Home » » नेपाल एकीकरण निर्माताको अपमान गर्नेहरु देसको खाँट्टी सत्रु हुन

नेपाल एकीकरण निर्माताको अपमान गर्नेहरु देसको खाँट्टी सत्रु हुन

Written By खांट्टी कुरा on Wednesday, January 11, 2017 | January 11, 2017

-जनकमान डंगोल
पृथ्बी जयन्तिको उपलक्ष्यमा बिदा दिनु पर्छ भनेर देसै भरि आवाज गुन्जियेकै थियो । नेपाल भन्ने देस एकीकरण गरेर सारा बिस्व सामु चिनाएको पृथ्बी नारायण शाहले नै हो यसमा कुनै दुईमत छैन । कम्युनिस्टको भाषामा भन्नु पर्दा पृथ्बी नारायण शाह सामन्ती र बिस्तारबादी राजा थिए ।
बिदा दिने तयारि गर्दै थिए । हाम्रो मन्त्रिपरिषद पनि राजिनै थिए यस्तो बेलामा पुर्व राजा ज्ञानेन्द्रले देसबासिको नाउँमा बक्तब्य जारि गरे । राजाको बक्तब्य सिताले पढ्नु भयो । यस्तो बेलामा बिदा दियो भने प्रचण्ड राजा देखि डराएर  बिदा दियो भन्छन र हाम्रो अहिले सम्मको उपलब्धि सबै गुम्छ भनेर सीताले भन्नु भयो । त्यसैले बिदा नदिनु बाध्य भए ।
माथिको समचार नेपालको चर्चित पत्रकार ऋषि धमलाको अनलाईन पत्रिका रिपोटर्स डटकमले प्रकाशित गरेको हो ।
नौटंकी गर्नमा माके अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्ड यो पटक पनि सफल भएका छन । प्रचण्ड कसरि यो स्थानमा सम्म आईपुगे भन्ने कुरा सारा जगतलाई राम्रै संग थाहा नभएको पनि हैन ।
सरकार भनेको जनमत अनुसार चल्ने हो र जनताको मतको सुनुवाई गर्दैन भने  त्यस्ता राजनीतिक पार्टी र त्यस्ता पार्टीका नेताहरु एकादेसको कथामा मात्र सिमित हुन्छ भन्नेकुरा अहिलेका पार्टीका नेताहरुलाई कसले सिकाई दिने कसले बुझाई दिने ।
२०४६ साल पछी नेपालको सम्पूर्ण शासन देस भित्रबाट चलेको छैन भन्ने प्रमाण हो यो । जनता हेर्द्फैछं नेताहरूको चालामाला र यस्तै गरि जनमतको कदर गर्दैनन् र बिदेसिको ईसारामा नाच्छन भने जनताले बाध्य भएर अहिलेको शासन ब्यबस्थाको बिरुद्ध ईन्कलाबको नारा अबस्य पनि घन्काउने छन । जुन दिन बिरोधमा ईन्क्लाबी नारा घंकिन्छ त्यो दिन राजनीतिक पार्टी र ति पार्टीका नेताहरुको हालत के होला ? कल्पना गरेका छन ।
जसले टुक्राटुक्रा भएको राज्यलाई जोडेर बिशाल नेपाल बनाए आज तिनैको अपमान गर्नेहरुलाई देसको शासन सत्ता हाक्ने कुनै अधिकार छैन ।
चेतना भया ।
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger