Home » » मुटुरोगि भुराभुरीहरुलाई खुसीको खबर

मुटुरोगि भुराभुरीहरुलाई खुसीको खबर

Written By खांट्टी कुरा on Wednesday, December 28, 2016 | December 28, 2016

 

मुटुरोगीलाई गंगालाल हस्पिटलमा के छ निःशुल्क सेवा ?

काठमाडौं– उमेरले १५ वर्ष नकटेका मुटुरोगीले आर्थिक अभावमा उपचार नपाएका समाचार देशभरबाट आइरहेका हुन्छन् । तर, सरकारले १५ वर्ष मुनिका मुटुरोगीहरुको निःशुल्क उपचार गर्ने व्यवस्था गरेको छ । त्यो सेवा राजधानीका शहीद गंगालाल हृदय रोग केन्द्र, मनमोहन कार्डियो भाष्कुलर थोरासिक सेन्टरलगायतमा उपलब्ध छ ।  
यीमध्ये मुटुरोगको उपचारका लागि सबैले थाहा पाएको ठाउँ हो, गंगालाल राष्ट्रि हृदय रोग केन्द्र । जहाँ १५ वर्षका मुनिकलाई मात्रै अन्य मुटुरोगीलाई पनि विभिन्न सेवा र सहुलियत दिइन्छ । यसबारे जानकारी नहुँदा रोग लुकाएर बस्न बाध्य हुनेका लागि यो महत्वपूर्ण  हुन सक्छ ।
निःशुल्क र राहत सुविधा
मुटुरोगको निःशुल्क उपचार १५ वर्षमुनिका र ७५ वर्ष माथिका नेपाली नागरिकहरुले पाउँछन् । यसैगरी मुटुको साँघुरिएको भल्भ फुकाउने प्रविधिको सेवा पनि सबैलाई निःशुल्क उपलब्ध छ । गरिब विपन्न वर्गका मुटुरोगीले सरकारबाट पाउने १ लाख रुपैयाँ राहत सुविधा छ । यसैगरी निःशुल्क भल्भ वितरण सुविधा पनि गंगालालले उपलब्ध गराउँछ ।
के चाहिन्छ सेवा लिन ?
यदि १५ वर्ष कम उमेरको वा ७५ वर्ष भन्दा बढी उमेरको बिरामीले पाउने सुविधा लिने हो भने उमेर खुल्ने कागजपत्र चाहिन्छ । यसैगरी विपन्न वर्गका बिरामीले पाउने अन्य सुविधाका लागि लालपूर्जा लगायत सम्पत्ति विवरण खुल्ने कागजातको फोटोकपी, गाविस वा नगरपालिकाको सिफारिस, पारिवारिक बेहोरा खुल्ने निवेदन र केन्द्रबाट वितरण हुने फारम भर्नुपर्छ ।
निःशुल्क उपचार सेवामा के पाइन्छ, के पाइँदैन ?
निःशुल्क उपचार भनेपछि त्यसक्रममा लाग्ने सबै सित्तैमा भन्ने बुझिन्छ । तर, यसमा केही सिमितता छन् । माथिका प्रक्रिया समेत पूरा गरेको मुटुरोगी प्रमाणित भएमा अस्पतालले मुख्य सेवाहरु निःशुल्क नै उपलब्ध गराउँछ । जस्तोः सर्जरी, क्याथ प्रोडुसर, पेसमेकर, सीएजी, इपीएस–आरएफए, डायग्नोष्टिक प्रोसुड्युअर र यसका लागि चाहिने सामग्रीहरु, भर्ना भइसकेपछि चाहिने सुईमार्फत दिइने औषधीहरु निःशुल्क पाइन्छ । तर, मुखबाट खानुपर्ने औषधी, अस्पताल फार्मेसी उपलब्ध नभएका सामग्रीहरुलगायत चाहिँ आफैंले किन्नुपर्छ ।
यो जानकारी आफूले प्राप्त गरेपछि अरुलाई पनि बाँड्न नछुटाऔं । किनभने यति जानकारी नपाएर रोग लुकाएर बस्ने तपाईं हाम्रै नजिकको पो कोही छन् कि ?
(स्वास्थ्य खबर पत्रिकाबाट साभार)

 

Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger