ।
यि तिन थाने पार्टीहरुको 'कानेखुसी' ले कुन दिन नेपाललाई 'सिक्किम' जस्तो बनाउने हो त्यसको कुनै टुंगो छैन किनभने हेर्दा यीनिहरू नेपाली नागरिकताधारी हुन तर यी सबै बिटुली सकेका छन यिनीहरुको कामकारबाही देखि बानि ब्यबहारले त्यस्तै देखाउछ
लोकतन्त्रमा सबैलाई बोल्ने र लेख्ने छुट छ भनेर भन्न सिकाउने पनि यिनिहरुनै हुन जनतालाई बोल्ने र लेख्ने छुट छ भने गद्दी त्याग्न बाध्य बनाईएर नामको अगाडी पुर्व लेख्न बाध्य पारिएका राजा ज्ञानेन्द्रको हकमा भने त्यस्तो छैन
देसको माया नेता तथा तिनका कार्यकर्ताहरुलाई छैन यदि थियो भने देसको हितमा काम गर्थे होलान तर देसको चिन्ता लिएका पुर्व राजाले देस र जनताको बिषयमा दुई शब्द बोल्दा र लेख्नासाथ पार्टीका नेताहरुको मनमा हुण्डरी चल्न थाल्छ बढी नबोल, पाएको सुबिधा खोजेर जेल हाल्छौ भनेर भन्न पछी पर्दैनन् जनताको वाक स्वतन्त्रता हुन्छ भने गद्दी छाडन बाध्य पारिएका पुर्व राजाको वाक स्वतन्त्रता किन हुँदैन ?
राणाशाही निरंकुस थियो आन्दोलन गरेर हटाईयो तर त्यो आन्दोलनमा दिबंगत राजा त्रिभुवनको देन थियो स्व.राजा त्रिभुवनले त्याग नगरेको भए नेपालमा २००७ सालमा प्रजातन्त्रको स्थापना हुन् सक्दैन थियो भन्ने कुरा बुझेका पनि छन र ईतिहासमा पनि लेखिएको छ तर अझै पनि  खुलेर भन्न सक्दैनन् यदि त्यस्तो भन्न सक्ने ह्याउ भएका भए बिदेसिको ईसारामा जनताको मत बिना रातारात धर्म निरपेक्ष गणतन्त्र पक्कै पनि हुल्दैन थिए होलान
लोकतन्त्रमा जनताको मत बिना कुनै पनि काम कार्यहरु गर्न पाईदैन यदि जनताको मत बिना काम कार्यहरु गरिन्छ भने त्यसलाई लोकतन्त्र भन्न मिल्दैन तर जनताको मत बिना हाल चलाईदै आएको शासन र राणाहरुले चलाएको शासनमा कुनै भिन्नता छैन
नेपालमा २०४६ साल् पछी पार्टीका नेताहरुले आफुलाई श्री ३ महाराज जंगे सम्झेका छन जंगे महाराज अर्थात हुकुमी शासनको जन्मदाता आफुले बोलेकोनै कानून हो भन्ने श्री ३ जंगे महाराज र अहिलेको पार्टी नेताहरुमा कुनै भिन्नता छैन तर निरंकुस शासन नै चलायेता पनि राणाहरु रास्ट्रियता अब्बली थिए तर अहिलेका नक्कली श्री ३ महाराज जंगेहरुले आफुलाई भने सिक्किमे काजि लेन्डुप दोर्जीको हैसियतमा पुर्याएका छन
जसरि सिकिमे काजी लेन्डुपले आफु स्वतन्त्र रास्ट्र तिब्बतको रास्ट्रपति बन्ने लोभ लालचमा भारतको सहयोग लिएर राजतन्त्र फाल्नमा कम्बर कसेर लागे तर रास्ट्रपति पद पाउनुको बदलामा स्वतन्त्र देस गुमाएर मुख्यमन्त्रीमा सिमित हुन पुगे जनताको अगाडी नजर मिलाउने शाहस नभएर होला जन्मभूमि छाडन बाध्य भए मृत्यु पनि बिदेसी भूमिमा भयो तर गद्धीच्युत भएका सिक्किमे राजाले आफ्नो जन्मभूमि त्यागेनन र आफ्नै जन्मभूमिमा प्राण त्यागे
नेपालमा पनि सिक्किमे घटना दोहर्याउन्  भारत कम्बर कसेर लागेको धेरै बर्ष भयो तर सफलता हात पार्न सकेका छैनन् एउटा लेण्डुपको बदलामा थुप्रै रास्ट्रघाती लेन्डुपहरु जन्माईएको छ फरक के छ भने जसरि सिक्किमे अन्तिम राजाले देस छाडेनन त्यस्तै गरि गद्धीच्युत बनाइएका राजा ज्ञानेन्द्रले देस छाडेका छैनन्
सिक्किमे जनताले रास्ट्र भन्ने के हो भन्ने परिभाषा नबुझेर स्वतन्त्र देसको स्वतन्त्र नागरिकको हैसियत गुमाएर भारतीय नागरिक बन्न बाध्य भए नेपलक जनताले पनि भोलि त्यहि नियति व्यहोर्न नपर्ला भनेर भन्न सकिदैन त्यसैले नेपालका जनताहरुले पिता पुर्खाले पटक पटक बिदेसीहरु संग लडेर जोडी दिएको पुर्खाको नासो अर्थात रास्ट्र भनेको के हो भनेर बुझ्न जरुरि भै सकेकोले कानेखुसीको भरमा देस चलाउने परम्परालाई निर्मुल पार्न सख्त जरुरि भै सकेको छ
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger