Latest Post

Showing posts with label कथा. Show all posts
Showing posts with label कथा. Show all posts

लघु कथा: 'बुझाई' र 'सल्लाह'

Written By खांट्टी कुरा on Saturday, November 15, 2014 | November 15, 2014

(कथाकार)
लघु कथा: ‘बुझाई’
कथाकार: जनक मान डंगोल
..
पंचायती सासनको २०३६ साले बहुदल र निर्दलको चुनाव हुनु भन्दा केहि बर्ष अगाबै पुर्ब बाट बसाई सरेर पौडेल बाजे औधोगिक नगरीमा बस्न आई पुगे ।

‘जन पक्षीय’ भन्ने थेगो जनजिब्रोमा बिस्तारै झुण्डीदै थियो । ‘थाहा’ दर्शन बाट प्रभावित भएर अहोरात्र समाज सेवामा लागेका र भूमिगतकालमा भएका नेताहरु समाजमा देखिन डर मानेको प्रतिफल पंचायती वडा चुनावको वडा अध्यक्ष देखि तिनको कामको प्रभावले गर्दा प्रजातन्त्रको दुवै निर्वाचनमा वडाबासीले बिजयी गराई दिए ।

कथित जनयुद्धले चरम रुप लिएको बेला ति पौडेल बाजे माओबादीमा लागेका छन भनेर कोहि कसैले संकाधरी गरेका थिएनन । 


एक रात अन्दाजी रातको ११ बजे तिर छिमेकको ढोका ढकढक्याउन आईपुगे ।
ओहो अध्यक्षज्यु यति राति के काम आई पर्यो त्यस्तो ? छिमेकीले सोधे ।
लौ २५/३० जनालाई आज तपाईले खाना खुवाउनु पर्ने भयो ।
छिमेकीले जवाफ दिए त्यत्रो लाई सकिन्न ।
हैन जसरि पनि खुवाउनु पर्छ नत्र पछी अप्ठ्यारो पर्ला ।
धम्की मिश्रित जवाफले मन नलाई नलाई छिमेकीले खानाको तयारि गरे । खाना तयार भएसी छापामार खान आए त्यो हुलमा मिस्सिएर पौडेल बाजेले भने ‘खै यौटा थाल पाउ’ ।
छिमेकीले सहन नसकेर भने तपाइको घर यहि नजिकै हुँदाहुँदै मेरो घरमा खान खान सरम लाग्नु पर्ने हैन र ?
बढ्ता कुरा नगर्नुस नत्र ?
नत्र के गर्नु हुन्छ ? तर तपाईलाई म मेरो घरमा खाना खान अनुमति छैन ।


राजाले सासन हातमा लिए पछी स्थानीय चुनाब हुने भयो । चुनावको प्रचार प्रसार गर्दै तिनै पौडेल बाजे पुन: गाई चिन्ह लिएर उठे र ‘ल है फेरी सेवा गर्ने मौका दिनुहोस’ भन्दै तिनै छिमेका भोट माग्न आको देखेर छिमेकीले तिनको मुखा पुलुक्क हेरे मात्र तर केहि बोलेनन ।


स्थानीय पंच, त्यस पछी एमालेको सिपाही, माओबादीको स्थानीय नेता हुँदै फेरी पुरानै पंच जस्तै बनेका ति पौडेल बाजे देखेर हिजो आज गाम्घरका मुन्छिले राजनीति भनेको ‘जता मल्खु उतै ढल्कु’ रैछ भनेर बुझ्न थालेका छन ।

.............................................................................................................................................................

लघु कथा : सल्लाह ।
~जनक मान डंगोल 
..
दाई मलेस्या कस्तो छ, मौषम देखि आम्दानी सम्म एकै स्वासमाँ सोध्ने ति मित्रलाई मैले प्रश्नको झटारो छोड़े ..

रक्सी पिउनु हुन्छ ? 
-पिउछु।

चुरोट कत्तिको पिउनु हुन्छ ?
- दीनको एक बट्टा शिखर ।

मौक़ा परे केटी साथी बनाउनु हुन्छ ?
-जीबन भनेको मस्ती गर्ने हो मौक़ा पाये छोडींन्न !

जुवा, चिट्ठामाँ कत्तिको सोख छ ?
समय र धनले साथ दिये सम्म खेलिन्छ ।
..

न्यानो मौषम छ भन्दैमा त्यसो हो भने तपाई ९००/०० रिंगिट ज्यालाको लागि २ लाख दलाललाइ बुझाउदै अनेक दुःख कस्ट सहेर मलेसिया आएर यताकालाई धनि नबनाउनुस ।

'यु हामिल' (सत्य कथा)

Written By खांट्टी कुरा on Friday, October 31, 2014 | October 31, 2014

कथाकार जनक मान डंगोल
असंख्य हुलहरु मध्ये दुब्लो पातलो सरिर ख्याउटे गाला भएको सुदुर पूर्वको सामान्य गाउँ बाट मिठो सपना बोकेर मलेसिया छिरेको नेपाली कामदार जसलाई सबैले केपी भनेर बोलाउने गर्थे ! प्राय आइतवार म दिनको ओटी समेत गर्न जान्थे त्यहि बेला तिनी सिट भेटघाट गफगाफ हुन्थ्यो ! पुरा नाम कृष्ण प्रसाद अनि जातिले क्षेत्री ति मित्रको आसाम तिर पनि प्रसस्त जग्गा जमिन छ रे ! नेपाल घर झापा भएता पनि भारतको आसामे पनि अनि दुवै तिर बसोबास ! 

नेपाल बसाई हुँदाहुँदै भाई साथीको लहलहैमा लागेर नेपाल प्रहरीमा भर्ना भएका रैछन ! माओबादी जनयुद्दको बेला तालिम सकिए पछी कार्यक्षेत्र पनि आफ्नै जिल्ला परेछ ! एक दिन रातको गस्तीमा दोहोरो भिडन्त भएछ ! भिडन्तमा आफ्नै गाउँको मान्छे जो माओबादी छापामार थिए तिनको पनि मृत्यु भएको रैछ ! रातिको अन्धकारमा को दुस्मन को मित्र !

गाउँमा हल्लीखल्ली भएछ ! केपीकै गोलि लागेर मृत्यु भएको भन्ने हल्ला फैलियोरे ! कर्तब्यपरायणमा खटेको हुन भन्ने हेक्का हुँदाहुँदै पनि बिना कारणको आरोप सहन नसकेर जागिर बाट भगौडा भएर मलेसिया हान्निएका रैछन केपी ! 

हप्ताको ६ दिन कामको भिड तर आईतवार बिदाको दिन केपी बिहान देखिनै मातेर हिड्ने ! आराम र फुर्सद हुना साथ हिजोको त्यो दोहोरो भिडन्तको घटना झल्झली सम्झिदा रैछन अनि भुल्ने कसरि भन्दा उही रक्सिको नसा ! 

एकै कारखानामा काम गर्दा रहंदा बस्दा इण्डोनेसियाको केटि 'याती' भन्ने सित जान पहिचान भयो ! जान पहिचान बिस्तारै माया प्रेममा बदलियो ! हुँदा हुँदा दुवै जना एक आर्काको सहारा बिना बाच्न नसक्ने सम्म भएछन ! याती केपीको रक्सि खाने बानि छुटाउन खोज्ने तर केपी छोडन नसक्ने ! यहि निहुँमा झगडा हुँदै धेरै पटक हातहालाहाल सम्मको स्थितिमा पुग्दा रैछन !

सदाझै आइतवार म केपीकै कम्पनिको नजिकको गेटमा डिउटी बसेको थिए ! केटि भाग्दै आई र केपीको साथिलाई च्याप्प समातेर भनिन 'आबांग तोलोंग साया, हारिनी पुन डिया माबु, तेंगो पुकुल साया, सिला तांकाप डिया' (दाई मलाई सहयोग गर्नुस, आज पनि मातेको छ, हेर्नुस मलाई कुटेको, कृपया समाउनुस उसलाई) !

'लोग्ने स्वास्नीको झगडा परालको आगो' भनेझै थियो तिनीहरुको पिरती पनि ! केपी नेपाल जान लाग्यो भनेर थाहा पाउना साथ २ पटक आत्महत्याको प्रयास सम्म गरेकी रैछे केटिले ! सम्झाई बुझाई गरेर थामथुम पारेका रैछन ! प्रेम अन्धो हुन्छ भनेको यस्तै भएर होला त्यहि भएर केपी नेपाल जान सकेन !

कारखानामा गाईगुई हल्ला भयो 'यातीले भुडी बोकिछे भनेर' ! कम्पनि मालिकको मा कुरा पुग्यो ! मालिकले कार्यालयमा बोलाए र सोधे 'यु हामिल ? ( तिमि गर्भवती हो ?) घोसेमुन्टो लाई जवाफ फर्काउन सकिन ! मालिकले कड्किये रिसाए र पुन: सोधे 'यु हामिल, जवाब !

फुंग उडेको अनुहार त्यहि माथि डरले निलोकालो भो, हो भनु कि हैन भनु ! वाक्य फुटेन, आँखा बाट बग्यो टप टप बलेसी र चुहियो मालिकको कार्पेटमा ! मालिकले सोधखोज गर्दा केपीको भन्ने जवाफ पाए ! मालिकले ब्यंग्य कस्दै भने 'बालेक काम्पुंग जागा आनाक गुर्खा' (गाउँ जा र गोर्खालीको बच्चा हेरेर बस अब) !

पहिलाको घटना बिर्सिन खोज्दाखोज्दै आर्को घाउ थपियो ! पैला १/२ क्वाटर ले चित्त बुझाउने मान्छे अहिले ठुलै बोतलका बोतल रित्याउने सम्म भयो ! नेपाल जान मन नगर्ने र उताकाले पनि हार मानेर माया मारेको जस्ता भै सकेको रैछ !

धेरै बर्षको अन्तरालमा एकदिन बजारमा भेटे केपीलाई ! चिन्न नसक्ने भै सकेको रैछ ! भला कुसारी भयो ! अँध्यारो मुख लाउदै भन्यो चाहेर पनि मैले यातीलाई विह गर्न सकिन सर ! हुन पनि हो मलेसियामा बिहा गर्न ठुलै पापड बेल्नु पर्छ त्यै माथि याती परि अर्कै देसको ! मैले भने जे हुनु भै हाल्यो भाई सम्हाल र सक्छौ भने नेपाल हैन आसाम जाउ ! 

एक दिन केपीकै काम गर्ने कम्पनीको साथि भेट भयो ! कुरे कुरामा मैले के छ केपीको हालखबर भाइ भनेर सोधे ! पुलुक्क मेरो मुखमा हेर्दै भन्यो सरलाई थाहा छैन ? मैले भने के कुरा ? उसले भन्यो अघिल्लो महिना केपीले आत्महत्या गर्यो नि ! समुन्द्र घुम्न जाउ भनेर गाको फिट्टू थियो ! नजा भन्दा भन्दै पौडी खेल्न पसेको मान्छे ! निस्किन सकेन वा निस्किन मानेन ! अवाक भए म झल्झली आयो आँखामा केपी र फुंग अनुहार उडेको याती ! 

(पात्रहरु काल्पनिक हुन कोहि कसैको जिबन संग मेल खाएमा संयोग मात्र हुनेछ)

लघुकथा -न्याय

Written By खांट्टी कुरा on Sunday, October 26, 2014 | October 26, 2014

तस्विर साभार: कथाकारको फेसबुक बाट
कथाकार।देव थापा

उसको गोजी बाट उसैको मोबाइल निकाल्न मलाई निकै गारो भयो! एक त उ आफ्नै रगतमा लतपतिएको थियो अनि निर्जीव र फेरी कम्मर भन्दा मुन्तिरको जम्मै अङ्ग क्षतिग्रस्त!
उसलाई पलास्टिक मा पट्टाएर शव वाहन मा हाले पछि मैले जिन्दगीको भरोसा गर्न नै छोडे... हुन पनि एक घण्टा पहिले हामीले संगै खाना खाएका थियौ। बिदेश फापेन उसलाई ।
त्यो दिन कसरी बित्यो मलाई यादै छैन! भोलिपल्ट दिनभर हामी शोकमा थियौं, समवेदना र अपसोचमा थियौँ !
उसको कान्छी श्रीमती को मिसकल झन्डै साठी सत्तरी पुगिसक्याथ्यो मेरो मोबाइल मा! फोन रिसिभ गर्ने हिम्मत जुटिरा थेन! फेरी कसरी एक्कासी सिउँदो पुछ्न भन्नु!
साँझमा त फोन उठाउनै पर्यो!
"खोइ त दुई दिन भै सक्यो , उहाको खबर छैन , कता हुनुहुन्छ ?"
मैले उनको जबाफ नदिएर उल्टै सोधे "अनि खानपिन भयो त हजुरको?"
"हजुर भयो नि, दुईजना छोरीहरू त खाएर निदाई पनि सके....!"
"अनि हजुरको बाबा कता हुनुहुन्छ ? संगै छन्?"
"उँहा संग आए पछि, बाबा त्यति बोल्नु हुन्न म संग.. छोरीहरू संग एक्लै छु म...!"
"सुन्नुहोस्.. अब जसरी हुन्छ बाबा र दाजु भाइ लाई फकाएर दुईटै छोरीहरू लिएर उनको घर जानुहोस्।"
"किन र !!! के भयो उनलाई ?"
"उहाँ हिजो दुर्घटनामा पर्नुभयो.. एक हप्ता भित्र सायद उहाँको लास आइ पूग्छ..." मैले यति भन्नलाई झन्डै पाँच मिनेट लगाएँ!
त्यस पछि उनको रुवाइलाई म बयान गर्न सक्दिनँ।
झन्डै पन्ध्र बिस मिनेट पछि मैले उनलाई निकै संझाएँ!
"हेर्नुहोस् अब घटना घटीसक्यो.. अब नाबालक छोरी हरूलाई सम्हाल्ने जिम्मा हजुरकै हो... जसरी हुन्छ छोरी हरूलाई लिएर उनको घर जानुहोस्।"
"म उहाँको घर जानै मिल्दैन, उहाँको जेठी र परिवार ले मार्छन्!! "रुवाइ अझै थियो आवाजमा !
"छोरी हरू उहाँकै हो भनेर त थाहा छ नि उहाँको परिवार लाई.. नभए पुलिस लिएर भए पनि जानुहोस्.. उनको इन्स्योरेन्सको पैसा हजुरलाई नमिले पनि छोरीहरू लाई मिल्नु पर्ने दबाब दिनुहोस् !"
उनी केही क्षण चुप लागिन र भनिन "यहा कुरा अर्कै छ.. यो दुईजना छोरी हरु उहाँको हैनन्.. उहाँ मेरो बुढाको साथी हुनुहुन्थ्यो .. हाम्रो घरमा उहाँको आवत जावत हुन्थ्यो... र कसरी कसरी हाम्रो प्रेम हुन पूग्यो .. र छोरी सहित मलाई भगाएका हुन!!"
म पूर्णत स्तब्ध भए.. त्यस पछि उनले के के भनिन् र मैले के के भने मलाई न याद छ न वास्ता नै!
भोलिपल्ट । उनलाई व्यक्तिगत रुपमा पठाउने भनेर जम्मा गरेको पैसा हरू मैले साथीहरू को नाम हेर्दै फिर्ता गरिदिएँ! लास नेपाल पूग्ने समय र मिति उनलाई सुनाएँ पछि मोबाइल को सिमकार्ड पनि चेन्ज गरे!
"देव"को अदालतमा कुन्नि कस्तो निर्णय होला तर मेरो अदालतले उसको तेर्हौ दिनमा ... समवेदना भन्न सकेन!

लघुकथा - भक्ति

Written By खांट्टी कुरा on Sunday, October 19, 2014 | October 19, 2014

कथाकार: देव थापा
~देव थापा

उनको धर्म परिवर्तन भएको लगभग तीन साल भयो!
त्यस पछि हाम्रो घरमा चाड पर्व मात्र आए उनी आइनन ! उन्लाई अकस्मात् टिका संग घृणा उत्पन्न भो, जमरा लाई सरापिन, यहाँ सम्म कि मेरो नाम संगै पनि उनको असहमति थियो!
"के नाम होला देव, बोलाउनै अप्ठ्यारो " कैले कैले बाटोमा भेट्दा उनी अप्ठ्यारो बोल्थिन्! म सोच्थे "कुन मन्दिर मा जान्छौ यात्री .......!" एउटा लाई घिन गरेर अर्को लाई पूज्ने कुन वाहियात धर्म रैछ त्यो!
बाबाले दुई बर्ष त तिहारमा कुर्नु भो पर्खिनु भो र रुनु पनि भो तर तेस्रो बर्ष चाहिँ यो घोषणा गर्नुभयो कि "बिचरी बहिनी मरीन!" मलाई पनि उनको खाली निधार देखेर हो जस्तै लाग्यो !
एकदिन ...ड्युटी सिद्धिए पछी मोबाइल हेरेको त बाबाको पन्ध्र मिसकल रहेछ! मैले हतार हतार कल गरे!
बाबाले हतार हतासमा भन्नु भयो उनको छोराको एक्सीडेन्ट भयो रे ! गाउँको अरू साथी पनि लिएर जानु.. पाटन हस्पिटल ! कुनै पनि काम पर्न सक्छ!
मैले बाबालाई नमस्कार भने मनमनै ! बाबा ज्वरोले थलिदा पनि उनको उपस्थिति थिएन तर बाबाको मनले कत्ति मिठो माफी दियो!
हामी दुईचार जना हस्पिटलमा थियौ! उनी एक्लै एमरजेन्सीमा टोलाएर बसेकी रै छिन ! हामी हतार हतार उनै तर्फ दौडियौ ! हामीलाई देखेपछि उनमा पनि अलिक साहस पलायो...
म नजिकै पुगेर उनलाई सोधे हतार र जोडले..
"बिष्णु दाई कता हुनुहुन्छ ?"
उनले आश्चर्य मानिन् "को बिष्णु दाई??"
"हजुरले बिष्णु दाई चिन्नु हुन्न!!!" मैले आश्चर्य सोधे!
"चिन्दिन तँ कसको कुरा गर्दैछस्!!??"
"हजुरको छोरा बिष्णु दाई...!" म जोडैले चिच्याएँ!
उनले हल्का कुटिल हासेर भनिन " एsss सिमसोन्... सिमसोन भन्न त अनि!"

'आस्था' (लघु कथा) !

Written By खांट्टी कुरा on Monday, September 15, 2014 | September 15, 2014

कमरेड लाल सलाम पार्टीको पूर्णकालीन कार्यकर्ताले अभिवादन गर्दै दाहिने हात तेर्स्यायो !

मन नलाई नलाईकन हात मिलाउंदै जवाफ फर्काउदै भन्यो 'लाल सलाम' !

आजको कार्यक्रम थाहा छ हैन ?

प्रश्नको जवाफ फर्काउदै भन्यो थाहा छ !

अनि किन अहिले सम्म यतै देख्छु, कार्यक्रम सुरु हुने बेला भयो त पुन: प्रश्नको झटारो !

सहन सकेन उसले र रिस लाई पूर्ण नियन्त्रणमा राखेर अनुहार साउने बादल बनाउदै भन्यो

म के गर्न लागेको छु अहिले थाहा छ ?

तपाई अहिले कुन ठाउँमा उभिनु भाको छ त्यो पनि थाहा होला !

मैले सयकडा ५ को ऋण काढेर यो ब्यबसाय चलाउदै छु ! मलाई मेरो शुभचिन्तकले ऋण नदिएको भए मेरो अहिले पाटीको बास हुन्थ्यो ! मेरो यो ब्यबसाय हेर्ने म बाहेक अरु कोहि छैन ! मेरो श्रीमती जापानी रोबोट हैनन, घरको धन्दा देखि बच्चा सम्म हुर्काउने जिम्मा उसको छ !

मैले मेरो पेसा लाई लात हानेर पार्टीको कार्यक्रममा भाग लिदै हिड्ने हो भने म पुन: पहिलाकै जस्तै गरि पाटीको बासमा पुग्छु ! मैले जति गर्नु गरि सके अब गर्न सकिदैन ! आस्था र खोक्रो नाराले जनताको त परको कुरा आफ्नै कार्यकर्ताको समेत पेट नभरिने रैछ कमरेड बुझ्नु भयो हैन ?
..
जनक मान डंगोल/janakdangol@gmail.com 
..
मन पर्छ भने खाँटी कुरो लाई लाईक गर्नुहोस !

लघुकथा -फाइदा !

Written By खांट्टी कुरा on Tuesday, August 19, 2014 | August 19, 2014

साढे नौ कप चिया पि'सकेपछी मैले साहुजी लाई अर्को एक कपको अर्डर गरे!

"होइन भाई, गर्मी को मौसम छ अनि त्यस माथि दश कप त भै सक्यो... म अरू चिया बनाउन सक्दिन या भनौ अब नपिउनु होस् !" उनले असमर्थता देखाए आत्मीयता पोतेर! उनी आफन्त झै पो देखिए... हो त्यस पछी चै मैले घर छेउको भट्टी वाल्नी संग बोलचाल र आवत जावत कम गरे! बाइस बाइस गिलास ठर्रा घुट्क्याउँदा पनि कैले ख्याल गरिन... मेरो ज्यानको!

चामलको मही बेच्ने को मन पनि देखियो!
खासमा म उनको प्रतीक्षामा थिए, बाटोमा यसै उभिनु भन्दा पसलमा बस्नु उपयुक्त लाग्यो... फेरी पसलमा यतिकै बस्नु पनि मिलेन.. उनको ढिलाई ले कप को संख्या बढ्दै थ्यो!
झन्डै अफिस टाइम को तीन घन्टा पछाडि उनी निक्लिइन्! मैले मुटुलाई जोरले समाते अनि एकशय साढे पन्ध्र शब्दको प्रेम पत्र निकाले ..जस्लाई परफ्यूमले नुहाएर राखेथे!

उनको नजिक पुग्नु अगावै पछाडि बाट कसैले धाप मार्यो.. "देव जी घर जानु भा'छैन?" प्रश्न सहित !
पछाडि फर्केको त बोस् डाँका ... अनि उनी पनि नजीक आइपुगीन, "सुन्दर कत्ति ढिलो गरेको तिमीले.. अहो! देव जी तपाईँ पनि ?" उनले एकातिर प्रेमील गुनासो अनि म तर्फ आश्चर्य फ्याकिन!

बोस् लाई तिमी संवोधन गरे पछि मैले कुरा बुझिहाले..अनि बोसको प्रेमील माफी अनि चाकान चुकुन के के हो के के.... दिमाग खराब!

प्रेमपत्र सहिद हुन सकेन न विजयी नै, "कति भयो दाई चियाको ?" म उनीहरू संग छुट्टिए की म संग उनीहरू ..यादै भएन!

"अब चियाको त पाँच रुपियाँ हो हजुरले थुप्रै पिउनु हुदोरैछ तीन रुपियाँको हिसाबले ३० दिनुन!" साहुजी फेरी नजिक आए!

जे होस् नाफाको बिस रुपियाँ लिएर ट्याम्पो कुर्न उभिए तर आफ्नै ठेगानको पचासौं ट्याम्पो ओहर दोहर गर्दा पनि मैले चढिन... किन किन!

गाडी हरूको आवत जावत बन्द भए पछि चै म एघार नम्मर गाडीमा थिए.. स्मरण रहोस् , एघार नम्बरको गाडी पनि पासाको भट्टीमा पन्चर भएको!

लघुकथा-मुस्कान !

Written By खांट्टी कुरा on Saturday, August 09, 2014 | August 09, 2014

कथाकार-रवीन्द्र समीर

बूढाबूढी, केटाकेटी तथा गृहणीमात्र रहेकाले राजुलाई गाउँमा बस्न लाज लाग्यो । बेरोजगार भए पनि खेतीपाती गरेर परिवार पालेकै थियो ।
- ‘कस्तो लाछी लाठे रहेछ ! यसो अरबतिर जानु, पैसा कमाउनु !
...
राजुलाई यो वाक्यले बारम्बर ठुँगिरह्यो । त्यसैले ऋण गरेर भए पनि स्थानीय एजेन्टमार्फत् ऊ खाडीतिर लाग्यो ।

मरुभूमिको प्रचण्ड धूप, खाना तथा पानीको कमी, कामको चाप एवं साहुको पेलानबाट राजु निरुत्साहित भयो । उदास भयो । डिप्रेसनको शिकार भयो । उसको मुखमण्डलबाट मुस्कानको लाली सर्लक्क पुछियो ।
श्रीमतीले उसको छायाछवि खोज्दै फोनमा भनी – ‘तपाईं त कस्तो निष्ठुरी ! विदेश गएको दुई वर्ष भयो, एउटा फोटो पनि नपठाउने ?’
पर्वको दिन उसले कामबाट छुट्टी पायो । साथीहरुसँग मिलेर ऊ एउटा ठूलो सपिङ मलमा गयो । यता हेर्‍यो, उता हेर्‍यो । धेरै ठाउँमा सोध्यो । अन्त्यमा फुटपाथमा गएर एक जोर राम्रा कपडा किन्यो ।
पार्श्वमा गगनचुम्बी महलहरु आउनेगरी साथीलाई एउटा फोटो खिच्न लगायो । कपडा चम्किला भए पनि उसको अनुहार औंशीको रातजस्तै थियो ।
- ‘कमसेकम फोटो खिच्ने बेलामा त एकपटक हाँस् !’
यन्त्रमानवले झैँ यन्त्रवत् चिज-हाँसो हाँस्यो, खिसिक्क ।
उसकी श्रीमती फोटो हेरेर दङ्ग परी – ‘आहा ! मेरा श्रीमानले त खुब सुख पाउनुभएको रहेछ विदेशमा । ठूलो सहर, राम्राराम्रा कपडा अनि मीठो मुस्कान… !’
..
https://www.facebook.com/sameer.rabindraबाट साभार !

लोग्ने-स्वास्नीको झगडा परालको आगो !

Written By खांट्टी कुरा on Saturday, July 27, 2013 | July 27, 2013

  • मुसाफिर काका

    झोडादेखी यत्रो साल सँगै बसियो खाइयो तर छेउघरे साइला साँइली झगडा गरेको कहिल्यै सुनेको थिएन । खै कुन्नी किन हो आज बिहानै साइला साइली ठुल्ठुलो स्वरले कराउदै बाझ्दैथियो । त्यो सुनेर छिमेकी बेलबोटे कान्छाले यसो झ्यालको एकछेउबाट चिहाएर हेर्यो । साँइली बलेसिमा खरेटोले बढार्दै फत्फताउदै थीइन । साइलोलाई निक्कै रिस उठेछ क्यार जुरुक्क उठेर साँइलीलाइ घोक्र्याउदै घरभित्र हुलेर भित्रबाट ढोका लायो । यता बेलबोटे कान्छाले सोच्यो ल्या .. अब मार्नेभो साइलाले ।
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger