Latest Post

Showing posts with label श्रव्यदृश्य. Show all posts
Showing posts with label श्रव्यदृश्य. Show all posts

कोभिड विरुद्ध अग्रपङ्तीमा युद्धरतहरुलाई पूर्वराजाद्वारा धन्यवाद ।

Written By खांट्टी कुरा on Thursday, June 03, 2021 | June 03, 2021

काठमाडौँ – पूर्वराज दम्पतीले आफूहरुको स्वास्थ्यलाई लिएर चासो र चिन्ता व्यक्त गर्दै स्वास्थ्य लाभको कामना गर्ने सबैमा आभार व्यक्त गरेका छन् ।

रानी कोमल राज्यलक्ष्मीदेवीसँगै बसेर भिडियो मार्फत जारी सन्देशमा पूर्व राजा शाहले आफूहरुको स्वास्थ्यलाई लिएर चासो व्यक्त गर्ने देश भित्र र बाहिर रहेका सबै नेपालीप्रति आभार व्यक्त गरेका हुन् ।

सन्देशमा पूर्व राजा शाहले भनेका छन्, ‘हामी दुवै पूर्ण स्वास्थ्य लाभको प्रक्रियामा छौँ । तर देश भित्र र बाहिर महामारीको अवस्थाले हामीलाई चिन्तित बनाएको छ । यो महामारीसँग जुध्नका लागि हाम्रो आन्तरिक पहल र बाह्य सहयोगको खाँचो छ ।’

उनले अग्रपंक्तिमा रहेर महामारीविरुद्ध दिनरात खटिरहेकाहरुलाई धन्यवाद भनेका छन् । सन्देशमा भनिएको छ, ‘अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइकर्मी तथा सामाजिक कार्यकर्तालाई धन्यवाद दिन चाहन्छौँ ।’

देश सञ्चार बाट साभार

रा.प्र.पा नेता कमल थापाको ताजा अन्तर्वार्ता

Written By खांट्टी कुरा on Saturday, May 29, 2021 | May 29, 2021

बिहारीहरुको मुद्दा मधेशको होइन

Written By खांट्टी कुरा on Friday, May 28, 2021 | May 28, 2021

अहिले सम्मकै उत्कृस्ट कमेडी

Written By खांट्टी कुरा on Sunday, May 02, 2021 | May 02, 2021


पूर्व स.ई दुधराज थापा अब यो संसारमा रहेनन ।

Written By खांट्टी कुरा on Monday, August 24, 2020 | August 24, 2020

बिगत बर्षको जेष्ठमा सवारी दुर्घटनामा परि घाईते भई उपचार हुँदै आएको नेपाल पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति मकवानपुरका अध्यक्ष तथा पूर्व प्रहरी नायब निरीक्षक दुधराज थापाको मिति २०७७/०५/०७ गते सांझ ८ बजेको समयमा निधन भयो ।

प्रहरी संगठनको परम्परा अनुसार मिति २०७७/०५/०८ गते राप्ती खोला स्थित घाटमा दाह संस्कार हुनु भन्दा अगाडि जिल्ला प्रहरी कार्यालय मकवानपुर बाट प्र.ना.नि को कमाण्डमा आएको एक टुकड़ी सम्मान गारदले मृतकमा प्रहरी झण्डा ओढाई शोक सलामी अर्पण गरियो ।

दाह संस्कार कार्यमा पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति मकवानपुरका का.बा अध्यक्ष सूर्य बहादुर श्रेष्ठले फूलमाला चढ़ाई अन्तिम श्रद्धांजलि अर्पण गर्नु भएको थियो । 

 अन्तिम श्रद्धाञ्जली कार्यमा नेपाल पुर्व प्रहरी संगठन केन्द्र, बागमती प्रदेस, कार्य समिति मकवानपुरका पदाधिकारी, पूर्व प्रहरी संगठनका सदस्य तथा पूर्व प्रहरीहरु समेतको उपस्थित रहेको थियो ।
स्व.थापा प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो दुख: ब्यक्त गर्दै पंक्तिकार हार्दिक समवेदना प्रकट गर्दछ !
तस्विर तथा VDO: जनकमान डंगोल

 

दर काण्ड

Written By खांट्टी कुरा on Thursday, August 20, 2020 | August 20, 2020

 तिजको विकृतिलाई समेटेर तयार पारिएको 

यो व्यंग्यात्मक क्लिप फेसबुकमा भेटेर यता 

साभार गरिएको हो😃


 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger