Latest Post

Showing posts with label साभार आलेख. Show all posts
Showing posts with label साभार आलेख. Show all posts

राजा महेन्द्रले के भनेका थिए ?

Written By खांट्टी कुरा on Friday, July 22, 2016 | July 22, 2016

दीर्घराज प्रसाई
२०१७ साल पौष १ गतेको परिवर्तन नेपाली कांग्रेस विरुद्ध नभएर नेपालको राष्ट्रियताको सुदृढीकरणको कदम थियो । राजा महेन्द्रको विचारबाट पराजित भएकाहरू सत्ता कब्जा गरेर नेपालको राजनीतिलाई अन्योलग्रस्त बनाएर लुट मच्चाउने खोज्नु हो । 

२०४६ सालपछि नेपालमा वहुदलीय व्यवस्थाको पुर्नस्थापना पछिका राष्ट्रघाती भ्रष्ट व्यवहार र २०६३ साल पछिको खतरनाक अवस्था हेर्दा सम्पूर्ण देशवासीहरूले ५५ बर्ष अगाडि राजा महेन्द्रको कदमको संझना गरिरहेका छन् । अहिले २०१७ सालभन्दा राष्ट्रको बिकराल अवस्था छ । भारतीय गुप्तचरहरूको ढलमा फसेको माओवादी सत्तामा आएदेखि नेपालको सार्वभौमसत्तामाथि कालो बादल मडारिएको छ । माओवादीका प्रचण्डले मुखले जत्तिसुकै राष्ट्रियताको हुंकार गरेता पनि ती सबै सत्ताको भोकको गुहार बाहेक केही होइन । 

राजा महेन्द्रले भनेका थिएपार्टी भित्रका राष्ट्रघाती नेताहरूका कारणले जनतामात्र बिभाजित हुने होइनन् राष्ट्र नैं विभाजित हुनसक्छ ।  

नेपालमा अहिले त्यही भइरहेको छ । राजभोलि सबैले राजा महेन्द्रको संझना गर्न लागेका छन् । महान देशभक्त राजा महेन्द्र नेपाल र नेपाली जनताका कर्णधार हुन् । नेपालको सार्वभौम अस्तित्व कायम राखेर राष्ट्रका प्रतिष्ठा, पहिचान कायम राख्न ज्यू ज्यान अपर्ण गर्ने राजा महेन्द्र एक स्मरणीय योद्धा हुन् । राजा महेन्द्रले समृद्ध, सार्वभौम नेपाल र नेपाली जनताको सुख समृद्धिको लागि जे जति काम गरे त्यो सबैको सामु अझै ताजा छन् । राजा महेन्द्रले भारतीय हस्तक्षेपको बिरद्धमा २०१७ सालको परिवर्तनपछि सारा नेपालीको सार्वभौम इज्जत बचाई दिएको कुरा जसले बिर्सन्छ त्यो देशभक्त हुन सक्तैन । 

२०१७ सालपछि राजा महेन्द्रले विश्वका ठूला राष्ट्रहरूको दवाबबाट मुक्त हुन असंलग्न परराष्ट्र नीतिको सिद्धान्त अवलम्वन गरेर संयुक्त राष्ट्र संघ जस्ता ठाँउमा नेपालको अगुवाई गराउन सके । आधुनिक चीनका शक्तिशाली नेता माउत्सेतुङ र भारतका शक्तिशाली प्रधानमंत्री जवाहरलाल नेहरू यी दुबैसँग राजा महेन्द्रले सन्तुलित मित्रता कायम गरेर कुटनीतिक रूपमा नेपाल खाने नेहरू डक्ट्रिन समाप्त पारिदिए । आर्थिक रूपमा नेपाललाई समृद्ध बनाउन नेपालमा भूमिसुधार, राज्यरजौटा, विर्ता उल्मूलन्, भारत, चीन एवं मित्र देशहरू लगायत समाजवादी देशहरूको सहयोग लिएर नेपालको आर्थिक विकासको क्षेत्रमा ५० भन्दा बढी उद्योग र जनतालाई प्रत्यक्ष लाभ हुने संस्थानहरू स्थापित गराए । 

२०१८ सालमा भारत भ्रमणमा भारतीय पत्रकारहरूले चीनको कम्यूनिष्ट व्यवस्थाबाट त्रसित भएर 'कोदारी राजमार्ग किन बनाइयो' भन्ने प्रश्नमा राजा महेन्द्रको उत्तर थियो -“टयाक्सी चढेर कम्यूनिष्ट व्यवस्था आउदैन ।२०१७ सालदेखि २०२८ सालसम्म राजा महेन्द्रबाट जम्माजम्मी ४ अर्ब रकम खर्चमा राजश्वबाट २ अर्ब १७ करोड, विदेशी सहायता एक अर्ब ६३ करोड र विदेशी ऋण १२ करोडमात्र खर्च भएको थियो । 

अहिलेका खाओवादीकांग्रेस, एमाले, माओवादीहरूले राजा महेन्द्रबाट सिक्ने काम नगरेकाले भारतीय जालमा फस्न पुगेका छन् । कांग्रेस, एमाले, माओवादीका १० ।२० जना नेतृत्व तहमा बसेका राष्ट्रघाती बाहुनहरूको कारणले देश डुब्न लागेको अवस्था छ । राजा महेन्द्रको विचारबाट पराजित भएकाहरू किन भिरबाट फाल हान्ने काम गरिरहेका छन् ?

(दीर्घराज प्रसाईको फेस्बुकबाट साभार)

यो लोकतन्त्र हो कि लुटतन्त्र ?

Written By खांट्टी कुरा on Wednesday, June 29, 2016 | June 29, 2016

-सिनेट श्रेष्ठ, सुनसरी


-सिनेट श्रेष्ठ
लुटतन्त्रलाई लोकतन्त्र र गणतन्त्र भनेर जनता लुट्ने अनि राज्यकोषको ढुकुटी रित्याउने ब्वाँसाहरु नेपालमा दल खोलेर राजनीतिक व्यापार गर्दैछन् ।
छिटो पैसा कुम्ल्याएर धनि बन्ने अनि गरिबलाई सोषण गर्ने नियत राखेका सिमित व्यक्तिहरुको औजार बनेका छन् नेपालका दलहरु ।
हामी नेपाली दलमा यसरी बिलिप्त भयौँ कि, लाग्छ राष्ट्र नै भुलिसक्यौँ । आ-आफनो दलको झण्डा बोक्दा बोक्दै राष्ट्रिय झण्डा उठाउनै भुलिसक्यौ । गरिबको हातमा दलको झण्डा थमाएर प्रजातन्त्रको मन्त्र जप्न लगाउने अनि आफुले धनमाथि धनको रास थुपार्ने नेताहरुको गुलाम बनिरहेका छौं हामि नेपाली ।  अहिले आएर प्रजातन्त्र (लोकतन्त्र) केवल शब्दमा सिमित भएको छ । दल र नेताहरु शक्ति र पैसाको निमित्त जेजस्तो गर्न पनि पछि परेका छैनन् । के जनताको निमित्त अनि वास्तविक प्रजातन्त्र (लोकतन्त्र) को निमित्त लड्ने समय भएन र ? वर्तमान समयमा जनतालाई आधारभूत प्रजातन्त्र (लोकतन्त्र) पनि दिईएको छैन ।
के हामीले स्वच्छ र धाँधली रहित निर्वाचन उपयोग गर्न पाएका छौं त ?
सबै कुरा दल र तिनका नेताहरुको कपटपूर्ण प्रायोजनमा हुँदैछ । प्रजातन्त्र मा जुन दल शक्तिमा आए पनि प्रहरी र प्रशासन तटस्थ र जनमैत्री हुनु पर्दछ । तर त्यहाँ पनि कपटपुर्ण प्रायोजनको साथमा दल र नेताहरुको संलग्नता छ ।

प्रजातन्त्र मा न्यायक्षेत्र धनी गरिव आदि कुनै पनि भेदभावमुक्त भएर समान र निष्पक्ष हुनु पर्ने हो । तर त्यहाँ पनि दल र नेताहरुको आफ्नो राजनैतिक आधारभूमि बनाउने कुत्सित चाल छ ।
प्रजातन्त्रमा विकास कार्य जनताको आवश्यकता अनुसार स्वच्छ तवरले हुनुपर्ने हो । तर त्यहाँ पनि हामी दल र नेताहरुको स्वार्थको आधारमा भएको पाँउदैछौ । सुन्दा आकर्षक शब्द प्रजातन्त्र वा लोकतन्त्र भनेर फैलाइयेको छ, तर व्यवहार भने भ्रस्टातन्त्र छ । नेता र तिनका आसेपासेले लुटतन्त्र मच्चाउँदा हामि जनता भने त्यसैलाई प्रजातन्त्र हो भनेर बस्न विवस छौँ ।

यी तथाकथित नेताहरु मुलुकलाई २१ औँ शताव्दिमा लैजाने कुरा गर्दैछन्, तर के उनीहरु भन्न सक्छन कुनचाहिं बिकशित राष्ट्रमा विद्यार्थी, चिकित्सक, श्रमिक, वकिल, शिक्षक आदि राजनीतिमा संलग्न भएका छन् ?
नेपालमा छन्, आखिर किन ? केवल पद, पैसा र शक्तिको लोभमा ।

यस्तो लाग्छ नेताहरु नेपाल र नेपालीलाई चिन्दैनन् । केही नेपालीहरु १६ औँ शताव्दिमा, कोही १७ औँ, १८ औँ र केही १९ औँ शताव्दिमा बाँचीरहेका छन् । उनिहरुलाई माथि उठाउने कार्यक्रमको बदलमा हाम्रा नेताहरु जनतालाई जाती, क्षेत्र, प्रान्त आदिमा विभाजन गर्दैछन् ।
किन ?  
केवल भोटको निमित्त, शक्ति र पैसाको निमित्त ?
यस्ता नेपाल र नेपाली नचिन्ने नेताहरुले मुलुक बनाउछन् भन्ने आशा राख्ने ?

के अब झण्डै ३० बर्षको दलिय शासनको मुल्यांकन गर्ने वेला भएन र ?
हरेक घर परिवारले प्रत्येक दिन भोग्नु परेका समस्याको विरुद्ध लड्ने समय भएन र ?
हरेक सरकारी कार्यालयमा जनताले खानुपरेको हण्डरको विरुद्ध लड्ने समय आएन र ?

भ्रष्टाचारको विरुद्ध, शान्तिपूर्ण बिकशित र सुन्दर नेपालको निमित्त लड्ने वेला भएन र ?
हाम्रा सन्ततिको निमित्त कस्तो नेपाल छोड्ने भन्ने चिन्तन गर्ने वेला भएन र ?
साँचो प्रजातन्त्र(लोकतन्त्र)को निमित्त लड्ने समय आईसकेन र ? निश्चयपनि आयो ।

त्यसैले आउनुस केही समयको निमित्त दलको झण्डा विसाऔँ, दलिय राजनीति भन्दा माथि उठौँ । एकपटक हामी सबै राष्ट्रिय झण्डा मुनी आउँ । एक पटक राष्ट्रिय झण्डा उठाऔं ।

कानो मामा

Written By खांट्टी कुरा on Monday, May 16, 2016 | May 16, 2016

मोहन लामा रुम्बा
म सात आठ बर्षको बालक हुँदा मेरो घरमा बुबाले कुल पुजा गर्नुभएको थाहा थियो,त्यसपछि हाम्रो रुम्बा लामाहरुले कुल पुजा गरेको आजसम्म थाहा छैन,मैले काका बा हरुलाई सोध्दा हामी त लामाखोर(बुद्धिस्ट) भै हाल्योनी लामा कोन्छ्यो सुम(त्रिरत्न) नै हाम्रो कुल भइ हाल्यो त्यसको पुजा हामी दिनहुँ गर्छौं किन कुल पुजा गर्नु पर्‍यो ? भन्नू हुन्थ्यो।
होला भन्दै हिंड्यो,तर बुझ्दै सुन्दै पढ्दै आफ्नो जात धर्म संस्कृति पहिचान प्रति लगाव बढ्दै गयो त्यसपछि खोजी गर्न मन लाग्यो।
मैले रुम्बा थरको ऐतिहासिक थातथलो काठमाडौको ककनीमा खोजीमा जुटें,संयोगले बुद्ध रुम्बा लामा भेट भयो,समय मिलाएर गएको बर्ष भेट्न गएँ।
अलिकति झोंकी पाराको रहेछ, उमेरले म भन्दा जेठो हुनुहुदो रहेछ,त्यसपछि त दाइले भाईलाइ आफ्नो अधिकार प्रयोग गरिहाल्यो,त्यसपछि दाजुभाइको प्रश्न उत्तर……

लौ भन के सोध्न मन लाग्यो तिमिलाई ?
दाइ हामी त लामाखोर (बुद्धिस्ट)रे कुल पुजा गर्नुपर्दैन रे हो ?
उत्तर ÷ को गधा लामाले भनेको ?त्यसलाई म कहाँ लिएर आउ,त्यो बुद्धिस्ट हुनुपुर्व त्यसको पुर्खा थिएन रे ?त्यसलाई जन्मदिने पित्री हरु थिएन रे ?कुल पुजा भनेको जात संग सम्बन्धित हो धर्म संग होइन।
प्रश्न ÷ यसको कुनै ग्रन्थ छ दाजु ?
उत्तर ÷छ एउटा संक्षिप्त रूपमा अर्को बिस्तृत रूपमा लेखिएको रुम्बाको छुट्टै मेमे हरुले लेखेर राखेको ग्रन्थ म संग छ, म पुजा गर्दिउँला तिम्रो घरमा।
प्रश्न ÷बज्रयानको सद्धर्म पुण्डारिका ग्रन्थ पनि दाजु संग छ भनेर आएको म त !
उत्तर ÷ म संग नेवारी पुरानो भाषामा लेखिएको ग्रन्थ मात्रै छ के लाई चाहियो तिमि लाई ?
प्रश्न ÷ पढौं भनेर !
उत्तर ÷ त्यसो भए आइजा मेरो गुम्बामा सगुन राखेर गुरु थाप अलि दिन बस्ने गरि आउ।
प्रश्न ÷ होइन दाइ out knowledge को रूपमा………
उत्तर ÷ यो बज्रयान तान्त्रिक बौद्ध धर्म भनेको तिमीहरू ले आजभोलि फेसबुक गुगल लाइब्रेरी तिर भेटाउने हिनयानको बुद्ध कथा जस्तो हुदैन यसको लागि ज्ञान् संगै अभ्यास गर्दै बुझ्दै जानुपर्ने हुन्छ।
प्रश्न ÷दाइ यो तन्त्रयान बारेमा अलिकति बुझौंन।
उत्तर ÷समय मिलाएर कुनै दिन आउ सगुन राखेर बिधिबत रूपमा बताउँला।गुह्य ज्ञान् यसरी जथाभावी बोल्नु हुन्न।
प्रश्न ÷ सगुनमा रक्सी ?
उत्तर ÷ हो रक्सी।
प्रश्न ÷फ़ेरि रक्सी त…………
उत्तर ÷बाघले मासु खान्छ घाँस खाँदैन गाईले घाँस खान्छ मासु खाँदैन त्यस्तै देउता लाई दुध धूप फलफूल चढाउँछ भने देउताको सुरक्षाको रूपमा रहने धर्मपाल हरु सुङमा हरुलाई रक्सी चढाएर सुरक्षा घेरा बलियो बनाउँछ,उदाहरणका लागि नरेन्द्र मोदी साकहारी हुन् रक्सी सेवन गर्दैन तर पाकिस्तान को बोर्डर मा बस्ने सेनालाई रक्सी मासु खुवाउने गर्छ की गर्दैन ?त्यो देशको नागरिक ले त्यो दुबै आफ्नो संरक्षण गर्ने लाई मान्छ की मान्दैन ?त्यस्तै हो।
प्रश्न ÷गाईको कुरा पनि अघि………
उत्तर ÷ल तिमी गोठमा गएर एकपटक राँगाको आँखामा हेर अनि फ़ेरि गाईको आँखामा नियालेर हेर त्यो दुबैको आँखाको मुद्रामा फरक देखिन्छ की देखिदैन ? राँगोको आँखा आक्रमक दानवी रातो घेरो देखिन्छ भने गाईको आखामा करुणाको देखिन्छ।एकपटक हेरेर बिचार गर,
प्रश्न ÷दाजु म त हिन्दुराज्य माग्ने अभियानमा छु।
उत्तर ÷ठिकै छ बुद्धराज्य भए मामा हो भने हिन्दुराज्य कानो मामा हो।
प्रश्न ÷ किन र दाजु कानो नभए के हुन्छ ?
उत्तर ÷हेर भाइ यो काठमाडौ भ्याली को सम्पुर्ण ऐतिहासिक मठ मन्दिर बिहार भनेको हामी बज्रयानको मात्रै हो अहिलेको युवा जेनेरेसन तामाङ हरुलाई थाहा छैन सबै हिन्दुको होला हिन्दु नै गएर पुजा गरेको देखिन्छ भन्ने भ्रममा छ तर त्यस्तो होइन यो अज्ञान्ता हो, देश जब धर्म निरपेक्ष हुन्छ राज्य यो ऐतिहासिक सम्पदा संस्कृति परम्परा संरक्षण गर्न बाट तटस्थ हुन पुग्छ, अनि निजी ब्यक्तिगत रूपमा यो कुनै सम्पदा संस्कृति संरक्षण गर्न सकिन्न।
प्रश्न ÷ कानो मामाको लागि पनि बोल्नु पर्‍यो नी दाजु।
उत्तर ÷हामीले कानो मामा भनेको लाई आफ्नो आमा पर्ने हरु पनि बोल्नु पर्‍यो नी !डलरमा बेच्ने त्यो बाहुन हरुनै हो, बोलाएको ठाउँमा गएर बोलेकै छु।
प्रश्न ÷तपाईं त गुम्बा संचालन गरेर बस्नु भएको लामा हुनुहुन्छ फ़ेरि झिन्दा (जजमान) रिसाउँलानी।
उत्तर ÷कोही खाते रिसाएर मेरो रौं पनि झर्दैन ! एक बारको जुनिमा सत्य बोल्नुपर्छ धर्म छोड्नु हुन्न।
प्रश्न ÷ अनि दाजु…………
उत्तर ÷ लौ आजलाई भयो म ताइवान गएर फर्के पछि फ़ेरि भेट्न आउनु, रुम्बाको इज्जत राखेर हिंड।

अनि मलाई कम्युनिस्ट मन परेन

Written By खांट्टी कुरा on Sunday, May 08, 2016 | May 08, 2016

अञ्जन चालिसे
अञ्जन चालिसे
'साथीहरू, लालसलाम!’

क. आवाजले आफ्नो नाडी बेस्सरी अँठ्याए र गह्रौं गरेर उठाउँदै शिरछेउ पुर्‍याए अनि मुठी कस्दै ठूलो स्वरले चिच्याए।

सबैले एकैस्वरमा 'लालसलाम' भने।

हामी सबैलाई स्कुलको एउटा ठूलो हलमा राखिएको थियो। त्यति बेला म ६ कक्षामा पढ्थेँ। एक छिनपछि देशका लागि बलिदान दिने वीर नेपाली आमाका सपुतहरूको नाममा श्रद्धाञ्जली दिन भनेर क. आवाजले हामीलाई एक मिनेट मौनधारण गर्न भने। सबैले आ-आफ्नो ठाँउबाट जर्‍याकजुरुक उठेर शिर निहुर्‍यायौं। मलाई त्यति बेलासम्म मौनधारण कसरी गर्ने भन्ने थाहा थिएन। यताउति हेरेँ र अरुको सिको गर्दै मैले पनि त्यस्तै गरिदिएँ।

क. आवाजले दुई घन्टाजति माओत्से तुङ, लेनिन र प्रचण्डका बारेमा धारावाहिक बोले। मैले अधिकांश केही बुझिनँ। उनले त्यो भाषणमा पटकपटक दोहोर्‍याएको एउटै शब्द 'बुर्जुवा शिक्षा' आज पनि मेरो दिमागमा टड्कारो छ।

'देशको आमुल परिवर्तनको लागि छलाङ मार्नुपर्छ। पुरातनवादी सामन्ती राज्यसत्तालाई नढालेसम्म देशको विकास सम्भव छैन। त्यही उद्देश्य प्राप्तिका लागि हामी एउटा महान् क्रान्तिमा होमिएका छौं। साथीहरूले हाम्रो कदममा साथ दिनुहुनेछ र संगठन विस्तारको हाम्रो अभियानलाई सहयोग गर्नुहुनेछ भन्ने विश्वास लिएको छु।'

क. आवाजको भाषणसँगै सबैले फेरि प्यार्र ताली पड्काए। स्कुलमा विधिवत रुपमा माओवादी स्थापित भयो। माओवादी स्थापित हुनासाथ डोको, डालो बुन्न सिकाउने, तरकारीमा नुन/मसलाको अनुपात मिलाउन सिकाउने पूर्वव्यावसायिक शिक्षा बुर्जुवा ठहरियो। अनि सँगै केही दर्जन विद्यार्थी बुर्जुवा शिक्षालाई पाखा लगाएर भरुवा बन्दुक बोक्न थाले।

मध्य मंसिरताका डहुबेँसी सुक्खा हुन्थ्यो। सबैलाई धान झार्ने चटारोले छोप्थ्यो। मानो रोपेर मुरी उब्जाएको अन्न भित्र्याउन मानिसहरू बेथान लेकदेखि लावालस्कर लागेर झर्थे। मलाई त्यो लस्करमा हिँड्न औधी रहर लाग्थ्यो। एक दिन त मैले पनि बेँसी झर्न घरमा लडाइँ गरेँ। बच्चाको ढिपीले आखिर जितिछोड्यो। म पनि धान झार्न बेँसी झरेँ। दिउँसो खलाको वरिपरि परालको मुठो बिछ्याएर सबै जना गोलो घेरामा बसी भुटेको आलुलाई सुक्खा रोटीमा बेरेर खाँदै थियौं।

'यसपालि जनमुक्ति सेनाको संख्या पनि ह्वात्तै बढेको छ, फेरि जनसरकारले लडाइँलाई थप मजबुत बनाउन उत्तिकै संख्यामा जनपरिचालन गर्ने रणनीति ल्याएको छ। सेक्रेटरी कम्रेडबाट १० मा दुई उठाउनु भन्ने आदेश छ,’ अकस्मात आइपुगेका क. तेजले यसो भनिसक्दा बुबा झसंग हुनुभयो। क. तेजले १० पाथी बराबर दुई पाथीका दरले खलाको धान उठाए। हामी सबै हेरिरह्यौ।

आज बुबाको चौमासिक आउने दिन। दिउँसो घरमा हामी सबै मोहीसँग भुटेको मकै-भटमास खाँदै थियौं। बुबाको चौमासिकसँगै घरमा २/४ किलो चिनी, ३/४ पाथी चिउरा, १/२ पोको नुन, केही प्याकेट बेसार र मसला पनि सँगै भित्रिन्थ्यो। आज बुबा निन्याउरो मुख लगाएर रित्तो हात फर्किनुभयो स्कुलबाट।

'हैन आज तलब ल्याउने दिन हैन र? हेडमास्टर हिजो पनि आएनछ मन्थलीबाट?' हजुरआमा चिच्याउनुभयो।

थकित बुबाले दलानको जाँतोमाथि टुक्रुक्क बस्दै भन्नुभयो 'तलबजति माओवादीले लगिहाले। अब के…'

***
१२ बर्षे जनयुद्ध त्यागेर माओवादीहरू अहिले मुलधारको राजनीतिमा सक्रिय छन्। क. आवाजले गर्वका साथ नाम लिने महान् क्रान्तिका नायक प्रचण्ड लोकतन्त्रपछिका केही बर्षमा देशको प्रधानमन्त्री नै बने। परिवर्तनपछिका सरकारहरूमा प्राय: शिक्षा मन्त्रीको भाग खोज्ने माओवादीले त्यही बुर्जुवा शिक्षालाई आफ्नो कमाइखाने भाँडो बनायो। बुर्जुवा शिक्षाले अन्धकारमा धकेल्यो भनेर पत्याउने त्यति बेलाका होनहार विद्यार्थीहरु खाडीमा धकेलिए। खाडीको ४० डिग्री तापक्रममा कमाएको पैसा आफ्ना नानीहरूलाई बोर्डिङमा आफूले पढ्न नपाएको त्यही बुर्जुवा शिक्षामा खन्याउन विवश छन् माओका तत्कालीन चेलाहरू।

क. आवाजको भाषणले जुरुक्क भएर बन्दुकको नाल उठाएका थिए कुशेश्वरका मेरै अग्रज सहपाठीले। खत्री थर भएका उनले त्यसको केही बर्षमै लुभुको झोलुंगे पुलबाट हाम फाले। प्रचण्ड, बाबुरामहरू आज पनि काठमाडौंका रिसोर्टहरुमा गएर माओका डेट एक्सपायर्ड रेडबुकहरू घोक्छन् र खुला मञ्चमा कोरा सैद्धान्तिक भाषण गर्छन्। गाँउमा उनीहरूका अनुयायीहरुले त्यही कोरा भाषण कन्ठस्थ पार्छन् र भन्छन्- ‘वर्ग संघर्ष आज पनि हाम्रो प्रधान मुद्दा हो।’ परिणाम: डहुबेँसी आज पनि सुक्खा छ। गाँउका मास्टरहरूले अहिले पनि त्यही बुर्जुवा भनिएको शिक्षा पढाउँछन्। संसार १० वर्षको अवधिमा हामीभन्दा दुई सय वर्ष अघि बढ्यो अनि हामी उही कोरा कम्युनिस्ट भाषणमा लिप्त छौं।

***
केही दिनअघि गाँउबाट एक स्थानीय कांग्रेस कार्यकर्ताले फोन गरेर भने, 'भाइ बर्बाद भो।'

बेलाबेला गाँउका स्थानीय समाचारलाई आधिकारिक रूपमा सहर ल्याइपुर्‍याउने उनको भयभीत आवाजले म झसंग भएँ, गाँउमा ठूलै अनिष्ट त भएन?

कुरोको चुरो एक छिनमै थाहा भयो। भएको के रहेछ भने बेथानका भित्रिया कांग्रेसहरू त्यो दिन एमाले प्रवेश गर्दै रहेछन्। म खिस्स हासेँ। किनकि मलाई त्यो कुराले खासै केही अर्थ राख्दैन थियो। मैले पहिल्यै देखेको थिएँ, मान्छेहरू साहुको ऋण नतिर्नकै लागि माओवादी भएका थिए।

दाजुभाइको अंशबण्डाको लागि गाँउलेलाई राजनीतिले कांग्रेस र कम्युनिस्टको कित्तामा छुट्याएको थियो। छोरी- बुहारीको जागिरका लागि मान्छे कम्युनिस्ट भएका थिए। त्यो कतिका लागि विवशता थियो भने कतिका लागि अवसर। एउटै मान्छे सीमित स्वार्थका लागि राजनीतिको नाममा बिनाआस्था कम्युनिस्टका कैयौं रंगीन डुंगा सयर भएको पनि देखेको थिएँ। कारण कांग्रेसभन्दा कम्युनिस्ट हुन सजिलो थियो।

म कुनै राजनीतिक दलप्रति आस्था राख्दिनँ र कतै प्रत्यक्ष आबद्ध पनि छुइन। मलाई त्यो जरुरी भइसकेको पनि छैन किनकि मलाई कुनै दलको फेरो समाएर तत्काल जागिर खानुछैन, छोराछोरीलाई राम्रो स्कुल भर्ना गर्नु पनि छैन। कसैको प्रचार र दुस्प्रचार गरेकै भरमा साँझपख हुने ककटेल पार्टीहरूमा रम्न पनि मलाई कुनै रहर छैन। बेथानमा को माओवादी थियो, कसले कांग्रेस भएकै नाममा संरक्षण पायो, अथवा कसलाई कांग्रेस छोडेर एमालेमा जाँदा फाइदा भयो? त्यो सबैको फेहरिस्तले भन्दा दशकौंदेखि कम्युनिस्टले गाँजेको देशको अस्वस्थ राजनीतिले मेरो टाउको चट्किन्छ। कम्युनिस्टको राजनीतिलाई मैले किन अस्वस्थ भनेको भनेँ त्यहाँ कुनै पनि विचार स्वस्छ र व्यावहारिक छैन। गर्न सकिने सामान्य कुराहरूभन्दा विश्व ब्रह्माण्ड नै उथलपुथल पार्ने उत्तेजित भाषण कम्युनिस्टको खेती हो। मैले आजसम्म कम्युनिस्टबाट त्यहीमात्र भएको देखेँ।
एमाले पार्टी आफू माओ हो कि लेनिन भन्नेमा सधैं झुक्किइरह्यो। सत्ता उनीहरूको मुख्य आसक्ति हो। वृद्धभत्ता एमालेको कुनै पनि सरकारको आजसम्मको राजनीतिक एजेण्डा हो। वृद्धभत्तालाई पाँच सयबाट एक हजार अनि अब १५ सय पुर्‍याउने एमालेसँग भएको एउटामात्र राजनीतिक भिजन हो। सूर्य चुनावी चिह्न उसका लागि सधैं भाग्यवान् साबित भइदियो जसबाट आम मानिसलाई सूर्यको न्यानो तातो भनेर आजीवन झुक्याइरहन सकियोस्।

राष्ट्रवाद उसले कोरल्ने नारा हो। राष्ट्रवादको नारा गाउँदा गाउँदा कार्यकर्तालाई चार आनाको जग्गामा घरसमेत अटाएर आफ्नै करेसाबारीमा दुई मुठा साग उमारी आत्मनिर्भर भएँ भन्न सिकाउनु उसको प्रखर स्कुलिङको उपलब्धि हो। संसारका प्रयोगशालाहरूमा आणविक ऊर्जाको विकास कसरी गर्ने भनेर प्रयोगहरू भइरँहदा दाउरामा भात पकाएर खानु सबैभन्दा स्वावलम्बी हो भनेर सिकाउने कम्युनिस्ट राष्ट्रवादले हामीलाई कहाँ पुर्‍याउला? सामाजिक पुँजीवादी अर्थव्यवस्था संसारको उत्कृष्ट विकास मोडल हो भनेर प्रमाणित भइसक्दा पनि त्यसको अपव्याख्या गरेर जोगाएको भोट कम्युनिस्टले नेपालमा कतिन्जेल टिकाउला?

माटो सुहाउँदो राजनीतिक कार्यदिशाको अलमल्याई माओवादीको दीर्घकालीन समस्या हो। त्यति लामो राजनीतिक संघर्ष केका लागि थियो? बाबुराम भट्टराईले हजारौं मानिसको ज्यान र करौडौंको भौतिक क्षति हुने गरी गरिएको संघर्ष केवल एउटा नयाँ राजनीतिक प्रयोग थियो? खलाबाट उठाएको धान र खल्तीबाट थुतिएको तलब वर्ग संघर्षको उत्थानका लागि थियो कि पानीघाट, दोरम्बामा अमूर्त सालिक ठड्याउन? कि रोल्पामा प्रचण्ड, बादल, विप्लवको ज्यान बचाउने सुरूङ खन्न? उत्तर दिन एकै ठाँउमा उभ्भिनुपर्ने बेला आज उनीहरू आ-आफ्नै स्वार्थका लागि छिन्नभिन्न छन्। चीन, कोरिया, रुस, क्युबा आदि देशहरु कम्युनिस्ट भएरै पनि विकसित छन् भने हाम्रा कम्युनिस्ट किन सधैं ओठमा चर्को भाषण र मनमा कुण्ठा बोकेर धुलाम्मे हुनुपर्‍यो? कारण अव्यावहारिक राजनीतिक कार्यदिशा र चर्को आलापमात्र हो भन्ने निष्कर्षमा पुग्न हामी अझै कति कुर्नुपर्ने हो?

चर्को राजनीतिक भाषणले जनमानसमा जगाएको अनावश्यक राजनीतिक चासो र यसले सामाजिक सन्तुलनमा पार्ने असर मेरो सदाको चिन्ता भइरह्यो। अनि यसमा सबैभन्दा बढी योगदान कम्युनिस्ट स्कुलिङबाट विकसित भएको राजनीतिले पुर्‍याएको छ भन्ने मेरो एकोहोरो ठम्याई।
सायद, यसैले होला मलाई कम्युनिस्ट मन पर्न छोडेको छ।
पहिलो पोस्टबाट साभार

रिसाहा लोकमान

Written By खांट्टी कुरा on Saturday, April 30, 2016 | April 30, 2016

किन रिसाय लोकमान ?
कार्टुनले पुस्टि गरेको छैन त ?
कार्टुनिस्ट दुर्गा बरालको फेसबुकबाट साभार

परिचय खोसेको कसले ?

Written By खांट्टी कुरा on Tuesday, December 29, 2015 | December 29, 2015

फाल्गुन ११, २०७१
 तराईबाट आयो तरैया, बोकेर टोकरी 
सोह्र वर्षे हलहले जोवन, यो रानीपोखरी 
..
१९६० सालमा एउटी विवाहिता तर साक्षर १६ वर्षे किशोरीले कागजमा लेखेर किनारमा छोडेको यो पंक्ति र रानीपोखरीमा हामफालेको त्यो घटना काठमाडौंका निम्ति ठूलो सनसनी भएको थियो भन्ने कुरा बज्यैबाट आमा हुँदै यो पंक्तिकारले सुनेको हो । तर त्यतिबेला पनि तराई शब्द लेखिनुको मर्म के थियो ? कै विस्तार हो, यो लेख ।
मधेस
'मध्यदेश' भन्यो मनुस्मृतिले त्यो इलाकालाई जसको पूर्वी सीमा प्रयागतीर्थ हो र पश्चिमी सीमा विशनश अर्थात सरस्वती नदी लुप्त भएको ठाउँ । रामको कालमा यसलाई अयोध्या भनिन्थ्यो र मुगल कालमा अवध भनियो । अवधको राजधानीलाई अहिले भारतमा लखनऊ भनिन्छ ।
यहींको यमुना र गंगाको संगम प्रयागतीर्थ (अहिलेको अलाहवाद) । अनेक तीर्थहरूमा श्रेष्ठ मानिन्थ्यो, नेपालका पहाडवासीहरूका निम्ति पनि । बाजुराको कोल्टीबाट सोझै दक्षिण पर्छ, प्रयागतीर्थ । त्यस प्राचीन वैष्णव तीर्थको प्रभावले नै हो गुल्मी, अर्घाखाँचीमा वैष्णव धार बलियो छ । उदाहरण रिडी ऋषिकेश हो नै । यसैले मध्यदेश लाग्नुको अर्थ दक्षिणतर्फ लाग्नु भन्ने हुन्थ्यो सुरुतिर भने पछिपछि दक्षिण लाग्नु नै मध्यदेश हुनगयो । यो मीनभवन नामको घरभित्र पस्न नहिँडेको मानिसले पनि कुनै बेला बानेश्वर-तीनकुनेको भागलाई मीनभवन भनेजस्तै हो । तर त्यस अवधकै उत्तरमा रहेका अनेक जिल्लाहरूले पनि नेपाललाई वाषिर्क सिर्तो बुझाउँछन् (हेमिल्टन सन् १८२८) भन्ने तथ्यले न औपचारिक रूपमा नेपालको सिमानाभित्र मधेस थियो, न नेपालको सीमा अहिलेजत्ति मिचिएको नै थियो भन्ने स्पष्ट छ ।
तिरहुत र तराई
तिरहुत विहारको उत्तर पश्चिमी कुनामा पर्ने आठ हजार वर्ग किलोमिटरको इलाका हो । हाम्रो द्यौलागिरि अञ्चलभन्दा केही सानो । यसको उत्तरमा नेपालको सप्तरी जिल्लाको सीमाको जंगली भाग पर्छ र दक्षिणमा गंगा नदी छ । पूर्वमा पूणिर्याँ र सरौं भन्ने ठाउँ पर्छ । प्राचीन तिरभुक्तिको अपभ्रंश हो, तिरहुत । तर तिरभुक्ति आफैं त्रि अर्थात गंगा, गण्डक र कौशिकी बीचको भुक्ति अर्थात भोगिएको, खेती गरिएको जमिनको अपभ्रंश हो । जसमा सन् १२३७ मा तोर्गा खाँले हमला गरी केही रकम लिई छोडिदिएको थियो, तर स्वाधीनता भने सन् १३२० तिर दिल्लीका शासक अलाउद्दिन खिल्जीको हातबाट समाप्त नै हुनगयो । गण्डक गंगामा सोनेपत भन्ने ठाउँमा र कौशिकी कर्सेला भन्ने ठाउँमा मिल्छन् । प्रयागतीर्थ, कर्सेला, सोनेपत सबै २५ डिग्री उत्तर अक्षांशमा छन् र नेपालको सीमा न्युनतम २६ डिग्रीबाट सुरु हुन्छ ।
त्यसैले वि.सं. १८२६ मा उपत्यका लिने बित्तिकै तराईवासीहरूको बाहुल्य रहेको जयप्रकाश मल्लको तिरहुतिया गणलाई पृथ्वीनारायण शाहले भंग गरे भन्ने डिफाइनिङ मैथिल आइडिनटिटी-क्लेयर बर्केट लेखाइ हावादारी अलाप हो । गण भएको भए मल्लले गढवाली नगरकोटी किन झिकाउनुपर्थ्यो ? नेपालमा औपचारिक सैनिक गण स्थापना भएको सम्भवतः वि.सं. १८०१ मा मात्रै हो । त्यसमाथि ब्राह्मणले वैद्य विद्यामा दख्खल राखेमा थर मिश्र हुन्छ । तन्त्र विद्यामा दख्खल राखेमा थर झा हुन्छ । दुवै थर उत्पत्तिको केन्द्र त्रिभुक्तिको मौवा हो । काठमाडौंमा तिनीहरूलाई 'तेरौँते' भन्ने चलन छ, अरुलाई होइन । यद्यपि काठमाडौंमा बनारसी र पञ्जाबी मिश्रहरू पनि छन् । अर्थात् जयप्रकाश मल्लको सैन्यगण मिश्र र झा मात्रको थियो भन्ने निचोड निक्लन्छ जुन हास्यास्पद निर्क्योल हुन्छ, बेर्केटका कुरामा जाने हो भने ।) 'तरियानीको अर्थ समुद्री सतहबाट कम उचाइको धापिलो जमिन हो, जसमा डुंगा चलाउन सकिन्छ अर्थात डुंगाहरूको देश । यसको मूल फारसी हो' भन्ने एक फिरङ्गी (वाल्टर) को दाबी छ । जुन अशुद्ध हो । संस्कृतको तरणीको प्रचलित अर्थ कमल हो । तर तरणीको मूल अर्थ पानीमा तैरिने कुनै पनि वस्तु हो, पत्करदेखि डुंगासम्म । यसैले तरणी नै तरियानीमा रूपान्तरण हुँदै तराई हुनपुग्छ । 'जुन शब्दलाई नेपालीहरूले आफ्नो मैदानी भूभागका निम्ति प्रयोग गर्छन्' (हेमिल्टन सन् १८२८) यही कारण हो, कर्कपेटि्रक लगायत फिरङ्गीहरूले त्यस दक्षिणी मैदानका निम्ति न मधेस शब्द प्रयोग गरे न तिरभुक्ति, बरु प्रयोग गरे तरियानी ।
जंगलभित्र, जंगलबाहिर
'अकबरका समयमा तराईमा भारी मात्रामा खेती हुन्थ्यो, नेपालीहरूले त्यसलाई जनसंख्यारहित बनाइदिए' भन्ने लेखाइ अर्को अलाप हो -मिसनरी स्केचेज इन नर्थ इन्डिया-बेटवेक्थ ।
किनभने अकबरले एक लाख आँपका बोट रोपेर दरभंगामा लालबाग अमराइ खडा गरेका थिए, नेपालको लालझाडी (चारकोसे) बाट लिइएको नाम भएकाले । बरु 'जंगलभित्र ससाना राजाहरू थिए, तर ती बाहिरी हस्तक्षेपको कारणले घना जंगल पालेर बसेका थिए, नेपालीहरूले वन फँडानी गर्न सुरु गरे' भन्ने अर्को लेखाइ (वाल्टर) सही हो ।
नभन्दै सातौं शताब्दीका दुसाध राजा भनिने सलहेसको केन्द्र अहिले पनि लहानबाट केही मिनेट पर जंगलकै अवस्थामा छ ।
११ औं शताब्दीको भनिने सिम्रौनगढको नामले नै बुझाउँछ, सिमलको जंगल हो । १४ औं शताब्दीको भनिने पुरादित्यको बनौली नामले नै स्पष्ट गर्छ, त्यो जंगलभित्रको बस्ती हो । यद्यपि विद्यापति मैथिलले आश्रय लिएका भनिने यो बनौली कुनचाहिँ हो, स्पष्ट छैन । किनभने त्यहाँ तीनवटा बनौली छन् । लुम्बिनी जंगलभित्र पुरिइसकेको थियो भन्ने अभिव्यक्ति १९ औं शताब्दीका धर्मपालले नै दिए । 'न्यग्रोध आराम' र 'पिप्पली वन' नामहरूले वरपीपल जाति -फाइकसिस स्पेसिज) को जंगल थियो भन्ने स्पष्ट पार्छ नै । विराट भनिएको ग्रोगहाको नामबाट बुझिन्छ, त्यो गोहीले कुनै बेला भरिएको इलाका हो । किनभने स्थानीय थारु भाषामा मोरङको अर्थ  हो, धापिलो जमिन । जनकपुर नै जंगलभित्रको सानो बस्ती थियो, वृषभानुले मन्दिर बनाउने सुरसार गर्दा । यसैले राज्य नाम लिएका तर उपत्यकाका ३ थकुजुजुसहित बाइसे र चौबिसेजस्तो राजनीतिशास्त्रको भाषामा राज्य प्रणालीयुक्त स्वरूप नभएका बस्तीहरू मात्र भएको इलाका थियो तराई ।
आप्रवासन क्रम
पहिलो आप्रवासनबारे पादरी लुडविग स्टिलरले लेखे (सन् १७६९-७० को बंगाल भोखमरीका बेला प्रशस्त बंगाली र विहारीहरू नेपाल आए (साइलेन्ट क्राई) ।
यो भुखमरीमाथिका पेन्टिङहरूले ढाकाका जैनुल आवेद्दिनलाई विश्वविख्यात बनाएको थियो । किनभने बंगालमा मानिसको लासहरूको सद्गति गर्न नभ्याएर रेलको बोगीमा गिद्धहरू ओसारेर सहरमा छोड्नुपरेको थियो । दोस्रो उल्लेखनीय आप्रवासनका उदाहरण दिएका छन्, नेपालका निम्ति तत्कालीन बि्रटिस भारतीय दूत कर्णेल रामशेले यसरी -१८६६/६७ को भयानक भोखमरीको बेला विहारबाट प्रशस्तै मानिस नेपालमा चलाइएको सदावर्त खान पसे । तिनले खानका निम्ति आफ्ना सन्तान पनि बेचे । (ब्रिटिस सरकारलाई लेखेको पत्र)
तेस्रो आप्रवासन जुद्धशमशेर राणा सन् १९३३ मा प्रधानमन्त्री भएपछि सुरु भयो । जुद्ध म्याच फ्याक्ट्रीदेखि जुट मिलसम्म तराईमा खुले । त्यसले सीपयुक्त मजदुर, व्यवस्थापक, लगानीकर्ताहरू यावत् मात्रामा ओसार्‍यो । तिनलाई चाहिने सामान आपूर्तिकर्ताहरू पनि पसल लिएर आए ।
कोइरी र कवारीहरूले तरकारी खेती सुरु गरे तराईमा । कृषक वर्ग र व्यापारिक वर्ग दुवैको बगाल यही बेला आयो । यद्यपि सन् १८८४ पछि वीरशमशेर राणाले जलेश्वर लगायत उनकै नाममा रहेको तर अहिले भारतमा परेको वीरपुर लगायत करिब दर्जन स्थानमा खोलेका पृथ्वीवीर अस्पतालहरूले स्वास्थ्य क्षेत्रमा दक्ष सीप भएकाहरूलाई पारिबाट निम्त्याउन सुरु गरिसकेको थियो । चौथो आप्रवासनबारे एन्दि्रया सभादा लेख्छिन् -सन् १९९१ मा पनि विहार र अन्य छिमेकी इलाकाबाट समेत धेरै भारतीयहरू नेपाल पसे । (नेपाल अ कन्ट्री स्टडी)
पाँचौं आप्रवासन वि.सं. २०६३ को परिवर्तनपछि आठ लाखलाई नागरिकता दिने नाममा झन्डै चालिस लाखलाई नागरिकता बाँडियो । यसैमाथि संयुक्त जनमोर्चाका नेता चित्रबहादुर केसीहरूले मुद्दा उठाइरहेकै छन् ।
तर आसामबाट नेपालीहरू निकालिँदाको विवादबीच तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले भने, १९५० भन्दा यता पसेकाहरूलाई भारतीय नागरिक मान्न सकिन्न । त्यसो हुँदाहुँदै पनि २०२७ सालमा आफूलेे र २०२८ सालमा बाबुको नागरिकता बनाएकाहरूचाहिँ बडो ठालु पल्टिएर एक मधेसका कुरा गरिरहेका देखिएको छ । तैपनि सन् १९५० उताकाले मात्र राजनीतिक माग राख्न पाउनुपर्छ, कसैले भनिरहेको छैन ।
रोटी, बेटीको सम्बन्ध
वर्षेनि डोमेनिकी गणतन्त्रका पचासौं हजार नागरिकहरू हेइटीमा मजदुरी गर्न पुग्छन् । पचास हजारजति नै भियतनामी महिलाहरूले चीनसँगको सीमा नाघ्छन् । सीमा इलाकाका नागरिकहरूबीच रोटीबेटीको सम्बन्ध लेटिन अमेरिका, अपि|mका, एसिया र युरोपमा व्यापक छ । तर कसैका पनि सीमा अनियन्त्रित -इररेगुलेटेड) हुँदैनन्, छैनन्, नेपालको बाहेक ।
यो थोपरिएको बाध्यता हो, रोटीबेटीको सम्बन्ध । र यही कथित रोटीबेटीको सम्बन्ध हो, जसले जहिले आएर बसेको भए पनि तराईमा बसोबास गरिरहेका तर मूलधारमा परिएन भनेर चिन्तित, आक्रोशित र पीडित तराईवासी नेपालीहरूको पहिचान खोसिरहेको छ । कसरी भने डेढ लाख वर्ग किलोमिटरको सानो देशले दिने राजकीय अवसरहरू निश्चित छ, अत्यन्तै थोरै हुन्छन् । त्यो सीमापारिको लागिचाहिँ नजाओस् भनेर नियन्त्रण गर्न खोज्नु स्वाभाविक हो । तर को यताको हो ? को उताको हो ? चिन्नै नसकिने स्थिति खडा भएको छ, खुला सिमानाले । अनि जब गलत पात्र ठानेर अवसरबाट रोक्न खोजिन्छ, त्यो नेपालभित्रकै पर्छ । त्यतिबेला आक्रोशको ज्वाला उठ्नु स्वाभाविक हो । अर्थात् सीमा नियन्त्रित हुनुपर्छ भन्ने माग पहाडवासीले भन्दा तराईवासीले गर्नु जरुरी थियो र छ, नकि एक मधेसको माग । तर सीमा नियन्त्रित गर्नु भनेको तराईवासीलाई अँचेट्नु हो भन्ने भ्रम एक किसिमका मानिसमा छ । जसलाई रैथाने तराईवासीहरू बुझ्दैनन् वा बुझ्न चाहँदैनन् । तिनको राष्ट्रिय पहिचानलाई जो यो रोटीबेटीको सम्बन्धले बिथोलेको छ अर्थात् उनीहरूको पहिचान बन्न नदिएको त्यही देशले हो, जो सबैभन्दा बढी हिमायती भएको दाबी गर्छ ।
सांघातिक षड्यन्त्र
काठमाडौंमा ठानिन्छ, तराईका केही र भारतबाट धेरै मात्रामा तराईलाई एक प्रदेश बनाउने दबाब छ । यथार्थचाहिँ के हो भने त्योभन्दा धेरै बढी पश्चिमा दबाब छ । एकातिर चाल्र्स र्‍याम्बलजस्ताहरू बृहत भोट -तिब्बत) भित्र नेपाली हिमाली जातिहरू किन बाँधिदैनन् ? भनेर खुलै गुनासो गर्छन् र अर्कोतिर जोन हेल्पटनहरू तराईमा थारु, धिमाल, राजवंशी आदि जातजाति छन् र मैथिली, अवधी र भोजपुरी भाषीहरू छन् भन्ने कुरा जानाजान बिर्सेर त्यसलाई हिन्दीभाषी बनाउनुपर्ने वकालत गरिरहेका छन् । (सम्पादन गेल्नर, युहाना, जारेनका र हेल्पटन)
अर्थात राज्य पुनसर्ंरचनाको धर्को उत्तर र दक्षिण तानिनु हुँदैन भन्नेमा भारतभन्दा धेरै चासो पश्चिमको छ । निदाएको बहाना गर्नु त नेपाली धर्म नै हो ।
sauravst@gmail.com
ई-कान्तिपुरमा  प्रकाशित: फाल्गुन ११, २०७१

खाँट्टी कुरा यहिनै हो !

Written By खांट्टी कुरा on Monday, December 14, 2015 | December 14, 2015

राम ढुंगाना हाल तेलअबिब ईश्रायल
तस्विर साभार: राम ढुंगानाको फेसबुकबाट
हामि सामान्य मानिसलाँइ एउटा खरदार सुब्बाको जागिर गयो भनेत कम्ता चिन्ता लाग्दैन , यिनि नेपालको राजा हुनेवाला थिए , राजगद्दि मात्रै गुमेन नेपालको राज संस्था नै खारेज भयो ! पिर त अबश्य नै होला ! तर यिनको कतिपय अन्तर्बार्ताहरु मैले हेरेको छु ! सार्है भलाद्ममि र साधारण जनताँ जसरि प्रस्तुत हुन्छन् ! यिनको सबैभन्दा बिबादास्पद कुराँ भनेको स्व: संगितकार प्रबिण गुरुंगको यिनले चलाएका भनिएको गाडिले किचेर मार्नु हो ! मलाँइ लाग्छ त्यो अन्जानमा भएको हो !

बिरेन्द्रको बंशनाश हुनुमा पनि पारस र ज्ञानेन्द्र माथि आरोप लाग्ने गरेको छ , मलाँइ चाँहि यो कुराँ त्यति सत्य लाग्दैन यदि त्यसो भएको भए अहिलेका राजनितिक दलका नेताहरुले ज्ञानेन्द्र र पारस लाँइ छोड्ने थिएनन् ! बिरेन्द्रको परिबारको हत्या भारतको डिजाइनमा भएको हुनसक्छ दोष ज्ञानेन्द्र माथि आइलाग्यो !

माओबादिहरुले १७ हजार भन्दा धेरै मान्छे मारे ! माओबादिका नेताहरु र तिनका आफ्ना आफन्तका शान सौकत कुनै धनि देशका कार्यकारि राजा महाराजा भन्दा कम छैन ! ठुला- ठुला सपना देखाए देश बिकाशको स्विजरल्याण्ड सम्म बनाउँछु भन्न भ्याए ! अफ्रिकाको गरिब देश ( स्वाजिल्याण्ड ) भन्दा पनि हरिकंगाल बनाए ! केहि कुराहरुमा राजपरिवार प्रति मेरो पनि बिमत्ति थियो ! ति कुराहरु समय सापेक्ष परिबर्तन हुँदै गइरहेका थिए र हुन्थे पनि ! तर नेपालमा सबैभन्दा बलियो र भरोसा योग्य कुनै संस्था थियो भने त्यो राज संस्था नै थियो ! तर आफ्नो स्वार्थ पुरा गर्न राजालाँइ मिल्काए !

ज्ञानेन्द्रले २०६२/६३ को आन्दोलनमा आफै बिरुद्द लागेका भएपनि आफ्ना प्यारा जनताँहरुको रगत बगेको हेर्न सकेनन् र आन्दोलनमा केहि जनताहरु मारिने बित्तिकै तत्कालिन आन्दोलनकारीको नाउँमा कथित सात दलले राखेका माग पुरा गरे !

जुन राजाले तत्कालिन प्रतिनिधि सभा पुन: स्थापित गरिदिए ,नेपालको सबैभन्दा ठुलो देशद्रोहि गिरिजा र प्रचण्ड र एमालेले राजसंस्था नै बिधि प्रक्रिया नपुराइ जनमत नलिइ हठात् रुपमा राजसंस्था खारेज गरेको घोषणा गरे ! ज्ञानेन्द्रले हाँसिहासि दरबार छोडेर सामान्य जनताँहरुको हैसियतमा रहन थाले !

खुल्ला दिमाखले सोचौ हेरौ गरिब र दुँखिहरु लाँइ बाटो बाट टपक्क टिपेर दरबारमा लेराएर पढाएका कति धेरै उदाहरणहरु छन् ! अहिलेका नेताहरुले कसैले यस्तो उदाहरणिय काम गरेका छन् कतै ? तत्कालिन राजदरबार परिषद स्थायी समितिको सदस्यहरुमा समाबेशिता हुन्थ्यो , जनजाति , पहाड हिमाल तराँइ , मुसलमान , हिन्दु बौद्द सबै धर्मका समुदायका ब्यक्तिहरु अटाउँछे त्यहाँ !

पारसले गाजा खाए होलान् आफ्नै ज्यान सके तर अहिलेका नयाँ राजाहरु र तिनका सन्तान र आफ्ना आफन्तहरुले देशै सकिसके यो कुराँको चिन्ता धेरै गर ! पारस माथि ब्यंग्य नगर ! पारसले र उनका परिवार र पुर्खाले देश डुबाउने काम कहिल्यै गरेनन् ! बरु बिशाल नेपाल निर्माण गरे !

दुई दिन नटिक्ने संबिधान किन बनाए ?

Written By खांट्टी कुरा on Tuesday, September 29, 2015 | September 29, 2015

शेखर ढुंगेल

तस्बिर साभार: शेखर ढुंगेलको फेस्बुकबाट
देशको माटो चिन्ने र भारतको दुर्नियत बुझ्ने नेपालमा राजा स्व.महेन्द्र स्व.बिरेन्द्र, ज्ञानेन्द्र तथा नेपाली कांग्रेसको संस्थापक नेता स्व.बि.पी कोईराला यी ४ मात्र जन्मिए र जसले सुझबुझ को राजनीति गरेका थिए । स्व.बिपिले जेलमै बस्छु बरु स्वदेश मै मर्छु भनि भारत सामु झुकेनन प्रजातन्त्रको नाममा रास्ट्रीयता बेचेनननेपालका राजाहरुले नेपालि जनताहरुसितै घुंडा टेक्न राजि भए बिदेशीहरु सित स्वाभिमान गिराएर झुक्न मानेनन तर वर्तमानका नेताहरु सत्ता को लागि देश नै बन्धकी वा जिम्मा लगाउन परे पनि दिल्ही घुंडा टेक्न जान छोड्दैनन

अब किचलो गर्ने हाम्रा नेता असफल हाम्रा नेता, सल्लाह र सुझाब लिन जाने हाम्रा नेता अनि भारतले नाका बन्द गर्यो भनेर दिल्ही लाइ गालि गर्नु सट्टा हामीले हाम्रा नेता हरुलाइ खबरदारी गरौ फेरी झुकेर संबिधान संसोधन गर्न लागेका छन रे । 

दुइ दिन नटिक्ने संबिधान किन बनाए ? तराइको बास्तबिक समस्या के हो ? बिज्ञ हरुको आयोग वा संविधानमा निहित मधेश आयोग लाइ तत्काल सक्रिय बनाइ त्यसको सुझाबको आधारमा मात्र आबस्यक संसोधन गर्ने हो कि ? कसैको दबाबमा बास्तबिक समस्या को निर्ल्योक नै नगरी हत्तारमा संसोधन गर्नु बुद्धिमानी हुँदैन कि ? हामि नागरिक को शक्ति माथि विश्वास छैन हाम्रै नेताहरु लाइ हाम्रो भावना लाइ कुल्चिएर दिल्हिको आदेश शिरोधार्य गर्दै छन कि ? हटाउ नेतृत्व बाट यी असक्षम कथित नेताहरु लाइ कि चुप बसौ अब सडक तताएर फेसबुक रंगाएर केहि हुने वाला छैन यो स्पस्ट छ
 
जन संख्याको आधारमा निर्बाचन क्षेत्र र अंगिकृत नागरिकलाइ रास्ट्र प्रमुख प्रधानमन्त्री मन्त्रि बनाउने हो भने तराइका बास्तबिक आदिबासी पहाड बस्ति सर्नेछन वा  बिहारतिर शरणार्थी हुन्र जाने छन आगामी वा अर्को स्थानीय राज्यको निर्बाचन पश्चात बिधिबत रुपमा हामि नेपालको संबिधान मान्दैनौ र भारतीय संबिधान अन्तर्गत ........राज्यमा बिलय हुने घोषणा निर्णय बहुमतबाट हुनेछ पुर्ब पश्चिम रेखांकित राज्य हरुको .....
कुनै शक्तिले रोक्न सक्ने छैन सदनले बिधिबत गरेको निर्णय अन्तरास्ट्रिय रुपमै मान्यता प्राप्त गर्दछ बहुमत तराईबासी वा प्रतिनिधित्व गर्ने निर्बाचित सभासदले हस्ताक्षर गरेको संबिधान को बिरुद्ध जनमत नभएका उदण्डकारिको त्रासमा संबिधान संसोधन गर्ने हो भने यसै नजिर लाइ लिदै खुम्बुवान लिम्बुवान खसान नेवा आदि इत्यादि राज्य पनि अहिले नै छुट्याई दिनु पर्छ

किनकि इतिहास साक्षी छिमेकी देश भारत जो  ५८० भन्दा बढी राज्य रजौटा लाइ केन्द्रिकृत गरि १८ राज्यमा बिभाजन गरि संघियतामा गएको थियो आज २९ राज्यमा विभक्त भएको र अन्य राज्यको आन्दोलन जारि छ के धान्न सक्छ नेपाल ले ...यो नियति .....?
साभार : सेखर ढुंगेलको फेस्बुकबाट !
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger