Latest Post

Showing posts with label टिका-टिप्पणी. Show all posts
Showing posts with label टिका-टिप्पणी. Show all posts

सानो शहर धेरैभो सवारी, ट्राफिकको टाउको हुदैछ भारि

Written By खांट्टी कुरा on Friday, September 09, 2016 | September 09, 2016

-जनकमान डंगोल 

हेटौडा नगरको मानस चोकमा रहेको यो चौबाटो अहिले अति ब्यस्त सड़कमा गनिदैछ । यस्तो हुनुको मुख्य कारण राजस्वको लोभमा अत्याधिक मात्रामा २ पांग्रे देखि ३ पांग्रे सवारी साधन भित्र्याउनु प्रमुख कारकको रुपमा देखिन्छ । पुनराबेदन अदालतमा आउने झगडिया, मालपोत कार्यालयमा जग्गा पास गर्न आउने जग्गाधनी देखि खानेपानीको माषिक शुल्क तिर्न आउने सेवाग्राहीको भिड योचोकले धान्न नसकेर दिनहु हुने ट्राफिकजामको समस्यालाई सम्बन्धितहरुले पक्कै पनि देखेका छन ! मानस चोक मात्र नभएर हेटौडा नगरीको प्राय सबै चोकहरुमा देखिने ट्राफिक जाम अब नयाँ र नौलो भएन तर पनि राजस्व बढाउने लोभमा सानो शहर भनेर देख्दादेख्दै पनि क्षमता भन्दा बढी २,३,४,४,१० देखि १२ चक्के सवारी साधनको नयाँ  आयातमा कडाई किन गरिएन ? सम्बन्धित तथा नागरिकहरुले बेलैमा ध्यान दिनु जरुरि छ !

द्रुत मार्गको बिरोध किन ?

Written By खांट्टी कुरा on Sunday, September 04, 2016 | September 04, 2016

साभार: भारत दाहालको फेसबुक बाट
Fa Welcome-स्वागFast तम

नेपालका कम्युनिस्टहरु नाम मात्रका नास्तिक हुन

Written By खांट्टी कुरा on Monday, August 29, 2016 | August 29, 2016

सन ८ जुलाई १९१४ मा कलकत्तामा जन्मेका ज्योति बसु भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का नेता थिए ! सन १९७७ देखि सन २००० सम्म पश्चिम बंगालको मुख्य मन्त्रि चलाउन सफल यी राजनेताको १७ जनवरी २०१० मा मृत्यु भयो !

कम्युनिस्टहरुले धर्म मान्दैनन ! यहि सिकाएको हुन्छ र जसले ब्यबहारमा पालना गर्छन त्यो नै सच्चा कम्युनिस्ट हो त्यसैले स्व.ज्योति बशुले मृत्यु हुनुभन्दा अगाडी आफ्नो सरिर चिकित्सा विज्ञानको लागी दान दिए ! कम्युनिस्टहरु नास्तिक हुन्छन भन्ने यो नै ठुलो प्रमाण हैन र ?

नेपालमा पनि ३ दर्जन भन्दा पनि बढी संख्यामा कम्युनिस्ट पार्टीहरु छन ! कम्युनिस्टले जात धर्म छुवाछुत भेदभाव केहि पनि मान्दैन भनेर भन्छन ! ब्यबहारमा भने ठ्याक्कै उल्टो गरेर देखाउछन ! नेपालको कम्युनिस्ट नेताहरु मृत्यु पश्चात फूलमालाले सजाएर लास माथि पिताम्बर पिताम्बर माथि कम्युनिस्ट पार्टीको झण्डा ओढाएर आर्यघाटमा लगेर सम्मानपूर्वक सलामीको साथ दाह संस्कार गर्छन भने नेपालको कम्युनिस्टहरु सच्चा कम्युनिस्ट हुन कि सत्ता र भत्ताको लागी कम्युनिस्ट राजनीति गरेका हुन मैले बयान गर्नु पर्ला र ?

जन्मे पछी मर्नु पर्छ ! यो संसारको नियम हो ! आज सम्म कोहि पनि अजर अमर भएका छैनन ! मान्नेले मानेको धर्ममा बिष घोल्ने, आफ्नो फाईदाको लागी समाज बाड्ने अर्थात जातीयताको राजनीति गर्छन भने त्यस्ता ब्यक्तिहरुको निधन पश्चात सच्चामनले श्रद्धान्जली के कसरि दिन सकिन्छ ?मरेको व्यक्तिको खोईरो खन्नु हुन्न भन्छन ! त्यसरी खोईरो खन्ने वाताबरणको शृजना आफैले गरेका हुन कि हैनन ?

हिजो गाउँ समाजमा देखेका छौ नेपालको कम्युनिस्टहरुको राजनीतिक पाठशाला ! जनताको छोराछोरीलाई उचालेर क्रान्तिको नाउँमा लड्ने र लडाउने अनि आफु सत्तामा पुगे पछी आफ्ना नजिकका आसेपासेहरु बाहेक जनताको लागी माखो नमार्ने नेताहरु नेपाली जनताको लागी आदरणीय पात्र हुन सक्दैन !

पहिला पहिला गाउँघरमा मान्छे मरे भने सारा गाउँ उल्टेर मलामी जाने चलन थियो ! अहिले कांग्रेस मरे भने कम्निस्ट, कम्निस्ट मरे भने कांग्रेसका आस्थावानहरु मलामी जादैनन ! कुरा बुझेका हुन्थे भने आज गाउँ समाजमा बिभिन्न खेमामा बाडीन्थ्यो र ?

लेखाई अप्रिय छ ! देखाई र भोगाई बर्णन गर्छु ! लेख्न खोजेको कुरा बुझ्नु भयो भने पनि ठिक नबुझेर मेरो गोरुको बारै टक्का गर्नेहरु संग कसको के लाग्छ र !

किन मन परेन मलाई अहिलेको शासन ब्यबस्था

Written By खांट्टी कुरा on Thursday, August 25, 2016 | August 25, 2016

 -जनकमान डंगोल
**
हेटौडा अर्थात २०३६ सालको आन्दोलनमा नाम कमाएको ठाउँ ! बिधार्थी हुँदै २०३६ सालको आन्दोलनमा बिधार्गी नेताहरुले आफ्ना भुरा भाईबैनीहरुलाई उक्स्याये ! तोडफोडमा संलग्न पनि भईयो ! १४ बर्षको भुरालाई राजनीतिको बारेमा के थाहा ! ठोक भने ठोकेम ! हान भने हानेम ! अर्थोक त हैन हेटौडामा रहेको फरेस्ट्री क्याम्पसको गमला फुटाको देखि झ्यालको सिसा फूटाकोमा नच्चाहिने काम गरिएछ भनेर अहिले पनि थकथक लाग्छ तर के गर्ने बगेको खोला र बितेको समयलाई फ़र्काउन पक्कै पनि सकिन्न क्यारे !
..
जसरि त्यो समयमा मजस्ता भुराहरुले कुरा नबुझेर नेताहरुले लाए अराएको उपद्रोमा साथ दियौ त्यो चलन अहिले सम्म पनि कायमै छ ! भुरा तथा युवाहरु राजनीतिक पार्टीकालागी विनासकारी एटम बम हो भन्ने कुरा धेरै पछी आएर मात्र बुझियो ! मेरो अनुरोध स्विकार्नु हुन्छ भने यस्तो काम कार्यमा भुलेर पनि नलाग्नु हुन साना साना भाईबैनीहरुलाई अनुरोध छ !
..
मलाई कहिले पनि कम्युनिस्ट पार्टिले आकर्षक गर्न सकेन ! गाउँको मान्यवर सम्झेर स्थानीय चुनावमा भोट दिनु अर्कै कुरा हो ! कागको हुलमा बकुल्ला बनेर बालीमा नमिलेको डुम बन्न पक्कै पनि सकिदैन ! (डुम लेखेर जातिको अपमान गरेको हैन चलेको उखान प्रयोग गरको हु)
..
मलाई कांग्रेसको 'प्रजातन्त्र र समाजबाद' भन्ने शब्द असाध्य मन पर्थ्यो ! जब मैले २०६० सालमा नेपाली कांग्रेसको ईतिहास भन्ने पुस्तक पढे त्यस पछी मलाई नेपाली कांग्रेसको नेताहरु देखि घृणा लाग्न थाल्यो ! अझ त्यसमा पनि कृष्ण प्रसाद भटराईको गलत हर्कत र चाप्लुसी गर्ने बानि ! ओखलढुंगा काण्डको कमान्डर बनाएर पठायको भटराईलाई हो र फौज मुभ भए पंचायती सरकारले सुराकि आफ्नो पछी लगाएको छ भन्ने थाहा पाए पछी नेपाल भारतको सीमा जयनगरबाट ब्याक हटेर भारत तर्फ कुलेलम ठोक्ने कांग्रेसले भन्ने गरेको किसुनजी हैनन ? आफ्नो ज्यान प्यारो तर आफ्नो फौजलाई मृत्युको मुखमा धकेल्ने स्व.भटराईलाई आदर गर्न सकिन्छ ?
..
मलाई कम्युनिस्ट किन मन पर्दैन ?
हिजो पंचायती शासनमा जनताले गाँस काटेर पालेका ब्यक्तिहरु हुन अहिलेका माले एमाले देखि अनेक थरिका नामधारी कम्युनिस्ट पार्टीका नेताहरु ! यिनै नेताहरुले २०४६ साल देखि आजको मिति सम्ममा धेरै पटक प्रधानमन्त्री देखि मन्त्रि लगायत विभिन्न ठुलाठुला पदमा बसेर देसको शासन चलाए ! देसको बिकास र जनताको हितमा काम गर्नु पर्ने नेताहरुले गरिब जनताको उन्नति होस भनेर भन्नु पर्नेमा अंग्रेजी शाशन 'फुटाउ र राज गर' भन्दै जनताहरुलाई फुटाउने काममा लाग्ने अनि  त्यसरी फुटाउनमा अहोरात्र खटिने आफ्ना नजिकका कार्यकर्ताहरु लाई मात्र पाल्ने र पोस्ने भन्दा अरु कुनै काम गरेनन भने मैले कसरि कम्युनिस्ट भनेको जनताको साथि हो भनेर भन्न सक्छु ? 
..
२००७ साल देखि २०१७ साल मंसिर मसान्त सम्म प्रजातन्त्रको आवाज उठाउने नेताहरुले गरेको काम कारबाही देखि वाक्क भएर बाध्यताले गर्दा नेपालमा स्व.राजा महेन्द्रले पंचायती शासन लागु गरको हुन ! पंचायती शासन स्व. राजा महेन्द्र एक्लैले लागु गराएका हैनन ! राजालाई साथ दिने रास्ट्रबादी कांग्रेस तथा कम्युनिस्टका नेताहरु पनि थिए ! कांग्रेसी नेताहरु विश्वबन्धु थापा, तुलसी गिरि, सुर्य बहादुर थापा देखि कम्युनिस्ट नेता सैलेन्द्र प्रसाद उपाध्याय सक्छी प्रमाण हुन भनेर ईतिहासमा लेखिएको छ !यदि त्यो समयमा स्व.राजा महेन्द्रले दलहरु माथी प्रतिबन्ध नलगाई दिएको भए बिश्व मानचित्रमा नेपालको नक्सा मेटिन सक्थ्यो !
..
हिजो दुख: कस्ट पाउँदै आफ्ना धेरै सहयोगी गुमाएर दुखले स्थापना गरेको प्रजातन्त्रलाई बिदेसिको ईसारामा फालेर नेपालमा धर्म निरपेक्ष गणतन्त्र लागु गर्ने पनि अहिलेका नेताहरु हैनन ? दिनहु देखिएको घटना आफ्नै आँखाले देख्दादेख्दै र भोग्दाभोग्दै पनि तपाई हामिहरु अहिलेको शासन पद्धति र पार्टीका नेताहरु ठिक छ भनेर भन्न कसरि सक्छौ ?

त्यसैले जनताको अभिमत बिना बिदेसिको ईसारामा कदम कदममा देस र जनहित बिरुद्धको काम गर्ने अहिलेको पार्टी र त्यो पार्टीका नेताहरुलाई मैले कसरि असल र ठिक हो भनेर भन्न सक्छु ?

'बेलाको बोलि'

Written By खांट्टी कुरा on Sunday, August 21, 2016 | August 21, 2016

जनक मान डंगोल 
माथिको शिर्षक नेपालका नाम चलेका एक जना प्रख्यात लेखक तथा गालिबाबा श्री खगेन्द्र संग्रौला अर्थात 'कुन्सांग काका' ले प्रयोग गर्छन ! 

शिर्षक कसैको पनि पेवा हुन्न र त्यहि भएर मैले पनि आज त्यहि शिर्षक दोहर्याएर प्रयोग गर्न बाध्य भएको छु !

शिर्षकको खडेरी परिहालेको त भन्न मिल्दैन ! तर कहिलेकाही बिषय अनुसार शिर्षक राख्नु पर्ने बाध्यता भने हुँदो रैछ !
 
पुर्व क्रान्तिकारी लडाकु तथा पत्रकार देखि यौनबादी कबि हुँदै खाडीमा गएर अन्य नेपालीहरुले सरह रोजगारको अनुभव बटुल्न भ्याई वरी हाल नेपाल फर्केर फेरी पनि राज्यको चौथो अंग भनिने पत्रकारितामा लागेका व्यक्तिको नाम हो दिल निसानी मगर !

खाडीमा पसिना बगाउदै तिक्खर लेख रचना सेतोपाटी देखि अनलाईन खबर जस्ता चर्चित बिधुतिय पत्रिकामा पस्केर लाखौ देसी बिदेसी नेपालीहरुको मन जित्न समेत सफल भएका थिए दिल निसानी मगरले !

मतवाली जातलाई लाखौ पाठकहरुको मान सम्मान पच्दैन रैछ भन्ने कुरा दिल निसानी मगरले राम्रै संग उजागर गरेर देखाई दिएका छन !

हिजोको सिंगो नेपाल कम्युनिस्ट पार्टी माओबादी आज हातबाट झरेर खसेको काँसको सिसा जस्तरी टुक्रा टुक्रामा बिभाजन भएको छ !  


माओबादी पार्टी गठन गर्नुमा हामी जस्ता हज्जारौ युवाहरुको रगत पसिना परेको छ ! युद्धको मैदानमा गएर हाम्रा धेरै साथीहरुले सहादत प्राप्त गरे ! अझै पनि सयौले अपांगको जीवन बिताउनु परेको छ ! पार्टीको कारणले गर्दा लाखौ युवाहरु बिदेसिन बाध्य भएका छन र त्यसरी बिदेसिनेमा म पनि थिए त्यसैले टुक्रा टुक्रामा बिभाजन हुनुहुन्न ! पार्टी फेरी एक ढिक्कामा परिणत हुनु पर्छ भनेर दिल निसानी मगरले भन्नु पर्ने हैन ?
हुक्के, बैठके देखि चाटुकारिताले सिमा नाघ्यो भनेर राणा शासनको बिरोध गर्ने हाम्रै बाजेहरु हुन भने पंचायतमा पनि त्यस्तो गर्नेहरु नदेखिएको हैन ! नेपालमा २०४६ सालमा प्रजातन्त्र स्थापना भए पश्चात चाटुकारिता प्रथा हट्नु पर्नेमा झन् मौलाएर आयो ! त्यसैलाई निर्मुल गर्ने भनेर थुप्रै निसानिहरु माओबादी पार्टीको झण्डामुनि एक भएर युद्धको मैदानमा होमिए !

हिजो युद्ध लड्ने माओबादी पार्टी नाम बदलिंदै हाल माओबादी केन्द्र भएको छ ! हिजो माओबादी पार्टीका अध्यक्ष क.प्रचण्ड देखि हाल आफ्नै पहलमा नयाँ शक्ति नेपाल भन्ने पार्टी खोलेका नेता बाबुराम भटराईको बिरोधमा दिन निसानी मगरले के कस्ता भाषा प्रयोग गरे ?

आज आएर सरकारमा माओबादी केन्द्र पार्टीका अध्यक्ष क.प्रचण्ड प्रधानमन्त्री बन्ना साथ भाषा कसरि परिवर्तन भयो ?

हिजो चाटुकारिताको बिरोध गर्ने दिल निसानी मगर आज आएर चाटुकारितामा राणा सासकका चाटुकारहरुलाई मात दिन सफल भएका छन र सामाजिक संजालमा दिल निसानी मगरले पोस्ट गरेको स्टाटसहरुले त्यसको झल्को राम्रै संग दिन सफल भएको देखिन्छ ! सायद यसैलाई भन्छ होला खगेन्द्र संग्रौलाको भाषामा ‘बेलाको बोलि’ !
..
माथिका सबै तस्बिरहरु दिल निसानी मगरको फेसबुकबाट साभार गरिएको हो !

पुर्ब पन्चहरुको पार्टीको एकीकरण किन हुन् सक्दैन ?

Written By खांट्टी कुरा on Monday, August 08, 2016 | August 08, 2016


-जनकमान डंगोल 

पुर्ब पन्चहरुको पार्टी भनेर चिनिएको रा.प्र.पा तथा रा.प्र.पा नेपाल बीच मिति २०७३ श्रावण २५ गते पार्टी एकीकरण हुने कार्यक्रम रहेको थियो तर एकीकरणको ठिक एक दिन अगाडी मिति २०७३ श्रावण १४ गते रा.प्र.पा का अध्यक्ष पशुपति सम्सेर राणाले आफ्ना समर्थकहरुलाई एकीकरण हुने स्थलमा नजाने उर्दी जारे । सोहि बिषयलाई लिएर रा.प्र.पा नेपालका पार्टी उपाध्यक्ष राजिब पराजुलीले सामाजिक संजाल पोस्ट गरिएको स्टाटस हेर्नुहोस !
 
मिति २०७३ श्रावण १४ गते मैले पुर्व पन्चहरुको पार्टीको एकीकरणको बिषयलाई लिएर टिप्पणी लेखेको थिए आज आएर मेरो टिप्पणी सतप्रतिसत सहि निस्केको छ । 
अब कसरि ? भन्ने प्रश्न उठ्न सक्छ देखिएको सतही व्यहोरा भने निम्नानुसार रहेको छ ।  
  • रा.प्र.पा चुनाव चिन्ह हलोका नेता पशुपति सम्सेर राणा गणतन्त्रलाई समर्थन गर्छन । पशुपति सम्सेर राणाको पार्टीमा बहुसंख्यक पार्टी कार्यकर्ताहरु नेपालमा हिन्दु धर्म र राजतन्त्र स्थापना भएको हेर्न चाहन्छन   हिन्दु धर्म र राजतन्त्र नचाहने भए कांग्रेस तथा अन्य विभिन्न पार्टीहरुमा लाग्थे होलान । पार्टी कार्यकर्ताको आवाजलाई दबाउन नसकेर हिन्दु धर्मको समर्थनमा भर्खर मात्र पशुपति सम्सेर राणाले मुख खोलेका छन ।  दर्बार छाडेका राजासंग पशुपति सम्सेर राणाको सम्बन्ध राम्रो छैन । राजा संग सुमधुर सम्बन्ध भई दिएको भए राजाको जन्म दिनमा कमल थापा जस्तरी पशुपति सम्सेर राणा पनि निर्मल निवासमा जन्मदिनको शुभकामना दिन जान्थे होलान भने पुर्ब पन्चहरुको पार्टी पहिले नै एक ढीक्का पनि हुन्थ्यो होला ।  
  • रा.प्र.पा नेपाल (चुनाव चिन्ह गाई)  राजतन्त्र र हिन्दु धर्मको पक्षमा जोडदार आवाज उठाउने पार्टी हो  र चाहेर पनि रा.प्र.पा नेपालले गणतन्त्रलाई समर्थन गर्न सक्दैन किनभने हिजोको संबिधान सभाको निर्वाचनमा जनता संग मत माग्न जाँदा नेपालमा ‘राजतन्त्र र हिन्दु धर्म’ स्थापना गर्छु भनेर जनतालाई बचन समेत दिएका थिए भने पार्टीको घोषणा पत्रमा पनि सोहि व्यहोरा लेखिएको छ  
  • रा.प्र.पा नेपालका पार्टी अध्यक्ष कमल थापा उमेर र राजनीतिमा पशुपति सम्सेर ज.ब.रा तथा लोकेन्द्र बहादुर चन्द भन्दा कनिस्ट हुन कनिस्टको मातहतमा बसेर काम गर्दा शिर निहुरिन्छ भन्ने अहं पुर्ब माहापन्चहरुले पालेका छन    
  • पशुपति सम्सेर राणाको पार्टीले वली सरकारलाई समर्थन छैन भन्दै प्रधानमन्त्रि प्रचण्डको सरकारमा जान भनेर खुट्टो उचालेर बसी सकेको छ भने कमल थापाको पार्टीले अन्तिम अबस्था सम्म पनि वली सरकारको साथ छोडेन र सरकारमा समेत नजाने भनेर घोषणा गरि सकेको अबस्थामा भोलि पार्टी एकीकरण भयो भने मन्त्रि खान नपाईने भय केहि पशुपति सम्सेरका नजिकका केहि नेताहरुलाई परेको छ  
  • रा.प्र.पा (हलो) का पशुपति सम्सेर राणा र लोकेन्द्र बहादुर चन्द एक आर्काको प्रतिस्पर्धी तथा घोर बिरोधि समेत हुन  पार्टीको अध्यक्ष पदलाई लिएर अदालतको दैलो चाहार्न समेत पछी नहट्ने यी दुई नेताहरुमा लोकेन्द्र बहादुर चन्दले कमल थापाको पार्टी संग छिटो एकीकरण गर्न हतारिनु भनेको पशुपति सम्सेर राणा पार्टीको केन्दीय अध्यक्ष पदमा नपुगोस भन्ने चाहना मनमा पाल्नु हो  
जन्मजात पुर्ब पन्चेको तक्माले सुसोभित यस्ता नेताहरु देस र जनता प्रति बफादार हुन्थे भने नेपालमा अहिले सम्म पंचायती ब्यबस्थानै कायम रहन्थ्यो होला  कतै यिनीहरुकै मिलोमतोमा २०४५ सालको आन्दोलन गराईएको त हैन ? ब्यबहारले त्यस्तै देखाउछ किनभने यिनीहरु छेपारोले रंग फेरेको जस्तरी रंग फेर्न माहिर छननि
पंक्तिकार रा.प्र.पा हलो तथा गाई पार्टीको कार्यकर्ता हैन न त कांग्रेस तथा कम्युनिस्ट पार्टीको समर्थनमा जिन्दाबाद भनेर नारा लाउछ  राजनीति पार्टी तथा ति पार्टीका नेताहरुको क्रियाकलाप जस्तो देखियो त्यसलाई लिपिमा उतारेर आफ्ना पाठकहरु समक्ष प्रस्तुत मात्र गरि दिएको हो  पंचायत देखि प्रजातन्त्र हुँदै गणतन्त्र देखेर  भोगेपछी टिप्पणी गर्नु कुन ठुलो कुरो भयो र

शासन ब्यबस्था कुन ठिक कुन बेठिक ?

वाक स्वतन्त्रता हिजो पन्चको पालामा थिएन जिन्दाबाद र मुर्दाबाद भन्न पाईदैन थियो जिन्दाबाद र मुर्दाबाद भन्न भिड जुटाउने कला र गला हुनु पर्छ कांग्रेस तथा कम्निस्ट संग त्यो कला र गला थियो । कांग्रेसी नेता स्व.गिर्जाउले भन्ने गरेको डेमोक्रेसी भनेको आफुले हैन बिदेसीको बलमा हुलिने जिनिस हो भने त्यसलाई भित्र्याउने पार्टीका नेताहरु अनि जिन्दाबाद र मुर्दाबादका नारा घन्काउने चै जनता भन्ने भेडाका बथानहरु हुन ।

बिदेसीको लगानी भनेको बिकासको नाउँमा पठाईने INGO र त्यहि मार्फत युद्धस्तरमा धर्म प्रचार गर्नु तथा गराउनु हो अहिले बिषालु सर्फरुको गुलिया कुरामा मक्ख परेर ईसाई बन्दै जय मसी भनेका छन, बनेका छन र बनाईदै छन तर पछी कमाईको १०% अनिवार्य हिस्सा तिनैलाई तिर्दा त्यति बेला बल्ल अहिलेका भेडाहरुले थाहा पाउनेछन घुच्चुकमा नहने सम्म हामी नेपालीहरुको चेतने बानि छैन त्यसैले समाज हैन देसै छाडेर प्रबासी बन्न जानु पर्ने दिन नआउला भन्न के बेर  त्यहि कमाई खान भनेर केहि रास्ट्रघाती भडुवा र तिनका चेला चपेटालाई युरो पाउण्ड देखि आई सी सम्म लगानी गरेका हुन । दिनहु जनताको दैला दैलामा हाता बाईबल बोकेर अल्छिना अन्वार देखाम्न आउने स्वदेसीमा बिदेसिका हुल मिस्सिएर आइने गोरा र कुईरे देखि दक्खिन कोरियने बिदेसीहरु साक्षी र प्रमाण बनेर देखिएको छ 

बिदेसिले सित्तैमा सल्लाह र सहयोग दिदैनन सय लगानी गरेर त्यसलाई पछी अरब, खरब बनार लैजान्छन आई सी भन्ने छिमेकी कम्पनि पोईसो लगानी गर्नेले नदि र खोलानाला बाँकी राखेको छैन र साथमा लाजै नमानी निर्धक्क संग सिमा समेत मिचेका छन गोरा र कुईरेको युरो पाउण्ड लगानी गर्नेको लगानी अहिले हैन सारा नेपाल ईसाई धर्ममा परिणत भए पछी रिलिजन ट्याक्सको नाममा असुल्छन अनि त्यति बेला बल्ल चेत खुल्ने होला ।  किर्ना हुन बिदेसी ।  जति अघाय पनि टिपेर नफाले सम्म खुन चुस्न छाडदैनन

उतिबेला गामगाम्मा आएर ईसाई धर्म प्रचार गरेको देख्यो भने बाउको ब्या देख्ने गरि पुलिसले ठटाउथ्यो पुलिसको कुटाईको डरले पनि धर्म प्रचार गर्न डराम्थे अहिलेका कांग्रेस तथा कम्निस्टहरुले पन्चेत ब्यबस्था भनेका निरंकुस शासन ब्यबस्था हो  ! यो व्यवस्थाले बोल्न र लेख्न दिदैनन भनेर लुकी लुकी प्रचार गरे ।  कम्निस्टले जात धर्म छुवाछुत मान्दैन भनेर दलित तथा गरिबका बच्चाहरुलाई उचाले ।  स्वतन्त्रता माग्ने भनेको नेता र तिनका हनुमानहरु हुन तिनीहरु देखि देसी बिदेसिको लागी पन्चेत फापेन । फापेको भए किन पटक पटक ब्यबस्था फाल्न लाम्थे

पहिला पन्चेत फाले अनि पालो आयो प्रजातन्त्रको  अनि त्यस पछी जनतालाई था पत्तै नदिई गणतन्त्र लादे प्रजातन्त्रमा अर्थोक नदिए पनि बोल्न भने मज्जाले दिएका थिए तर अहिले गणतन्त्रमा त नेताको बिरुद्धमा बोल्यो भने पन्चेतलाई बिर्सने गरि भकुर्छन त्यसरी भकुर्नेमा पुलिस नभएर नेताका हुक्केहरू हुन्छन उदाहरणको लागी हिजोका आफ्नै बन्दुके पदम कुंवर देखि अस्ति माईतिघर मण्डलामा कुटाई खाने मनुवा काफी छैन र ?
पुर्व माओबादी लडाकु पदम कुंवर ( तस्बिर साभार: गुगल सर्च)

लौ अब विश्लेषण गर्नुस जनता जनार्दनहरु कुन चै शासन र ब्यबस्था ठिक रैछ ? तथ्य राख्देको छु खुट्याउने काम तपाईहरुको यस्तो डाम्ने डाम्ना पक्कै पनि पन्चे वा मण्डले होला भनेर सोच्नुहोला २००७ देखि आजको मिति सम्म मेरो पुस्तामा आज सम्म कोहि पनि नेता त परको कुरा वडाको सदस्य सम्म भएको छैन भने सत्य र तथ्य कुरा डाम्दा  पन्चे र मण्डले भन्नु हुन्छ भने पनि कुनै फरक पर्दैन । भन्दैमा हुने हैन क्या र तर यो डाम्ने डाम्नाकारले  छातीमा हात राखेर भन्न सक्छ अहिलेको शासन र ब्यबस्था भन्दा पन्चेती शासननै नेपाल र नेपालीको लागी अत्ति उत्तम थियो तर के गर्ने समयमा कुरा बुझेनन, बुझेनम अब 'न्याउरी मारी पछुतो' गरेर के फाईदा ?

जनता जागे भने ईन्द्रेको बाउ चन्द्रेको पनि केहि जोर लाग्दैन भन्छ । जनता जागे भने जे पनि सम्भव छ । २००७, २०४६, २०६४ सालहरु उदाहरण बनेर देखिएको थियो । बिदेसिको ईसारामा नाच्ने अहिलेका कांग्रेस, कम्निस्ट देखि छेपारे चरित्रका विभिन्न पार्टीका नेताहरुले यस्तै गरि शासन चलाए भने नेपालको ईतिहासनै मेटिन के बेर ? त्यसैले  देस र आफ्नै भलाईको लागी भए पनि फेरी एकपटक जनता जुर्मुराउने बेला भयो कि भएन ?

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger