Latest Post

Showing posts with label च्वास्सचुस्स. Show all posts
Showing posts with label च्वास्सचुस्स. Show all posts

चाख्दाचाख्दै नुन चर्कोमा परिएला

Written By खांट्टी कुरा on Friday, August 05, 2016 | August 05, 2016

-जनक मान डंगोल 
कुनै समयमा हाम्रो देस नेपाल भन्दा पनि गए गुज्रेको देस सिंगापुर, मलेसिया थियो आज त्याहा रेल पनि गुडेको छ बिजुली पनि कहिले जान्न ! हामि जस्ता लाखौ  बिदेसिहरुलाई रोजगारी पनि दिएको छ ! हाम्रो भन्दा तिनीहरुकै पैसा महँगो पनि छ !
हाम्रा गणतन्त्रे नेता तथा तिनका आसेपासेहरु बेला बेलामा मलेसिया सिंगापुर घुम्न जान्छन ! के गरि त्यस्तो भो भनेर सिंगापुरे लि क्वानको छोरा र डाक्टर महाथिर मोहम्मदलाई सोधे ?
सोधेका भए नेपाल सिंगापुर देखि मलेसिया जस्तो किन बनेन ?
जवाफ प्रस्ट छ !
सिंगापुर मलेसिया अंग्रेजको गुलामिबाट मुक्त भए ! गुलामीको पिडा भोगेका थिए ! रास्ट्र र रास्ट्रियता सम्झे ! देसको विकासले सगरमाथा चुम्यो !
हामी नेपाली हरु आज सम्म कसैको गुलामी भ का छैनम ! हामी नेपालीहरुलाई नेता देखि बिदेसिहरुले २०४६ साल देखि नयाँ नयाँ स्वाद चाख्ने बानि लगाई दिएको छ ! धर्म, फेसन, संस्कृति र भाषा त्यसैको नमुना हो र त्यसै अनुरुप एकपटक गुलामी भनेको कस्तो जिनिस हुन्छ चाख्नु पर्यो भनेर त हैन ?
चाख्दाचाख्दै नुन बाट निमकमा परिणत भएर चर्कोमा परिएला अनि  'जय नेपाल' भन्ने मुखले 'जय हिन्द' भन्दा त्यो दिन छात्ती  घाउमा छर्केको नुन जस्तै चिरिक्क होला कि नहोला ?

प्रधानमन्त्री ओलीसँग संक्षिप्त वार्ता

Written By खांट्टी कुरा on Sunday, July 31, 2016 | July 31, 2016

-राम लोहनी  
आजको झटारो
पत्रकार -- अब कहिले बालुवाटार छोड्नुहुन्छ?
प्रम -- छोडेकै सम्झनुस् न! म त नाफाको जीन्दगी बाँचिराको मान्छे, मलाई कुनै कुराको मोह छैन।
पत्रकार -- यस्तो फक्कड जोगी जस्तालाई पनि कुर्सीबाट हटाए त!
प्रम -- यो त दिनदशा लागेर हो। भन्छन् नि मान्छेलाई रिन लागोस् दिन नलागोस्। रिन त मलाई लागेको छैन। ठूलो बजेट बनाउँदा देशलाई लागेको हो। दामासाहीले बाँडुम्ला। तर दिन चाहिँ मलाई मात्र लागेको जस्तो छ।
पत्रकार -- कसरी?
प्रम -- त्यत्रो जतन गरेको हुर्काको मित्रता छापामार शैलीमा झ्याप्पै पार्नु भनेको दशा लागेरै त हो नि। दशा भन्ने चिज बाजा बजाएर आउँदैन भन्थे। आफैले भोगियो।
पत्रकार -- पदबाट जाँदाजाँदै तपाईँलाई के को चिन्ता छ?
प्रम -- मलाई नवलपरासीमा फेला परेको फलाम खानी, मुस्ताङको युरानियम र पेट्रोल, काठमाडौंको ग्यास भण्डारको चिन्ता लागेको छ। यो काम सुचारु हुन्छ कि हुँदैन भनेर आधा मासु भैसक्यो।
पत्रकार -- कस्तो प्रकारको चिन्ता?
प्रम -- यी खानीबाट उत्पादन सुरु गर्ने मेरो योजना निरन्तर हुन्छ कि हुँदैन भन्ने हो। म रहिरहन पाएको भए केही वर्षमै देश मालामाल हुन्थ्यो।
पत्रकार -- तर लोडशेडिङ घटाउने पनि कुनै उपाय तपाईँको पालामा गर्न नसेकको आरोप छ नि त!
प्रम -- त्यो मैले नगरेको होइन। मन्त्रीमण्डल संयुक्त भएपछि यस्तो हुँदो रहेछ। एकमना सरकार भएको भए अहिले देशाँ लोडसेडिङ फिटिक्क हुने थिएन।
पत्रकार -- तपाईँलाई त पार्टीकै मान्छेले छिर्के हानेछन् हगी?

प्रम -- रूख काट्ने बञ्चरो काठकै हुन्छ भन्ने त थाहा थियो। नवलपरासीको फलाम खानीबाट फलाम निकाल्न भ्याएको भए म बञ्चरोको बिंड फलामको राख्‍न लगाउँथे। यस्तै भयो।
पत्रकार -- तपाईँको बहिर्गमनको मुख्य कारण फास्ट ट्र्याक हो भन्छन् नि!
प्रम -- त्यो पनि हो। म नेपालले नै बनाउने पक्षमा थिएँ। बजेट पनि छुट्टयाएको हुँ।
पत्रकार -- अब फास्ट ट्र्याकको भविष्य के होला?
प्रम -- यो कुरा त आदित्य दाहाललाई सोध्‍नुपर्छ।
पत्रकार -- एउटा अन्तिम प्रश्न। राष्ट्रपति विद्या भण्डारीले छोड्नुभएको उपाध्यक्ष पदमा कसलाई नियुक्त गर्नुहुन्छ?
प्रम -- रामकुमारी झाँक्री।
पत्रकार -- रामकुमारी झाँक्री? त्यति जुनियरलाई्? पार्टीमा मान्लान् त?
प्रम -- म एक तीरले दुई शिकार गर्न चाहन्छु। एक त रामकुमारी महिला हुनुभयो। महिलाको ठाउँमा महिलै।
पत्रकार -- दोस्रो कारण?
प्रम -- त्यति पनि बुझ्‍नुहुन्न? उहाँ झाँक्री पनि हुनुहुन्छ।
पत्रकार -- झाँक्री?
प्रम -- किन तर्सिनुभयो? कि तपाईँ पनि पत्रकारको भेषमा छिमेकीको छौंडा नै हो?
( राम लोहनीको फेसबुकबाट साभार)

झुटो बोलम पाप लाग्छ सत्य बोलम बेज्जत हुन्छ

Written By खांट्टी कुरा on Thursday, May 26, 2016 | May 26, 2016

माननीय उप-प्रधान मन्त्रि कमल थापा बिदेस भ्रमणको सिलसिलामा यतिखेर ईजराईल पुगेका छन ! ईज्राईली प्रधानमन्त्रि बेन्जामिन नेतान्याहू संग भेटघाट गरे ! कामदार थप लिने बिषयमा पनि सकारामक कुरा भो रे ! नयां नेपाल बनाउनु पर्ने भएकोले कृषि, शिक्षा, अनुसन्धान, तालिम र पुन:निर्माणमा फेरी पनि सहयोग मागेछन !  राणाले लुटेको देस फिर्ता माग्थे अहिलेकाहरुले धार्मिक गुरुहरुले जस्तरी दान माग्छन ! हामी नेपालीहरु माग्नकै लागी जन्मेका रैछम ! कुन दिन बिदेसिहरुले हाम्रा सन्तानहरुलाई माग्नेका सन्तान भन्दे भने पनि अनौठो नमाने हुन्छ !

बातचितको सिलसिलामा हाम्रा थापाकाजिले पनि तपाईहरुले पुर्याउनु भएको दिनु भएको दान दक्षिणाबाट हामि ह्याप्पी ह्याप्पी छम ! त्यसको लागी हामि सम्पूर्ण नेपाली जनताहरुको तर्फबाट ईज्राईली सर्खारलाई मेनीमेनी  थ्यान्कु भनेर पक्कै पनि भन्दिए होलान,
तस्बिर साभार: अन्नपूर्ण पोस्ट बाट
तर,
हामी ईजराईलीले देको सहयोगबाट भूकम्प पिडितहरुको लागी के के ब्यबस्था भो त भनेर प्रधानमन्त्रि नेतान्याहूले प्रश्न सोधेछन ! 

हाम्रा भूकम्पपिडितहरुलाई सन्चै छ, उचित ब्यबस्था गरेका छम भन्ने हो भने त्यो कुरा सोरै आना झुट हुन्छ ! भूकम्प पिडितको गाँस बास र कपास देखि ओखतीको लागी आज सम्म माखो मारेका छैनन ! 

एमालेको सर्खारले गर्न लाग्यो भने कांग्रेसीहरुले भागबण्डा खोज्छन ! जस्तापाता काण्ड पनि देखेकै हम ! कांग्रेसीहरुले गर्न लाग्दा एमालेले पनि त्यस्तै गर्थे ! दुईजना झगडिया बिच मेलमिलाप गराउने माओबादीको काम हो ! दुईटा जुधुन हाम्लाई मुम्बैया भाकामा बाल मतलब भन्ने नीति अंगालेका छन कामरेड प्रचण्डले ! 

गाई देखि हलो हुँदै मधेसका मसिहाहरु सुर्जे र बुढो रुखका अगाडी दियो हुन ! कांग्रेस र एमाले जस्ता ठुला पार्टीहरुको अगाडी यिनीहरुको केहि जोर लाग्दैन भने काकताली परेर मन्त्रि बनेका गाईका गोठालो थापा काजीले बरा प्रधानमन्त्री नेतान्याहूलाई के भनेर जवाफ दिउन !

उसै त थापा काजि हिन्दु धर्मको मसिहा ! हाम्रो हिन्दु धर्मले झुठो बोल्नु हुन्न ! पाप लाग्छ भनेर सिकाको छ ! झुटो बोलम पाप लाग्ने, सत्य बोलम आफ्नै देसको बेज्जत हुने ! 
बडो धर्मसंकटा परका छन हाउ थापा काजि यतिखेर !

कसरि भाच्लान त अब लाजमान्डूको रेलिंग

Written By खांट्टी कुरा on Thursday, May 19, 2016 | May 19, 2016


-जनकमान डंगोल 
अस्ति काम बिसेखले नयां नेपालको राजधानी जानु पर्यो नयाँ नेपाल भन्ने देसको राजधानी लाजमांडूमा पर्छ । लाजमांडूको रत्नपार्कबाट राजदरबार हुँदै उत्तर ढोका जाने क्रममा जय नेपाल फिलिम हलको बाटो हुँदै पैदल यात्रा गरियो । सडकको पेटी पेटीहरुमा गज्जब गज्जबका फलामे रेलिंग हालेका रैछन । भैंसी हैन हात्ती बाने पनि उखाल्न नसक्ने गरि सिमेन्टले जाम गरेर बनाका ति फलामे रेलिंग आन्दोलनकारिको लागी सौता साबित हुने देख्दैछु ।


देसको राजधानी लाजमांडूमा पहिला निरंकुस पन्च सर्खारको पालामा बनाएर राखेका रेलिंग भाँच्नेहरु कम्निस्ट पार्टी एमालेका भुराहरु हुन । महाकाली सन्धि धोखाहो भन्दै टनकपुरको टनटनमा धेरै रेलिंगहरुलाई सहिद  बनाएको पनि देखेकै हौं ।

सर्खारा हुन्जेल मुखा मह हालेर बस्ने र सर्खाराट बाहिरिए पछी नयां सर्खार संग निउं खोज्ने चलन नयां  र नौलो हैन । प्रतिपक्षहरुलाई निउं खोज्न कुनै आईतवार आउनु पर्दैन हजुर । कुनै दिन कर्णाली सन्धि धोखा हो भन्दै फेरी आन्दोलन गर्न बेर लाम्दैनन ।

हिजो कौरेस संगको मिलिजुली सर्खार हुंदा भारत संग कर्णाली सम्झौता गर्नु हुन्न भनेर मुखारी भन्न सकेनन तर घामका केहि थान भुराहरुले सामाजिक संजालमा तितो पोखेका थिए । 
त्यो कर्णालीको सम्झौता कौरेसले गरेको हो तर साक्षी त आफ्नै पार्टीका सर्खार पनि थियो । हिजो महाकाली सन्धिमा पनि साक्षी किनाराको सदर भाको पनि देखिएकै हो । हुन त महाकाली सन्धि पनि कांग्रेस र एमाले मिलेर गरेका हो भन्छन । नदि नाला र खोला देखि ठुला ठुला बिकास निर्माणको ठेक्का पट्टात देख्नै हुन्न कौरेसलाई । सर्खारा पुग्योकी माइतीलाई दाईजो देको जस्तरी जन्मदाता भारतलाई दिन हतार हुन्छ ।

अहिले घाम पार्टी रास्ट्र देखि सर्खार प्रमुखमा छन । कम्निस्टका जन्मजात बिरोधि कौरेसीहरु हुन । कौरेसका जन्मदाता स्व.बिपीले कम्निस्टको संगत गर्नु हुन्न भन्थे र आफु जिम्दो छउन्जेल गरेनन पनि । पजेरो जन्मदाता कौरेसी देउवा ग्यांगका केहि थाने नेताहरु सर्खारा जान मुर्मुरियर बसेका छन ।

जनयुद्ध गरेर देसमा आमुल परिवर्तन ल्याएको हाम्ले हो भन्ने नाईकेहरुका केहि बफादारेहरु पनि ठुला मन्त्रालय खान नपार रिसले मुर्मुरिएर बसेका छन । तिनीहरुले पनि अध्यक्ष कामरेड प्रधानमन्त्री बन्नु पर्छ भनेर उचालेको पनि देखिएकै हो । घामभित्रका गुटेहरुको पनि कुनै भर छैन । कुनदिन आर्को दाम्देब बनेर आफ्नै सर्खार ढाल्न बेर लाम्दैनन । यो सत्ता भन्ने जिनिस त तिन्पाने खोया भन्दानि डेन्जर हुन्छ हजुर डेन्जर ।

आन्दोलनमा हिंसात्मक भएन भने मज्जानै आम्दैन रे भन्छन । पुलिसको टाउको टाउको ताकेर गुलेली हान्ने देखि  बोतला प्याटुल भरेर त्यसां सलेदो सल्काएर आगो लायो भने प्याटुल बम भन्ने खत्राको जिनिस बन्छ र त्यो बम ताकी ताकी पुलिसलाई हान्नु जस्तो ठुलो मज्जा अरु के मा आम्च्च र । त्यसरी हान्दा घामका भुराहरु आफुलाई सगरमाथा बिजयी तेन्जिंग नोर्गे शेर्पा भन्दानि ठुला ठान्छन । राँके जुलुस निकाल्दा राँको पुलिसको जिउमा झोस्न समेत महारत छन हाम्रा पार्टीका आन्दोलनकारीहरु । नेपालको पुलिस पनि आफ्नै देसका नागरिकहरु नभएर सिंगापुरे देखि ब्रुनाईका फौज जस्तै भाडाका सिपाहीहरु हुन भन्ने मनस्थिति पालेसी कसको के लाग्छ र ।

भोलि सर्खारा नभयेसी बेरोजगार बन्ने स्थिति आम्छ । अहिलेको सर्खारलाई संधैको लागी भनेर टिका लाएर देको पनि पनि हैन । कार्यकर्ता भनेका राजनीतिक पार्टीहरुका खत्रा हत्यार हुन ।  हत्यारमा खिया लाग्यो भने त्यसले काम गर्दैन । त्यै भएर हत्यारमा धार समय समयमा लाम्नु पर्च्च । राजनीतिक भाखामा हत्यारमा धार लाउनु भनेको खत्राखत्रा आन्दोलन गर्नु हो तर आन्दोलनको क्रममा अहिले लाजमांडूमा हालेका रेलिंग आन्दोलनकारिहरुको लागी फलामको च्युरा बन्ने त हैन
..
क्राईम चेक साप्ताहिकको मिति २०७३ जेष्ठ ६ गते बिहीबारको अंकमा प्रकाशित

शासन त जुद्धमाराजकै ठिक देखियो गाँठे

Written By खांट्टी कुरा on Thursday, May 05, 2016 | May 05, 2016

-जनकमान डंगोल
नेपालमा मानब अधिकारको नाउँमा बिदेसिको खेताला गर्ने संस्थाहरु थुप्रै छन । यिनीहरुको काम भनेको ब्यबस्था बदल्न आन्दोलन गर्ने देखि आफ्नो यारिहरु पक्राउ पर्रेको समयमा जुलुस, धर्ना दिने र नारा लाउने सम्मको काम हो । बिदेसीको संस्थाको खेताला भए पछी जस्तो सुकै मै हु भन्ने जंगेहरु पनि यिनीहरु देखि थर्रर हुन्छन ।

केहि दिन अगाडी अनेक थरिको दर्जाले सुसोभन भएका खेतालारुपी मुन्छेलाईनी अख्त्यार लाग्यो । यस्तो समयमा हिन्दि उखान '..............मौसेरा भाई' एकजुट नहुने त कुरै भएन ।

‘सार्बजनिक स्थल’ भन्नाले अस्पताल देखि स्कुल सम्मलाई बुझाउछ । त्यस्ता परिसरमा ध्वनी प्रदुषण गर्न पाईदैन । ठुलो स्वरले समेत बोल्नु समेत हुन्न भनेर भन्छन । देस बिदेस घुमेर आएका खेतालाहरूलाई यस्ता कुराहरुको ज्ञात पक्कै पनि नभएको हैन । यो चुस्स डाम्ने डाम्नाकारले पनि सात समुन्द्रपारि पुगेर आएको भएर देखेको कुरा सक्कल बमोजिम बयान गरि दिएको हु ।

क्राईम चेक साप्ताहिकमा प्रकाशित
मौसेरा भाईलाई अख्त्यार लाग्यो । नेपालमा श्रोत नखुलेको सम्पति के कसरि कमियो भनेर जांच पड्ताल गर्नेलाई अख्त्यार अड्डा भन्छन । त्यो अड्डामा बसे पछी निमक्को सोझो गर्नु पर्छ । परि आएको खण्डमा आफ्नै जननीलाई समेत हाता हत्कडी लाउन सक्ने ह्याउ हुनु पर्छ ।

उहिले पन्चेती कालमा यौटा उखान थियो । उखान राणा शाहीको पालामा आविष्कार भाको होला तर पन्चेतिकाल्मा समेत त्यो उखानले राम्रै संग फल्ने फुल्ने मौका पाएको थियो ।

उखान अनुस 'बाउलाई काट्छु आमालाई बाँध्छु' भनेर पुलिसमा जागिर खानु पर्थ्योरे । खांटी नेपाली बुझ्नेहरुले यसको अर्थ सजिलै संग बुझ्न सक्छन ।

पुलिस भनेको छुच्चो पेशा । सबै तह र तप्कासंग घुलमिल हुने ह्याउ नभका मुन्छेहरु पुलिस बन्न सक्दैन । पुलिस बनेसी परि आको खण्डमा 'बाउलाई काट्ने आमालाई बाँध्ने' हुत्ति र ह्याउ हुनु पर्दछ । त्यो भनेको कानूनको नजरमा दोषी देखिएको खण्डमा आफ्नै जननीलाई समेत छोड्नु हुन्न भन्ने हो ।

अख्त्यार भन्ने अड्डा पनि त्यस्तै हो । कानूनको पालना नगर्ने जो सुकैलाइ पनि उसले उजुर बाजुरको आधारमा पक्रेर थुन्ने आदेस दिन सक्छ । पर्मान पुगेन भने छोडिन्छ पुगेको खण्डमा न्यायमुर्तिको आदेसा ठिंगुरा लगेर जाक्न लाउछ ।
अनेक थरिको नामले विभूषित भएका ठुला माछा अर्थात ह्वेल माछाको बर्गिकरणमा परेका बिदेसी खेतालाहरुका मौसेरा भाई माथि अख्त्यार लाग्यो । उजुर बाजुर नपरेको भए अख्त्यारले पुलिस लार पक्कै पनि पक्डाउ गर्दैन थिए ।

बिदेसी खेतालाहरुका मौसेरा भाई पक्डाउ पर्न साथ म त असाध्य रोगको बिरामी हुम । हस्पताल लैजा भने । भोलि पिलित्त भो भने आर्को दशा बोक्नु पर्ला भनेर हस्पताल पुर्याए । जेम्राज्का दुस्मनहरुले साधारण बिस्तारामा राखेर उपचार गर्ने खालका रोगी हैनन । यिनलाई त सुबिधा सम्पन्न आई.सी.यु भन्ने जिनिसा राखेर ओखती गर्नु पर्छ भनेर सिफारिस गर्दिए । जेम्राज्को सत्तुरसंग जोरी खोज्ने कसले ?

चोरले म चोर, डाँकाले म डाँका, फटाहाले म फटाहा कहिले पनि भन्दैनन ! चोर, डाँका र फटाहा भनेका अपराधी हुन । कानूनले गर भनेको काम नगर्ने र नगर भनेको कम गर्नेहरुलाई अपराधी भनेर अर्थ्याई देको छ त्यसैले खेतालाहरुका मौसेराभाई त्यो दर्जामा परे ।

हाम्रो मुन्छे निर्दोष छन । थुन्न पाईदैन ! मुद्धा फिर्ता गरेर रिहा गर भन्दै खेतालाहरुले
हस्पताला गएर माईक घन्काएर नारा लाए । हस्पताला माईक बजाउनु हुन्न भन्ने ति खेतालाहरुलाई भन्ने कोहि मईकालाल निस्केनन ।

अभियोग लाम्दैमा अपराधी होईदैन । हो होईन भनेर छानबिन गर्दैमा कोकोहोलो मच्चाको देख्दा ‘चोरको खुट्टा काट’ भन्दा सक्कली चोरले फुत्त खुट्टा झिकेको जस्तो भयो कि भएन ?

खेतालाका मौसेरा भाई सद्धे चरित्रका थिए भने तिन्का पक्षमा दुई बिस कालाकोटेको जन्ती जुटार लोक हसाउने काम किन गरे ? नेपालको ईतिहासमा नाम लेखौन भनेर पक्कै पनि यस्ता कार्य गरेका पक्कै पनि हैनन होला ।

पत्रकार भनेको राज्यको चौथो जिनिस रे भनेर भन्छन । यी जिनिसको काम नारद मुनि जस्तै हो । हिन्दु शास्त्रमा बर्णन भए अनुसार महर्षि नारद मुनि भनेको देखेको र सुनेको कुरा लोकलाई सुनाउदै हिड्नु हो ।

खेतालाकै हलमा मिस्सिएर नारद मुनिको काम गर्ने रबिन्द्र मिश्र नाम गरेका मनुवा छन । बिना दाम तिनका उद्गार सुन्न पाईन्न । नारद मुनिको जस्तो पवित्र र महान भूमिकालाइ लात हान्दै तिनले ‘मेरो नैतिकताले यस्तो बारेमा बोल्न र लेख्न मिल्दैन’ भनेर सामाजिक संजालको भित्तामा डाम्ड़ेसी कुरो सक्की गो नि तर तिनैले सेतो लुगा कालो मसिले 'भ्रस्टाचारिलाई कारबाही गर' भनेर किन लोकलाई देखाउदै किन हिंडे ?

लहरो तान्दा पहरो गर्जिन्छ । एउटा ह्वेलमाछोलाई समाउँदा अरु थुप्रै ह्वेल माछाहरु पनि ठिंगुरा जाकिन सक्ने भयले यो सबै नौटंकी देखाका हुन । नेपाला अहिले श्री ३ जुद्ध माराज छैनन । यदि यो समयमा श्री ३ जुद्ध माराज्को सर्खार भाको भए ५ जना साक्षी जुटार यिनीहरुलाई छप्काउन पक्कै पनि पाइन्थ्यो होलानि हैन ?
..
प्रकाशित मिति: २०७३ बैसाख २३ गते बिहिबार

'नेपाले ओसामाको हिन्दुस्थानी गान्धिगीरी'

Written By खांट्टी कुरा on Wednesday, April 13, 2016 | April 13, 2016

तस्बिर साभार: नयाँ शक्ति नेपालको फेसबुकबाट !
बिलायति गोरा अर्थात अंग्रेजहरलाई हिन्दुस्थानीहरुले फिरिंगी भन्थे तिनै फिरिंगीहरुको पालाको छिमेकी हिन्दुस्थान भन्या ईन्निया भन्ने भारत, पाकिस्तान, बंगलादेस र बर्मा मिलेर बनेको भूभाग हो भनेर भन्थे  
'फुटाउ र राज गर भन्ने गोराहरको नीतिनै थ्यो र सोही नीति अनुसार गोराहरु भारत छोडेर जाने बेला सिंगो हिन्दुस्तानलाई दुई टुक्रा (भारत र पाकिस्तान) बनाई दिए भने बर्मा छुट्टै देस भएको भएर स्वतन्त्र भो तर सिक्किम जस्तरी क्वाप्प खान भने सकेनन बंगलादेस पहिला पाकिस्थान अधिनस्थ भा भे र पुर्बी पाकिस्तान भन्ने नामले पुकारिन्थ्यो र हालको बंगलादेस भन्ने रास्ट्र चै ईन्दिरा माताको कृपाले पछी जन्म्या देस हो

फिरिंगीहरुले सिंगो हिन्दुस्थानमा रजाई गरेको बेलामा फिरिंगी खेदने अभियान चल्यो सोहि सिलसिलामा कांग्रेस भन्ने दल जन्मियो त्यो दल भित्र नरम र गरम नामका दुई खेमा थिए नरमलाई गान्धी, नेहहरुले र गरमलाई सुभाष चन्द्र बोषहरुले आफ्नो पकडमा राखेका थिए नरम भसी हत्या र हिंसाको राजनीति गर्ने कुरै भएन तर गरम दलकाहरुका चै परि आएको बेलामा छप्काउन पर्छ भन्ने मान्यता बोक्थे

सत्याग्रह, अनसन भनेको हिँसा बिनाको आन्दोलन हो सान्तिपूर्ण रुपमा गरिने यस्ता कार्यक्रमहरुले नतिजा छिट्टो नदेखायेता पनि पछी सर्खारलाई झुकाउन बाध्य पर्थ्यो हिन्दुस्थाना यस्ता कार्यक्रम गर्न गान्धीले सिकाएको हुन त्यसैले पछी यस्ता आन्दोलनहरुलाई गान्धीगिरि भनेर भनिन थालियो
बम बारुद देखि बन्दुक बोकेर मुन्छे तर्साउन कुट्ने, पिटने र भनेको नमान्नेलाई भुटेर, कुटेर खसी बोका रेटेको जस्तरी रेटेर देखि ढ्याम्म गोलि ठोकेर मुन्च्चे मार्ने कसाईहरुलाई आतंकबादी भनेर भंच्चन

संसारको खत्रा आतंकबादीरुपी कसाईको पगरी ओसामा बिन लादेनले भिरेका छन संसारभरी आतंकबादी जन्माउने कल्युगे ब्रम्हा जय मसी धर्म मान्ने अम्रिकाने कुईरेहरुहरु हुन जसले लादेन जन्माए उसैले मारे खेल खत्तम पैसा हजम भनेको यहि हो क्यार

गोर्खाली भन्ना साथ खुकुरीको भ्रा मुन्छे छप्क्याउने बीर जाति भन्छन डाक्टर बाबुराम भटराई बीर गोर्खालीको जन्म्भुमीमा जन्मेका मुन्छे तिनै बाउराम्लाई नेपाले माओबादी आन्दोलनकारिहरको नाईके लम्बर २ भनेर जनताले चिनेका छन माओबादी आन्दोलनको नाउँमा चलाएको कथित जनयुद्धले सित्तैमा १७ हजारको बालि खायो पछी शान्ति सम्झौता भनेर आए हिजो जनको ठाउँमा अहिले धन थपेर उक्त आन्दोलनलाई हिजाज धनयुद्द भनेर खबरेहरुले अखबारी देखि बिजुली भित्तामा डाम्ने गरेका छन

रोललम्बर २ बाट कहिले पनि पदोन्नती नहुने छाँटकाँट देखेसी डाक्टर बाबुरामले आफ्ना केहि आसेपासेको साथ पार्टी भित्र निम खोज्न थाले कम्निस्ट पार्टीको मुख्या भनेको एक पटक पदमा पुगेसी बाँसा हेलिकप्टर नचढे सम्म पार्टीको मुख्या पद नछोडने मुन्छे भनेर जानिन्छ जति निम खोज्दानी केहि नलागेसी हिस्स बुढी खिस दांत देखाम्दै पार्टी छोडेको घोषणा गरे राच्च्नीती भन्ने जिनिस लागु पदार्थको बादशाह स्मेक भन्दानी खत्रा नशा हो भनेर भंच्चन त्यहि भएर बाबुरामले 'नयां शक्ति नेपाल' भनेर नया पार्टी गठन गर्न समेत भ्याए र अहिले युद्धस्तरमा पार्टीलाई संसारभर चिनाउन भनेर महंगा रिसोट हुटेल देखि बया भोज खाने पार्टी प्यालेसा मुन्छे बटुल्दै भाषन दिंदै हिन्ने काम्मा लागेका छन

हिंसाको राच्च्नीती अब गोर्खालीको देसा सुपरहिट हुन सक्दैन '' भन्नु भन्दा पहिलानै '' बुझ्ने क्षमता भको मुन्च्चे हुन बाबुराम त्यै भएर त SLC मा बोर्ड फस्ट ल्याए त्यसैले बिगत केहि दिन देखि आफले जन्माको पार्टीलाई फस्ट बनाम्ने योजनाको साथ विभिन्न कार्यक्रम गर्दै हिनेका छन
बाबुरामले गर्ने कार्यक्रमस्थल भनेको भोज खाने रिसोट देखि गफ गर्ने होटेलको बैठकहल हुन बाहिर खुल्ला चौरा आमसभा गर्ने हिम्मत अझै सम्म गरेका छैनन तिनले सामाजिक संजाल्हरुमा पोस्ट गरेको फूटाहरु त्यसको साक्षी पर्मान बनेर उभिएको छ र यो खाँट्टीकुरा डाम्ने डाम्नाले पनि भोज खाने पार्टी प्यालेसा बाउरामको कार्यक्रम हेरेको छ त्यहि भ र यस्ता खाँट्टी कुरो डाम्देको हुँ

सोझो अम्लोले घ्यु आम्दैन भन्ने कुरा था पाएर होला अस्ति चैत २४ गतेबाट बाउराम डाक्टरले गान्धिगिरि सुरु गरे हिजो हिन्दुस्थानमा गएर पढ्ने बहानामा 'जेहादी' शिक्षा ग्रहण गरेका बाउराम्ले १२ बर्षसम्म त्यसको प्रयोग मज्जैले गरेर देखाई दिएकै हुन नाम पो माओबादी तर हिजोको जनयुद्धको बेलामा तिनीहरुले गरेका काम त ओसामा बिन लादेन भन्दा कम्ता थिएनि हाउ

हिजो जनयुद्धको नेपाले ओसामा बिन लादेन बाउराम्ले केहि थान मुन्छेहरु बोलार तिनका हाता पिले कार्ड बोकाम्दै कान्तिपुरे खाल्डोको भद्रकाली मुन्दिरा बसेर गान्धिगिरी सुरु गरे रामायण पात्र गुरु बाल्मिकी पहिला चोर डाँका लुटेरा थिए पछी गएर भौवान रामहरुको गुरु बने कतै परिवर्तन भनेको यहित हैन ?
तर,
रामायणकालिन बाल्मिकी युगमा सत्ययुग थियो अहिले कलियुग छ भने यो कलियुगमा हिन्दुस्थानी नक्कल गान्धिगिरी' गर्दैमा नेपाले ओसामा बाबुराम बाल्मिकी रिखी बन्न सक्छन त ?आजको'खाँट्टी प्रश्न यहि हो !
ई-कान्तिपथ डटकममा प्रकाशित  
-जनकमान डंगोल/janakdangol@gmail.com

'मदारी र बाँदर'

Written By खांट्टी कुरा on Monday, March 21, 2016 | March 21, 2016

-जनक मान डंगोल/janakdangol@gmail.com
..
बुढो रुखको अस्ति माधिबेसन भो ! तरुनी फकाको जस्तरी फकाउने देखि लिएर बिचारले फकाउने समेत थुप्रै हाँगाबिंगाहरु देखिए ! तरुनी जस्तरी फकाउन पनि नआउने र बिचारले पनि फकाउन नजान्ने अनाडी कौरेसीहरुले नोटका बिटाले फकाए ! त्यो नोटको बिटा काहांट आयो तिनै बुढा तथा पार्टीको चुनाउ चिन्ह धोद्रे रुख जस्तै भका कौरेसीहरुनै जानुन !

२०६२/६३ सालको आन्दोलनबाट चम्केका कौरेसी युवा नेता गगन थापालेनि कांग्रेसी लिगलिगे दौडमा भाग लेका थिए ! खत्रा भाषण गर्छनरे थापा काजि तर भाषणले देस बन्दैन भन्ने पनि थाहानै होला !

परिवारवाद - मुर्दाबाद भन्ने तर दुम्जाली 'बि.पी कोईरालाको बिचार मेरो नशानशामा बगेको छ' भन्दै रुन्चेस्वरा बुढा देखि युवा सम्मलाई सुनाउंदै हिडे ! ओहो यो त हाम्रो महान नेता बि.पी बाबुलाई मान्दो रैछ ! यो पो रच्छ खाँट्टी कांग्रेसी भन्नेहरुले आँखा चिम्लेर भोट दिए ! बि.पी को बिचार मान्छु भन्ने तर कोइराला खानदानको बिरोध गर्ने यो मान्छे अबसरबादी दुई जिब्रे फटाहा चरित्रको रैछ भन्नेहरुले भोट दिएनन ! एकै पदमा जुवाई ससुरा अनि बि.पी पुत्र समेत लडेको कौरेसी लिग्लिगेमा बि.पी का पुत्रले दौड जिते ! ज्वाई ससुरा न घर न घाटका भए ! यस्तो हुनुमा मुख्य दोषी गगन थापा नै हैनन र ?


पार्टीको महाधिबेसन चुनाउ हारे पछी विभिन्न संचार माध्यममा बोल्ने क्रम मध्ये बार्हखरी भन्ने भर्खर जन्म्या बिजुली पत्रिकामा 'मरिन्छ बरु, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता खोस्न दिइन्न' भनेर गगन थापाले भने भनेर गगन थापाको फुटो हालेर अन्तर्वार्ता डामेको देखियो !


स्व.बि.पी कोईरालाले त देसमा संकट आई परेको खण्डमा 'राजाको गर्धन मुनि मेरो माथि' भन्थे ! बि.पी को बिचार नशा नशामा बगेको छ भन्ने ति गगन थापाले राजसंस्था र हिन्दु धर्मको किन घनघोर बिरोध गरे र अझै पनि राजतन्त्र र धर्म निरपेक्ष फर्काउन खोजियो भने 'मरिन्छ बरु, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता खोस्न दिइन्न' भन्दै उद्घोष गर्नु त्यो हास्यापद हो कि हैन ?  

थापा काजिले नेपालमा ९३% प्रतिसत जनता हिन्दु आर्य समाजका छन ! नेपालमा जनमत नगरिकन रातारात राजतन्त्र हटाईएको हो भन्नेकुरा बुझेर पनि बुझ पचाएका छन किनभने नेपालीहरु निमक्को सोझो गर्न संसारमै अब्बल छन !

नेपाला त्यसै नेता बनिदैन  ! चर्चित नेता बन्न कुस्त दाम खर्च गर्ने प्रायोजक चाहिन्छ ! दाम खर्च गर्नेले त्यसै खर्चिदैनन ! पछी साउ र ब्याज सहित असुल्छन ! असुलेकी असुलेनन कोशी देखि टनकपुरको टनटन सम्मे देखि सकेका छौ ! 

प्रायोजक भनेको खेला देखाउने मदारी जस्तै हुन भने तिनले प्रायोजन गरेका ब्यक्ति चै बाँदर अर्थात 'मदारी र बाँदर' ! मदारीको चंगुला परेको बाँदरले भनेको मानेन भने भेटने त सिर्कनो नै हो !  मदारिले जे जे भन्यो त्यै त्यै मान्यो भने स्याब्बास भन्दै मिठा मिठा खानेकुरा समेत हसुर्न पाईन्छ ! उदाहरणको लागी १२ बर्षे धनयुद्धनि काफी छैन र ?

मदारीरुपी बिदेसीले जे भन्यो अथवा भन्न लगायो त्यै त्यै मान्नु र भन्नु मदारिले नचाएको बाँदरको कर्तब्य हो ! नपत्याय नयां शक्तिको डाक्टर बाबुराम भटराईलाई हेरे पुग्छ !  नयाँ जोगीले धेरै खरानी घस्छ ! नयाँ जोगीको भेशमा कांग्रेसी गगन थापाले हिन्दु धर्मको बिरुद्धमा बोल्नु त्यो चै मलाई अनुठो लागेन किनभने २०४६ साल पछी नेपालमा सक्कली नेपाली नेताहरुनै जन्मेको छैन ! जो जति जन्मे ति सबै बिदेसी द्द्वारा प्रायोजित नाम मात्रका नेता हुन !

'आजको खाँट्टी चुस्स'

Written By खांट्टी कुरा on Thursday, February 04, 2016 | February 04, 2016

बिजुली भित्तामा समाचारको साईट खोल्नु पर्छ उल्का र अचम्मको समाचारहरु हेर्न र देख्न  पाईन्छ गाँठे  ! केहि प्रमुख समाचारहरु यस्ता पनि रैछन जुन समाचार अनुसार चुस्स नाम्को डाम्ने जमर्को गरेको छु ! मन पराउनुस नपराउनुस आग्ये यहांहर्को जो मर्जी !

:
बिहारका भुतपुर्ब मुख्य मन्त्रि तथा रास्ट्रिय जनता दल पार्टीका साहुबा लालु प्रसाद यादब तथा तिनका हुक्केले नेपालको सार्बभौम माथि हमला गरे रे त्यहि भएर घामे पार्टीका भुरा देखि चुरे भावर पार्टीका टाउकेहरुले समेत दक्खिन तिर अम्लो ठड्याएर लालुलाई चेतावनी दियेरे !
अम्रिकाको रास्ट्रपति बाराक हुसेन ओबामाले 'कुकुर भुक्दै गर्छ, हात्ती लम्किंदै गर्छ' भन्ने थेगोलाई पच्छ्याउदै आफुले भनेको नमान्ने देसको हालत ईराक, लिबिया, अफगानिस्थान देखि पाकिस्तान हुँदै सिरिया जस्तो बनाई दिन्छन ! 

हाम्रै देस नेपालानी जय मुसीको बथान हुलेर 'प्रभु प्रभु' भन्न लाई सके ! गर्न सक्ने केहि हैन तर अम्रिकाने, अमरिकी भन्दै देस अनुसारको भाखामा ओबामालाई सराप्न छोडेका छैनन भने 'झिङ्गोको सरापले डीगों मरेको' देख्नु भाको छ ? 'स्यालले आस गर्दैमा साँढेको फल झर्दैन'भने लालुदेखि आलुहरुलाई सरापेर के नै हुन्छ र त्यसैलेआफ्नै जिनिस अर्थात मदेस्का मसिहा हौ भन्ने उपेन्दर देखि राजिंदर जस्ता खोटा डाम्नाहरुनै मालिक भन्दै जंगल राज चलाम्ने बिहारी लालुको पाउ पर्न गयेसी लालुलाई सरापेर केहि हुन्छ ? 

नपत्याय डाम्नाहरुको ताजा फुटो हेर्नुस ! यो फुटोचै प्यांलो पोस्ट भन्ने बिजुली पत्रिकाट मुईले साभार गरेको हुँम !
:
कांग्रेसी युवा नेता गगन थापा काजिले मेरो उमेर ५५ बर्ख उमेर पुगेसी राच्च्नीतीको कुनै पनि ठुला पदा बस्दिन भनेर घोषणा गरे रे भनेर समाचारको हेडलाईन बनाको नि देखियो गाँठे !मान्ने गगन र खोप्लांगे डाक्टरले जे बोलेनी समाचारको हेडलाईन न्युज बन्ने देसा बेला बेलामा नबोलिदिने हो भने हाम्रा कलमका खेतीवालहरुले के गरि ज्यान पाल्लान हैन त ?

कुरोको चुरोमा जाम ! सन्त नेता पानबाजे देखि हल्दारी गिर्जाउ आर्जेघाटको ब्रम्ह्नालमा पुग्बे बेला सम्म शिंह दरबारको हाकिन बन्ने सपना छाडेका थेनन ! अहिलेकै सभापति सुकोदा पनि फेरी एकपटक सभापति जित्न पाए भने शिंह दरबार फेरी पक्का भन्दै 'सपनाको ख्याली पुलाउ' पकाम्दै बसेका छन ! कौरेसीहरुको भनाई पत्याउने हो भने कान्तिपुरे राजधानीको सडक २०४८ साल पछि संधै मेलम्चीको पानीले पखालिनु पर्ने हो कि हैन ? कान्तिपुरे जनताहरु अब कान्तिपुरा बस्न सकिन्न भनेर छिमेकका पानिको सुबिधा भा जिल्लाको सहारा किन घर घडेरी जोड्दैछन ?
ति गगन मान्नेले नै भनेका छन म दुई पटक मान्ने भए ! मान्ने भएर के के गरे ? तिनले गरेको उपलब्धि भनेको घैंटेकाण्ड हैन ? घैंटेलाई पुलिसले गोलि डामेको बेलामा मान्ने गगनले कान्तिपुरे गगन ढाकेको कान्तिपुरे जनताहरुले बिर्सेका छैनम भने घामको चरी बुढोरुखको घैंटे ज्युहरुको ईतिहास डाम्नु पर्ला र ? 

गगन मान्नेको कुरा पत्याउनेनै हो भने ५५ बर्खको उमेर पुगेसी र उनले नेपाला भोज मोज सबै गरि सके पछी आरामको जिन्दगि बिताउन किन नेपाल बस्नु पर्यो ? जोई बस्ने गोराको देसा अनि पोई चै नेपाला बसेर पुरै बुढ्यौली बिताम्न सकिन्छ र काजिसाप ? गल्ति डामेको भए 'भुल्चुक लिने दिने' !

आजको 'चुस्स'

Written By खांट्टी कुरा on Sunday, January 17, 2016 | January 17, 2016

तस्बिर बोलेको छ 

आजको कान्तिपुरमा प्रकाशित कांग्रेसी बरिस्ट नेताहरुको तस्बिर देखे ! कांग्रेसी बरिस्ट नेताहरुको तस्बिरको मुहार अनुसारको बर्णन तल प्रस्तुत गरेको छु !

बायाँबाट बसेका प्रकाश मान शिंह देखि दायाँमा बसेका कृष्ण प्रसाद सिटौलाको लागी कांग्रेसी राजनीति भनेको जताबाट पनि फाईदाको राजनीति बनेको छ ! आफ्नो स्वार्थको लागी यी दुवै कांग्रेसी नेताहरु 'जता मल्खु उतै  ढल्कु' हुन समेत पछी पर्दैनन भने तस्बिरले 'शोक न सुर्ता भोक न भकारी' भन्ने उखानलाई चरितार्थ पारेको छ !

प्रकास मान शिंह तथा कांग्रेसी सभापति शुसिल कोईरालाको बिचमा बसेका कांग्रेसी उप सभापति रामचन्द्र पौडेलले अब हुने महाधिबेसनमा सभापतिमा उठ्छु भनेर भनेता पनि मैलेनै जित्छु भन्ने कुनै उनि संग कुनै आत्मबिस्वास छैन ! के गर्ने कसो गर्ने भन्ने 'कुहिरोका काग' जस्ता भका छन बरा ।  जिन्दगिनै रोयर बिताए र अझै पनि रोयर बित्ला जस्तो पो देखिन्छभने के गर्ने कसो गर्ने भन्ने दोधारमा छन !

कांग्रेसी सभापति शुसिल कोईरालाले १ पटकको लागि भनेर पार्टी सभापतिको मत मागेका थिए ! त्यहि सभापतिले उनलाई प्रधानमन्त्री जस्तो गरिमामय पदमा पनि पुर्यायो ! उमेरको हिसाबले अब उनले राजनीतिबाट सन्यास लिनु पर्ने हो तर सत्ता भनेको लागु पदार्थको अम्मल जस्तै भएकोले चाहेर पनि छोडन सकिन्न ! 

नेपाली काँग्रेस पार्टी भनेका कोईराला खानदानको प्राईभेट लिमिटेड कम्पनि जस्तो हो भन्ने सोच पालेका सभापति कोईरालाले नेपाली कांग्रेसलाई कोईराला खान्दानको हातमानै कसरि टिकाई राख्ने भनेर सोचमग्न भएर बसेका देखिन्छ !

शेर बहादुर देउवा नेपाली कांग्रेसको फुर्को समातेर २०४६ साल पछी नेपाली राजनीतिमा छाएका तारा हुन ! 'चित पनि पट पनि मेरै' भन्ने सिद्धान्तका राजनीति गर्ने यी महापुरुषले पटक पटक मन्त्रि देखि प्रधानमन्त्री जस्ता पद समेत पड्काई सकेका छन ! नेपालको राजनीतिमा 'जम्बो मन्त्रीमंडल' भित्र्याउने श्रेय यिनैलाई नै जान्छ ! आफ्नो फाईदाको लागी पार्टीलाई काँक्रो चिरेको जस्तरी चिर्न पनि पछी नपर्ने देउवालाई पार्टी सभापति सुसिल कोईराला संग बस्नु पर्दा कम्ताको असहजता महसुस हुन्न भन्ने कुरा तस्बिरले छर्लङ्ग पारेको छ !

क्यार्छ्स त बाबै करिमै खोटो परेसी

Written By खांट्टी कुरा on Wednesday, October 21, 2015 | October 21, 2015

-जनकमान डङ्गोल
हिजो फूलपाती आज अस्टमि । हिन्दुहरुको महान चाड पर्यो । मुन त थिएन तर पनि पिता पुर्खाले मान्दै आएको धरम मान्न कर लाग्छ भन्छन त्यसैले बाध्य भएर कहिले काही पाप कर्म पुनी गर्नु पर्दो रैच्च ।

कुरो पापकै आयो । मैले त देउताको नाउँमा पाप गरे तर मुंच्छेहरुले राच्च्नितिको नाउँमा कुट्नु, पिट्नु, चुट्नु, रेट्नु, छ्प्क्याउनु, अधकल्चो पारेर छोड्नु, जिम्दै जलाउनु, नाकाबन्दी साकाबन्दी गरेर भोकभोकै पारेर, तड्पाएर, मुंच्छे मारेर उल्का संग पाप गरेका छन ।

१६० दिन सम्म अत्यन्त माया गरेर पालि पोषि हुर्काए, बढाए । मेरो भाका त बानले अनि तेरो भाका मईले बुझ्ने सम्म भै सकेको थियो । हिजो सम्म शान देखाएर आफु भन्दा मुनिको भुराहरु माथि हैन मा माथि समेत हैकम जमाको थिस तर पनि भारि मनले आज मैले तलाई बिदा गर्नु पर्दा मुनै अमिलो भाको छ ।

बलिदान भन्ने सब्द पनि सारै सस्तो जिनिस भाको छ । बलिदान दिने भनेकै आर्काको हित र भलाईको लागी हो । फरक के छ भने चेतना भाको पट्टु जस्तो दुईखुट्टेहरुले बलिदान दिंदा आर्को पक्षको चांदी कटाई हुन्छ ।

खुट्टा त तेरो पनि दुईटा नै हो तर क्यार्ने त पट्टु जस्तो भाका बोल्दैनस । देउतालाई पनि तँ नै चाहिने । तेरो बलिदानीले गर्दा हामी जस्ता पापी मनुवाहरुको घरा भतेर लाग्छ । आज तलाई देउताको नाउमा बलिदान चढाएर पंच्छीको योनिबाट मुक्ति दिएको छु । क्यार्छ्स बाबै हामी नेपालीहरुको जस्तै तेरो पनि करिमै खोटो रैच्च । तेरो स्वर्गा बास होस भन्दै अश्रुनयनपूर्ण हार्दिक श्रद्धाञ्जली चढाए ।

एक हांडी मासु हसुर्नेहरु कसरि एनिमल ह्युमने भए ?

Written By खांट्टी कुरा on Friday, October 16, 2015 | October 16, 2015

-जनक मान डङ्गोल
बोका, बाख्री तिनीहरुले जन्माको पाठा,पाठी, राँगा भैसी अनि तिनीहरुले जन्माको पाडा पाडी, हुर्रा, विकासे सुँगुर, बुंगुर देखि  पुर्पुरो बल्या बेला तराई देखि भित्रि मदेसा पासोमा पारिने बिर बँदेल देखि बदेंल्नी, चित्तल, घोरल, मृग आदि जीवजन्तुलाई विभिन्न निउँमा माथि जेम्राजका हाजिर लाम्न पठायेसी प्राप्त हुने त्यस्ता जीवजन्तुको ज्यानबाट च्यान भाको जिनिसलाई ठेट गोर्खाली देखि कोर्काली, काँठे देखि देहाती सम्मले मासु अर्थात सिकार भन्ने चलन छ तर सहर बजारा चैँ हिजाज गोरा र कुईरेको भाका मिट भनेर भन्दा रैच्चन । यो मिट भन्ने जिनिसको नामनामेसी निम्नानुसार छ ।

घोर्ले खसी देखि सिँगाने बोका, थुम्मने भेडा भेडी र तिनका सन्तानलाई मटन मिट, विकासे लोटन, ब्वाईलर, फुल्पार्ने लेयर्स देखि लोकल साखिनिको भाले पोथीलाई चिकेन मिट, बंगलादेस देखि छिमेकी भारत हुँदै दशैँ त्यारको लागी नेपाल काज खटि आ र ज्यु ज्यानको आहुति दिन बाध्य पारिएको चिप्रे राँगो देखि थारो भैंसी र तिनका सन्तान पाडा पाडीलाई बफ मिट, दाना खार पुट्ट भाको नेपाले लोकतन्त्रे नेता तथा तिनका नजिकका हुक्के बैठके झोले कार्यकर्ताहरु जस्तै पोटिला सेता विकासे बंगुर देखि गाम्घरा खोले फाँडो खार हुर्केका काला  हुर्रा भनिने सुँगुरलाई पोर्क्या मिट, तिम्रा माता हुन कि पिता तर हाम्ले खान पाउनै पर्छ भनेर ज्यान फाल्न तयार हुने केहि थान जनजाती देखि ईज्जत धर्म फालेर गतिछाडा हुने केहि तागाधारीका प्रिय जिनिस गाई गोरुलाई बिफ मिट भन्दा रैछन ।

मुन्छेको जस्तरी बोलि बोल्न नसक्ने ति निर्दोष प्राणिहरुको हत्या गर्दै पोलेर बनाको जिनिसलाइ छोईला, काँचै नुन खुर्सानी मर मसला हालेर मोलेकोलाई कचिला, परपर तेला भुट्या भुटुवा, १ पाउमा एक अंखोरा पानि हालेसी तयार हुने झोल्वाला, मिसमास, नेवारी भोजा जमाएर बनाईने तख्ला, ह्याकुला फ्राई, भेजा भन्ने गिदी फ्राई, अहिलेका भुरा भुरीहरुको प्रिय जिनिस मम्चा, देखि बरिस्ट नागरिकले मन पराम्ने सुरुवा, टिनबिर्के देखि खोयाबिर्के मार्का ट्वाँकेहरुलाई मन पर्ने गोडी भन्ने खुट्टी फ्राई आदि आदि ईत्यादी बन्नलाई रेटेर, सेरेर, कुटेर, पिटेर, चुटेर, छ्प्क्यायेर, भालाले घोपेर, पासोमा पारेर तड्पाएर, ईस्लामिक धर्मालम्बी भाकाको हलाल गरेर वा काना हेडफुन ला जस्तरी इलेक्ट्रिक सट भन्ने करेंटो लार अथवा जे जस्तो गरेर भए पनि परान नलिए सम्म मासु अर्थात सिकारको थरि थरिको जिनिस बन्ने हैन क्यार ।

जन्मजात नेपाली तर बानि ब्योराचैँ अनेपाली भाको नेपाली भन्दा गोरा र कुईरेको भाका मन पराम्ने अल्छिका भकारीहरु जो आफुलाई 'एनिमल ह्युमन राईट' भन्न मन पराम्नेहरुले ब्यानको बिरेकफास्ट देखि मध्यान्हको लन्च, साँझको स्न्याक्स देखि रातिको डिनर सम्म हसुर्नलाई बर्षौ बर्ष सम्म बरफा जमाएर राख्या बिफ, बफ, चिकेन, मटनको परिकार चट मगनी पट ब्याको स्टाईला पाट्टपुट्ट पारेर दिनहुँ हसुर्छ्न ।

जब हिन्दुहरुको चाडपर्वको बेला आउछ अनि बिक्रम ट्याम्पुको भाका 'पशु, पंक्षीको अधिकार बहाली गर, पशु पन्छी मार्न पाईदैन, 'पशु पंक्षीको जीवन रक्षाको ग्यारेण्टी गर भन्दै घाटीमा अनेक थरिको गोरा र कुईरे भाक्मा डाम्या जिनिस झुन्ड्याउदै  स्वयम्भु देखि पस्पति हुँदै बनकालीको बाँदरे स्टाईला नयाँ नेपाला सालै पिच्छे बुर्लुक्क बुर्लुक्क बर्षेनी कुर्लिन थालेका छन र यो पालि पनि पक्कै कुर्लने होलान ।

तर,
ईसाई देखी ईस्लामहरुको ठुला चाड पर्वमा पनि पशु बलि दिने चलन छ भन्ने व्यहोरा थाहा हुँदाहुँदै पनि हिन्दुहरुको चाडबाडमा मात्र त्यसरी कुर्लिने एनिमलह्युमनेहरु भनेका समाजबादी देखि बामपन्थी सम्मको बिल्ला भिर्ने तर हाम्पन्थी चरित्रका तुलाधर देखि संग्रौला, भट्टचन देखि गुरुङ, राई, शेर्पा हुँदै लेखि महतो, राउत, ठाकुरे चरित्रका पिपलपातेहरु हुन । 

डलर देखि युरो पाउण्ड हुँदै घटीमा कम्पनि पैसा सम्ममा आफुले आफैलाई लिलाम बिक्रि गरि सकेकाहरुलाइ नेपाले धर्म, संस्कृति, चाडपर्व भनेको के थाहा नभएको हो र ? यदि थाहा छ र थियो भने ईसाई देखि ईस्लामको चाडपर्वमा दीईने पशुबलिको बिरोध यी कथित जनावरे ह्युमनेहरुले किन गर्दैनन । त्यसैले लाज सरम नमानिकन यिनीहरुले गोरा र कुईरेको भाका 'ऊई आर प्युर भेजीटेरिन' भन्न सक्छन ? 
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger