11.04.2017

'अन्तर्घात भएन भने रा.प्र.पा को जित निस्चित छ'


चुनौ आयो । पार्टीकाहरु समिकरणको खेला लागेका छन । २०५४ सालमा जस्तै गरि यो पाला रुखको छहारी मुनि गाई ओत लाग्न गाको छ ।

५४ सालको स्थानीय चुनौमा गाईलाई छहारी नदेको पनि देखिएकै हो । हाम्रो मुनि किन ओत लाग्न आको भनेर अस्ति मकान्पुरे कौरेसिहरु रिसार पत्रकार सम्मेलननै गरे । जोसको तालमा एकजना जयनेपालेले 'बरु हात काट्छु तर कमल थापालाई भोट हाल्दिन' पनि भने भने आर्का नव कांग्रेसीले मण्डलेलाई किन सहयोग गर्ने भनेर चोर अम्लो ठड्याए । त्यति भन्दाभन्दै पनि नेताहरुलेचै एक ज्यान हे हम भनेर फुटो खिचार फेस्बुका डामेको पनि देखिएकै हो ।

यो डाम्नाकार श्री ५ महाराजधिराज सरकारको जय ! जय !! जय !!! भन्नेमा पर्छ । राजा भनेसी हिन्दु धर्मको संरक्षक । अरु के बयान गराई भो ।

स्व.बि.पी कोईरालाले सत्रुले खुकुरी हान्न आयो भने 'राजाको गर्धन मुनि मेरो माथि' भनेर भन्नु भएको थियो भनेर नेपाली कौरेसको ईतिहासमा सुनौलो अक्षेरले डामेको छ । सत्तामा हुन्जेल 'बि.पी सिपि जाय भाडमे' भन्ने कौरेसिहरुले चुनाव आम्न लायेसी बि.पी लाई सम्झेर तुरुक्क आँसु चुहाम्दै बि.पी को महान बाणी डाम्न थाल्छन ।

कि समिकरण गर्न हुन्न ।  गरेसी आदेशको पालना गर्नु पर्च्च । कौरेसले आफ्नो मुन्छीको सट्टा रा.प्र.पा ठिक भनेका छन त्यसैले गाइ गोठाले राजाका भक्त हुन भने स्व.बि.पी पनि राजाका भक्त थिए । स्व.बि.पी हाम्रो महान नेता हो भनेर भन्छन भने हात काटने हैन त्यहि हातले ड्यामकि ड्याम 'गाई' लाई भोट हाल्छन कि २०५४ सालमा जस्तै अन्तर्घात गर्छन त्यो चुनौ पछिको नतिजाले देखाई हाल्छ !

ग्लोबल वार्मिंग भन्ने जिनिसले गर्दा सुर्यको रापले पोलेर नेपाली जनता डढेका छन । त्यै रापले डढेर रुख पनि सुकेर खंग्रंग भाको छ । रुख सुकेसी गाईले स्याउलो पाउने कुरो भएन । भोको गाईले डु दिने कुरो पनि भएन त्यसैले वाताबरण हरियो पार्ने हो भने फेरी #जय पंचायत जस्तै बनाम्नु पर्छ किनभने पोटिलो गाईको दुध पिएर हुर्केको यो ज्यानले स्याउलाले बारेको घरमा बाल्यकाल बिताको छ ।

यो प्रचार हैन । देख्या र भोग्या कुरा डाम्देको मात्र हो । यो लेखाईले कोहि रिसाए पनि खुसाय पनि के को ट्यांसट्यांस । 

1.19.2017

स्वर्गको आस देखाएर नर्कमा पुर्याउनेलाई पार्टीका नेता भनिँदो रैच्च

'खाँट्टी दुखेसो'
..

हामि हेटौडाका मुन्छिहरुलाई यो पालि ठुलो दशा र ग्रह लागेको रैछ गाँठे !
तपाई काम्रेडहरुलाई हामि सुकुम्बासी बन्न दिन्नम भन्दै घमे सरकारको पालामा हातमा लालपुर्जा थमाई दिए ! घिरम्ले नाक पारेम ! हुत्ति हुने छिमेकीले दर्बार नहुनेले घरबार सम्म जोडेका थिये ! सुकुम्बासी भन्नेहरुलाई देको जमिन त एसिएन हाईवेमा पर्ने रैछ ! हाईवेको जग्गा भन्ने थाहा हुँदाहुँदै पनि भोटको लोभमा हामीलाई अहिले बिचल्ली बनाएर अकबरे उखान हासम कि रौंउ बनाए !

हाम्रो घर भत्काउनबाट जोगाई देउ भनेर चुरे देखि भुटनदेबी हुँदै मनकामना माईलाई भाकेर हुत्ति हुनेले कालो बोको नहुनेले साखिनी भाले लगेर चढाएकै हुन ! विकासे परेछ कि क्या हो देबिहरुले पुकारा सुनेनन गाँठे ! हेर्दाहेर्दै आँखै सामुन्ने बजारको चाईना क्वाटर देखि सरकारी भित्तो पर्खालमा सरकारी डोजर चलेरै छाड्यो र छाड्ने क्रम रोकिएको छैन भने हाम्लाई सुकुम्बासीको नाउँमा त्रिभुवन राजपथ कर्रा खोला पारी देको जग्गा २५ मिटर भित्र पर्ने रैछ अब त्यो बाटो मिचेर बनाको घर पनि के बाँकी राख्ला !

घरवालाहरुको कन्तबिजोग पछी अस्ति सम्म 'मेरो ट्याम्पू साँढे आठ लाख नदिए सम्म बेच्दिन' भनेर घिरम्ले नाक पार्ने ट्याम्पू साहुहरू माथि चट्यांग पर्ने निस्चित जस्तै भाको छ !
 

पुराना सवारीको आयु फाल्गुन १६ गते सम्ममात्र भन्ने समचार भंगेरे अक्षरमा छापिदैछ भने गोराको खबर फुक्ने ढ्वांगले त फुकी पनि सक्यो र बिजुली भित्तामा पनि समचार डामेर राखेको छ ! 

हामी सोझा सिधा जनताहरुलाई पार्टीका नेताहरुले सिकाएको गुरुमन्त्र हर्ताल देखि चक्काजाम हो ! त्यहि गर्न लगायीर नेताहरु लाज्धानिमा आलिसान बंगला बनाएर बसेका छ ! हामि पिडितहरु अब बाटो जाम गर्न जाम भने यो पाला २५ मिटर बाटो बिस्तारको लागी झिकाइएको हज्जारौ हज्जार पुलिसहरु हातमा कटबाँसको लौरो लेर बसेका छन ! ढाड खुस्काई देला भन्ने पिरभो ! हिजो सम्म साँढेआठलाख पर्ने त्यो अतिप्रिय जिनिसलाई अब दिपक सिंग देखि अन्य मदेसी भैयाहरुको कबाडी दुकानमा लग्यो भने विधा नस्ट, मारोग धेरै दिए भने १० हजार हो !
 

उफ्फ़ दसानी कस्तो लागेको हो !
 

लोकतन्त्र फापेना हजुर हामि हेटौडाको मुन्छिहरुलाई ! नाफामा चलेको उधोग पनि नेताहरुको ईसारामा बन्द हड्तालरुपी बम हानेर ध्वस्त बनाउने पनि हामि नै हौ ! बन्द भाको उधोग खुलाउने पहल कसैले गर्दैनन् ! चलेका उधोगीहरुले हेटौडाको मुन्छिहरु भनेको नेता हो भन्दै रोजगारी दिन मान्दैनन ! अब सक्नेहरु 'कि डोरी कि तोरी लाहुरे' बन्ने अनि नसक्नेहरु 'गणतन्त्र मुर्दाबाद' भन्दै बस्नु बाहेक अरु के नै बिकल्प रह्यो र तर हामि झिंगाको सरापले डींगा मर्ला र ?

1.11.2017

आउनुहोस धमलामाथि हमला गरेर रास्ट्रबादी बनौ


-जनकमान डंगोल
 धादिंगे रिखी धमला  मिडिया जगतको लागि नयाँ र नौलो नाम हैन । मिडिया जगतमा एकछत्र राज गर्न सफल भएका धमलालाई सामाजिक संजाल माथि हमला गर्नेहरु पनि कुस्तछन ।
धमला एकै चोटि यो स्थितिमा आई पुगेका भने हैनन् । लाज्धानिमा टिक्न देखि ज्यान पाल्न चानचुने कुरो हैन । सामान्य पत्रिकाको हकर आज करोडपति बन्न सफल भएका छन भन्ने उदाहरण आफ्नो शुभ विवाहमा आर्मी अफिसर्स क्लबमा खुवाएको बिवाह भोजले पुस्टि गरेको छ ।
धमला रेडियो देखि टेलिभिजनमा कार्यक्रम चलाउछन । धमलाले जे बोले पनि त्यो जनताको कुरा हुन्छन । भोलि देसनै भारतलाई बुझाउनु पर्यो भने पनि त्यो जनताको आवाज हुन्छ भन्ने भ्र्मामा पार्न सफल भई सकेका छन ।
धमलाको रिपोटर्स क्लब भन्ने संस्था छ । उक्त क्लबमा उनि निर्धक्क संग खाते देखि पाते, अरबपति देखि कंगालपति, कार्यकर्ता देखि नेता, मन्त्रि देखि प्रधानमन्त्री सम्मलाई बोलाएर प्रश्न सोध्ने ह्याउ राख्छन ।
धमला छुद्र भाषा बोल्छन भन्नेकुरा सारा संसारलाई थाहा छ तर पनि धमलाको क्लबमा चुक खाको अन्वार बनाउन जाने थुप्रै छन । सगरमाथाको जस्तो छाती फुलाएर धमला प्रश्नको हमला गर्छन । सक्नेले गतिला जवाफ दिन्छन नसक्नेले गालि देखि सराप्न समेत बाँकी राख्दैनन् । हिमालय टेलिभिजनमा चलाउने कार्यक्रम ‘धमलाको हमला’ हेर्नेले अनुभव गरिनु भएकै होला ।
धमला रोडपति बाट करोडपति कसरि बने भनेर सोध्ने देखि अनुसन्धान गर्ने हिम्मत आज सम्म कसैले पनि गरेका छैनन् र गर्न पनि चाहदैनन् किनभने नेपाली उखान ‘जस्तो आफु त्यस्तै च्यापु’ भए पछी धमलाजी तपाई कसरि करोडपति हुनु भो भनेर सोध्नु । नेपालका नेताहरु पनि हिजो कंगालपतिबाट आज करोड देखि अर्बपति जो भएका छन ।
धमलाको क्लबमा गएर कोहि दुख पुकारा गर्छन, कोहि देस डुब्यो भनेर चिन्ता गर्छन तर धमला संगको सवाल जवाफ पछी बाहिर निस्के पछी तै चुप मै चुप हुन्छन भने धमलाको रिपोटर्स क्लब भनेको नाटक देखाउने संस्था हो र त्यहा जानेहरु भनेका आफ्नो भागमा परेको नाटकको भूमिका निभाउअन् मात्र जाने हुन र त्यसको निर्माता तथा निर्देशक भनेका रिखी धमला हुन ।
जसरि नेपालको नेताहरु लाज, सरम, घिन सबैलाई भारतमा बनेको हाजमोला खाएर पचाउछन त्यस्तै धमला पनि कार्यक्रममा आउने पात्रहरुले दिएको गालिलाई सजिलै संग पचाउने हुत्ति राख्दै ‘आदरणीय दर्शक महानुभावहरु धमलाको हमला भन्ने कार्यक्रममा यहाँहरु सबैलाई स्वागत छ’ भनेर भन्न छुटाउदैनन ।  
हिजो महाकाली देखि टनकपुरको टनटन हुँदै कर्णाली छिमेकीलाई उपहार दिंदा रास्ट्रबाद बिर्सिने नेपालका नेताहरु  केहि दिन देखि लाई रास्ट्रबादी  बन्ने भूतले समातेको छ । धमलाले चलाएको ‘धमलाको हमला’ मा गएर त्यस्तै भाव बोल्दा धमलाले हिजो यस्तो भन्ने तपाई आज कसरि रास्ट्रबादी भन्दा धमलालाई गालि गर्न पछी हट्दैनन् ।  
त्यसैले आउनुहोस नेता देखि कार्यकर्ता हुँदै तपाई हामि जनताहरु समेत मिलेर धमला माथि हमला अर्थात धमलालाई गालि गरेर खाँट्टी रास्ट्रबादी बनम ।  
प्रकाशित मिति: २०७३/०९/२७

9.09.2016

'र'

-जनकमान डंगोल

‘र’ नेपाली भाषाको बर्णमालामा ‘क’ पछी २७ नम्बरमा आउने अक्षरलाई ‘र’ भनिन्छ । सधै लामा अक्षरको शब्द बनाएर लेख डाम्ने गरेकोमा आज एकथान अक्षर ‘र’ महिमा गाम्ने बिचार पलाएकोले सोहो व्यहोरा तल डाम्ने निर्ने गरियो । जान्नेलाई हैन बुझ्नेलाई यो डमाई श्रीखण्ड नबुझ्नेलाई तात्तोन छारोको रच्छ भनेर बुझ्नुहोला ।

‘र’ बाट बनिने शब्द असंख्य छन । शिक्षा दिने मास्टर अर्थात गुरु, कानूनको खेल देखाउने ब्यारेस्टर अर्थात वकिल, मुन्छेको ज्यान बचाउने डाक्टर अर्थात चिकित्सक, जनतालाई सहि सुचना दिने लिने अर्थात कुल्ली कवाडी भन्दा पनि थोरै तलब खाँदै राज्यको चौथो अंग भनेर घिरम्ले नाक बनाउने पत्रकार, जान्ने गम्किने नजान्ने चम्किने विधा साहित्यकार, नाच्ने गाम्ने कलाकार देखि नगद नारायणको खेलो गर्ने ब्यापार ।

देस खत्तम भो भनेर सबै भन्दा बढी चिन्ता लिनेमा यिनै माथिका ‘र’ हरु पर्दछन । यिनीहरुको काम भनेको चिन्ता गर्ने तथा गराई दिने मात्र हो । रोजगारमा रैथाने देशबाहिर बडाभाईका देस भित्र बाकि रहेका चै बेरोजगार  फुर्ति देखाम्ने बाहेक अरु केहि नाप्न सकेका हैनन । यदि सच्चा रास्ट्रबादी भई दिएको भए देसको स्थिति आज यस्तो हुन्नथ्यो

हाम्रो पेशालाई मात्र किन ब्यंग्य गर्यो भनेर अम्लो ठड्याउनु होला । यो चुस्स डाम्ने डाम्नाकारले जे देख्यो भोग्यो त्यसैलाई बयान मात्र गर्देको हो । २०३६ सालमा भुरा अर्थात बिधार्थी जीवनमा देसको शासन ब्यबस्था ठिक भएन बदल्नु पर्छ भनेर भुराहरुलाई उचाल्ने मास्टर हुन । भुरा पढाउन छाडेर जनतालाई ब्यबस्था बिरुद्ध उचाल्ने मास्टरहरुनै अहिलेका ठुला ठुला नेता भएर प्रधानमन्त्री देखि मन्त्रि पद पड्काउन सफल भएका छन ।

मास्टरलाई पुलिसले समातेर थुन्यो भने अनेक थरिको तर्क, बितर्क देखि कुतर्क लाएर छोडाउनेहरु ब्यारेस्टर भन्ने वकिलहरु हुन । हुलदंगा अशान्ति भएको बेलामा शान्ति सुरक्षाको लागी खटने पुलिस हुन । पुलिसले बोकेको बन्दुकमा लाग्ने गोलिको आँखा हुन्न । गोलि लागेसी ओखती उपचार गर्ने डाक्टर भन्ने चिकित्सक हुन । पुलिसले गोलि चलायो भनेर अस्पताल बन्द गर्ने पनि यिनै डाक्टरहरु थिए ।
पत्रकार भनेको राज्यको चौथो अंग हुन भनेर बखान लाम्छन । नाम स्वतन्त्र काम पार्टी तथा नेताको भजन गाउने पत्रकारहरु जनता उचाल्न र पछार्नेहरुले हावामा कस्ता कस्ता शब्दको गोलि बर्साउछन त्यसको बयान गर्नु पर्ला ?

साहित्यकार देखि कलाकार भन्ने पेशा पनि छ । जनतालाई आफ्नो कला देखि गला बजाएर मन्त्रमुग्ध पार्ने यी माता सरस्वतीका सन्तानहरु नास्तिकेहरुको भजन गाम्न खटिए । यिनीहरुको कला र गला नभएको भए जनता पक्कै पनि जागृत हुन सक्दैनथियो ।

ब्यापार भन्ने खत्रा पेशा पनि छ । सबै भन्दा शक्तिशाली यो पेशामा लाग्नेहरु जनता लुटेर पार्टीका नेताहरु पोस्छन । १०० दिएर हजार असुल्ने कला भएको यहि ब्यापार गर्नेहरु नभएको भए देसमा पटक पटक शासन ब्यबस्था बदलिन सक्दैनथ्यो ।

आफुलाई बडाभाई भनेर थर्काउने देखि तर्साउने छिमेका पनि ‘र’ भन्ने संस्था छ । त्यो संस्थाको काम भनेको छिमेका गएर नेता, बेपारी, पत्रकार देखि अन्य नाम चलेका मुन्छेहरुलाई कुस्त दाम खर्चिंदै आफ्नो बसमा पार्दै आफु मदारी बनेर बाँदर नचाको जस्तरी नचाउनु हो । सात साल देखि आजको मिति सम्ममा नेपालमा जे जति शासन ब्यबस्था परिवर्तन भए त्यसो हुनुमा बडाभाई भनेर ध्वाँस जमाउनेको ठुलो हात छ भने तिनलाई मलजल गर्दिने नेता अनि तिनीहरुको ईसारामा नाच्ने चै माथिकै ‘र’ हरु हुन ।
शासन ब्यबस्था कुनै पनि नराम्रो हुन्न । त्यसलाई राम्रो र नराम्रो बनाउने जनताले चुनेको नेताहरुले हो । नेपालमा भाको ‘पंचायत’ देखि नसहने तर छिमेकमा पंचायती शासन कसरि फुल्यो भनेर हेक्का नराख्ने माथि उल्लेखित ‘र’ हरुले कहिले पनि आफ्नो मगजले काम गरेनन । यदि गर्थे भने बुझ पचाउँदै देसमा पटक पटक आन्दोलन गराएर शासन ब्यबस्था बदल्ने काम गर्दैन थिए ।

8.22.2016

एक हांडी मासु हसुर्नेहरु कसरि एनिमल ह्युमने भए ?

-जनकमान डंगोल 
थुम्मने भेडा भेडी र तिनका सन्तान अनि घोर्ले खसी देखि सिँगाने बोकाका सन्तानहरु लाई मटन, कुखुरी काँ भनेर गाम थर्काउने साखिनि देखि विकासे लोटन, सेता ब्वाईलर हुँदै  पुर्बेली भाकामा भन्ने डीम्मालाई एक मदेस्का बासिन्दाहरले भनिलिने अण्डा अर्थात फुल पार्ने लेयर्स देखि खांटी लोकलको भाले पोथीलाई चिकेन, बंगलादेस देखि छिमेकी भारत हुँदै दशैँ त्यार तथा संक्रान्तिको लागी नेपाल काज खटि आम्नु भएर आफ्नो अमुल्य ज्यु ज्यानको आहुति दिन बाध्य पारिएको चिप्रे राँगो देखि थारो भैंसी अनि तिनका सन्तान पाडा पाडीलाई बफ, दाना खार पुट्ट भाको नेपाले लोकतन्त्रे नेता तथा तिनका नजिकका हुक्के बैठके झोले कार्यकर्ताहरु जस्तै पोटिला सेता विकासे बंगुर देखि गाम्घरा खोले फाँडो खार हुर्केका काला  हुर्रा भनिने सुँगुरलाई पोर्क, तिम्रा माता हुन कि पिता तर हाम्ले खान पाउनै पर्छ भनेर ज्यान फाल्न तयार हुने केहि थान जनजाती देखि ईज्जत धर्म फालेर गतिछाडा हुने केहि तागाधारीका प्रिय जिनिस गाई गोरुलाई बिफ मिट भनेर न्वारन गर्ने पनि कुनै समयमा हिन्दुस्थानीहरु माथी राज गर्ने पश्चिमा फिरिंगी भन्ने गोरा र कुईरेहरुनै हैनन ?

मुन्छेको जस्तरी बोलि बोल्न नसक्ने ति निर्दोष प्राणिहरुको हत्या गर्दै पोलेर बनाको जिनिसलाइ छोईला, काँचै नुन खुर्सानी मर मसला हालेर मोलेकोलाई कचिला, परपर तेला भुट्या भुटुवा, १ पाउमा एक अंखोरा पानि हालेसी तयार हुने झोल्वाला, मिसमास, नेवारी भोजा जमाएर बनाईने तख्ला, ह्याकुला फ्राई, भेजा भन्ने गिदी फ्राई, अहिलेका भुरा भुरीहरुको प्रिय जिनिस मम्चा, देखि बरिस्ट नागरिकले मन पराम्ने सुरुवा, टिनबिर्के देखि खोयाबिर्के मार्का ट्वाँकेहरुलाई मन पर्ने गोडी भन्ने खुट्टी फ्राई आदि आदि ईत्यादी बन्नलाई रेटेर, सेरेर, कुटेर, पिटेर, चुटेर, छ्प्क्यायेर, भालाले घोपेर, पासोमा पारेर तड्पाएर, ईस्लामिक धर्मालम्बी भाकाको हलाल गरेर वा काना हेडफुन ला जस्तरी इलेक्ट्रिक सट भन्ने करेंटो लार अथवा जे जस्तो गरेर भए पनि परान नलिए सम्म मासु अर्थात सिकारको थरि थरिको जिनिस बन्ने हैन क्यार ।

बुढामाराज पृथ्बीनारानले ठोकठाक पारेर, तर्सार, थर्कार जोड्देको नेपाला जब हिन्दुहरुको चाडपर्वको बेला आउछ अनि बिक्रम ट्याम्पुको भाकामा 'पशु, पंक्षीको अधिकार बहाली गर, पशु पन्छी मार्न पाईदैन, 'पशु पंक्षीको जीवन रक्षाको ग्यारेण्टी गर भन्दै घाटीमा अनेक थरिको गोरा र कुईरे भाकामा डाम्या जिनिस झुन्ड्याउदै  स्वयम्भु देखि पस्पति हुँदै बनकालीको हाम्रा पुर्खाहरुको स्टाईला सालै पिच्छे बुर्लुक्क बुर्लुक्क बर्षेनी कुर्लिने तिमेरुजस्ता जन्तुहरुलाई ह्युमने राईट भन्दा रच्चननि हैन ता ।


मुन्छेहरको जस्तै थलचर देखि जलचर सम्मको जीवन बचाउने ठेक्का लिएका हाव राईटे (अधिकार) कर्मीहरु श्री ३ माराज राणाहरुको शासन देखि पन्चेत, पन्चेत फालेर हुल्देको प्रजातन्त्र देखि धर्म निरपेक्ष गणतन्त्र सम्ममा आईपुग्दा ईन्कलाबको नारा घन्काउने क्रान्तिबीरहरुले सोझा सिधा गरिब नेपालीका सन्तानहरु नमारिकन तिनीहरुको क्रान्ति सफल भयो ?


महान जनयुद्धको नारा घन्काउने बेलामा ‘दुश्मन’ को पगरी आफ्नैहरुलाई भिरार चक्कुले हलाल गर्दा होस वा ज्युज्यानमा बम बाँधेर त्यारमा पटका पडका जस्तरी पड्काउँदा होस, कुटीकुटी सरिरमा परान हुँदाहुँदै पनि जिम्दै लगेर खाल्डामा गाड्दा देखि बाटामा दौडेका गाडी रोकेर त्यो गाडीमा भका मुन्छेहरुलाई थुनेर गाडीमा प्याटूल छर्केर अग्निदहन गर्दा कता मुन्टीनु भाथ्यौ हँ ह्युमनेहरु ?

बारा जिल्लाको बरियारपुरमा पर्ने गढ़िमाई मेलामा निर्दोष पशु पन्छीको हत्या भो भनेर संसारनै उचाल्ने तिमि पश्चिमा फिरिंगीका बानहरु अनि तिनीहरुको जुठोपुरोमा रमाउने घरका भेदी लंका ढहायको भूमिकामा अब्बल ठरियेका नेपाले बिभिशनरुपी डाम्नाहरुले तिमि फिरिंगीका देशहरुमा प्रभु मसिको नाउँमा गोरु, भेडा देखि समुन्द्राबस्ने ह्वेल मछलीहरुलाई तड्पाई तड्पाई मार्दा त्यताका पशु पन्छिहरुको चै बाच्न पाउने अधिकारको हनन भयो कि भएन ?

आफ्नो आंगमा भैसी नदेख्ने तर आर्काको ज्यु ज्याना जुम्रो देख्ने तिमीहरुको लिलालाई सारा जगतले चिनि सकेका छन । तिमि पश्चिमाहरू भनेका सियो बनेर पस्ने अनि फाली बनेर निस्किने जीव हौ तर क्यार्ने आफ्नै देसमा बिभिष्ण जन्मेसी तिमेरुमाथि धारे हात लार क्यार्ने । 
..
कामना पत्रिका २०७३ को गाईजात्रे अंकमा प्रकाशित

8.18.2016

जस्को प्रश्न उसैको उत्तर

-सुरज भिरखोईरे
भिरखोइरे नामको अर्थ के होला ? 
बगैंचा मा धेरै फुल चुन्न मिल्दैन
मायाको जाल धेरै सम्म बुन्न मिल्दैन
भिरखोइरे को अर्थ जान्न त चाहानुहुन्छ
तर भन्न त मिल्छ सुन्न मिल्दैन ।
तपाइँ किन नमोटाउनु भएको ?
नोट कापी आदानप्रदान बाट प्रेम को बीउ भयो
सधैं फिलिम हल घरमा क्याम्पस जाने निहु भयो
कस्तो अचम्मै भयो भनेको हेर्नू होस्न
दुई चार दिन मै मेरो लुखुरे सिकुटे जिउ भयो ।।
हैन लभ त खुब गर्नु भयो क्या हो ?
आशुले मुहार कति धुने
दुनियाँ सम्झी कति रुने
यस्तो पिरती कस्को होलार
देख्दा लभ पर्ने बोल्दा बिछोड हुने ।
डिस्को बार मा कत्तिको धाउने गर्नुहुन्छ ?
यो भिरखोइरे ले मुक्तक केरेको केरेइ भएँ
दिनदिनै दोहोरी साझ फेरेको फेरेइ भएँ
एकदिन पुगें डान्स बारमा आम्मामा तिनको ड्रेसअप
मत आँखा चिम्म गरेर हेरेको हेरेइ भएँ ।
केही त्यस्तो मा काम गर्ने केटिको इज्जत नभएको होर ?
डिस्को बार मा र्‍यापप गित गाउंछन यार
नाच्नेबेला एकदम छोटा बस्त्र लाउंछन यार
उसग नि टपक्कै उसङ्ग नि टपक्कै भैदिने
कसैले त बेबारिसे बच्चा पनि पाउंछ्न यार
महिला पुरुश बराबर होइनन र भन्या ?
प्राय महिला पुरुष कै भरमा अडेका छन
महिलालेनी पुरुषले जति त पढेका छन
तेसै महिला पुरुष बराबर भनेर हुन्छ
पुरुषले झै रक्सी खाइ खै काँ लडेका छन ??
आधा आकाश ढाक्ने नारी होइनन र ?
माया गरेका रे सम्झौं त अङ्गालोमा बेर्छन कसरी
हेर त मात्तिएका बाउ आमालाइ टेर्छन कसरी
समानता रे खुब हाम्ले भन्दा टाइट पाइट लाउंछन
बिडम्बनाको कुरो यो हो कि पिसाब फेर्छन कसरी ?
कस्ता केटिलाइ राम्री भन्ने त हामिले ?
लभ पर्‍यो भन्दैमा हामी नभन्नु
पैसाजति सकि गोजि छामी नभन्नु
ब्युटी प्लसले खिचेको फोटो देख्दैमा
अन्दाधुन्ध वाह क्या दामी नभन्नु ।
बिदेश को पोइ छोडेर पोइला जानिलाइ के भन्नुहुन्छ ?
आफ्नो माया अन्त नदिनी भन्छन
दिएदेखी आगोसरी रन्किनी भन्छन
यति हुदाहुदै पोइ छोडेर जान्छन भने
त्यस्ती आइमाई लाई डङ्किनी भन्छन ।
लभ पार्न कत्तिको सजिलो छ ?
धेरै केटाको यो भन्दा अरु धन्दानी हुदैन
हजार मा एक हौ भनेर भन्दानी हुदैन
हैन कति कडा हुने हो केटि मान्छेको मन
बिन्ती छ खुट्टै ढोग्छु भन्दानी हुदैन ।।
 बिहे चाहिँ कहिले गर्नु हुन्छ ?
ओढो पाए झरी मा रुझिदिन्छ कस्ले
ढिंडो खाने मान्छेलाइ सुजिदिन्छ कस्ले
यता छामे रित्तो उता छामे भित्तो छ
म दुखिको यस्तो पीडा बुझिदिन्छ कस्ले ?
बिहे भयो रे भन्ने हल्ला थियो त ?
मायाको डोरि फनफनी बाटेपछी
जोबान एक अर्कामा साटेपछी
हुन त के बिहे भाछैन भन्नेर
उनिसङ्ग कयौं रात सङ्गै काटेपछी
के ती रात का बर्णन गर्न सक्नुहुन्छ ??
मेरि प्रेमिका यस्तो झर्की यार
तेलमा पानी तर्केझै तर्की यार
सङ्गै सुतियो तर अनर्थ भयो
उ त फरक्क कोल्टो फर्की यार
लौ आफ्नै प्रेमिका किनतनी तेस्ती ?
सारा संसार बिर्सेर मेरै भर परिन उनी
जिउज्यान सुम्पेरनी धेरै डर गरिन उनी
बल्लतल्ल केही हुने भो भन्ने सोचेको
कर्मैखोटी आफ्नो त्यतिखेरै पर सरिन उनि
मायामा धोका कत्तिको खानु भको छ त ?
खानु धोका पिरतिमा खाइयाछ यार
एउटिले छोडेर केभोर अर्कितिर लाइयाछ यार
वास्तवमा भन्ने हो भने उन्को नाम हो चुरोट
हृदयमा चोट पारेपनी किस खानत पाइयाछ यार
धोका दिने केटिलाइ के भन्नुहुन्छ त ?
होचाले नभेटे अग्लाले तुर्नी भन्छु
हुलमुलमा वचन परे दुकुर्नी भन्छु
प्रेम गरि प्रेम मा धोका दिनेलाइ
तपाईं के भन्नुन्छ मत कुकुर्नी भन्छु
 केटिलाइ यस्तो भनी रहंदा गाली गर्दैनन ?
तेल्लाइ भिर्खोइरे मर्यो भनी
पर्नु सम्म फसाद पर्यो भनी
भर्र्याङ् झर्दै थि चढ्दै थियो सुरज
नजरमा अङ्ग शोषण गर्यो भनी
यहाँ ले कति पढुभको ?
के को क्याम्पस पढ्नु क्लास छोडेर बसियो
फिलिम हलमा टपक्क जिउ जोडेर बसियो
न उन्लाइ पढ्ने ध्यान न मलाइ पढ्ने ध्यान
फेल भैयो नि पढ्ने बेलाँ एउटै सिरक ओढेर बसियो !
फिलिम हल जानुको कारण ?
दुनियाँ केटा लिइ फिलिम हल जानी उस्ले
जान्न जान्न भन्दानी घिच्च्याएर लानी उस्ले
मैले त मलाइ नि मन पराएकी होलि भनेर अङ्गालो मार्देको
लैनो गाइको लात्तिलेझै फ्याट्फ्याटी हानी उस्ले !!
उसो भए अङ्गालै मार्नु भएन ?
एस्सो छुनै हुन्न आइ भन्छिन त म के गरुँ
भेट्न पाको छैन बाइ भन्छिन त म के गरुँ
कति आंट गरेर एस्सो छुन खोज्यो
जहिले पनि उनि नाइ भन्छीन त म के गरुँ ??
होटल मा खाजा खाँदा तपाईं आफै सङ्गै नबसेको हो अरे त ?
उनी मेरि दिलकी रानी भान थियो मलाइ
उनिजस्ती कोहि छैन सान थियो मलाइ
सङ्गै बस्न किन डरायो नभन्नु न हौ
बस्न ठाउँ मा पिलो आएर हैरान थियो मलाइ ।
केटिले गरिब भनेर छोडेकी हो भन्छन त ?
माया हैन सुन चाँदिको हार भनेर गै
स्कुटी हैन चिल्लो कार भनेर गै
जा त जैरी चाहिंदैन भन्देको त
उल्टै मलाई खाते मुरदार भनेर गै ।।
केटाहरु कस्ता हुन्छ्न तनि फेरि ?
अरुका त कुरा छोडौ त्यस्ता साथी मेरै छन
ठुला ठुला गफ हान्ने यहि फेसबुक नेरै छन
बाउको सम्पत्ति मा मोज गर्ने एक नं का अल्छी
आजभोली गाँजा चुरोट रौसी खाने धेरै छन !!
अहिलेका युवाको रोजाइ के होला ??
कसैलाइ भगावान कृष्ण राम्रो
कसैलाइ प्रभु यसु खृस्ट राम्रो
अरुलाइ के के मन पर्छ थाहा भएन ?
तर केटालाइ साप्ताहिक को मध्यपृस्ठ राम्रो ।
**
सुरज भिरखोईरेको फेसबुकबाट साभार

8.16.2016

बैद्यबा पनि नक्कले रैछन

-चुस्सकार जनकमान डंगोल 
हाम्रा कम्निस्ट नेता तथा प्रधानमन्त्री प्रचण्डका राजनीतिक गुरुदेव बैध्यबाले हिजो भन्ने गरेको 'गोलमेच सम्मेलन' बैध्यबाले आविष्कार गरेको शब्द भने पक्कै पनि हैन ।
फुटो साभार: गुगल सर्च
हिजो हाम्रो बाजे बराज्युको पालामा हिन्दुस्थानीहरुले फिरिंगी भनेर धारे हात लाएर सराप्ने बिलायतीहरुले पुरै हिन्दुस्थान अर्थात भारतमा ब्यापारको निउँमा पसेर एकक्षेत्र राज्य गरेका थिए ।

सियो बनेर पसेका बेलायतिहरु फाली बनेर निस्के । सयौ बर्ष हिन्दुस्थानीहरु माथी राज गरे । 'अंग्रेज भगाओ' भन्दै हिन्दुस्थानीहरुले आन्दोलन सुरु गरे । आन्दोलनकारिहरु पनि गरम दल, नरम दल भन्दै दूई खेमामा बाडिए । नेताजी सुभाष चन्द्र बोषहरु गरम दल र महात्मा गान्धीहरु नरम दलका नेता भनेर चिनिए ।

आन्दोलनकारीहरुको माग सम्बोधन गर्न भनेर १२ नोभेम्बर १९३० देखि १३ जनवरी १९३१ सम्म बिलायतको लन्डनमा गोलमेज सम्मेलन भयो  कांग्रेस अर्थात नरम दलले बहिष्कार गरेको भएर १९ जनवरी १९३१ मा यो गोलमेज सम्मेलन समाप्त भएको हो !

हिजो माओबादी जनयुद्ध तथा त्यो पछी धेरै समय सम्म माओबादीकै प्रमुख नेताहरु मध्येका एक बैद्यबाले 'गोलमेच' सम्मेलन गर्नु पर्छ भनेर पछी सम्म आवाज उठाई रहे तर तिनका माग कहिले पनि पुरा भएन ।

हिजो जनयुद्ध सुरु गर्नु भन्दा अगाडी दुई बिस अर्थात ४० बुंदे माग तेर्स्याएका थिए । त्यसमा सबै भन्दा धेरै भारतको बिरोध गर्दै उठाएको माग थियो । 'बिस्तारबादी भारत' को तक्मा झुन्ड्याउने पनि बैध्यबाहरुनै थिए ।

'जुन थालमा खायो त्यसैमा आची गर्नु हुन्न' भन्ने नेपाली कथन छ ।  यसलाई हिन्दुस्थानिहरुले चै आफ्नो भाकामा 'जिस थालिमे खाया उसिमे छेदी' भनेर भन्छन ।

नेपालमा जनयुद्ध सुरु । बैद्यबाहरुको बसाई भने भारत । आफ्नै महान चेलाको कृपाले उतै झ्यालखानाको बास भाको पनि थियोनी । हैन त बैद्यबा ?

हिन्दुस्थानी भाकाको ‘कथनी और करनीमे फर्क होताहे’ लाई नेपाली भाकामा ‘भनाई र गराईमा फरक हुन्छ’ भनेर उल्थ्याईन्छ । रोटि र बेटीको सम्बन्ध भएसी भाकाको पनि सम्बन्ध पक्कै पनि हुन्छ हैन त बैध्यबा ?

सर सापटी उतैको लिने देखि उतै बसेर नेपालमा जनताको छोराछोरी लडाउने तपाईहरुलाई उतैको भाकामा 'जिस थालिमे खाया उसिमे छेदी' अर्थात नेपाली भाकामा 'जुन थालमा खायो उसैमा आची गर्ने' भनेर प्रश्न डाम्ने कि नडाम्ने ?

नेपालका कांग्रेस हुन या कम्निस्ट यी सबै हिन्दुस्थानी उत्पादन हुन ।  सदियौ पुरानो राज्तन्त्रामक ब्यबस्था हटाउन भनेर आविष्कार गरिएको हो । त्यो भन्दा अरु केहि पनि हैन ! देखिको सत्य यहिनै हो भने नानाथरीको भाकाको नक्कल गर्दै फेरी पनि बन्दुक बोकेर क्रान्ति गर्छु भन्ने तपाईको तिहारमा गाम्ने देउसुरे सुनेको दिन देखि निस्केको हाँसो अहिले सम्म रोक्न सकेको छुईन है मुईलेता !

माती उल्लेखि तारिखहरु विकिपिडियाबाट पैंचो खोजेर ल्याईएको हो !

8.11.2016

जय जयको मान खानेकि कान चिरेको जोगी बन्ने ?

हाम्रो हेटौडा राम्रो हेटौडा भन्ने मकान्पुर जिल्लामा  'मण्डले' भनेर नाक खुम्च्याउने मौका पाको बेलामा खप्पर फुटाम्न देखि गोरु चुटाई गर्न पछी नपर्ने लाले देखि भालेहरुलाई बेला बेला तिनै मण्डले भन्नेहरुले कडा टक्कर देको पनि देखिएकै हो ! समय एकनासको हुन्न भन्छन ।

केहि बर्ष अगाडी सम्म मकान्पुरा बुढो रुखको दाल गल्दैनथ्यो  । दोश्रो संबिधान सभामा १ सिट जितेर समेत देखाई दिए । १ सिट जित्ने ईन्द्र बानिया हुन । ठेकेदारी गर्ने मुन्छेको अगाडी अहिले साम्सद भन्ने दर्जा पनि थपिएको छ ।

पुरै मकान्पुर जिल्ला एमालेमय हुँदा पनि मुम्बैया भाका 'बाल मतलब' नगर्ने पार्टीको नाम हो बल्खु एमाले । अहिले पनि प्रत्यक्षमा ३ सिटमा एमालेकै नाम छ भने १ सिटमा कौरेसको ।

२०४८ सालको पहिलो आम निर्वाचन देखि अहिले सम्म कमल थापा पटक पटक मुन्त्री भए तर एमाले मकवानपुरले किन मन्त्रि पाएन ? किन बन्न सकेनन ? हुत्ति नभर हो कि नदेर हो 'थाहा चाहियो'  

समानुपातिक नै सहि हिजो सम्म त्यहि एमालेका वली सर्खारलाई अन्तिम घडी सम्म साथ दिएका कमल थापाले अहिलेको प्रचण्ड सरकारमा मुन्त्री खान्न भनेर भन्दिए  । थापा नभएर के भो त कांग्रेसी बानियाले त मुन्त्री पड्काउने भएनि,

तर,

'कुटे पनि आमै राम्रो पोले पनि घामै' राम्रो भन्ने हाम्रा मकानपुरे लालेहरुको ख्प्परा मुन्त्री किन लेखेनौ हे चुरियामाई ?

जो सुकैले जितुन जनतालाई 'बाल मतलब' तर जिल्लाको मान्नेहरु मुन्त्री भो भने बिकासको लोभा नाक घिरम्ले बनाम्न त पाईन्छ तर मकानपुरे घामेहरुमा मुन्त्री बन्ने ह्याउ देखिन हे हुप्राचौरे पस्पति । हाम्लाई पनि मुन्त्री चाहियो भनेर किन भन्न सकेनन ? कम्निस्टले देउता मान्दैनन भन्छन त्यहि भ र चुरिया देखि भुट्नदेबी हुँदै मनकामना माई अनि हुप्राचौरे पस्पति रिसार त हैन ?
शंकै त हो नि ।

खैर कोहि बात छैन । जो बनुन जिल्लाका बनुन  । त्यहि सुरुंगमार्गको ललिपप देखार पटक पटक साम्सद बन्ने घामे बाजेहरूले उहिले देखि अहिले सम्म केहि नापेनन । अब ठेकेदार साम्सद मुन्त्री हुने भए । निर्माण ब्यबसायको खुंखार मुन्छे हुन ।  सुरुंग मार्ग बनाई दिए भने नारानघाट पूर्वका सम्पूर्ण जनताहरुले 'बानिया काजीको जय जय’ भनेनन भने थुक्क भन्नु होला ।

अब 'जय जय को मान खानेकि कान चिरेको जोगी' बन्ने निर्ने सम्बन्धितको हातमा छ । मुन्छे हैन भेडा उत्पादन हुने दस भनेर कहलिएको धर्म निरपेक्ष गणतन्त्रे नयां नेपाला जनताले भेडा बुद्धि देखाएन र राम्रो काम गरे भने आर्को चुनौमा पनि बिजय पक्का ।

नभा कुरा अरेको छुईन !
देख्या कुरा डाम्देको हुम क्यार !
के को ट्यासट्यास !