Latest Post

Showing posts with label गीत. Show all posts
Showing posts with label गीत. Show all posts

गीत:- "यौटा युग पुरुष जन्माएर पठाईदेऊ "

Written By खांट्टी कुरा on Saturday, April 30, 2016 | April 30, 2016


यौटा युग पुरुष जन्माएर पठाईदेऊ
गीतकार: कृष्ण बस्नेत 'भाग्य'
युगौ देखि रोएको यो देशलाई हँसाईदेऊ

यो देशको मुहार हिमाल झैँ हँसाउने
यो देशका धमिरा रसातल भसाउने
जननीको सेवा गर्ने त्यस्तो मानव पठाईदेऊ
उनकै अगुवाईमा सारा युवा खटाईदेऊ

साँचो भुमिपुत्रको खाँचो छ देशलाई आज
तिनकै योजनामा देशमा चलोस राज
हानि चिताउने देशका दुश्मनलाई उठाईदेऊ
युगौ देखि रोएको यो देशलाई हँसाईदेऊ

यौटा युग पुरुष जन्माएर पठाईदेऊ
युगौ देखि रोएको यो देशलाई हँसाईदेऊ

कृष्ण बस्नेत "भाग्य"
रचानामिति:-  २०७१/०५/०६

गीत:- "आफ्नै वशमा हुन्न सँधै आफ्नै मन भए पनि"

Written By खांट्टी कुरा on Tuesday, October 21, 2014 | October 21, 2014

गीतकार: कृष्ण बस्नेत 'भाग्य'

आफ्नै वशमा हुन्न सँधै आफ्नै मन भए पनि

दुइ आत्मा एक कहाँ हुन्छ संगै रहे पनि


भन्नलाई त भनिदिन्छन एकै भयो आत्मा शरीर

वास्तविकता त्यस्तो हुन्न हेर्दै गए कैयौ नजिर

मायाँ भए याद आउछ जति टाढा गए पनि 

आफ्नै वशमा हुन्न सँधै आफ्नै मन भए पनि 


यति ठुलो संसारमा बिचार मिल्नै गाह्रो हुन्छ 

सँधै मन मिल्ने कुरा झनै कति साह्रो हुन्छ 

एउटा सिम्मासम्म न हो सहनशीलले सहे पनि

दुइ आत्मा एक कहाँ हुन्छ संगै रहे पनि


कृष्ण बस्नेत "भाग्य"

रचाना मिति :- २०७१/०६/२९

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger