Latest Post

Showing posts with label आलेख. Show all posts
Showing posts with label आलेख. Show all posts

पद निलम्बित राजा ज्ञानेन्द्रबाट पृथ्बी जयन्तिको पुर्व सन्ध्यामा जारि बिज्ञप्ति

Written By खांट्टी कुरा on Tuesday, January 10, 2017 | January 10, 2017


केहि दिन अगाडी अर्थात पौष ६ गते २०७३ को दिनमा  समसामयिक बिषय तथा राजनीतिक गतिविधिलाई लक्षित गरि पद निलम्बित राजा ज्ञानेन्द्रबाट प्रेश बिज्ञप्ति जारि गर्नासाथ बिदेसिको ईसारामा नाच्ने केहि नेताहरुको न दिनको भोक न रातको निन्द्रा भएको घटना सेलाउन नपाउंदै नेपाल एकिकरणको नायक श्री ५ बडामहाराजाधिराज पृथ्बी नारायण शाहको जयन्तिको १ दिन अगाडी आज रास्ट्रबासीको नाउँमा सम्बोधन गरि बक्सेको छ !
हेर्नुहोस सम्बोधन:
आज प्रकाशित यो बक्तब्य पढे पछी भोलिको विभिन्न मिडियाहरुमा अस्तिकै जस्तै गरि केहि थाने नेताहरु उफ्रिने होलान ! केहिले गच्छेदार स्टाईलमा जेल हाल्छु पनि भन्लान तर राजा भनेको राजा हो भन्नेकुरा ति प्यादाहरुलाई के थाहा !


किन सत्चालीसकाे संविधान ?

Written By खांट्टी कुरा on Tuesday, December 27, 2016 | December 27, 2016

-पीएल सिंह मंगलवार, पुस १२, २०७३
राजनीति ज्वालामुखीजस्तो छ, अहिले नेपालमा । विस्फोट टाढा छैन । तर विदेशी दासत्व र आदेशमा आफूलाई नेपाली जनताका नेता मान्ने वर्तमान राज्य सञ्चालक त्यही सत्ताको क्षणिक न्यानोमा रमाइरहेका छन् ।
विस्फोटको पहिलो निशान आफैं हुने सामान्य ज्ञानसमेत छैन, उनीहरूलाई । अदालत न्याय दिने नाममा आफैंले बोलाएको व्यक्तिलाई संरक्षण दिन सक्षम छैन । न उसमा कुनै दोषभाव देखिन्छ । मुलुक भूगोल र जातीयताको दलदल र द्वन्द्वमा अगाडि बढ्दो छ । यो अवश्यम्भावी छ ।

खासगरी ०६३ को परिवर्तनमा नेपाललाई सामरिकरूपमा नियन्त्रित गर्ने उद्देश्यले यहाँको राजनीति तथा महत्वाकांक्षी र लोभी नेताहरूलाई आफ्नो प्रभावमा राख्न विदेशीहरू सफल भएपछि यो अवस्था आउने नदेख्नु हाम्रो अल्पज्ञान हो । क्रान्ति र अग्रगमनको नारा लगाउँदै १७ हजार नेपालीको ज्यान लिने माओवादीको असली पहिचान अब जनताका आँखाअगाडि निर्वस्त्र तेर्सिएको छ ।

जनता, राजा र राजनीतिक दलहरू मिलेर ल्याएको संविधान तथा उत्कृष्ट संवैधानिक व्यवस्थालाई आतंकवादको परिचालनद्वारा भत्काउन भारत सफल रह्यो । नेपाली कांग्रेस र एमालेले माओवादी प्रयोग भएको त्यो गेमप्लानमा दासत्वपूर्ण सहायक भूमिका खेले । त्यो भूमिकालाई प्रत्यक्ष या सार्वजनिक रूपमा अनुचित भन्न सक्ने नैतिक हैसियत यी नेताहरूमा अब छैन । नेताहरूसँग ०४७ को संविधानलाई भत्काउन लागिपरेका आईएनजीओहरूले पनि ठूला सञ्जाल बनाएका छन्, लोभी र राष्ट्रघातीहरूको ।

विगत केही समययता मैले नेपालका ग्रामीण इलाकाहरूको भ्रमण गरेको छु । सिलसिला जारी छ । रोल्पा रुकुमदेखि मनाङ अनि तराई क्षेत्रसम्मको यात्रामा जनताका जीवनस्तरको अनि राजनीतिज्ञप्रतिको घृणाबारे प्रत्यक्ष अनुभव भयो मलाई । सुदूरपश्चिमका सात जिल्लाबाहेक अन्य सबै जिल्लामा टेकेको, यहाँका जनतासँग अन्तरसंवाद गरेको र उनीहरूका कुरा सुनेको आधारमा केही तथ्य यहाँ राखेको छु ।

हिजो जसको खुट्टामा चप्पल या जुत्ता थिएन या जसको शरीरमा कपडा थिएन, आज त्यो छ । सामान्य व्यक्तिहरू पनि जुत्ता, चप्पल खासगरी चीन र भारतमा उत्पादित कपडा लगाउने हैसियतमा पुगेका छन् । औसत आयु ६७ वर्ष पुगेको छ नेपालीको । तर सम्मान दिनलायक नेताहरू पाउन छोडे उनीहरूले ।
‘राजनीतिक दलका प्रायः सबै नेताहरू व्यापारी, लगानीकर्ता, नाफाखोर र कमिसन एजेन्ट हुन्' राजनीतिक रूपमा सचेत हरेक व्यक्तिले त्यसो भन्न थालेका छन् । कारण, पार्टी-पार्टीका र नेता-नेताका स्कुल, कलेज र अस्पतालहरू छन् । साना-ठूला सरकारी ठेक्कापट्टामा दलीय भागबन्डा छ र सम्बन्धित मन्त्रीहरूले कमिसन लिन्छन् भन्ने चर्चासँगै मान्यता सर्वत्र छ ।

अर्को विगत २० वर्षमा स्थानीय निकायको निर्वाचन नभए पनि त्यहाँ स्थानीय विकासका नाममा सरकारी बजेटको आपूर्ति निरन्तर भइरहेको छ । सत्तामा रहेका तीन÷चारवटा दलले आफ्ना कार्यकर्तालाई त्यो रकमको जिम्मा दिएर स्थानीय विकास रकमलाई विकासमा भन्दा आफ्नो खल्ती भर्न प्रयोग गरेका छन् । अर्को शब्दमा भ्रष्टाचारले अन्यत्र पारदर्शी र विकेन्द्रीकृत स्वरूप पाएको छ ।

अर्थात् अहिले केन्द्रीय स्तरका नेता मात्र हैन, १० वर्षपछि गाउँ तहबाट उठेर आउने सम्भावित नेतृत्वले पनि भ्रष्टाचारमा व्यावहारिक तालिमसँगै मुनाफा पनि कमाएका छन् । त्यसैले हामी सबै मिलेर सोच्नुपर्ने बेला आएको छ र १० वर्षपछिको नेपाल आजको भन्दा राम्रो कसरी बनाउने ? त्यसको लागि बाहिरबाट सञ्चालित नेतृत्व वर्ग र आईएनजीओ तथा तिनीहरूको सञ्जाललाई जवाफदेही बनाउनैपर्छ ।

आशा गर्ने अवस्था कम छ, यद्यपि जनता सबल र सक्रिय भए त्यो सहज हुन्छ । हाम्रो प्रयास र गल्तीबाट सिक्ने अठोटले परिस्थितिलाई उचित दिशा दिन र अपेक्षित नीतिमा ल्याउन सकिन्छ । ०४७ को संविधानको पुनस्र्थापना अभियान त्यही उद्देश्यबाट अभिप्रेरित छ, किनकि साँचो अर्थमा मेलमिलापमा आधारित संविधान थियो त्यो ।

पृथ्वीनारायण शाहबाट जंगबहादुरसम्म आइपुग्दा युद्ध र अस्थिरताको युग थियो । औपनिवेशिक विस्तारको क्रम जारी थियो छिमेकमा । आन्तरिक कलह र महात्वाकांक्षा हासिल गर्न नेपाली राजनीतिको वर्चश्वपूर्ण पक्ष बन्यो त्यसताका । स्वाभाविक हो, वंशवादमा निषेधको राजनीति एउटा महत्वपूर्ण पक्ष बन्न जान्छ ।
१०४ वर्षीय राणाशासन विश्वका अधिकांश भागसँगै दक्षिण एसियाको उपनिवेशनबाट मुक्तिकै क्रममा समाप्त भयो । नेपालमा पनि प्रजातन्त्र स्थापना सहमति भयो । यद्यपि लामो संघर्षपछि स्वतन्त्र बनेको भारतले स्वतन्त्र नेपालमा राजनीतिक संयन्त्र र सम्भावित नेतृत्वमा लगानी गर्ने साम्राज्यवादी नीतिलाई नै निरन्तरता दियो ।

मैले पहिला पनि लेखिसकेकी छु- नेपालमा प्रजातन्त्र स्थापना र राणाशासन अन्त्यको लागि यहीँको माटोप्रतिको बफादारीसहित जन्मिएको र संघर्षको नेतृत्वको थालनी गरेको नेपाल प्रजा परिषद्ले भरतीय वर्चस्व स्विकार्दैन भन्ने बुझेरै भारतको मध्यस्थतामा नेपाली कांग्रेस÷नेपाली राष्ट्रिय कांग्रेससँग सहकार्य गर्न थाल्यो र पछि विलय भयो ।

अर्थात् नेपाली कांग्रेस या कम्युनिस्ट पार्टी स्थापनामा कुनै न कुनै रूपमा भारतीय संस्थापनको चासो र स्वार्थ मिसिएको छ । ००७ सालमा उसैको मध्यस्थतामा राणाशासनको अन्त्य हुनु र त्यसपछि नेपाली प्रशासनमा भारतीयको उपस्थिति त्यसको प्रमाण थियो ।
००७ साल, ०१७, ०३६ साल हुँदै अगाडि बढेको नेपाली राजनीतिमा ०४६ साल साँच्चिकै एउटा फरक, गौरवपूर्ण र उपलब्धिमूलक अध्याय थियो । यसअघि नेपालको कुनै न कुनै पक्ष निषेधको सिकार बन्दै आएका थिए, नेपाली राजनीतिमा ।

तर ०४६ सालमा राजनीतिक दलहरूमा निषेध गर्नु हुन्न भन्ने विवेकसम्मत निर्णयमा राजा पुगे । संवैधानिक राजतन्त्र र राजनीतिक दलहरूबीचको सहकार्यले मुलुकलाई स्वतन्त्र, सम्मानित बनाउँछ, स्थायित्व दिन्छ भन्नेमा राष्ट्रिय दलहरू पुगे । जनताले आन्दोलनमार्फत त्यसलाई अनुमोदन गरे ।

त्यो स्पिरिटलाई किसुनजीको नेतृत्वमा निर्मित सर्वपक्षीय संविधानले वैधानिकता प्रदान गर्‍यो । चाक्सीबारीमा गणेशमान सिंहको नेतृत्वमा भएको भेलामा भारतीय नेताहरूको उपस्थिति एउटा नैतिक समर्थनमा सीमित थियो । ००७ सालमा दिल्लीमा भएको मध्यस्थताको ग्रहणबाट नेपाल पूर्णरूपमा मुक्त भएको कदम थियो, ०४७ को संविधान ।

तर क्रान्तिको कोखबाट सधैं ‘क्रान्तिकारी' जन्मिदैनन् । त्यसले दलालहरू पनि जन्माउँछ । यो हाम्रो अनुभव र भोगाइ हो । ०४६ को आन्दोलन र ०४७ को संविधानले स्थापित गरेको मेलमिलापमा आधारित, निषेधको राजनीतिको त्यागबाट जन्मिएको व्यवस्था र त्यसबाट गुमेको दिल्लीको वर्चश्वलाई पुनस्र्थापना गर्न माओवादी विशेष रूपमा र नेतृत्व गोटी बन्यो, त्यसको पाँच वर्षमै सशस्त्र आन्दोलन सुरु गरेर ।
सत्चालीस सालको संविधान पुनस्थापनाअभियानलाई एउटा संविधानको पुनस्र्थापना, संवैधानिक राजतन्त्रको स्थापना या शासकीय व्यवस्थाको स्थापनाको साँघुरो प्रिज्मबाट हेर्नु सर्वथा गलत हुनेछ ।
नेपालीलाई मार्नुलाई नै क्रान्ति मानियो । भारतको मध्यस्थतामा तिनै क्रान्तिकारीको ‘वर्चश्व' स्थापित भएपछि २०६३ मा र अहिले त्यसको नाइके प्रधानमन्त्री भएपछि भारतले फेरि विजयी ठानेको छ नेपालमा आफूलाई । माओवादीले नेपाली जनतालाई हैन, हालको लागि भारत र आईएनजीओको हितलाई प्रतिनिधित्व गर्छ ।

०४७ सालको संविधान पुनस्र्थापना अभियानलाई एउटा संविधानको पुनस्र्थापना, संवैधानिक राजतन्त्रको स्थापना या शासकीय व्यवस्थाको स्थापनाको साँघुरो प्रिज्मबाट हेर्नु गलत हुनेछ । यो समग्र राष्ट्रियतासँगै सार्वभौमसत्ताको पक्षमा र नेपाली राजनीति सञ्चालनको अभिभारा नेपाली जनताबीच ल्याउने राष्ट्रिय संकल्पबाट सञ्चालित अभियान हो ।

यसको सफलताले राजनीतिबाट दलाल शक्ति र नेतृत्वलाई विस्थापित गरी जनताको शासनलाई सुनिश्चित गर्नेछ । नेपाली इतिहास, राजनीति, संस्कृति र राजनीतिक दलहरू एकअर्काको पूरक बन्नेछन् । राष्ट्रिय स्वाभिमान र सार्वभौमसत्तामाथि अनि संविधानवादविरुद्ध यदाकदा षड्यन्त्र भएमा न्यायपालिका या सर्वोच्च अदालतले छेकवार गर्ला कि भन्ने आशा पनि अब विस्तारै हराउँदै गएको छ ।

हिजो पञ्चायती निरंकुशकालमा पनि सर्वोच्च न्यायालयले नेपाली कांग्रेससँग आबद्ध नेपाल विद्यार्थी संघलाई मुलुकभित्र राजनीति गर्न वैधानिक हैसियत प्रदान गरेको थियो । त्यस्तै २०४७ को संविधानपछि टनकपुर मामिलामा सर्वोच्च अदालतले नेपाल र भारतबीच प्रधानमन्त्री तहमा भएको समझदारीको स्वतन्त्र र न्यायसंगत व्याख्या गरेपछि त्यसलाई परिमार्जन गर्न भारत सरकार बाध्य भएको थियो ।

के अहिले दलीय आवरणभित्र कस्सिँदै गएको सर्वोच्च अदालतबाट सरकार या नेताहरूले देशघाती र संविधानविरोधी काम गरेमा उनीहरू दण्डित हुने अपेक्षा गर्न सकिएला ? क्रान्तिकारीको नाममा दलाल नेतृत्व जन्मिएजस्तै २०४७ को संविधान खानेहरूबाट मुलुकको स्वतन्त्रता, सार्वभौम हैसियत र राष्ट्रियता संरक्षित होला भनी सोच्नु मूर्खता हुनेछ अहिले ।

महत्वाकांक्षी गैरजवाफदेही राजनीतिमा न्यायपालिका स्वतन्त्र रहन सक्दैन, अहिले त्यही भएको छ । तर मुख्य मुद्दा हो- २००७ यता प्रजातन्त्रसँगै भित्रिएको बाह्य हस्तक्षेपलाई समाप्त गरी राष्ट्रिय सम्मान र स्वार्थ बोकेको ०४७ को संविधान फिर्ता ल्याउनु हाम्रो दायित्व हो । निषेधको राजनीति अन्त्य गरी सबैबीच सहकार्यलाई राष्ट्रिय दायित्व बनाएको थियो, त्यो संविधानले ।

त्यो सहवासमा राजा, जनता र राजनीतिक दल सबै सामेल थिए । राजाले ३० वर्ष दलहरूमाथिको निषेधपूर्ण व्यवहार समाप्त गरेका थिए । ०६३ को आन्दोलनपछि दिल्लीको मध्यस्थतामा माओवादीको अगुवाइमा त्यही निषेधको राजनीति पुनस्र्थापित भएको छ । राजा र अन्य फरक मतका शक्तिलाई निषेध गरियो यसपटक ।
‘आँखाको साटो आँखा' मा आधारित जंगली सिद्धान्त नेपालको वर्तमान राजनीतिको प्राण बनेको छ । त्यसलाई विदेशी र दाताहरूले अनुमोदन गरेका छन् । निषेधको राजनीतिले विदेशी हस्तक्षेपको वातावरण बनाउँछ । त्यो हस्तक्षेपको अन्त्य हाम्रो अभियानको लक्ष्य हो ।
(अन्नपूर्ण पोस्टबाट साभार)

गणतन्त्रे नेताहरुको हुंकार भनेको चियाको तुफान जस्तै हो

Written By खांट्टी कुरा on Thursday, December 22, 2016 | December 22, 2016


ताबेदारी गर्नु नै थियो भने पटक पटक आन्दोलन गरेर ब्यबस्था परिवर्तन किन गरियो ?

Written By खांट्टी कुरा on Wednesday, December 21, 2016 | December 21, 2016



-जनकमान डंगोल
अकबर बादशाह कहिलेकाही बहुलट्ठीपाराको हर्कत गर्थे ।  एक दिन आफ्नै पिसाब फेरेर एउटा भाँडामा राखेछन । सदाझै  बिरबल मन्त्रि राजाको दर्शनभेटमा गाएको बेलामा माथि दरबारको बार्दलीबाट बीरबल मन्त्रीको टाउकोमा पिशाव खन्याईदिएछन ।

बीरबलले टाउकोमा के पोखियो भनेर हातले छामेछन । ठुस्स पिशाव गनायेछ । मास्तिर फर्केर हेर्दा बादशाह अकबर्लाई देखे  बडो अदबले बादशाहलाई झुकेर दर्शन सर्खार भनेछन

ओह्हो बीरबल हिजो भर्खर सेवकले तेल ल्याएका थिए । पोखिएर तिम्रो टाउकोमा पर्यो भनेर सफेद झुठ बोलेछन । बीरबल मन्त्रीले पनि हो र सर्खार भनेर भनेछन तर र बादशाहको अगाडी जवाफ फर्काउने हिम्मत भने गरेनन ।

छयालीस साल भन्दा अगाडी सम्म देसमा राजानै सर्वेसर्वा हुन्थे । राजासंग जवाफ फर्काउने हिम्मत कोहिकसैले पनि गर्दैन थिए । राजाको खिलाफ जनता भड्काएर कांग्रेस कम्युनिस्ट पार्टीका नेताहरुले आन्दोलन गराएर देसमा जनताको शासन लागु गराए ।

जनताको शासन नाम मात्रको देखियो । नेताहरु अकबरे बादशाह झैँ बनेका छन । आफ्ना कार्यकर्ताहरुलाई बाङ्गो रुख देखाएर  ‘आहा क्या सिधा रुख’ भन्दा कार्यकर्ताहरु तालि पड्काएर हो हो भनेर भन्छन ।

राजाले निरंकुश नै सहि तर तर जनताको टाउकोमा पिशाब छर्ने काम कहिले पनि गरेनन तर नेताहरुले अकबरे बादशाहझैँ आफ्ना कार्यकर्ताको टाउकोमा पिशाब खन्याई दिए भने पनि प्रतिकारको त परको कुरा जवाफधरी फर्काउने हीम्मत गर्दैनन् । बरु उल्टै हाम्रो नेताले हामिहरुलाई माया गरेर हाम्रो टाउकोमा अत्तर छर्कीदियो भनेर हल्ला गर्दै हिडन बेर लाउदैनन ।

के यस्तै गर्न भनेर २०४६ सालमा प्रजातन्त्र अझ त्यतिले पनि नपुगेर २०६४ सालमा गणतन्त्र ल्याएका हुन ? ठिक लाई ठिक र बेथिक्लाई बेठिक भन्न सक्दैनौ र ताबेदारी प्रथानै ठिक भनेर भन्ने हो भने नेपालमा राणाहरुले चलाएको जहानियाँ शासन नै ठिक भनेर किन नभन्ने ?

नेपाले नेताहरु राजनीति देखि कुटनीतिमा जिरो रेछन’

Written By खांट्टी कुरा on Sunday, December 18, 2016 | December 18, 2016


-जनकमान डंगोल
केहि दिन देखि एमालेका नेताहरुले सत्य र खाँट्टी कुरो गर्न थालेका छन नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले संघीयता स्वीकार गरेर एमालेले गल्ती गरेको बताएका छन् भन्नेकुरा त्यसैको एउटा छनक हो भन्ने महसुस हुन्छ  

एमाले निकट युवा संघ नेपालले आइतबार राजधानीको हार्दिक होटलमा गरेको कार्यक्रममा गौतमले हामिले कुरा नबुझेर संघीयतामा गएका रैछौ यसमा हाम्रो पार्टी एमालेले गल्ति गरेकै हो माओवादी र मधेसवादी दलहरुले संघीयताको कुरा उठाएका थिए । हामीले नबुझेर त्यसलाइृ स्वीकार गरेर हामीले भयङ्कर गल्ति गर्यौं । अब हामीले गल्ती स्वीकार गर्नुपर्छ

२०६४ सालमा मधेसी जनाधिकार फोरमको नाउँमा उपेन्द्र यादवहरुले मधेस आन्दोलनका नाममा तराईमा पहाडीया लेखेट्ने काम सुरु भएपछि देशलाई द्वन्द्वमा जानबाट रोक्न एमालेले संघीयतालाई दबाबमा स्वीकार गरेको भनेर एमाले नेता क.बामदेव बताउदैछन

त्यसबेला संघीयताका विषयमा पार्टीमा समेत कुनै बहस र छलफल नभएको खुलासा गर्दै कमरेड माधव नेपालजी छलफलका लागि जानु भएको थियो, तत्कालीन कांग्रेस  सभापति स्व. गिरिजाप्रसाद कोइरालाले संघीयताका पक्षमा सहमति गर्न बाध्य भइयो भनेर भन्नुभयो

नेपालमा चलेको एउटा उखान छ ‘हगी सके पछी दैलो देख्यो’ भन्ने र त्यो उखानलाई एमाले पार्टीका नेताहरुले चरितार्थ पारेर देखाई दिएका छन

जनताको लागी राजनीति गरेका हौ भनेर भन्न नछाड्ने एमाले पार्टीका नेताहरुले हिजो पंचायती शासनकालमा लाल पुस्तक घोक्ने र घोकाउने बाहेक अन्य कुनै काम गरेका रैनछन भन्ने कुरा आज आएर पुस्टि भएको छ
‘घोकन्ति विधा धावान्ति खेति’ कहिले पनि सफल हुन्न भन्न जानेका भए र राजनीतिमा दुर दृस्टी राख्ने क्षमता भई दिएको भए देसको आज यो दुर्गति पक्कै पनि हुँदैनथियो

पटकपटक देसको ठुला मन्त्रि पदमा आसिन भए व्यक्ति हुन एमाले नेता बामदेव गौतम तर जिन्दाबाद र मुर्दाबाद भन्न बाहेक अरुय केहि पनि जानेका रैनछन क.बामदेव गौतमले अहिले आएर बोलेको कुराले त्यस्तै पुस्टि गर्छ

नेपाल जस्तो बहु भाषा, बहु सांस्कृतिक र भूगोलको हिसाबले हिमाल, पहाड र तराई भएको ईलाकामा कुरै नबुझिकन पहिचान र संघियताको नाउँमा देशलाई १४ प्रदेस बनाउनु पर्छ १४ नभए पनि १० म्प्रदेस सम्म बनाउनु पर्छ भनेर हिजो एमालेका नेताहरु कुर्लेका थिए

२०४६ साल पछी नेपालका नेताहरु आफ्ना स्वविवेकले हैन बिदेसिको ईसारामा चल्छन  र जनतालाई भ्रमित बनाउने बाहेकका अन्य कुनै काम गर्दैनन् राजनीती देखि कुटनीतिमा सुन्य रहेका नेताहरु हुन्जेल न त देस बन्छ न त जनताले सुखनै पाउछन यस्तै पाराले चल्दै गएमा देस कुनै बेलाको स्वतन्त्र देस  सिक्किम पछी गएर भारतको कुनै एउटा प्रान्त भएझैँ नहोला भनेर भन्न सकिन्न

देसको आफ्नै माटो सुहाउँदो पंचायती ब्यबस्था बिरुद्ध किन लागेका रैछन भन्ने कुरा आज आएर प्रस्ट भै सकेको अबस्थामा अब पनि नेपालको जनताहरुले यिनै पार्टी र यिनै पार्टीका नेताहरु पछी लाग्नु भनेको आफ्नै खुट्टामा आफैले बन्चरो हान्नु हो
‘बेलैमा चेतना भया’

रामकुमारी झाँकीले भनिन ‘थुक्क साला’

Written By खांट्टी कुरा on Thursday, December 01, 2016 | December 01, 2016

-जनकमान डंगोल 

एमाले सिपाही राम कुमारी झाँक्रीको बारेमा फूलबुट्टा भरेर परिचय दिनु पर्ने कुनै जरुरत छैन ! झाँक्रीले बिधार्यी जीवन देखिनै  नेपाल कम्युनिस्ट पार्टी एमालेको खाँटी सिपाही बनेर आफुलाई प्रस्तुत गर्दै आएकी  थिइन ।

जनता मस्त निदाएको समयपारि मध्यरातमा प्रचण्ड सरकारले संबिधान संसोधनको प्रस्ताब संसदमा दर्ता गरायो ! यसैबाट   गणतन्त्र नेपालमा किन र केको लागी नेपालमा हुलिएको रैछ भनेर अनुमान गर्न सकिन्छ साथौ सबैलाई जानकारी पनि होला गणतन्त्रको घोषणा पनि मध्य रातमा गरेका थिए ।

नेपालमा संबिधान त्यो पनि दुई पटक संबिधान सभाको चुनाव गरेर बनाए तर आज सम्म पूर्ण रुपमा लागु भएर जनता माझ आएको छैन । देस र जनताको लागी बनाएको संबिधान भएपो खुसिसाथ सबै मिलेर तालि पिटेर स्वागत गर्थे ।

संबिधान नेपालमा ‘कसैलाई के नपुग्ने, कसैलाई के नपुग्ने भाग लगाउंदै गरेको मासुको बिलो (भाग) जस्तै हुन पुगेको छ’ । त्यसै सिलसिलामा नचाहँदा नचाहँदा पनि प्रधानमन्त्री प्रचण्डले संसदमा संबिधान संसोधनको प्रस्ताव दर्ता गरेको खबर मिडियामा आउना साथ ने.क.पा एमालेको युवा नेत्री रामकुमारी झाँक्रीले सामाजिक संजाल twitter मा पोस्ट गरेकी twitt ले सामाजिक संजाल देखि मिडियामा एउटा छुट्टै तरंग ल्याई दिएको छ ।
हाम्रो देसमा नारीहरुलाई सहनसिलताको प्रतिमूर्ति भनेर पुजिन्छ भने नारिको बारेमा अरु व्याख्या गर्नु थप जरुरि भएन । राजनीतिक पार्टीमा एमाले पार्टी भनेको देसको सबै भन्दा अनुशासित पार्टी हो भनेर भन्ने गरिन्छ तर अनुशासनको परिधि भित्र के के पर्ने रैछ त ? प्रश्न पक्कै पनि उठ्ला ।

झाँक्री बिधार्थी जीवन देखिनै जुझारु नेत्री हुन भने जनजाति अथात मगर समुदायकी चेली हुन ।  गुरुङ मगर जस्ता सोझा र सिधा जातिका चेलीको मुखबाट यस्तो अस्लिल शब्द प्रकट हुनु आउँदो पुस्ताको लागी शुभ संकेत भने पक्कै पनि हैन । 

नेताहरु ब्यापारी हुन र व्यापारीको काम भनेको नाफा खोज्नु र हेर्नु हो ।  नेताहरुको आसेपासेलाई कार्यकर्ता भन्ने जलप लेपन गरिएको छ भने झाँक्री पनि जलप लेपन गरिएकी  एमाले पार्टीका कार्यकर्ता मात्र हुन ।

जंगे सैलिमा आफ्ना कार्यकर्तालाई सात खत माफी दिने ह्याउ राख्छन प्राय सबै पार्टीका नेताहरु ।  कार्यकर्ताहरु आफु अनुसरण हिंडेका छन कि छैनन भन्ने जांच पड्ताल गर्दैनन ।  यदि गरेका हुन्थे भने आफ्ना कार्यकर्ताहरुको मुखबाट यस्तो अस्लिल र अभद्र शब्द पक्कै पनि निस्किदैन थियो होला ।

आउनु भयो, गर्नु भयो, भन्नु भयो भन्ने जस्ता चिप्ले भाषा बोल्न सिकाउने बामपन्थी पार्टी एमालेका नेताहरुका हनुमानहरुले गुण्डा भाषा पनि बोल्न जानेका रैछन र त्यस्ता भाषामा पोख्त भएसी भोलि त्यहि भाषामा PHD गर्न पाउनु पर्छ भने माग पनि पक्कै राख्लान ।
..
२०७३/०८/१६


खबरदार !

Written By खांट्टी कुरा on Sunday, November 06, 2016 | November 06, 2016

-जनकमान डंगोल 
जुन दिनबाट म सामाजिक संजालहरुमा आबद्ध भए मैले त्यसै दिन देखि #जयपंचायत को नारा लगाउन सुरु गरेको हु !
मेरो आँखा अहिले सम्म सद्धे छ ! दिमाग पनि सहि र सद्धे छ ! मैले आज सम्म कुनै पार्टीको झण्डा बोकेर 'हाम्रो पार्टी जिन्दाबाद, तिम्रा पार्टी मुर्दाबाद' भनेर नारा लगाउदै हिडेको छैन र हिड्ने पक्षमा पनि छैन !
म नेपाली हु र मलाई नेपाली भनेर चिनाएको अहिलेका कांग्रेस तथा कम्युनिस्ट देखि अन्य छूट भैय पार्टीले हैन त्यसैले,
..
जन समुदायको सेवा गर्ने
यहि प्रतिज्ञा लीई मनमा
राजाको सिन्दुर लगाई
आउदैछ कोहि ढोकामा
लौ बोलौ मन खोलौ
यो सुनौलो बेला मौकामा
..
भन्दै देस र समाजको खातिर गीत गाको मुन्छे म ! राम्रो संग नजिकबाट देखेको छु नेपालको नेताहरु र तिनीहरुको चरित्र !
पंचायत ब्यबस्था अहिले सम्म भएको भए काठमान्डौ खाल्डो देखि देसको ठुला ठुला शहरहरुमा हिजो पाउरोटी चप्पल लाउने हैसियत नभएकाहरुको महल पक्कै पनि ठडिने थिएन !
पोईसो रुखमा फल्दैन ! सजिलो पोईसो कमाउने भनेको दलाली देखि चाटुकारिता गरेर हो जुन २०४६ साल पछी ठडिएको महल, तिनका सन्तानको विदेशको पढाइ र विलासिताको गाडी देखि ब्यांक ब्यालेन्सले पुस्टि गरेको छैन भनेर भन्न सक्ने कोहि छ ?
देस कसैको बाउको बिर्ता पनि हैन न आमाको दाईजो हो ! जनता भेडा छन भनेर मक्ख नपरे हुन्छ ! जुन दिन जनता जागेर बाटो ढाक्छन त्यो दिन नेपालको नेताहरुको हबिगत के हुने हो त्यतिखेर देख्लान र भोग्लान !

बिदेसीको खेतालाहरु नेपालको धर्म र संस्कृति माथी तिब्र प्रहार गर्दैछन

Written By खांट्टी कुरा on Friday, October 14, 2016 | October 14, 2016

जनकमान डंगोल
..
नेपाली हिन्दु पात्रो अनुसार आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म १० दिन पूजापाठ, व्रत र उत्सवका साथ मनाइने चाड भएको हुनाले यसलाई दसैँ वा विजया दशमीका नामले पनि चिनिन्छ । 

हिन्दु चन्द्र मासिक पञ्चाङ्ग गणनाको तिथि अनुसार पर्ने भएकाले नेपाली चाडहरू निश्चित गते र तारिखमा नपर्ने समेत भएको हुनाले दसैँ पनि अङ्ग्रेजी वा ग्रेगरियन क्यालेण्डर अनुसार सेप्टेम्बर महिनाको अन्त्यदेखि अक्टोबर महिनाको मध्य बिचमा पर्दछ । 

दसैँ आश्विन शुक्ल प्रतिपदाका दिनदेखि सुरु हुन्छ र यो पहिलो दिनलाई घटस्थापना भनिन्छ। दसैँ प्रतिपदा घटस्थापनादेखि पूर्णिमा (कोजाग्रत) सम्म १५ दिनको हुने भएता पनि पहिलो ९ दिनलाई नवरात्रि र दसौँ दिनलाई दशमी वा दसैँ भनिन्छ  यो तिथिमा माता दुर्गाले महिषासुर नामक दैत्यलाई तथा भगवान् श्री रामचन्द्रले रावणलाई वध गरेर मानवजातिको कल्याण गरेको भन्ने किंवदन्ती समेत छ । प्रतिपदा (घटस्थापना), सप्तमी (फूलपाती), महाअष्टमी, (कालरात्री), महानवमी, विजयादशमी, र पूर्णिमा (कोजाग्रत) दसैँका प्रमुख तिथिहरू हुन् ।

नेपाल बहुभाषिक, बहु सांस्कृतिक तथा विभिन्न भेषभुषाधारी बस्नेहरुको देस हो र यहाँ सबै जाति, धर्म तथा सांस्कृतिक चाडबाडलाई अत्यन्त हर्षोल्लासको साथ मनाईन्छ तर बिडम्बनाको कुरा केहि बर्ष देखि सुन्दर शान्त देस भनेर चिनिएको हाम्रो देस नेपालको चाडपर्व देखि भाषा, भेषभुषा, संस्कृतिमा बिदेसी खराव तत्वहरुले नजर लगाउंदै मास्न भनेर कम्बर कसेर लागेको देखिदैछ ।


संस्कृत भाषामा एउटा कथनी छ घरके भेदी लंका ढहाए। चर्चित कथा रामायणको पात्र राबणको आफ्नै सहोदर भाई बिभिषणले आफ्नै देसको गुप्त सूचना सत्रु रामलाई दिए पश्चात राबण स्वर्ण नगरी लंकामा चढाइ गरेर रामले बिजयी प्राप्त गर्न सफल भयो । रामको बाणले सख्त घाईते भै मृत्यु हुनु पुर्व केहि समय अगाडी लंकापति राबणको मुखबाट प्रस्फुटन भएको वाक्य हो  घरके भेदी लंका ढहाए


जनताको नासो जनतालाई नै बुझाएको छु भनेर अन्तिम राजा ज्ञानेन्द्र शाहले राजतन्त्रको निशानी राजदण्डमुकुट अर्थात श्रीपेच नेपाल सरकारलाई जिम्मा लगाएर राजदरबार छाडे । जुन दिन बाट राजाले राजगद्धी छाडे त्यो दिन देखि नेपालको धर्म र संस्कृति, भाषा तथा भेषभुषामा बिदेसी तत्वहरुबाट चरम रुपमा खुल्लमखुल्ला हमला हुन थाल्यो ।

क्रान्ति गरेर देसमा अमुल परिवर्तन ल्याउने सपना देखाएर १२ बर्ष सम्म कथित जनयुद्ध लडेका माओबादि नामका उग्र बामपन्थी कम्युनिस्टहरु २०६४ साल पछी पटकटक सत्ताको शिखर चढ्न सफल भए । सत्तामा पुग्नासाथ नेपालको संस्कृति माथि पहिलो हमला बोल्दै प्रचण्ड सरकारको अर्थमन्त्री बाबुराम भटराईले ईन्द्रजात्रा तथा कुमारी संस्कृतिको पुजा खर्च रोकेर राजधानीबासीको कोपभाजनको सिकार बन्न पुगे । उग्र बिरोध कारणले गर्दा तत्कालिन अर्थ मन्त्रि बाबुराम भटराईको निर्णय २४ घण्टा पनि टिकेन । निर्णय फिर्ता लिन बाध्य भए । माओबादी जनयुद्ध पश्चिमा ईसाईहरुको ईसारामा चलेको हो भन्ने यो भन्दा दरिलो प्रमाण अरु के हुन्छ ।

पौने तिन करोड नेपाली बस्ने देसमा हिन्दु तथा ओमकार धर्म मान्ने ९३% छ भनेर सरकारी तथ्यांकले देखाउँदा देखाउदै पनि संबिधानमा जबर्जस्ती धर्म निरपेक्ष भनेर घोषणा गराईयो । राजा भनेका धर्मका संरक्षक हुन । जबसम्म नेपालबाट राजतन्त्र जरै देखि फाल्न सकिदैन तब सम्म पश्चिमा ईसाई रास्ट्रहरुको मनोकान्छा पूर्ण हुन्न भन्ने सोच पालेका बिदेसी कुतत्वहरुले राजनेताको खोल ओढेका नेपालका बिभिषणहरुलाई प्रयोग गरेर रातारात धर्म निरपेक्षको घोषणा देखि गणतन्त्रको स्थापना गर्नु भनेको मौलिक नेपालको धर्म, संस्कृति, भाषा, भेषभुषा र परम्परा मास्ने योजनाको एउटा हिस्सा थियो र यो कार्यमा केहि हद सम्म ईसाईहरु सफल समेत भै सकेका छन । दोश्रो योजनामा नेपाललाई सिक्किम बनाउने षडयन्त्र रच्दै छन नेपालका जनताहरु जागेनन भने त्यो दिन पनि देख्न नपर्ला भनेर भन्न सकिन्न

नेपालीहरुले मान्दै आएको वडा दशैको बिदा किन लामो समय सम्म भनेर हिजोआज नव ईसाईहरु कुर्लिन थालेका छन । हिन्दुहरुलाई लामो समय सम्म पर्व बिदा दिनु हुन्छ भने हामी ईसाईहरुलाई आइतवारको दिन प्राथना गर्न भनेर छुट्टी किन दिदैन भनेर कुतर्क दिन थालेका छन । दशैको अबधिभर ईसाईहरुले हिन्दु पर्वको बिरोध गर्नु पर्छ भनेर आफ्ना अनुयायीहरु माझ हुकुम फरमान समेत जारि गरेका छन ।

संसारमा सबै देसमा अल्पसंख्यक र बहुसंख्यक भन्ने समुदाय हुन्छ । समाजमा एकै जाति, धर्मका मानिसहरु पनि बस्दैनन् । अल्पसंख्यकल बहुसंख्यक संगै  मिलेर बस्नु पर्दछ । त्यो संसारको नियम पनि हो तर विदेशको दानापानीमा हुर्केका नेपालका नव ईसाईहरु आफ्ना पिता पुर्खाको धर्म, संस्कृति, भाषा देखि भेशभुषालाई लात हानेर दिनानुदिन अलोकप्रिय काम गर्दैछन । अहिलेको बिरोध पनि त्यसैको एउटा हिस्सा हो ।

समाज तहस नहस बनाउनु छ भने धर्मको बिरोधमा बोलिदिए, लेखि दिए पुग्छ । नेपाललाई तहस नहस बनाउन ईसाईहरुले पानिसरी पैसा बगाएका छन । बिदेसिको कुटिल चाल नबुझेका हाम्रा अज्ञानी दाज्युभाईहरु हिन्दु धर्म भनेको सैतानको धर्महो’ भन्दै हिडन थालेका छन । अबुझ र अज्ञानीहरुको लागी यो भन्दा ठुलो दुर्भाग्य अरु के हुन्छ ।
धर्म तथा संस्कृति बचाई पाउ भनि राजधानीका बासीहरुले गणतन्त्रका पहरेदारहरुलाई बर्षौ बर्षसम्म अनुनय बिनय गरे तर सुनेनन । सुन्लाकी भनेर लामो समय सम्म कुरे । हार खाए । धर्म तथा संस्कृति मास्नु हुन्न र नेपालको धर्म र संस्कृति राजतन्त्रका पहरेदारहरु भन्दा अरुले बचाउन सक्दैन भन्ने निष्कर्षमा पुगे ।

केहि दिन अगाडी पचली भैरव गुठियारहरुले गद्धी छाडेका पुर्व राजालाई आफ्नो दुखेसो पोखे । प्रत्येक १२ बर्षमा खड्ग साट्नु पर्ने नियम अनुसार यो पटक राजाकै हैसियतमा आएर  खड्ग साटन आईदिनु पर्यो भनेर अनुरोध गरे । आफ्ना नागरिकहरुको चाहना पुरा गर्नु राजधर्म हो । जसले राजधर्म निर्वाह गर्न सक्दैन त्यो राजा हुन सक्दैन ।

हातमा राजदण्ड तथा ‘राजगद्धी नभएर के भो त मैले राजधर्म निर्वाह गर्नु पर्छ भन्ने सोचले पुर्व राजा ज्ञानेन्द्र शाहले नाई भनेनन । राजाकै हैसियतमा मिति २०७३//१६ गते पचली भैरवमा गएर खड्ग साटेर राजधर्मको पालना गरे । २०७२ बैशाखमा आएको महाभूकम्पले तहस नहस भएको पचली भैरबको सम्पदाको पनि केहि दिन अगाडी आफ्नै खर्चमा मर्मत सम्भार समेत गरि दिनु भएको थियो । गणतन्त्रको पहरेदार तथा बिदेसी कुतत्वहरुको गालामा यो कार्यले नराम्रो संग झापड हान्न राजा देखि राजधानीबासी सफल समेत भएका छन ।  
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger