Home » » अधिनायकबाद-मुर्दाबाद

अधिनायकबाद-मुर्दाबाद

Written By खांट्टी कुरा on Tuesday, September 18, 2018 | September 18, 2018

-जनकमान डंगोल 
केहि समय देखि देसै भरि टोल बिकास संस्था, सहकारीहरु च्याउ सरि उम्रेको देख्दैछु । सत्ता कब्जा गर्ने हो भने तल्लो स्थान देखि कब्जा गर्दै जानु पर्छ भन्ने मनसायले खोलिएका यस्ता संस्थाहरुमा अधिकांस पूर्व एमाले पार्टीका कम्रेडहरुको बोलबाला कायम रहेको देखिन्छ ।
टोल बिकास संस्था हुन या सहकारी यी संस्थाहरु व्यक्तिको लगानीमा नभएर समुदायको लगानीमा संचालित भएको छ । टोल समाजमा एकल विचारधाराका नागरिकहरु बसोबास गर्दैनन । समाजमा बसे पछी 'कागको हलमा बकुल्ला' बन्ने कुरा पनि भएन ।
नगरमा बसे पछी नगरबासिले कर तिर्नु पर्दछ । कर तिरे पछी सुबिधा उपलब्ध गराउनु नगर पालिकाको प्रमुख दायित्व पनि हो । अहिले हरेकमा ठेकेदारी प्रथा सुरु भएको छ भने ठेकेदारिले उठाउने जिनिसलाई रंग्दारी प्रथा भनिन्छ ।
ठेकेदारहरुले नयाँ नयाँ जिनिसहरुको आविष्कार गरेका छन । पहिला पहिला सामन्तीहरुले लठैत पाल्ने गर्दथे । अहिले लठैत पाल्नु पर्दैन । पार्टीमा मिस्सिएका अर्थात पार्टीका सदस्य बनेकाहरुले टोल बिकासको सदस्य बनेर 'लठैत' को भूमिका निभाएका छन ।
हाम्रो टोल बिकास समितिले सफाई शुल्क रु ५००/- निर्धारण गरेको छ । जो जसले तिर्दैनन तिनलाई कारबाही हुन्छ भन्ने सम्मको अधिनायकबाद लादियो भन्दै एकजना शाही नेपाली सेनाका अवकास प्राप्त सुबेदारले केहि महिना अगाडी यो पंक्तिकार संग गुनासो गरेको थियो । जवाफ के दिनु । पार्टीको आदेसले खोलिएको टोल बिकास संस्था हो जसको मुख्य उद्धेश्य भनेकै सत्ता कब्जा हो । दुई तिहाईको नतिजा देखि हाल्नु भएको छ ।
पंक्तिकार अलि खरो बोल्ने र लेख्ने गर्दछ । लेखाई र बोलाई कतिपयलाई पाच्य नहुने रैछ । मिटिंग बसेछन । एकजना मित्रले कुरा खोलिहाले । स्वतन्त्रसंग बोल्न हिंडन र लेख्न पाईन्छ भनेर देसमा लोकतन्त्र हुले पछी मैले खरो टिप्पणी किन गर्न नपाउने ? भनेर जवाफ फर्काईयो ।
यदि बोल्न, लेख्न र हिंडन पाईदैन र अधिनायकबाद लादन खोजिन्छ भने निर्धक्क संग यस्ता कुशासन र ब्यबस्थालाई 'मुर्दाबाद' भनेर भनिन्छ । अधिनायकबाद लादन खोजियो भने तिनीहरुले सिकाएको क्रान्ति र आन्दोलन गर्न पछी हटिदैन । आन्दोलन र क्रान्ति पछी देखिने नतिजाको बयान गर्नु पर्ला ?
प्रकाशित मिति: २०७५/०६/०२ गते !
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger