Latest Post

Showing posts with label Foto. Show all posts
Showing posts with label Foto. Show all posts

शुभकामना !

Written By खांट्टी कुरा on Thursday, October 07, 2021 | October 07, 2021

छानो कहिले हाल्ने ?

Written By खांट्टी कुरा on Monday, May 20, 2019 | May 20, 2019

नुवाकोट जिल्लाको प्रख्यात एतिहासिक भैराबी मन्दिर नजिकै रहेको विधाकी देबी सरस्वतीको मन्दिर बन्यो तर मन्दिरको छानो  अहिले सम्म छाएको छैन !
हाम्रा एतिहासिक धरोहरहरुले यस्तो कन्तबिजोग कहिले सम्म भोग्नु पर्ने हो ?
देसमा अहिलेको राजाको शासन छैन ! कम्युनिस्टले देउता धर्म मान्दैन ! कांग्रेस अहिले प्रतिपक्षमा खुम्चेको छ !

संग्लो त्रिसुली धमिलो कसरि भयो ?

Written By खांट्टी कुरा on Sunday, May 19, 2019 | May 19, 2019



तस्बिर: जनकमान डंगोल 
बैशाख २७ गतेको कुल पुजामा जसरि भए पनि आउनु भन्ने हुकुमको तामेली गर्न हामि दाज्यु भाई तथा भाउज्यु र दाईको नातिनी समेत आफ्नै निजि सवारीमा जन्मथलो नुवाकोटको लागी मिति २०७६/०२/२५ गते दिनको १ बजे हेटौडा बाट प्रस्थान गर्यौ ।
दुई बर्ष अगाडी पनि कुल पुजाकै लागी नुवाकोट जाने अबसर जुरेको थियो ।
पोहोर बैशाख २८ गते जेठाबुवाको जेठो छोरा पट्टिको माईला नातिको शुभ विवाहमा पनि नुवाकोट जाने सौभाग्य प्राप्त भयको थियो ।
हरेक बर्ष नुवाकोट जाँदा त्रिसुली नदि कन्चन र सफा नै थियो ।
यो पटक चितवन जिल्लाको जुगेडी देखि धादिंगको गल्छी हुँदै नुवाकोटको त्रिसुली बजार भन्दा पनि माथि सम्म त्रिसुली नदिको अबस्था एकताकाको बागमती जस्तै देखियो ।
तादी र त्रिसुलीको संगम देबिघाट/ तस्बिर: जनक मान डंगोल 
अविरल बगिरहेको त्रिसुली नदि देबिघाट आईपुग्दा तादी खोला मिसिन्छ । तादी पहिला जस्तो थियो अहिले पनि त्यस्तै छ तर यो बर्ष त्रिसुली कसरि धमिलो र कुरूप भयो ?
सामाजिक संजाल फेसबुकमा तस्बिर राखेर बिचार पोस्ट गरे । धेरै मित्रहरुले क्रसर राखेकोले गर्दा नदि धमिलो भएको भन्ने तर्क दिनु भयो भने एकजना मित्रले चिनपट्टिको भागमा खनेको सडकको माटो नेपाल पट्टिको नदीमा डम्पिंग गर्दा त्रिसुली धमिलो भएको हो भन्ने जवाफ दिनु भयो ।
चितवन, धादिंग देखि नुवाकोट जिल्ला सम्मको त्रिसुली नदि किनारामा थुप्रै क्रसर खेति संचालनमा आयको छ । क्रसरकै कारणले नदि धमिलो भएको हो भने त्रिसुली बजार भन्दा माथि नदि सफा हुनु पर्नेमा किन त्यसो भएन ?
सामाजिक संजाल फेसबुकमा एकजना मित्रले चिनपट्टिको भागमा खनेको सडकको माटो नेपाल पट्टिको नदीमा डम्पिंग गर्दा त्रिसुली धमिलो भएको हो भन्ने जवाफ दिनु भएको थियो र त्यो जवाफ सहि नै रैछ भन्ने निर्क्यौलमा पुगियो ।
हामि नेपालीहरु केहि समय देखि हरेक बिषयमा भारतलाई गालि गर्न पछी हट्दैनौ तर अब प्रश्न उठ्न सक्छ यदि चिनले आफ्नो जमिनमा खनेको माटो नेपाल भएर आउने नदीमा किन डम्पिंग गर्दैछ ? नदि धमिलो भयो भने जलचर प्राणीको जीवन खतरामा पर्छ भन्ने चिन जस्ता बिसाल देसका बुद्दिजिबीहरु लाई ज्ञान हुनु पर्ने हैन र ?
यदि चिन पट्टि त्यसो नभएर केरुंग हाईवे वा माथिल्लो त्रिसुली जलबिधुत निर्माणको कामले गर्दा त्रिसुली प्रदुषित भएको हो भने नदि प्रदुषण गर्न हुन्न भन्ने ज्ञान किन पलाएन ?
आजको खाँटी प्रश्न यहि नै हैन र ?

ईन्द्र सरोबर कुलेखानी, मकवानपुर

Written By खांट्टी कुरा on Sunday, May 05, 2019 | May 05, 2019

मानव निर्मित कृतिम ताल ! जुन तालमा जम्मा गरिएको पानीले ३/३ वटा पावर हाउस निर्माण गरिएको छ जसलाई कुलेखानी जल बिधुत आयोजना भनेर चिनिन्छ !

बडामहाराजधिराज पृथ्बी नारायण शाहको चिनो

तस्बिरमा देखिए जस्तो छैन एतिहासिक नुवाकोट दर्बार ! भूकम्पले थिलोथिलो पारेको यो दर्बार कुनै पनि ग्वार्लाम्म ढल्न सक्छ !

यो बिज्ञापन हैन !

३ नम्बर प्रदेशको राजधानी हेटौडाको 
वार्ड नम्बर ८ कमानेमा रहेको उत्कृस्ट पार्टी प्यालेस जसलाई युवा उधमी बिष्णु प्रसाद अर्यालले स्थापना गरेका हुन !

शास्वत धाम

Written By खांट्टी कुरा on Saturday, May 04, 2019 | May 04, 2019

नारायणघाट देखि२६ किलोमिटर पश्चिम महेन्द्र राजमार्गमा अवस्थित शास्वत धाम ! धामको निर्माण चौधरी उधोगका मालिक बिनोद चौधरीले गरेका हुन !


राजनीति आस्थाको आधारमा भेदभाव किन ?

Written By खांट्टी कुरा on Saturday, March 31, 2018 | March 31, 2018

जनकमानको खाँट्टी भोगाई
जनकमानको खाँट्टी भोगाई
तस्बिरमा देखाईएको घर हेटौडा उप-महानगर पालिका वार्ड नम्बर ८ कमानेको मदन तथा लाली गुराँस मार्गको चार दोबाटोमा पर्छ । पश्चिम तिर चार दोबाटोलाई चौराहा पनि भनिन्छ ।
 ..
चुनाव भयो । स्थानीय सरकार पनि गठन भयो । चुनावमा दक्खिन तर्फको घरमा कांग्रेसको चारतारे झण्डा पनि देखेका थिए भने तस्बिर भएको घरमा माओबादी केन्द्र नामको पार्टीको झण्डा निकालेर फालेकोले होला झण्डा फालेको भोलिपल्ट नजिकै बम समेत राखेर तर्साएका पनि थिए ।
..
एमाले बिरोधि भन्ने ठानेछन । आफ्नो समर्थकको घर अगाडिको पोलमा CFL बत्ति जडान गरे तर मदन मार्ग तथा लाली गुराँस मार्गको यो चौराहामा CFL बत्ति किन जडान भएन ? राजनीतिक आस्थाको आधारमा भेदभाव गर्न पाईन्छ ?
 ..
लोकतन्त्रमा बिरोध गर्न पाईदैन भने नेपालमा पंचायती ब्यबस्था ठिक र फेरी पनि पंचायती शासन लागु हुनु पर्दछ भनेर किन नभन्ने ?




 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger