Home » » कसरि भो हेटौडा नगर सफा स्वच्छ र हराभरा ?

कसरि भो हेटौडा नगर सफा स्वच्छ र हराभरा ?

Written By खांट्टी कुरा on Friday, August 04, 2017 | August 04, 2017

-जनकमान डंगोल 
मकवानपुरबाट प्रहरी उपरीक्षक बसन्त कुमार लामा सरुवा भएर जाने बेलामा पत्रकार सम्मलेन गरेर नागरिकहरुलाई लागु औषध दुर्व्यसनमा हेटौडाका युवाहरु नराम्रो संग फसेको हुँदा त्यसतर्फ ध्यान दिन जरुरि छ भनेर भन्नुभयो । अरु पुलिसका हाकिमहरु पनि आए गए तर लामा साबले जस्तो समाजलाई खबरदारी गरेको देखिएन ।
उपरीक्षक लामाको भनाईलाई आधार मान्नेहो भने अहिले हेटौडा नगरीमा ९०% युवाहरु लागु औषध दुर्व्यसनीको सिकार भएको देखिन्छ   
दिनहु युवाहरु लागु औषध अपराधमा पक्राउ परेको समाचार पत्र पत्रिकामा छापिने गरेको छ तर लागु औषध दुर्व्यसनी मुक्त जिल्ला बनाउने भनेर आज सम्म कोहि कसैले पहल गरेको देखिएन ।
‘हाम्रो हेटौडा राम्रो हेटौडा’ भन्ने नारा नयाँ र नौलो पनि हैन तर दिनप्रतिदिन कुरूप बन्दै गएको हेटौडा अहिले सफा र सुग्घरमा देसको तेस्रो नगरपालिका भयो भनेर नगर पालिकाको हाकिम र मेयर भएर संयुक्त पुरस्कार पाएको समाचार सुन्दा जो कोहीलाई पनि अनौठो लाग्न सक्छ ।
सफा र सुन्दरको परिभाषालाई  बुद्धिजिबी देखि लेखकहरुले आ-आफ्नै तरिकाले व्याख्या गर्लान तर सफा र सुग्घरमा हेटौडा नगर देसको तेस्रो भयो भनेर बिस्वास गर्ने आधार के भनेर प्रश्न गर्ने ठाउँ भने प्रसस्त देखिन्छ ।
नगर सफा देखिन बाटोघाटो चोक गल्लि देखि सबै तह र तप्काकाहरुको मन सफा हुन सख्त जरुरि देखिन्छ तर उपरीक्षक लामाले सरुवा भएर जान लाग्दा गरेको पत्रकार सम्मेलनमा अपराधको अभिलेखमा नगरमा बढ्दै गएको लागु औषध दुर्व्यसनीको संख्याको सूचकाँक ९०%  देखिनु त्यो जस्तो डरलाग्दो फोहरीपना अरु के नै हुन सक्छ र ।
हेटौडाले अहिले राजधानी काठमान्डौलाई बिर्साउदै छ । दिनहु बढ्दै गएको ट्राफिक समस्याले सबै भन्दा बढी पिडित र आहत नगरबासीनै भएका छन । बाटो बिस्तार गर्न खोज्यो भने समाजका धमिराहरु अगाडी सरेर बाटो बिस्तारमा भाँजो हाल्छन । दिनहु बढ्दै गएको ट्राफिक जामले हेटौडा नगर अस्तव्यस्त भएको छ । ट्राफिक जाम नभएको कुनै सडक बाँकी छैन । सवारी गुड्ने बाटो जसलाई पिच सडक भनेर नामाकरण गरिएको छ त्यस्ता सडकहरुको अवस्थालाई हेर्दाहेर्दै पनि हेटौडा नगर कसरि सफा र स्वच्छ भयो ।
प्रजातन्त्र देखि लोकतन्त्रे शासनले हेटौडाका केहि नाम चलेका ब्यापारीहरुलाई अहिले सातखत माफी दिएको छ । ब्यापारीहरुले कालाबजारी गर्नु पेशाजस्तै बनि सकेको छ । उपभोक्ताको स्वास्थ्यमा खेलबाड गर्ने ब्यापारीको दोकानमा अनुगमन गर्ने निकाएले म्याद नाघेको खाधपदार्थ जफत गरेको समाचारले पत्रिकाको अगाडिको पानो पनि भरिएकै छ तर त्यस्ता जेम्राज चरित्रका व्यापारीहरुलाई कारबाही गर्ने कुनै निकाय देखिदैन भने कालो मन भएका ब्यापारी देखि नेता, समाजसेवी देखि अन्य तह र तप्का बस्ने हेटौडा शहर कसरि स्वच्छ, सफा र हराभरा भयो आजको खाँट्टी प्रश्न यो हो कि हैन ?
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger