Latest Post

Showing posts with label चर्चा / परिचर्चा. Show all posts
Showing posts with label चर्चा / परिचर्चा. Show all posts

गोहीको आँसु किन झार्ने

Written By खांट्टी कुरा on Monday, August 31, 2020 | August 31, 2020

४ अप्रिल १९७९ मा पाकिस्तानको प्रधानमन्त्री जुल्फिकार अलि भुट्टोलाई देसको सर्बोच्च अदालतको आदेशानुसार फांसीको संजाय दिईयो । कानून पढेका पेशाले वकालतका साथै राजनीतिमा समेत लागेका भुट्टोलाई फांसीको संजाय दिंदा नेपालमा पंचायती शासन ब्यबस्था लागु थियो ।

 


रास्ट्रियता खतरामा पर्यो भन्दै २०३३ सालमा मेलमिलापको नारा दिएर नेपाल पसेका प्रतिबन्धित नेपाली कांग्रेसका नेताहरुले २०३६ सालमा आफ्ना बिधार्थी संगठनलाई उचालेर भुट्टोलाई फाँसी दिएको बिषयमा राजधानी काठमाण्डौ तताएका थिए । बिरोध गर्न तिनै बिरोधि अर्जुननरसिंह केसी र सूर्यमान गुरुङहरु थिए पुर्व पन्चको खोल ओढेर २०३३ सालमा बि.पी लाई समेत फाँसी दिनु पर्छ भनेर राजदरबारमा बिन्तिपत्र समेत हाल्ने ति नेताहरु देशमा ब्यबस्था परिवर्तन भए पछी खाँटी कांग्रेसी नेता बनेर पटक पटक मन्त्रि समेत भै सकेका छन

श्रमजीबी जनताको मुक्तिको निम्ति भनेर कांग्रेसले राणा शासन बिरुद्ध ईन्कलाबको नारा घन्कायेकै हो । सत्तामा पुगे पछी के के गरे त्यसको बयान गर्नु नपर्ला । श्रमजीबी जनताको मुक्तिको निम्ति भनेर कम्युनिस्टहरुले पनि नारा घन्कायेकै हुन । सत्तामा पुगेपछि के के गरे अनि गर्दैछन बताउनु नपर्ला ।

जनता भनेको मादल हो । कांग्रेस आएर समाजवादको गीतमा खरी नझारुन्जेल बजाउछ । आफ्नो मतलब पुरा भएसी त्यहि मादललाई ठोकर हानेर हिड्छन । फेरी साम्यवादको गीत गाउनु पर्छ भन्दै कम्युनिस्टहरु आएर खरी भरेर फेरी बजाउन थाल्छन । आफ्नो मतलब पुरा भएसी उही कम्युनिस्ट कांग्रेसी पारा ।

 


टर्किस उत्पीडित तथा श्रमजीवी जनताको मुक्तिका निम्ति आवाज उठाउँदै आएकी ४२ वर्षिया कानुन व्यवसायी तथा मानव अधिकारकर्मी इब्रु तिम्तिकको २३८ दिनको भोक हड्तालबाट निधन भएको छ ।  बिदेसी मर्नु पर्छ नेपालमा रुवाबासी सुरु हुन्छ तर आफ्नै देशमा राणाको पाला देखि कथित जनयुद्धको समय सम्ममा के कति मरे भन्ने बिषयमा बिदेशमा आँसु खसाल्ने कोहि थियो ?

त्यसैले आफ्ना मर्दा वास्ता छैन भने बिदेसी मर्दा सामाजिक संजाल देखि पत्र पत्रिकामा गोहीको आँसु किन झार्ने ?

 

                

 

तहस नहस बनाउने अनि उल्टै प्रश्न गर्ने

Written By खांट्टी कुरा on Sunday, May 10, 2020 | May 10, 2020

२०५४ साल श्रावण १ गते बाट मध्य क्षेत्र प्रहरी कार्यालय हेटौडामा स्थानान्तरण भएको हो । माघमा रुपाल शम्सेर ज.ब.रा DIG बनेर आउनु भयो ।

फाल्गुण हो जस्तो लाग्छ । प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोईराला कर्णाली एयरको हेली चढेर हेटौडा आए । त्यतिखेर हु.प्र.चौर नजिकै DIG अफिस थियो ।

प्रधानमन्त्री सहितको दलबल DIG अफिस छिरे । भलाकुसारी भो । स्व.गिरिजाले DIG सापलाई हिजो हामि अण्डरग्राउण्ड हुँदा तपाईहरुको जासुस बनारस, दिल्ली, कलकत्ता जता पनि पुग्थे । अहिले किन पुग्दैनन ? भनेर प्रश्न गरे ।

गिरिजाको त्यो भनाई माओबादीको किलो सेरा टु अप्रेशनमा सोचे जस्तो सफलता नभएको तर्फ लक्षित थियो तर DIG सापले हाम्रो प्रयास निरन्तर जारि छ । कुनै कमि छैन भनेर जवाफ दिनु भो ।

लिपुलेकको कुरा चल्दैछ । साथै सुचनाको कुरा पनि आयो । यतिखेर सबै आगो भएका छन तर जासुसी सयन्त्र देखि सुरक्षा सेवामा राजनीतिक हस्तक्षेप गर्न तिनै गिरिजाले सिकाए । अहिलेकाहरुले त सक्कल बमोजिम नक्कल मात्र गरेका हुन ।

प्रजातन्त्र देखि गणतन्त्रको उपहार

Written By खांट्टी कुरा on Saturday, December 17, 2016 | December 17, 2016

पुरुष विदेश गएपछि गाउँमा मलामी जाने कोही भएनन्

वैदेशिक रोजगारी र भारतमा कमाइका लागि यहाँका महिला तथा पुरुष गएपछि गाउँ नै खाली हुँदै गएका छन्। युवा रोजगारीका लागि गएपछि जाजरकोटका दुरदराज गाउँ पुरुष विहीन अवस्थामा पुगेका छन् ।

मान्छे मर्दा, बिरामी हुँदा र अन्य सामाजिक काममा अहिले पुरुष नहुँदा निकै समस्या हुने गरेको पञ्चभयार माविका शिक्षक वीरबहादुर खत्रीले बताए।गाउँमा विद्यालय उमेरका बालबालिका र वृद्ध मात्र भेटिने गरेको उनको भनाइ छ। विकास निर्माणका काममा समेत युवा पुरुष नहुँदा महिला तथा विद्यालय उमेरका बालबालिका जुट्नुपर्ने बाध्यता रहेको खत्रीको भनाइ छ।

तस्बिर: अन्नपूर्ण पोस्ट डटकमबाट साभार
गाउँमा भएका केही मानिस सहर, बजार अनि सडकको नजिक सरिसकेका छन्। अहिले गाउँमा मान्छे विहीन बन्दै जाने खतरा बढेको खगेनकोटकी विष्णुकुमारी खत्रीले बताए। विवाह गर्दासमेत जन्ती जाने मानिस नहुँदा, मानिस मर्दा मलामी जाने पुरुष नहुँदा अहिले सबै काम महिलाले गर्दै आएको खत्रीको भनाइ छ। 'हाम्रो गाउँमा जन्ती, मलामी महिलालाई नपठाउने चलन थियो, अहिले पुरुष नै नभएपछि महिलाले त्यस्ता कार्यमा सक्रिय सहभागिता जनाइरहेका छन्,' खत्रीले भने।

घरको काम बालबालिका र वृद्धले गर्दा विद्यालयमा नियमित उपस्थित हुन नसक्ने विद्यार्थीको सङ्ख्या पनि ठूलो रहेको रग्दाका कमल ध्यारले बताए। स्थानीय सबै कार्यमा बालबालिका नै सहभागिता जनाउँछन् अनि यसले गर्दा पढाइमा समस्या आउने गरेको ध्यारको भनाइ छ।

घरव्यवहारदेखि गाउँमापर्ने सबै काम विद्यालय उमेरका बालबालिका र वृद्धको जिम्मामा रहेको पाइएको छ । अहिले जिल्ला प्रशासन र गाविसमा वैदेशिक रोजगारीका लागि राहदानी बनाउनेको सङ्ख्या ठूलो रहेको छ भनेर रास्ट्रिय समाचार समितिले जनाएको छ । 

प्रजातन्त्र देखि गणतन्त्रले देशमा शान्ति सुरक्षा अमन चयन कायम हुन्छ, युवाहरुलाई रोजगार दिन्छु भनेर सबै पार्टीका नेताहरुले चुनावको बेलामा भन्ने गर्छन तर पुरै गाउने रित्तिने गरि युवाहरु रोजगारीको लागी बिदेस पलायन हुनु भनेको अहिलेको शासन ब्यबस्था पूर्णरुपमा असफल भै सकेको छ भनेर किन नभन्ने ?

मृगौला रोगी आमाछोरालाई सहयोग जुटाउदै जागरण अभियान

Written By खांट्टी कुरा on Sunday, November 20, 2016 | November 20, 2016

पिडितहरुको सहयोग गर्नु हामि सबैको कर्तब्य हो 



हेटौँडा, ४ मंसिर/खबर ब्रेक डटकम 

हेटौँडा हाँडीखोला निवासी बिनीता उप्रेती र उनको २१ वर्षीया छोरा आशिष उप्रेती दुवै जनाको दुवै मृगौलाले काम गर्न छाडेको खबर पाएपछि राष्ट्रिय जागरण अभियान मकवानपुरका पदाधिकारीहरु ती आमाछोराको सहयोगमा जुटेका छन् ।

शनिबार हेटौँडा १० भुटनदेवी पार्कमा सञ्चालन भइरहेको राष्ट्रिय खेलकुद तथा बृहत् व्यापार महोत्सवमा आएका दर्शकहरुसँग ती मृगौला रोगी आमाछोराको सहयोगको लागि जागरण अभियान मकवानपुरका पदाधिकारीहरुले सहयोग मागेका थिए । राष्ट्रिय जागरण नेपाल मकवानपुरका अध्यक्ष कृष्णराज कोइराला, सचिव बालकृष्ण दाहाल, र केन्द्रीय सदस्य जनकमान डंगोलको टोलीले मेला हेर्न आएका दर्शकहरुबाट रु ११,६६५ सहयोग जुटाएका छन् ।
 

अभियानले भोली समाजिक सञ्जालबाट र पर्सि र्याली निकाली मृगौला रोगी आमाछोरा लागि सहयोग उठाउने राष्ट्रिय जागरण अभियान मकवानपुरका अध्यक्ष कृष्ण कोइरालाले बताए । यस्तो दयनीय अवस्थामा रहेका मृगौला रोगीलाई सबैले आफुले सकेजती सहयोग गर्नुपर्ने अभियानका सचिव बालकृष्ण दाहालले बताए । 

आउनुस तपाई हामि मिलि सक्दो सहयोग गरौ ! 
फुर्सदिली मित्रहरुले यो लिंक मृगौला पिडित बचाउ अभियान सेयर गरि दिनु भए आभारी हुने थियौ !

सम्पूर्ण देशभक्त तथा राष्ट्रबादी आम नेपालीहरुमा हार्दिक अपिल

Written By खांट्टी कुरा on Wednesday, November 16, 2016 | November 16, 2016

देशलाई विदेशीकरण गर्ने षडयन्त्रका विरुद्धमा उठ्न आम नागरिकहरुमा अपिल
विकास निर्माण र रोजगारिको अभावमा नागरिकहरु धमाधम विदेश पलायन भैरहेका छन्, भू–कम्प पिडितहरु दर्दनाक अवस्थामैं छन्, चौतर्फि अराजकता र दण्डहिनताको शासन छ, नेपालभित्र विदेशी शक्तिहरुको नाङ्गो नाँच चलिरहेको छ, लुटको प्रवृति राजनीतिको पेशाका रुपमा स्थापित भएको छ, देशको क्षेत्रिय अखण्डताको समस्या यथावत् छ तर यस्ता समस्याहरुलाई नदेखेझैं गरेर सरकार र दलहरु विदेशीहरुलाई नागरिकता बाँड्ने र अङ्गिकृत नागरिकहरुको अधिकार स्थापनामा केन्द्रित भएका छन् ।

देशका हरेक ठाउँमा (ईलाका ईलाकासम्म) नागरिकता दिने प्रशासनिक निकायहरुको उपस्थिति छ र सहज किसिमले निर्वाध रुपमा नेपालीहरुका नाममा नागरिकता वितरण भैरहेको छ । साधारण नागरिकले सहज रुपमा नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था र बन्दोबस्त २०६३–०६४ सालमा २२ लाख भारतीयहरुलाई नागरिकता बाँडेको षडयन्त्रको निरन्तरताको अर्को चरणका रुपमा संविधान संसोधनको प्रयास हुन थालेको देखेर आम राष्ट्रवादी नेपालीहरु आक्रोस, घृणा र क्षोभ मिश्रित आश्चर्यमा परेका छन् ।

घुम्ति टोलिका माध्यमबाट नागरिकता वितरण गर्ने बहानामा सरकार र त्यससंग संबद्ध दलहरुको पहलमा ल्याउन खोजिएको संविधान संसोधन विधेयक विदेशी योजना हो भन्ने कुरामा कुनै संका छैन । विना आधार र कुनै व्यक्ति विदेशी नागरिक हो भन्ने कुरा थाहा भएर पनि घुम्ति टोलीलाई घुसपैठिया अबान्छित तत्वहरुको घेरामा पारेर नागरिकता वितरण गराउने र अङ्गिकृत नागरिकहरुलाई संवैधानिक निकायहरुमा पहुँच दिने गरी सुरु भएको यो षडयन्त्र नेपालमा भारतीयहरुको बहुमत बनाउने योजना हो ।

जनतालाई एउटा समस्या देखाएर अल्मल्याउने र एकपछि अर्को गरेर देशको अस्तित्व नै समाप्त पार्ने विदेशी योजना ०६३ सालदेखि तिब्र बनेको छ । यो विदेशी षडयन्त्रले फेरि खतरनाक रुपमा टाउको उठाएको छ । बाह्य शक्तिहरुको हातको हतियारका रुपमा देशका विरुद्धमा सकृय तत्वहरु दलको आवरणमा अरु कसैका लागि संगठित गरिएका हुन्, यीनीहरुबाट देशका समस्याहरु समाधान हुने छैनन् बरु देशलाई विदेशीहरुको पोल्टामा हालिदिनेछन् भन्ने तथ्य असंदिग्ध रुपमा पुष्टि भैसकेको छ ।

चुनावको हल्लासंगै सुरु हुन थालेको यस्तो घृणित कर्म नेपाललाई विदेशी नागरिकहरुको थलोका रुपमा परिणत गर्ने रणनीतिको अङ्ग हो र यस्तो काम गर्न खोज्नेहरु देशद्रोहिहरु हुन् । आफ्नो तुच्छ स्वार्थका लागि देशको सार्वभौम अस्तित्व समाप्त पार्ने बद्नियतले यस्तो काम गर्न उद्दत देशद्रोहि, भ्रष्टाचारि तत्वहरुलाई  राष्ट्रिय रुपमैं  बहिष्कार गरेर राष्ट्र जोगाउने दिशामा संगठित भै एकजुटताका साथ अघि बढ्न हामी देश तथा विदेशमा रहेका सबै राष्ट्रवादी नेपालीहरुमा हार्दिकतापूर्वक अनुरोध गर्दछौं ।
अपिल गर्नेहरु
डा. द्वारिकानाथ ढुंगेल (जलश्रोतविद्), डा.प्रेम खत्री (मानवशास्त्रि), अनारसिं कार्की (राजनीतिज्ञ), आनन्दराम पौडेल (लेखक/पत्रकार), डा.दीपक ज्ञवाली (जलश्रोत विज्ञ), भरत दाहाल (लेखक/विष्लेषक), आदित्यमान श्रेष्ठ (बरिष्ठ पत्रकार तथा राजनीतिक विष्लेषक), डा. प्रेमसिं बस्न्यात (सैनिक विज्ञ तथा पूर्व जर्नेल), कल्याणदेव भट्टराई (भू–गर्भविद्), डा. शोभा पोख्रेल, पवन ओझा (पूर्व महान्यायाधिवक्ता), त्रिलोकसिं थापा मगर (बरिष्ठ समाजशास्त्रि), डा.रत्नसंसार श्रेष्ठ (जलश्रोतविज्ञ),  डा.रामप्रसाद उप्रेति (चिकित्सक), रेशम विरही (बरिष्ठ पत्रकार/साहित्यकार),  प्रा.डा. बाबुरामसिं थापा (वीर अमरसिं प्रतिष्ठान), प्रा.डा. विणा पौडेल (संस्कृतिविद्), डा. राज्यलक्ष्मी श्रेष्ठ (संस्कृतिविद्), रामराज कुँवर (वीर बलभद्र प्रतिष्ठान), रामबहादुर थापा (वीर भक्ति थापा अध्ययन केन्द्र), दिवाकर विक्रम शाह (बहादुर शाह प्रतिष्ठान, सहदेव थापा (वीर अमरसिं प्रतिष्ठान), गोबिन्दप्रसाद दुलाल (टंकप्रसाद प्रतिष्ठान), अरबिन्द रिमाल (टंकप्रसाद प्रतिष्ठान),  शेषकान्त खनाल (पूर्व सहसचिव, योजना आयोग), केशवलाल श्रेष्ठ (शिक्षाविद्), रतन भण्डारी (जलश्रोत विज्ञ), जनकमान डंगोल (लेखक/पत्रकार), डा.विनोद न्यौपान (संघीयता विज्ञ), डा. शास्त्रदत्त पन्त (जनप्रशासन विज्ञ), चक्रबन्धु अर्याल    (पूर्व रक्षा सचिव), डा.बिष्णु दाहाल (संस्कृत व्याकरण विज्ञ), पेशल निरौला (उप–प्रा.इतिहास), विनोद अधिकारी (पूर्व सहसचिव), प्रा.डा.सुरेन्द्र केसी (राजनीतिक विष्लेषक, प्रा.डा.भूवदेव त्रिपाठी (व्यवस्थापन विज्ञ, अधिवक्ता बालकृष्ण न्यौपाने (वरिष्ठ कानून व्यवसायी),  प्रा.डा.जनार्दन शर्मा (राजनीति शास्त्र), माधव लम्साल (प्रा. तथा वीर अमरसिं प्रतिष्ठान), चन्द्रबहादुर थापा ‘सागर’ (पूर्व माओवादी लडाकु), भरत बस्नेत (होटेल व्यवसायी), डा.ललन चौधरी (राजनीतिककर्मी), प्रा.डा. शम्भु खनाल, प्रकाश खड्का (क्याम्पस प्रमूख), चेतेन्द्रजंग हिमाली (नागरिकता विज्ञ), डा.बिहारी कृष्ण श्रेष्ठ (बरिस्ठ मानव शास्त्री), भीमसेन महत (रास्ट्रबादी/जागरण अभियन्ता), कृष्णराज कोईराला (रास्ट्रबादी/जागरणअभियन्ता)
२०७३/०७/३०
ई-कोशी डटकमबाट साभार

रहेनन सुनसरी, ईनरुवाका सानेबाबू

Written By खांट्टी कुरा on Thursday, September 22, 2016 | September 22, 2016

मिति २०७३/६/२ गतेका दिन नेपालका एक चर्चित ब्यक्ति दिल बहादुर श्रेष्ठले यो धर्ती छोड्नु भयो । देसको लागी के कस्ता राम्रा कामहरु गर्नु भयो त्यो देस र  ईतिहासले मुल्यांकन गर्नेछ  । स्व.दिल बहादुर श्रेष्ठले नै  सुनसरी जिल्लाको सदरमुकाम 'ईनरुवा'मा राख्न ठुलो भूमिका खेल्नु भएको थियो ।

सामाजिक संजाल फेसबुकमा चर्चित पत्रकार  सुरेस आचार्य लेख्नुहुन्छ 'सुनसरी जिल्लाको लामो समय राजनीतिक क्षेत्रमा प्रतिनिधित्व गरी २०१७ सालदेखि लगातार राष्ट्रिय पंचायत सदस्य (माननीय), मंत्री (स्वास्थ्य, गृह समेत), गाउँफर्क राष्ट्रिय अभियान केन्द्रिय समितिका सदस्य लगायत राज्यका महत्वपूर्ण पदमा रही सेवा गर्नु भएका सानोबाबु देखि सानेबाबू नामले समेत परिचित दिलबहादुर श्रेष्ठ- आफ्नो सक्रिय जीवनभर राजनीतिक माध्यम सामाजिक कार्यमा संलग्न रहनुभएको थियो ।
२०१५ सालको संसदीय आमनिर्वाचनमा नेपाली कॉग्रेसका नेता विपी कोइरालासंग थोरै मतले पराजित भए पछि उहॉ राष्ट्रिय राजनीतिमा उदाउनु भएको थियो । आफ्नो राजनीतिक ध्येयप्राप्तिमा लागिरहने श्रेष्ठ अत्यन्त फरासिला, मिलनसार, रमाइलो मिजाजका सामाजिक रुपमा घुलनशील व्यक्तित्व हुनुका साथै दुर्गा भवानी माता  भगवतीका कट्टर उपासक हुनुहुन्थ्यो' ।

खाँटीकुरा ब्लगका संचालक म जनकमान डंगोलको तर्फबाट पुर्व मन्त्रि तथा समाजसेवी स्व.दिल बहादुर श्रेष्ठ प्रति हार्दिक श्रद्धान्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजनहरुमा समवेदना समेत प्रकट गर्दछु 
















शोकमा डुबेको ईनरुवाबासीले बजार बन्द गरि शोक मनाए

शोकमा डुबेको ईनरुवाबासीले बजार बन्द गरि शोक मनाए
शोकमा डुबेको ईनरुवाबासीले बजार बन्द गरि शोक मनाए 

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger