Latest Post

Showing posts with label साभार आलेख. Show all posts
Showing posts with label साभार आलेख. Show all posts

राजतन्त्र किन फालियो ?

Written By खांट्टी कुरा on Wednesday, May 26, 2021 | May 26, 2021

 -भरत दाहाल

नेपालमा ईण्डियन जनसंख्या अतिक्रमणको योजनाका ६९ बर्ष

दलालहरुले कतिबेला के कस्ता अपराधहरु गर्दै आएका छन् ?

इतिहासले भन्छ- दलियताको अर्को अर्थ चरम नांगो देशद्रोह हो

राजाहरुका कारणले नै देश नागरिकता आक्रणबाट बचेको थियो

१. २००९ सालको संविधानमा जन्मको आधारमा नागरिकता दिने व्यवस्था गरे अनुसार ००७ सालपछि नेपाल पसेका सबै ईण्डियनहरुलाई नागरिकता प्रदान। कांग्रेसलाई मोहन सम्शेरको सरकारमा सामेल गराईदिए वापत ईण्डियालाई कांग्रेसले तिरेको नूनको भारा ।

२. २०१९ सालको संविधानमा राजा महृेन्द्रद्वारा जन्मको आधारको नागरिकता ऐनको प्रावधान खारेज ।

३. २०३७ सालको जनमत संग्रहमा ईण्डियन एजेन्ट सूर्यबहादुर थापाद्वारा पञ्चायतलाई जिताउने बहाना बनाएर मतदाता सूचीमा सामेल गरिएका ३८ लाख ईण्डियनहरुमध्ये २३ लाख ८७ हजार जनालाई जनमत संग्रहपछि नागरिकता प्रदान।

४. २०४७ सालको संविधानमा दरबारको असहमतिका कारणले जन्मको आधारको नागरिकता प्रावधान सामेल गर्न नसकेपछि २०५२ सादमा महन्त ठाकुर (त्यसबेला कांग्रेसका नेता) को आयोगबाट नेपालमा रहेका सबै ईण्डियनहरुलाई नागरिकता दिनु पर्ने भनि दिएको सुझाव दरबारको हस्तक्षेपमा असफल।

५. २०५४ सालमा जीतेन्द्रदेवको अध्यक्षतामा गठित नागरिकता वितरण आयोगले ६ दिनभित्र ३४,००० भन्दा बढी ईण्डियनहरुलाई वितरण गरेका नागरिकहरु २०५८ साउन ९ को सर्वोच्च अदालतको फैसलाबाट खारेज।

५. २०५४ सालमा बामदेव गौतमको गृहमन्त्रालयले विदेशीलाई मतदाता बनाउने कुनियतले स्थानिय निर्वाचन निर्देशिका जारी गरेर स्थानिय चुनावमा उठ्न र भोट हाल्न नागरिकता नचाहिने भनि गरेको ब्यवस्था सर्वोच्च अदालतको निर्णयबाट खारेज।

६. २०५७ जेठमा शेरबहादुरको सरकारको समयमा राज्य ब्यवस्था समितिले पारित गरेको नागरीकता संबन्धि निर्णयलाई प्रतिनिधिसभाले पारित गरेर अर्थ विधेयकभित्र घुसाई पारित गरेको विधेयक सर्वोच्चबाट राय लिई राजा वीरेन्द्रबाट२०५८ बैशाख १२ गते गैरसंवैधानिक घोषित गरी खारेज। त्यो विधेयक खारेज गरेको १ महिनापछि राजा वीरेन्द्रको हत्या।

७. २०६२ साल मंसीर ७ गते दिल्लीले गराएको १२ बुँदे समझदारीको बेला ईण्डियनहरुलाई नागरिकता दिनु पर्ने सर्तमा अनौपचारिक सहमति।

८. दिल्लीको १२ बुँदे समझदारीका बेला भएको गोप्य सहमति अनुसार नागरिकताका विषयमा दलहरुका बीचमा औपचारिक सहमति नगर्दासम्म बृहत शान्ति संझौता गर्न नदिने भनि दिल्लीले चेतावनी दिएपछि २०६३ साल कार्तिक २२ गते १२ बुँदे गर्ने दलहरुको बैठकबाट २०४६ साल चैत्र मसान्तलाई आधार बर्ष मानेर जन्मको आधारमा नागरिकता दिने निर्णय। यो निर्णयपछि मात्र ०६३ मंसीर ७ गते बृहत शान्ति संझौता गर्ने ईण्डियन अनुमति।

९. अन्तरिम संविधान जारी नहुँदै २०६३ साल मंसीर १० गते संसदबाट जन्मको आधारको नागरिकता ऐन पारित र पछि अन्तरिम संविधनमा सामेल।

१०. २०६९ साल फागुन ३० गते कांग्रेस, एमाले, एमाओवादी र मधेशवादीहरुको बैठकबाट जन्मको आधारमा नागरिकता लिएका विदेशीका सन्तानहरुलाई बंशजको नागरिकता दिने सहमति। यो सहमतिमा हस्ताक्षर गर्नेहरु सुशिल कोईराला, झलनाथ खनाल, प्रचण्ड र विजय गच्छेदार।

११. २०६९ साल चैत्र २९ गते खिलराज रेग्मीको मन्त्रीपरिषदको बैठकबाट दलहरुको सोही सहमतिलाई अध्यादेशका रुपमा जारी गरी रामवरण यादवद्वारा प्रमाणित।

१२ खिलराजको अध्यादेशबाट बनेको सोहि कानूनलाई २०७२ सालको संविधानमा सामेल।

१३. २०७५ सालमा नागरिकतालाई अझ खुकुलो बनाउने कुत्सीत उद्देश्यले नागरिकता संसोधन विधेयक प्रस्तुत।

१४. २०७५ सालमा प्रस्तु गरिएको तर टुंगो नलागेको सोहि विधेयक भित्रका २ वटा बुँदाहरु केपी ओलीद्वारा अध्यादेश जारी गरी विद्या भण्डारीबाट प्रमाणिकरण।

त्रिमुल पार्टीको अध्यक्ष भरत दाहालको फेसबुकबाट साभार

 

होम आइसोलेसनमा बस्नु भएका संक्रमितहरुलाई अनुरोध

Written By खांट्टी कुरा on Sunday, May 02, 2021 | May 02, 2021

होम आइसोलेसनमा बस्नु भएका संक्रमितहरुलाई अनुरोध - डा. रवीन्द्रपाण्डे  

१. थर्ममिटरबाट तापक्रम नापिरहनुहोला | ९८ – ९९ फरेनहाइटसम्म व्यक्ति अनुसार नर्मल तापक्रम हो | १०० पुग्यो भने पारासिटामोल खानुहोला | शरीर दुखेमा / टाउको दुखेमा पनि पारासिटामोल खान सकिन्छ |
२. पल्स अक्सिमिटरबाट अक्सिजनको स्तर नापिरहनुहोला | यदि ९४ भन्दा तल गयो भने घोप्टो परेर सुत्नुहोला | यसलाई प्रोन पोजिसन भनिन्छ | पेटमा २ वटा सिरानी, टाउकोमा एउटा सिरानी र खुट्टाको गोलिगाँठानेर एउटा सिरानी राखेर पेटको बलमा सुत्नुहोला | यसले फोक्सोको क्षमता बढाउछ | यसलाई प्राकृतिक भेन्टिलेटर पनि भनिन्छ |
३. भिटामिन सी २ पटक, जिंक २ पटक, भिटामिन डी हप्ताको १ पटक खानुहोला | आबश्यकता अनुसार पारासिटामोल, कफ सिरप / ट्याब्लेट खान सकिन्छ |
४. अक्सिजनको मात्रा ९४ भन्दा कम भएमा, ज्वरो आइरहेमा वा खोकी लागिरहेमा, सास फेर्न गाह्रो भएमा वा अन्य गाह्रो भएमा घरमा नबस्नुहोला | यो नयाँ भेरिएन्टले अचानक कोभिड निमोनिया गराउँछ | तसर्थ नजिकको कोभिड अस्पतालमा गएर चिकित्सकसंग जांच गराउनुहोला | छातीको एक्स रे वा सिटि स्क्यान गरेर फोक्सोको अवस्था अनुसार चिकित्सकको सिफारिसमा औषधि ( एन्टिभाइरल / एन्टिबायोटिक ) खानुपर्ने हुन्छ | कोभिड निमोनिया भएमा अस्पताल भर्ना हुनुपर्छ |
५. जांच नगरी घरमा अक्सिजन दिएर नबस्नुहोला | अक्सिजनले रोग निको गर्दैन | चिकित्सकको सिफारिस अनुसारको औषधिले मात्र निमोनिया वा अन्य अवस्था ठिक हुन्छ | अक्सिजन उपचार हैन | धेरै व्यक्तिले घरमै अक्सिजन दिएर फोक्सो ड्यामेज भएको अवस्था पनि छ |
६. एक रातमै अवस्था क्रिटिकल हुनसक्छ | तसर्थ गाह्रो भएमा भोलि अस्पताल जान्छु नभन्नुहोला | अस्पताल प्याक भएपनि त्यहाँ तपाइंले कुनै न् कुनै उपचार पाउनुहुन्छ |
७. अप्रमाणित औषधि सेवन गरेर वा अन्य संक्रमितलाई निको भएको औषधि खाएर समय एबम स्वास्थ्य नष्ट नगर्नुहोला | प्रतिरोध क्षमता रातारात वृद्धि हुँदैन | यो लामो प्रक्रियाबाट मात्र वृद्धि हुन्छ |
८. मरिच, बेसार,अदुवा, ज्वानो, दालचिनी, तुलसी, गुर्जो, जेठिमधु, पिपला, कागतीको रस राखेको चिया पटकपटक खानुहोला |
९. घरमा एकजना संक्रमित भएमा सबैको परीक्षण गराउनुहोला | यसपटकको प्रजाति निकै संक्रामक छ |
१०. घरको खानाको अतिरिक्त फलफूल, दुध, गेडागुडी, अण्डा, सुप आदि प्रशस्त खानुहोला |
११. पानीको बाफ लिंदा आराम हुन्छ |
१२. रक्सी, चुरोट तथा धेरै गुलियो पदार्थ / कोल्ड ड्रिंक्स सेवन नगर्नुहोला |
१३. हल्का ब्यायाम, पर्याप्त निद्रा तथा बिहान घाम ताप्ने गर्नुहोला |
१४. आफ्नो मानसिक अवस्थालाई सुदृढ एबम सबल राखुहोला | नआत्तिनुहोला |
१५. दिनमा १ /२ पटक मात्र समाचार हेर्नुहोला | सामाजिक संजाल नहेर्नुहोला | अनधिकृत समाचारले तनाव बढाउँछ |
१६. गाह्रो भएमा १०२ नम्बरमा फोन गरेर एम्बुलेन्स मगाउनुहोला, उपचारको लागि कोभिड हटलाइन ११३३,९८५१२५५४३८ र ९८५१२५५८३७ मा फोन गरेर उपचारको जानकारी लिनुहोला |

बज्रकिलय ... एक जानकारी

Written By खांट्टी कुरा on Sunday, February 07, 2021 | February 07, 2021

७ औं शताब्दीमा उपत्यकामा खडेरी परेर जलधार तलाउ अन्न बाली सबै सुकेर जान थालेपछि दक्षिण कालीमा तान्त्रिक तपस्या गरेर बसिरहनु भएको पद्म सम्भव(गुरु रेम्पुर्छे) कहाँ कुनै उपाय लगाएर यो संकट बाट पार पाउन गुहार लगाउन गएपछि उहाँले नालन्दा विश्वविद्यालय बाट बज्रकिलायको ग्रन्थ दोर्जे फुर्बा (རྡོ་རྗེ་ཕུར་པ།) मगाउनु भयो। "बज्र" अर्थात् इन्द्रदेव भगवानको हतियार। इन्द्रदेव लाई हामी बर्षाको देवताको रुपमा मान्छौं इन्द्रदेव लाई महादेवको भक्त ऋषि दधिचीले आफ्नो मेरुदण्ड दिएर त्यही मेरुदण्ड लाई भगवान इन्द्रदेवले दुष्ट हरुलाई विनाश गर्न बनाएको हतियार नै "बज्र" हो त्यसैले आकाशमा चट्याङ अथवा बिजुली चम्किनु लाई बज्रको रुपमा अर्थात् इन्द्रदेवको हतियारको रूपमा लिइन्छ, यही शक्तिशाली ग्रन्थ नालन्दा विश्वविद्यालय बाट नेपाल ल्याउन साथ मुसलधारे वर्षा भयो, चारैतिर हरियाली छायो अनिकाल हटेर सहकाल आयो विभिन्न रोगव्याधी हटेर गयो भन्ने कथामा उल्लेख छ।
बज्रकिलयमा बज्र सङ्गै धारिलो छुरी जस्तै किला/किलय हुन्छ। जसलाई लामाले फुर्बा अथवा फुर्पा भन्ने गरिन्छ नेवार बौद्ध समुदायले भैरवकिलय भन्ने पनि गरिन्छ यो बज्रकिलाय तिब्बती बौद्ध परम्परा भित्र न्यिङमा सम्प्रदायको ८ वटा बज्र हेरुका स्टदेव मध्ये एउटा देवता हो।
प्रायः तान्त्रिक पुजा अन्तर्गत बज्रकिलयको पुजा आउँछ बज्रकिलय धेरै आकारमा बनाएको हुन्छ यो कपाली अर्थात मान्छेको (खप्पर) सङ्ग सङ्गै प्रयोगमा ल्याएर तान्त्रिक अनुष्ठान हुन्छ। बज्र किलाय (बज्रकार्तिका) मान्छेमा हुने भय, लालच, मोह,अज्ञानता, घृणा आदिलाई नाश गर्ने, जुन स्वभाव प्रवृत्तिलाई प्रतिकात्मक दानवको रुपमा लिएको हुन्छ र ती दानवहरु लाई नाश गर्दा तिनको रगत भनेको रक्तविज हो त्यो रगत जमिनमा खस्नु भनेको पुनः मानव समुदायमा लालच, मोह, भय, अज्ञानता, घृणा आदिको बिउ उम्रनु फैलिनु हो त्यसैले ती दानवको बध गर्दा रगत जमिनमा नपरोस् भनेर प्रज्ञाको रूपमा कपाल (खप्पर) पनि बज्रकिलाय हतियारको साथमा अर्को हातमा बोकेको हुन्छ, बज्रकिलायको साधना गर्दा लामाले "ॐ बज्र किलीकिलय सर्व बिघन हुङ फेट" भन्दै जप गर्ने गरिन्छ। यो मन्त्र जप गर्नाले सर्व विघ्न वाधा अकाल मृत्यु दशा ग्रह हट्छ भन्ने विश्वास गरिन्छ।
जय सनातन !!

नाग पञ्चमीको महत्व ।

Written By खांट्टी कुरा on Saturday, July 25, 2020 | July 25, 2020

मोहन लामा रुम्बा

आज नागपञ्चमीको दिन घरको ढोकामा एकजना लामा आएर टास्दै थियो अर्को पण्डित पनि संग संगै टाँस्न आइपुगे यही त हो हाम्रो समन्वयात्मक नेपाली संस्कृति ! आफू पनि बाउ बाजे देखिन गर्दै आएको घरको नागथानमा नाग पुजा गर्दै !!

लुइ ग्याल्पो सा स्रुङ घि भुला याङ धाग पार कुल लो जामभुई लिङ दिर छ्यार राव तु फोब च्यिग स्वाह।
लुइ ग्याल्पो नुत ला याङ धाग पार कुल लो जामभुइ लिङ दिर छ्यार राब तु फोब च्यिग स्वाह ………।

-नागराजा ऐरावतलाई बिन्ती गर्दछु, यस जम्बुद्विपमा वर्षा गराई देउ स्वाह। नागराजा नुतलाई बिन्ती गर्छु यस जम्बुद्विपमा वर्षा गराई देउ स्वाहा।।

धे धागला सोगपा लुइ ग्याल्पो थामच्यद ला याङ धाग पार कुललो। जामभुइलिंग दिर छ्यार राब तु फोब च्यिग स्वाहा।

- ती आदि सम्पुर्ण नागराजा हरुलाई बिन्ती गरि यस जम्बुद्विपमा वर्षा गराई देउ स्वाहा।।

नाग पुजा गर्ने बिधि : छ्यु ङोन पोय काङ वाइ भुम पा घाङ वा श्यि श्याग पार झ्याओ, तोर्मा धाङ दुग पा धाङ मे तोग चि न्यु क्यिय ज्यार रो। धेला छ्योय म्रे वय……………………… :
भावर्थ : पवित्र जलले भरिएको चार वटा कलश राखेर तोर्मा,धुप,पुष्प तयार गरि गाईको गोबरको लेदो बनाई तीन हात जति पुर्व पटि तीन शिर भएको नागराजा अनेकौं सेवक सहित गोबरले लेखी एवं पुर्वक चारै दिशामा पश्चिम उत्तर दक्षिण चारै दिशाको नागराजा लेखी मैत्री भावमा रहि पुजा गर्नुपर्ने उल्लेख पवित्र ग्रन्थ धोमाङमा नाग पुजा सम्बन्धि उल्लेख छ।

तस्विरहरु लेखकको फेसबुक वालबाट लिइएको हो !

महाकविले अंग्रेजीमा भाषण किन ठोके ?

Written By खांट्टी कुरा on Tuesday, March 24, 2020 | March 24, 2020

विक्रम संवत् २०११ साल बैशाख १ गते गठन भएको सल्लाहकार सभाका सदस्य लक्ष्मी प्रसाद देवकोटा सभाको बैठकमा विशुद्ध नेपाली भएर पुगेका थिए, त्यो बेला तराइबासी सदस्यहरूले सभामा हिन्दी भाषामा भाषण गर्न थाले । सभामा राष्ट्रभाषामा बोल्नुपर्छ भन्ने आवाजका विपरित तराइबाट प्रतिनिधित्व गर्ने सदस्यले सल्लाहकार सभा बहिष्कार गरे । दुइदिन पछि सभा पुनः सञ्चालन भयो तर तराइबाट प्रतिनिधित्व गर्ने सदस्यको बहिष्कार जारी भएपछि देवकोटालाइ झोक चलेछ अनि उनले सदनमा अंग्रेजी भाषामा भाषण गर्न थाले ।
अध्यक्षको रूलिङमा देवकोटाले प्रतिउत्यूर दिएका थिए '' हिन्दी यस देशको अर्ध राष्ट्रभाषामा सदनमा बोल्न छुट पाइन्छ भने अन्तराष्ट्रिय भाषाको रूपमा मान्यता प्राप्त अंग्रेजी किन बोल्न नपाइने ? हिन्दीलाइ राष्ट्रभाषा भन्ने मुलुकका समस्त कारोबार अंग्रेजीमा हुन्छन, UN मा अंग्रेजी बोलिन्छ, भारतको संसदीय भाषा अंग्रेजी छ । हिन्दी कुन जाति र कुन क्षेत्रको मातृभाषा हो ? हामी अधिकाशं हिन्दी बुझ्दैनाै तर एक दुइ जना छाडे यहाँ अंग्रेजी भाषा नजान्ने सदस्य म कोही देख्दिँन ।" देवकोटाको यो कुरालाइ एकपछि अर्को गर्दै सबैको समर्थन प्राप्त भएपछि तरार्इका सदस्यहरूले जवाफ दिने ठाउँ भएन । पछि देवकोटाले दुःखी हुँदै भने "मुलुकमा प्रजातन्त्र आओस् भन्ने व्यक्ति म पनि थिएँ, तर प्रजातन्त्रले मेरो भाषामा नै छुरी हान्छ भन्ने मलाइ के थाहा । "

आज नेपालीहरुको नयाँ बर्ष हो र ?

Written By खांट्टी कुरा on Tuesday, January 01, 2019 | January 01, 2019


नेपाल मा बदलिँदो धर्म परिवर्तन सम्बन्धमा फेसबुक प्रयोगकर्ता नारायण गाउँले को भनाई

Written By खांट्टी कुरा on Tuesday, October 16, 2018 | October 16, 2018

बेलायतमा हिन्दू जनसङ्ख्या १.३ प्रतिशतजति छ । देशको ऐतिहासिक सांस्कृतिक मूल्य र सम्पदा क्रिस्चियानिटी नै भएकाले यहाँ स्वाभाविक रूपमा क्रिश्चियन चाडपर्वहरू भव्य रूपमा मनाइन्छन् । यतिबेला देश क्रिशमसमय बनेको छ ।
वर्षमा जम्मा ८ दिन सार्वजनिक बिदा हुन्छ भने त्यसभित्र “गुड़ फ्राइडे, इस्टर मन्डे र क्रिशमस डे” गरेर जम्मा तीन दिन धार्मिक बिदा हुन्छ । क्रिशमस डेको भोलिपल्ट पनि सार्वजनिक बिदा हुन्छ । यी सबै क्रिश्चियन पर्वहरू हुन् । सिङ्गो देशले मनाउने पर्वहरूमा सार्वजनिक बिदा हुनु स्वाभाविक छ । ४.४ प्रतिशत मुश्लिम र अन्य धर्मसँग सम्बन्धित पर्वमा त्यस्तो बिदा हुँदैन ।
तर पनि हिन्दू भएकाले राज्यबाट उपेक्षित भएको या असमान व्यवहार भएको अनुभव हुँदैन । अधिकांश हिन्दू भारतीय भएकाले यहाँ दीपावलीलाई ठूलो हिन्दू पर्व मानिन्छ । क्रिश्चियन प्रधानमन्त्रीले पनि मन्दिर पुगेर र पूजा गरेर शुभकामना बाँड्दछन् । कामदारले वर्षमा चारदेखि सात हप्तासम्म छुट्टी पाउने हुनाले यस्ता पर्व मनाउन खास समस्या पनि छैन । हामी छुट्टीमात्रै दिन्छौँ तर यहाँ छुट्टी नभए पनि सरकारी विद्यालयमा दीपावली’bout पढाइ हुन्छ । मेरो नर्सरीमा पढ्ने छोराले गतवर्ष दीपावलीको दिन ‘रामायण’को नाटकमा राम बनेर अभिनय गरेछ । तीन हप्तादेखि उसले रामायण’bout स्कुलमैं पढेर अभिनय सिकेको रहेछ । सीतालाई ‘रेस्क्यू’ गर्ने भूमिका उसलाई सबैभन्दा बढ़ी मन परेको रहेछ । उसलाई रामायणको कथा र दीपावलीको ऐतिहासिक महत्त्व कण्ठ भयो । सबै पात्र सोही कक्षाका विद्यार्थी भएपनि रावणको भूमिका भने शिक्षक आफैले गर्ने रहेछन् । विद्यार्थीमा मनोवैज्ञानिक असर नपरोस् भनेर खलनायकको भूमिका भने शिक्षकले नै गरेका रहेछन् । कति संवेदनशीलता !
स्कुलमा रामायण, महाभारत र कुरान’bout पढाइ हुँदा कुनै क्रिश्चियन संस्थाले आपत्ति जनाउँदैन । किनकि यसको उद्देश्य धर्मपरिवर्तन होइन, धार्मिक सहिष्णुता र सबै धर्मप्रति सम्मानको विकास गर्नु हो । यहाँको क्रिश्चियनले मेरो पर्वमा शुभकामना दिन्छ भने मैले क्रिशमसमा गर्वका साथ शुभकामना किन नदिने ?
तर नेपालमा हिजो हिन्दूबाट क्रिश्चियन बनेकाहरूले दशैंतिहार या अन्य चाडबाड़ मनाउने त परको कुरा शुभकामना पनि भन्न सक्दैनन् भने ती अन्धभक्त हुन्, क्रिश्चियन होइनन् । तिनलाई ‘मेरी क्रिशमस’ भनिरहनु जरूरी छैन । तिनले आखिर आमाले नै दिए पनि शैतानको मुखबाट आएको शुभकामना लिने होइनन् ।
एकदुई प्रतिशत नागरिकले मात्रै मनाउने चाडपर्वमा राष्ट्रिय बिदा दिनुभन्दा बरु कर्मचारीलाई वर्षको ३-४ दिन पर्व बिदा दिएर आफ्नो चाडमा छुट्टी लिन प्रेरित गरे राम्रो हुन्थ्यो कि ? एकजना पनि क्रिश्चियन नभएका हजारौं स्कुल बन्द गरेर क्रिश्चियनलाई नै पनि के फाइदा होला र ? बरु यो दिन स्कुलमा क्रिश्चियानिटी र क्रिशमसको ऐतिहासिक-सामाजिक मूल्य’bout शिक्षा दिए राम्रो हुन्थ्यो होला । तपाईंको के विचार छ ?
जसले यो पर्व मनाउनुहुन्छ, सबैलाई शुभकामना ।


From : Facebook User Narayn Gaunle

मुम्बई छाडेर नेपाल फर्किंदै छु : मुरलीधर

Written By खांट्टी कुरा on Saturday, August 04, 2018 | August 04, 2018

मुरलीधर नेपाली र भारतीय फिल्म एवं सांगीतिक क्षेत्रमा चर्चित नाम हो । सिराहाका स्थायी बासिन्दा उनी साढे तीन दशकअघि तालिमको सिलसिलामा मुम्बई गएका थिए, अहिलेसम्म उतै छन् । मुरलीधरले ‘उडायो सपना सबै हुरीले’, ’त्यो नजरको बयान म गरूँ कसरी’लगायत सयौँ गीत लेखेका छन्, गाएका छन्, संगीत भरेका छन् । उनले फिल्ममा अभिनय र निर्देशन पनि गरेका छन् । पछिल्लोपटक म्युजिक नेपालले ल्याएको उनको ‘आँखाको भाका’ एल्बम चर्चामा छ । गीत रेकर्डिङ तथा पारिवारिक कामका सिलसिलामा केही साताअघि काठमाडौं आएका मुरलीधरले नयाँ पत्रिकाकर्मी पर्शुराम काफ्लेजनार्दन बरालसँग मनका बह यसरी पोखे :

मुटुरोगि भुराभुरीहरुलाई खुसीको खबर

Written By खांट्टी कुरा on Wednesday, December 28, 2016 | December 28, 2016

 

मुटुरोगीलाई गंगालाल हस्पिटलमा के छ निःशुल्क सेवा ?

काठमाडौं– उमेरले १५ वर्ष नकटेका मुटुरोगीले आर्थिक अभावमा उपचार नपाएका समाचार देशभरबाट आइरहेका हुन्छन् । तर, सरकारले १५ वर्ष मुनिका मुटुरोगीहरुको निःशुल्क उपचार गर्ने व्यवस्था गरेको छ । त्यो सेवा राजधानीका शहीद गंगालाल हृदय रोग केन्द्र, मनमोहन कार्डियो भाष्कुलर थोरासिक सेन्टरलगायतमा उपलब्ध छ ।  
यीमध्ये मुटुरोगको उपचारका लागि सबैले थाहा पाएको ठाउँ हो, गंगालाल राष्ट्रि हृदय रोग केन्द्र । जहाँ १५ वर्षका मुनिकलाई मात्रै अन्य मुटुरोगीलाई पनि विभिन्न सेवा र सहुलियत दिइन्छ । यसबारे जानकारी नहुँदा रोग लुकाएर बस्न बाध्य हुनेका लागि यो महत्वपूर्ण  हुन सक्छ ।
निःशुल्क र राहत सुविधा
मुटुरोगको निःशुल्क उपचार १५ वर्षमुनिका र ७५ वर्ष माथिका नेपाली नागरिकहरुले पाउँछन् । यसैगरी मुटुको साँघुरिएको भल्भ फुकाउने प्रविधिको सेवा पनि सबैलाई निःशुल्क उपलब्ध छ । गरिब विपन्न वर्गका मुटुरोगीले सरकारबाट पाउने १ लाख रुपैयाँ राहत सुविधा छ । यसैगरी निःशुल्क भल्भ वितरण सुविधा पनि गंगालालले उपलब्ध गराउँछ ।
के चाहिन्छ सेवा लिन ?
यदि १५ वर्ष कम उमेरको वा ७५ वर्ष भन्दा बढी उमेरको बिरामीले पाउने सुविधा लिने हो भने उमेर खुल्ने कागजपत्र चाहिन्छ । यसैगरी विपन्न वर्गका बिरामीले पाउने अन्य सुविधाका लागि लालपूर्जा लगायत सम्पत्ति विवरण खुल्ने कागजातको फोटोकपी, गाविस वा नगरपालिकाको सिफारिस, पारिवारिक बेहोरा खुल्ने निवेदन र केन्द्रबाट वितरण हुने फारम भर्नुपर्छ ।
निःशुल्क उपचार सेवामा के पाइन्छ, के पाइँदैन ?
निःशुल्क उपचार भनेपछि त्यसक्रममा लाग्ने सबै सित्तैमा भन्ने बुझिन्छ । तर, यसमा केही सिमितता छन् । माथिका प्रक्रिया समेत पूरा गरेको मुटुरोगी प्रमाणित भएमा अस्पतालले मुख्य सेवाहरु निःशुल्क नै उपलब्ध गराउँछ । जस्तोः सर्जरी, क्याथ प्रोडुसर, पेसमेकर, सीएजी, इपीएस–आरएफए, डायग्नोष्टिक प्रोसुड्युअर र यसका लागि चाहिने सामग्रीहरु, भर्ना भइसकेपछि चाहिने सुईमार्फत दिइने औषधीहरु निःशुल्क पाइन्छ । तर, मुखबाट खानुपर्ने औषधी, अस्पताल फार्मेसी उपलब्ध नभएका सामग्रीहरुलगायत चाहिँ आफैंले किन्नुपर्छ ।
यो जानकारी आफूले प्राप्त गरेपछि अरुलाई पनि बाँड्न नछुटाऔं । किनभने यति जानकारी नपाएर रोग लुकाएर बस्ने तपाईं हाम्रै नजिकको पो कोही छन् कि ?
(स्वास्थ्य खबर पत्रिकाबाट साभार)

 

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger