Home » » हार्दिक श्रद्धान्जली डाक्टर देबकोटा

हार्दिक श्रद्धान्जली डाक्टर देबकोटा

Written By खांट्टी कुरा on Monday, June 18, 2018 | June 18, 2018


 

-जनकमान डंगोल ।
२०४५ सालमा पहिलो पटक बिर अस्पतालमा डाक्टर देबकोटा संग पहिलो भेट ।  युनिफर्ममै थिए । मेरी श्रीमतीको मुटुको अप्रेशनको लागी भनेर २ पोका रगत बिर अस्पतालको ब्लड बैंकमा जम्मा गरेको थिए । अप्रेशन सफल भयो तर १ थोपा रगत पनि खर्च भएन ।
डाक्टर देबकोटा बीरको ईमरजेन्सीमा कार्यरत हुनु हुन्थ्यो । काम बिशेषले बीर गएको थिए । दुर्घटनाको केश त्यो पनि टाउकोको अप्रेशन गर्नु पर्ने । रगत नभएर बिरामीका आफन्त छटपटाई रहेका रहेछन । दिनको त्यस्तै २ बजे ईमरजेन्सीकै ढोकामा डाक्टर देबकोटा संग जम्काभेट भयो ।
प्रहरी भाई तपाई संग २ पोका रगत छ । त्यो रगत अब तपाईको बिरामीलाई प्रयोग हुने पनि हैन । धर्मैकै कुरा हो । दिनुहुन्छ ?
मैले भने किन नहुनु डाक्टर साप । मैले पनि डोनेसनमै पाएको रगत । हिड्नुस जाउँ म भनि दिन्छु । डाक्टर र म संगै गएर मेरो नाउँमा जम्मा भएको रगत डाक्टरको हातमा थमाई दिए । बिरामी को हो त्यो पनि थाहा भएन ।
३ बर्ष अगाडी रास्ट्रिय जागरण अभियान  गठन भयो । डाक्टर देबकोटा संयोजक । आनन्दराम पौडेल सर, म र केशबलाल श्रेष्ठ मकवानपुर बाट मनोनित भएर गयौ । संसारले चिनेको डाक्टरलाई संयोजकको रुपमा पाउँदा मन हर्त्षित भएको थियो ।


जागरण अभियानको सिलसिलामा एकदिन प्रेम खत्री सरको निवासमा भेटघाटको अबसर जुरेको थियो । साहित्यकार कृष्ण बस्नेत ज्यु, डा.बिनोद न्यौपाने’भैरे’ सर, आनन्द राम पौडेल लगाएत बरिस्ट मान्यवरहरु संग बसेर देसको सम सामयिक बिषयमा छलफल भयो । फुर्सदको समयमा मैले ४५ सालको कुरा निकाले । उहाँले बिर्सनु भएको रहेनछ ।
जागरण अभियान हेटौडामा गठन गरेर हामीहरुले दुवै मृगौला फेल भएका आमा छोराहरुको लागी नगद संकलन गरे पश्चात उपचारको लागी सिफारिस गरि दिनको लागी डाक्टर देबकोटालाईअनुरोध गर्यौ । राजुनितिक विश्लेषक श्री भरत दाहालज्यूले डाक्टर देबकोटालाई अनुरोध गर्नु भएको रहेछ । मेरो नम्बर मागेर मलाई फोन गर्नु भयो र भन्नु भयो बिरामीलाई तुरुन्तै अस्पताल पठाई दिनुस । मैले सम्बन्धित ठाउँमा भनि दिएको छु ।
देसी बिदेसी धेरैको लागी भगवान साबित हुनु भएको डाक्टर देबकोटालाई दैबले यति छिट्टै लैजालान भनेर कल्पना समेत गरेका थिएनौ । आज धेरैलाई रुवाएर डाक्टर देबकोटाले यो धर्तीबाट बिदा हुनु भएको खबरले यो पंतिकार तथा जागरण परिवार आहत भएको छ ।
जन्मे पछी मृत्यू अबस्य छ । कसैले पनि मृत्युलाई जित्न सक्दैन । हार्दिक श्रद्धान्जली बाहेक अरु के नै भन्न बाँकी रहयो र ।
जागरण अभियान मकवानपुरको उपाध्यक्ष तथा स्वदेस नेपाल डटकमको एडमिन भएको नाताले श्रद्देय डाक्टर स्व.उपेन्द्र देबकोटा प्रति हार्दिक श्रद्धान्जली प्रकट गर्दै शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछौ ।
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger