Latest Post

Showing posts with label Article. Show all posts
Showing posts with label Article. Show all posts

जस्तो देखाई त्यस्तै लेखाई

Written By खांट्टी कुरा on Saturday, September 25, 2021 | September 25, 2021

 


विकासे मूल असार महिना मात्र किन फ़ुटाईन्छ ?

Written By खांट्टी कुरा on Wednesday, June 24, 2020 | June 24, 2020

जनताको लागी भनेर राजनीति देखि बिकास निर्माणको काम गरेका हुन् भने देशको बजेटले धान्न नसक्ने गरि पहिचान र संघियताको खेति किन गरियो ? पहिचान र संघियताको खेती मौलाएर मिलेर बसेको जनताहरु अहिले एक आर्काको दुश्मन बन्न बाध्य बनेका बनाईएका छन भने जनताको नाममा यस्तो राजनीति गर्न हाम्रा नेताहरुलाई कसले सिकायो ?

उखान टुक्का भन्नमा हाम्रा दुई तिहाईको प्रधानमन्त्रीलाई विश्वका कुनै पनि नेताहरुले जित्न सक्दैनन । जब भयो राती अनि बुढी तातीभन्ने उखान टुक्का हाम्रा प्रधानमन्त्रीले पक्कै पनि हाल्नु भयो होला ।

नेपालमा बर्ष भरिको हरहिसाब असार महिनामा गर्ने गरिन्छ जसलाई आर्थिक भाखामा साल तमामीभन्ने गरिन्छ । जब बैशाख लाग्छ अनि नेपालमा सरकारी देखि दाताहरुको बजेट कसरि सक्ने भन्ने छटपटाहट सरकारी राष्ट्र सेवक देखि नेताहरुमा देखिन्छ ।

राणा देखि राजाको शासनकालमा देशमा बिकास भएन । शासन ब्यबस्था निरंकुस भयो भन्दै २००७ साल देखि जेहाद छेडेर २०६४ सालमा देश जोडनेको सन्तानलाई शासन सत्ता छाडन बाध्य बनाउने पनि कांग्रेस तथा कम्युनिष्टहरुनै हुन् ।

६४ देखि आजको दिन सम्मलाई मात्र पनि गणना गर्ने हो भने १३ बर्ष भयो । बिकासको लागी १३ बर्ष भनेको चानचुने कुरा पनि हैन तर गणतन्त्रको स्थापनाको १३ बर्षमा के कति बिकास भयो त्यो सबैले प्रत्यक्ष देखि सकेपछी पंक्तिकारले बयान गर्नु नपर्ला ।

कुनै पनि बिकास निर्माणको काम फुमन्तरको तालमा एक दुई महिनामा पक्कै पनि सम्पन्न गर्न सकिदैन । कम्तिमा पनि छ देखि एक बर्ष सम्ममा सम्पन्न गर्न सकिने बिकास निर्माणको काम कार्य आर्थिक बर्षको पहिलो महिना श्राबण देखि चैत्र अर्थात नौ महिना सम्म गरिदैन । राष्ट्रसेवक, मन्त्रिहरु देखि पार्टीका कार्यकर्ताहरु त्यो अवधिमा कानमा तेल हालेर कुम्भकर्ण बनेर बस्छन ।

हरेक शब्दमा जनघुसाउने कम्युनिष्ट पार्टीहरु हुन । कम्युनिस्ट पार्टीले जे जति गर्छन त्यो सबै जनअर्थात जनताहरुको लागी हो । जनताहरुको लागी भनेर देशमा कांग्रेस संग लागेर प्रजातन्त्र देखि गणतन्त्र सम्मको खेति गरेकै हुन जुन खेति आजका मिति सम्म राम्रैसंग मौलाएकै छ । असारे बिकास त्यसैको नमुना हो

जब चैत्र सकिन लाग्छ त्यस पछी जब राति अनि बुढी तातीभन्ने उखानलाई पछ्याउदै हस्यांग फस्यांग गर्दै टेन्डर बोलकबोल आब्हान गर्दा बैशाख महिना त्यसै बितेर जान्छ । जेष्ठको दोश्रो देखि तेस्रो हप्ताबाट नगर देखि गाउँमा बिकासको मूल फुटन सुरु हुन्छ । त्यही फुटेको बिकासको मूलले नेता देखि राष्ट्र सेवक हुँदै कार्यकर्ताको ढुकुटी भरिने तर बिकासको काम भने रातभरी रुंग्यो बुढी जिम्दैहुने गरेको देखिएको छ भने बिकास निर्माणको काम हिउँद महिनामा किन गरिदैन ?

साल तमामी आयो । असार भरिमा बजेट जसरि भए पनि सक्नु पर्ने हुन्छ । त्यसैको चटारोले होला हेटौडा उप महानगर पालिकाको वार्डनम्बर ३ र १३ मा सडकको बिचमा नै बिजुलीको पोल भएको देख्दादेख्दै पनि स्लाब ढलान गर्दा उक्त सडकमा साना सवारी  र मोटर साईकल बाहेक अरु सवारी संचालन नहुने भएको छ । यो त एउटा सानो उदाहरण मात्र ।

अहिले हेटौडा उप महानगर पालिकाको केहि वडाहरुमा बाटो, ढलको काम युद्धस्तरमा सुरु गरिएको छ । हिउँद महिनामा सुरु गरेको भए यति खेर काम सक्किएर नालीमा सललल पानी बग्थ्यो होला भने बाटो हिलो पक्कै पनि हुँदैन थियो । बिकास निर्माणमा खर्चिने पैसा जनताबाट उठाएको करले गरिने हो । जनताको पसिनाबाट सिंचित भएर जम्मा गरिएको पैसा समयमै खर्च गर्न सक्दैनन भने हरेक शब्दमा जनघुसाउने अधिकार कांग्रेस देखि कम्युनिस्ट पार्टीको नेताहरुलाई छैन । बिकास निर्माणको काम समयमै गरेका भए यस्तो दुर्दिन देख्नु पर्दैन थियो भने हिउँद सकिए पछी बिकास निर्माणको काम सुरु गर्नु पर्छ भन्ने गुरुमन्त्र हाम्रो राजनेता देखि राष्ट्रसेवक हुँदै पार्टीका कार्यकर्ताहरुलाई को कसले दिने रैछ त्यसको पहिचान अब समयमै हुनु जरुरी छ ।

‘जुन गोरुको सिंग छैन उसको नाउँ तिखे’

Written By खांट्टी कुरा on Saturday, May 23, 2020 | May 23, 2020

कहिले मुगल (मुश्लिम) साम्राज्य अनि कहिले अंग्रेज (बेलायती) साम्राज्यको गुलामी खेपेका हिन्दुस्थानी
, इन्डेन, भारतीय तिन नामधारीहरू लाजै नमानी संसारमा बीर गोर्खाली भनेर  पहिचान बनाएकोलाई  चिप्लो घस्दै छोटेभाईको साईनो लाउछन ।

पुर्बी एसिया थाईल्याण्ड, मलेसिया, ईन्डोनेसिया जस्ता देशहरुमा भारतीय भनेको कसैले पनि बुझ्दैनन ! ओरांग ईन्डिया (ओरांग भनेको मान्छे) भन्छन ।

अंग्रेज संगको लडाईमा हाम्ले सुगौली सन्धिमा गुमाको भूभागमा अहिले पनि बिहावारी चल्छ । रोटि र बेटीको साईनो भनेको त्यो हो । भारत भन्ने देश त अंग्रेजले छाडेर गए पछी बनेको हो भने हाम्लाई छोटेभाई भन्न गुलामहरु लाई लाज लाग्दैन ?

२०४६ साल पछी राजनीतिमा चम्केका स्व.गिरिजा प्रसाद कोईरालाले आफु सत्तामा हुँदा गान्धारिले आँखामा पट्टि बाँधेको जस्तरी मुखमा पट्टि बानेर बस्थे । जब सत्ताबाट बाहिर हुनासाथ ग्राण्डडिजाइन भनेर कुर्लिन्थे तर त्यो भनेको के हो भनेर कसैले खोजीनिती गरेनन ।

बिक्रम सम्बत २००४ सालमा राणा शासन फाल्ने भनेर भारतमा बसेर खोलेको पार्टी हो कांग्रेस अनि त्यसको दुई वर्षा पछी भारतमै खोलिएको हो कम्युनिस्ट पार्टी । भारतमै बसेर नेपालको जनताको हत्या गर्ने आतंककारी पार्टी हो माओबादी ।

आर्काको नुनपानी खायेसी सके फकाएर नसके तर्साएर लुटेर असुल गर्छन नेपालको ठुला नदीहरु कोशी, गण्डक, महाकाली देखि कालापानी लिपुलेक त्यसै लुटेका छैनन राणा, पंचायत फालेर १७ हजारको हत्या गराएर गणतन्त्रको स्थापना, अनि स्व.गिर्जाले भन्ने गरेको छिमेकीले रचेको ग्राण्ड डिजाईनको अर्थ कांग्रेस कम्युनिस्टहरुका सिपाहीहरु लाई अब थाहा भो होला ।

 

सामन्ती भन्नेहरु आज सामन्ती किन बने ?

Written By खांट्टी कुरा on Thursday, April 09, 2020 | April 09, 2020

 

आई बक्स्योस, भुजा ज्युनार गरि बक्स्योस, नजर गरि बक्स्योस अर्थात भाका नेपाली नै हो तर पछाडी .. स्योस लगाएको देख्नासाथ, सुन्नासाथ 'सामन्ती' शब्द हुन्छ ।

गरिब मारेर धनि भएसी बल्ल सामन्ती हुन्छन । पन्चेतीकालमा कांग्रेस र कम्युनिस्टले जनताहरुको घर दैलोमा गएर यस्तै भन्थे ।

बिचरो सामन्ती पन्चेतलाई ३० बर्ष टिक्न दिएनन । चैत २६ को कालोग्रहणले नेपालको माटो सुहाउँदो पंचायती ब्यबस्था स्वाहा बनाईयो ।
बाबुराम भटराई आफुलाई खाँटी कम्युनिस्ट भन्छन । प्रधानमन्त्री भए पछी मेरो अगाडी कसैले पनि सामन्ती भाखा नबोल्नु भन्ने उर्दी जारि गरेको पनि देखिएकै हो ।
शोषक र सामन्तीको दर्जा पाएका खाँटी पन्चेहरु अहिले हरिकंगाल भएका छन । पन्चे भन्दा हरि कंगाल जंगे महाराजको सन्तान छन । बिदेसी सामु ति दुबैले घुंडा टेकेनन । टेकेको भए नेपालमा अहिले पनि श्री ३ महाराजकै शासन हुन्थ्यो ।
२०४६ साल पछी कांग्रेस र कम्युनिस्टले पनि सामन्ती भेषभुषा, भाषा, लवाई खवाई सिके । त्यसैको प्रभावले होला हिजोका हरिकंगालहरु अहिले श्री ३ को खांगी खाने हैसियतमा पुगेका छन तर खाँटी कुरा चै के भने चैत्र २६ गते आएको दिनमा यिनको मन अझै पनि झसंग हुँदो रहेछ । सामाजिक संजालहरुमा पोस्ट भएको लेखाईले त्यहि देखायो ।
राणा देखि पंचायतलाई नजिकका आसेपासे चाटुकारले स्वाहा बनायो । राणाकै पालाको चाटुकार सातसाले प्रजातन्त्रमा छिरेकै हो । सत्र सालमा पंचायत ल्याउन तिनैले भूमिका खेले । छयालीस देखि चौसट्ठी ल्याउने पनि तिनै हुन । धन र दौलतको लागी आफैलाई निलाम गर्न पछी नपर्ने तिनैको मोहजालमा अहिलेकाहरु नराम्रो संग फँसेका छन ।
चाटुकारहरु संग ईमान जमान देखि नैतिकता हुन्न । धन दौलतको लागी देश बेच्न पछी पर्दैनन । उदाहरणको लागी सिक्किमे काजि लेण्डुप दोर्जीलाई हेरे पुग्छ तर लेण्डुप बन्न जति सजिलो छ मरणको बेलामा पाईने तिरस्कार सास्ती कस्तो हुन्छ भन्ने कुरा सिकिमको ईतिहास खोजेर पढुन ।

 


गरिबको लागि लड़ने लालकंगालहरु एकाएक धनपति कसरी भए ?

Written By खांट्टी कुरा on Sunday, May 27, 2018 | May 27, 2018

पन्चेती शासनमा पाउरोटी चप्पल पड्काउने लालकङ्गालहरु अहिले श्री ३ माहाराज सरहको हैसियतमा कसरि पुगे ?
राणाशाहीले देस र जनताको लागी केहि गरेन । जनतालाई दास बनाए । बोल्न लेख्न र स्वतन्त्रता पाएन भनेर २००७ साल भन्दा अगाडी देखिनै देस भित्र र बाहिर बसेर क्रान्ति गरे । जनता नेपालमा उर्लिए तर राणाशाही संगको सम्झौता भारतको दिल्लीमा बसेर गरे । सिधा र सहि अर्थमा भन्ने हो भने नेपालमा २००७ सालमा स्थापना भएको पहिलो पटकको प्रजातन्त्र बिदेसि अझ खासगरी छिमेकी भारतको चाहना र हितमा हो भनेर बुझ्न सकिन्छ । उदाहरणको लागी नदि देखि खोलानाला र सिमा मिचाई हेरे पुग्छ ।

२००७ सालमा राणा शाही हटाउने भन्दै गरिएको आन्दोलनको जस नेपाली कांग्रेस पार्टीलाई गएको थियो भने त्यो समयमा गरिएको क्रान्तिमा कम्युनिस्टहरु पनि संलग्न थिए तर नगण्यरुपमा । बहुमतको संख्यामा कांग्रेसीहरु भएको हुँदा जस जति कांग्रेसले पायो किनभने त्यो बेला नेपालको जनताले कम्युनिस्टको अर्थ पनि बुझेका थिएनन । नेपालमा कम्युनिस्ट पार्टी पनि छ भनेर धेरै नेपाली जनताहरुलाई थाहा पनि थिएन । २०२८ सालको झापा काण्ड पछी मात्र नेपालमा पनि कम्युनिस्टहरु रैछन भनेर धेरथोर जनताले जान्ने र बुझ्ने मौका पाएका हुन  ।
नेपालमा सबै भन्दा दुख्याहा पार्टी नेपाली कांग्रेस हो । हिजो क्रान्तिको नाउँमा राणा शाही देखि पंचायती शासनमा जेलनेल देखि सरकारको चरम दमनमा नेपाली कांग्रेसकै असंख्य पार्टीका नेता देखि कार्यकर्ताहरु परेका थिए । पटक पटक आन्दोलनको नेतृत्व गर्ने मौका पाएको नेपाली कांग्रेसले जब आन्दोलन सफल भएर सत्तामा जाने मौका पाउछ त्यसपछि ‘नानी देखि लागेको बानि’ देखाउन थालेकै भएर होला नेपाली कांग्रेस भनेको सामन्तीको पार्टी हो भनेर कुनै समयमा कम्युनिस्टहरुले आरोप पनि लगाउथे । हैन पनि भन्न सकिन्न किनभने कांग्रेस भनेको कुम्भकर्णका फौजहरुले भरिएको पार्टी हो ।
सामन्ती अर्थात धनीमानी । यो पदवी हिजो पंचायतमा लाग्नेहरुले पनि पाएका थिए  भने जन्मिदै जर्नेलको दर्जा पाउने राणाहरुको बिषयमा त झन के टिप्पणी गराई भो । देस र जनतालाई नचुसे सम्म धनि बन्न पाइदैन । धनि नभए सम्म गरिबहरुले हेपेर भन्ने गरिएको सामन्तीको दर्जा पाईदैन ।
२००६ सालमा जन्मेको कम्युनिस्ट पार्टीहरु टुट्दै जुट्दै फुट्दै फेरी एकआपसमा गोलबन्द हुँदै पटक पटक क्रान्तिको नाउँमा गरिब तथा दुखिया जनताहरुलाई ‘गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यको ग्यारेण्टी पक्का’ भन्दै सडकमा उचालेर सत्तामा पुगे । हिजो पंचायती शासनकालमा बिहान बेलुकी दुई छाक हातमुख जोर्न नसक्ने गरिब जनताको घरमा सेल्टर (आश्रय) लिएर तिनै गरिब जनताको दिमाग भुटेर सडकको राजनीतिमा होमे र होमिन लगाए । क्रान्ति देखि आन्दोलन सफल भयो भन्दै पटक पटक सत्ताको स्वाद पनि चाख्न पाए र अहिले पनि चाख्दैछन ।
२०३६ देखि ४६ सालको बिचमा साहुको ऋण तिर्न भनि गाको मेरो छोरो..... मेरो छोरो धनजिते फेरी फर्केन’ भन्दै जनभाकाको करुण रसको गित होस या लौ उठ नारि अब एक जुट भै देउ चण्डी बनिदेउ कति संधै दाशी हुने’ भन्दै बीर रसको गित गाएर जनताको नाउँमा राजनीति गरेर आफुलाई खाँटी कम्युनिस्टको परिचय दिन अहिलेका नेताहरु सफल पनि भएका थिए । पंतिकारले अहिले सम्म पनि बिर्सन नसकेको त्यो बेलाको गीतको यो टुक्रालाई अहिले धेरै नेताहरुले बिर्सी सकेका छन र यदि बिर्सेका छैनन भने सम्झिन पनि चाहदैनन ।
कुरो शोषक र सामन्तीको उठ्न सक्छ । हिजो २०४५ सालमा आफैले सामन्तीको दर्जा दिएको कांग्रेस संग घांटी नजोडेको भए अहिलेका कम्युनिस्ट पार्टीका नेताहरु अहिले सम्म पनि गरिग गुरुवाहरुको रासन पानीमा बाँचेर सेल्टरकै राजनीति गर्दै हिड्थे होलान । 

कांग्रेस पार्टीको संस्थापक नेता स्व.बि.पी २०४६ साल सम्म बाँचेको भए  कम्युनिस्टहरू संग पक्कै पनि लगन गाँठो कस्दैन थिए किनभने स्व.बि कोईराला आफु बाँचुन्जेल कहिले पनि कम्युनिस्ट पार्टीको संगत गरेनन । आफ्नाहरुलाई पनि गर्न दिएनन । जानेर र बुझेरनै स्व.बि.पी त्यस्तो गरेका थिए तर आफ्ना जन्मदाताले किन त्यस्तो गरे भन्ने कुरोको चुरो पत्ता नलगाई छयालीस सालमा जोडेको घांटीले गर्दा अहिले कांग्रेसीहरु पछुतो मान्दैछन ।
पंचायत ढालेर प्राजातान्त्र स्थापना गर्ने भन्दै प्रजातन्त्रको  लडाई लडेर आएको पार्टी एमाले र उत्तरी छिमेकी देस चिनका स्वर्गीय नेता कमरेड माओको नाम बेचेर 'गणतन्त्र हामीले स्थापना गरेको हौभन्ने माओबादी पार्टी अहिले आएर एकीकरण भए । एमाले होस या माओबादी यी दुवै कम्युनिस्ट पार्टी हुन तर हिजो जनयुद्धको नाउँमा एमाले पार्टीका थुप्रै नेता तथा कार्यकर्ताहरुलाई माओबादीहरुले दुस्मनको पगरी भिरायर सफाया देखि अंगभंग हुँदै आफ्नै थातथलो छोडन बाध्य बनाएको घटनालाई बिर्सदै दुवै मिलेर बनेको पार्टीको नाम पनि 'नेपाल कम्युनिस्ट पार्टीभनेर राखेका पनि छन । यस्तो गर्दा आफ्ना कार्यकर्ताहरु खुसि भए कि दुखि त्यसको बयान के गराई भो ।
देसमा यतिखेर रास्ट्रपति देखि प्रधानमन्त्री, सभामुख देखि रास्ट्रिय सभा, प्रदेसहरु सम्म एमाले-माओबादीको बिचमा लगन गाँठो कस्सिएर बनेको कम्युनिस्ट पार्टीको सरकार छ । यी दुईको घांटी जोडाइले गर्दा देसमा प्रजातन्त्रको जग बसाल्ने P]तिहासिक कांग्रेस पार्टी बिपक्षमा पुग्न बाध्य भएको छ । सरकार गठनको १०० दिन पछी जनताको अगाडी प्रधानमन्त्री देखि मन्त्रीहरुले पेस गरेको सम्पति विवरण हेर्दा यतिखेर सत्ताका स्वाद चाख्दै बसेका कम्युनिस्ट पार्टीका मन्त्रिहरुले कांग्रेस देखी पुराना पन्चहरुको पार्टीहरु लाई उतिबेला आबेगमा आएर हामीहरुले 'सामन्तीको पार्टीभनेर हामीले आरोप लगाउनु हुन्थेन भनि सोच्दै बसेका होलान ।
हिजो सरकारको बिरुद्ध लडाई लड्नु भन्दा अगाडी जन समर्थन जुटाउने उद्धेश्यले जनताको घर दैलोमा जाँदा कम्युनिस्टहरु भनेका जोगी हुन भोगी हैनन । कम्युनिस्ट पार्टीमा लाग्नेहरुको कुनै जात धर्म हुदैन । कम्युनिस्ट पार्टीमा लाग्नेहरुको धन सम्पति सबै पार्टीको हुन्छ भनेका थिए ।
हिजो त्यस्तो भन्ने लालनेताहरुले अहिले मन्त्रि पदमा पुगेपछि पेश गरेको सम्पति विवरण हेर्दा तोलाका तोला सुनचाँदीहिरा जवाहरात देखि करोडौको बैंक ब्यालेन्स तथा सेयरहरु देखिन आएको छ । जनबादीको नाउँमा आफ्नो कुल धर्म र संस्कृति देखि परम्परा मिचेर बिहा गर्दा आफ्ना जन्ती कमरेडहरुलाई एक एक कप तातो चिया त्यो पनि कालो फिक्का समेत खुवाउने हैसियतमा थिएनन तर अहिले आएर विलासी गाडी चढ्ने हैसियतमा कसरि पुगे श्रीमतीको नाउँमा आएको दाईजो भन्नेहरुले हिजो जनताको घरमा सेल्टर लिएर आफ्नै सहकर्मी संग जनबादी बिहा गरेको एक दुई दसक नबित्दै कसरि धनबादी बन्न पुगे । आफ्नो कमाई भनेको सबै पार्टीको हुन्छ भन्नेहरुले सम्पति विवरण खुलाउँदा ति सबै सम्पतिहरु पार्टीको नाउँमा देखाउनु पर्ने हो कि होईन ?
२०४६ साल पछी सबै पार्टीका नेता देखि तिनका तल्लो तहका कार्यकर्ताहरु सम्म मालामाल बनेका छन । माईक्रो फाईनान्स सहकारी देखि बैंकनिजि स्कुल देखि कलेज सम्म खोल्ने  हैसियत बनाई सकेका तिनीहरुले हिजो पन्चेती शासनकालमा निजि शिक्षा प्रणालीको बिरोध पनि गरेकै थिए । छिमेकी भारतको बिषयमा भीत्ता भित्तामा लेखिएका उग्र नारा देखि पर्चा पम्पलेटमा लेखिएको बिरोध पनि देख्न र पढ्न पाईएको थियो तर क्रान्ति नेपालमा सन्धि र सम्झौता भारतमा बसेर गर्न समेत कम्युनिस्ट पार्टीका नेताहरु लाज मान्दैनन भने नेपालको कम्युनिस्ट पार्टीले अब पनि कांग्रेस देखि पुरा पूर्व पन्चहरुको पार्टीलाई शोषक र सामन्तीको पार्टी भनेर भन्न सक्ने ह्याउ राख्लान नेपालको कम्युनिस्ट पार्टीका नेताहरुले देस र जनताको लागी क्रान्ति गरेका रैछन कि आफ्नो लागि भनेर सोध्ने बेला भयो कि भएन ?
(प्रदेस रास्ट्रीय दैनिक हेटौडा मकवानपुरको मिति २०७५/०२/१३ गेट आईतवारको अंकमा प्रकाशित)

आफ्नो फाईदाको लागी जनता जुधाउने पार्टीलाई बहिष्कार गर्नु पर्दछ

Written By खांट्टी कुरा on Saturday, March 31, 2018 | March 31, 2018


भारत उत्तर प्रदेशको क्षेत्रीय पार्टी समाजबादी तथा बहुजन समाज पार्टी केहि दिन अगाडी सम्म एक आर्काको घोर बिरोधिको रुपमा परिचित थिए ।
बिहार राज्यको क्षेत्रीय पार्टी रास्ट्रिय जनता दल तथा जनता दल युनाईटेड पनि अहिले आएर एक आर्काको घोर बिरोधि बनेका छन ।
पश्चिम बंगालको त्रिणमूल कांग्रेस पार्टी र बामपन्थी पार्टी अहिले एक आर्काको घोर बिरोधि बनेका छन तर कुनै समय एक आर्कासंग लगन गाँठो कस्न बेर मान्दैनन ।
यी केहि उदाहरण हुन ।
लामो समय सम्म भारतको शासनमा आफ्नो पकड जमाउन सफल भएको भारतीय कांग्रेस पार्टी अहिले ४४ सिटमा खुम्चेर रहेको छ ।
केहि बर्ष देखि भारतको राजनीतिमा अब्ब्लता कायम गर्न सफल भएको भारतीय जनता पार्टीको दिन प्रतिदिनको लोकप्रियता बाट अहिले माथि उल्लेख भएका पार्टीहरुको होस् हवास गुम भएको देखिदैछ । आउंदै गरेको चुनावमा कुनै पनि हालतमा भारतीय जनता पार्टीलाई रोक्न सकिएन भने राजनीतिक भविष्यनै अन्धकारमा पर्ने भयले पश्चिम बंगालको मुख्य मन्त्रि तथा  त्रिणमूल कांग्रेस पार्टीको अध्यक्ष ममता बनर्जीको अगुवाईमा मोर्चाबन्दी बनाउदैछन ।
बिहार राज्यको पुर्व मुख्य मन्त्रि लालु प्रसाद यादब पटक पटक मुख्य मन्त्रि भए । अहिले करोडौ करोडको चारा घोटाला काण्डमा मुछिएर अहिले जेलमा परेका छन । आफु बिरुद्ध आएको फैसला बाट अत्तालिएर यादब अहिले अस्पताल भर्ना हुन पुगेका छन ।
अस्ति राम नवमी पर्वको उपलक्ष्यमा भारतीय जनता पार्टीले बिहार, उत्तर प्रदेस तथा बिहारमा झाँकी सहितको जुलुस प्रदर्शन गर्यो । हिन्दुत्वको नारा बोकेको भारतीय जनता पार्टीको जुलुसमा आक्रमण भयो । त्यहि बिषयलाई लिएर अहिले बिहार तथा पश्चिम बंगालमा साम्प्रदायिक दंगा फैलिएको छ । बिपक्षी पार्टीहरु केन्द्रिय सरकार माथि दोष थुपारेर आफु पानि माथिको ओभानो बन्दैछन । को सहि को गलत छानबिनले बताउला । अहिले सम्म लेखिएको समाचारले औलो माथि उल्लेख भएको पार्टीहरु प्रति तेर्सिन खोजेको हो कि भन्ने भान हुदैछ ।
आफ्नो प्रदेसमा भएको घटनाको बारेमा मुख्य मन्त्रि ममता बनर्जीलाई थाहा नभएको पनि हैन तर कलकत्तामा बसेर साम्प्रदायिक हिंसाको बारेमा को सहि र को गलत भनेर छानबिन गराउनु पर्नेमा दिल्लीमा बसेर भारतीय जनता पार्टी बिरुद्दको अगुवाईमा मोर्चाबन्दी निकालेर बसेकी छिन ।
राजनीतिक पार्टीका नेताहरु चुनावको समयमा मात्र मतदाताहरु सम्झिन्छन । जनताको दुख पिरमा साथ दिनु राजनीतिक पार्टीका नेताहरुको आफ्नो धर्म र कर्तब्य पनि हो तर सत्तामा पुगेपछी वा बिपक्षमा पुगेपछि साम्प्रदायिक दंगा फसाद गराउन समेत बेर मान्दैनन जनतालाई दुख कस्ट दिने त्यस्ता राजनीतिक पार्टीको पछी लाग्नुको के अर्थ ?
हरेक कुरामा भारतको नक्कल गर्नमा नेपालमा स्थापना भएको पार्टीका नेताहरु खप्पिस छन । छिमेकी भारतमा जति नामका पार्टीहरु स्थापना भएका छन त्यहि नाम राखेर नेपालमा पनि पार्टी खोलेका छन तर फरक के छ भने अहिलेको समयमा भारतमा बामपन्थीको राजनीति ओरालो लाग्दैछ भने नेपालमा बामपन्थीहरुको राजनीति उकालो लागेको छ ।
छिमेकीको नक्कलको प्रभावले गर्दा नेपालमा पनि २०४६ साल पछी पटक पटक साम्प्रदायिक दंगा भड्किएको थियो । हत्या र हिंशामा रमाएका  तर जनताको लागी लडेका हौ भन्ने बामपन्थीहरु अहिले सत्ताको स्वामा रमाएर बसेका छन तर छिमेकमा अहिले पनि कम्युनिस्ट पार्टी माओबादीको जनयुद्द जारीनै छ ।
अंग्रेजहरु कुटिल खेल खेल्नमा माहिर छन । सयौ बर्ष आफ्नो मुट्ठीमा पारेर भारतको जनतालाई नचाएको अंग्रेज अहिले भारतमा छैन तर तिनैले रोपेको बिष वृक्ष अहिले नराम्रो संग झाँगिएको छ । भारतीय नेताहरु यस्ता कुरामा अनभिग्य नभएको पनि हैन तर देस र जनता भन्दा राजनीति ठुलो भन्ने अहं  पालेकाहरु लाई जनताको दुख पिर संग के नै साईनो भो र ।
पश्चिमाहरू राजनीतिक पार्टी मार्फत जनता जुधाउन माहिर छन । जात, धर्मको नाउँमा युद्द गराउनु तिनीहरुको लागी बायाँ हातको खेला हो । जस्को नतिजा एसियाली देखि अफ्रिकन रास्ट्रका जनताहरुले देखि भोगी सकेका छन । अहिले भारतमा भड्किएको साम्प्रदायिक दंगामा बिदेसी शक्तिको हात नहोला भनेर भन्न पनि सकिन्न ।
बिदेसिको ईसारामा नाच्ने पार्टी र ति पार्टीका नेताहरुलाई जब सम्म जनताले चिन्दैनन तबसम्म देसमा असान्ती, हत्या र हिंसाको खेल चलिनै रहन्छ । नेपाल तथा भारत देस दुई भए पनि भाषा, धर्म, पहिरन देखि सांस्कृतिक कारणले एकै जस्तो देखिन्छ । रोटि तथा बेटीको सम्बन्ध भनेर त्यसै भनिएको हैन तर जबसम्म भारत हुन या नेपाल ति देशहरुमा स्थापना भएको राजनीतिक पार्टीका नेताहरुले बिदेसिको ईसारामा नाच्न छाड्दैन तब सम्म शान्ति स्थापना हुन सक्दैन । आफुलाई मत तथा समर्थन दिने जनतालाई  नचिन्ने पार्टीको पछी किन लाग्ने ? लेखमा भन्न खोजिएको कुरा यत्ति मात्र हो । बाँकी नेता तथा ति नेताहरुको समर्थनमा अन्ध भक्त भएर लाग्नेहरुनै जानुन ।

गरे के सम्भव छैन

Written By खांट्टी कुरा on Sunday, September 17, 2017 | September 17, 2017

-जनकमान डंगोल
आज बिक्रम सम्बत २०७४ आश्विन १ गते आईतवार अर्थात सन २०१७ सेप्टेम्बर १७ तारिख सन्डे अर्थात अमृत प्राप्तिको लागी सुर र असुर मिलेर समुन्द्र मन्थन गरिदा भगवान बिश्वकर्माको जन्म भएको दिन भनेर शास्त्रमा लेखिएको छ ।
वास्तुसास्त्रको जन्मदाता भगवान बिश्वकर्माले नै स्वर्गलोक, रावणको स्वर्ण नगरी लंका कृष्ण भगवानको द्वारिका समेत बनाएको हुन कथन पनि छ ।
आजको दिन हिन्दु धर्मालम्बीहरुले कलकारखाना देखि गाडी घोडालाई सिंगार पटार गरेर ॐ आधार शक्तपे नम: और ॐ कूमयि नम:, ॐ अनन्तम नम:, ॐ पृथिव्यै नम: भन्दै पुजा गर्ने र दिनभरी नाचगान गरेर रमाईलोको साथ मनाउने गर्छन ।
चाहेमा र गरेमा जे पनि सम्भव छ । उदाहरणको लागी नेपालमा 'बिज्ञान दिबस' मनाउने चलननै थिएन । संसारभरी मनाउने बिज्ञान दिबसको दिन भनेको प्रत्येक बर्षको नोभेम्बर महिनाको १० तारिख हो तर डाक्टर बाबुराम भटराईले आफु बढेको बिज्ञान कलेज 'अस्कल कलेज'को सम्झना गर्दै आजको दिनलाई 'बिज्ञान दिबस' भनेर घोषणा गराएका थिए ।

बिशेष गरि मजदुरहरुले उल्लासमय वाताबरणमा मनाउने पर्वको दिन भनेर आजको दिनलाई लिन्छन तर नेपालमा आजको दिन भन्दा पनि बढी मे अर्थात मजदुर दिबसलाई महत्व दिने गरिएको छ तर धर्म नमान्ने कम्युनिस्टहरुले पनि नेपालको बिश्वकर्मा पुजामा भाग लिन्छन भने मे दिबसको सट्टा आजको दिनलाई नै 'बिश्वकर्मा पुजा तथा मजदुर दिबस' भनेर छुट्टी दिने हो भने नेपालको बिदाको क्यालेन्डरबाट १ दिन भए पनि बचत भएर देस र सरकारलाई फाईदा हुने थियो । 

हेटौडा-काठमान्डौ सुरुंग मार्ग अब एकादेसको कथामा परिणत भयो !

Written By खांट्टी कुरा on Wednesday, September 13, 2017 | September 13, 2017


 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger