Home » » गल्ति गर्छन तर स्विकार्दैनन

गल्ति गर्छन तर स्विकार्दैनन

Written By खांट्टी कुरा on Thursday, December 15, 2016 | December 15, 2016


-जनकमानडंगोल

अंग्रेजहरुले भारत छाडेर गए पछी लामो समय सम्म शासन गरेको भारतीय कांग्रेस (आइ) मा नारायणदत्त तिवारी कुनै नयाँ नौलो नाम हैन । पुराना पुस्ताका चर्चित तथा खुंखार नेता तथा उत्तर प्रदेश तथा उत्तराखण्डका पुर्व मुख्य मन्त्रि तथा आन्ध्र प्रदेशका राज्यपाल समेत हुन उनी । आज भन्दा २४/२५  बर्ष अगाडिको कुरो हो निजको १ जना महिला उज्जला शर्मा सित प्रेम परेछ । कालान्तरमा ति महिलाले गर्भ बोकिछिन । पछी गएर नेता तिवारीले त्यो गर्भ मेरो हैन भन्दिए ।

त्यस पछी दुइ जनाको बिचमा सुरु भयो कानुनि लडाई । तल बाट सुरु भयको लडाई अन्तमा सर्बोच्चमा पुग्यो । सर्बोच्चले DNA टेस्टको आदेस दियो । नेता तिवारी DNA टेस्ट दिन राजि भएनन अन्तमा अदालतको आदेसानुसार बाध्य भएर तिनले DNA टेस्ट दिनु  परयो । प्रयोगसालाको परिक्षण अनुसार ति पिडित महिला द्वारा जन्माइएको सन्तानको DNA सतप्रतिसत पीडितले जन्माएको बालक संग नारायणदत्त तिवारीको DNA संग मेल खान्छ भनियो । अन्तमा तिवारीले अदालत संग याचिका गरे श्रीमान म गल्ति स्वीकार्छु तर यो घटना बाहिर जानु भयन ।

अदालतले उनको मागलाई ठाडै अस्विकार गरि दियो । जित पिडित महिलाको भयो र आज ति महिला द्वारा जन्माइएको छोराको उमेरले २५/२६ बर्ष नाघी सकेको छ । हेर्दा चलचित्रको घटना झैँ लाग्ने यो चर्चित घटनाको फैसला आज भन्दा केहि बर्ष अगाडी भारतको सम्मानित सर्बोच्च अदालतले दिएको हो । फैसला आउन २० बर्ष लाग्यो तर ढिलो चाडो जे भए पनि पीडितले न्याय पाइन र पछी गएर तिवारीले तिनै हेला गरिएको ६२ बर्षकी उज्जला शर्मा संग बिहा गरेर आफ्नो गल्तिको प्रायस्चित गरे  ।

हाम्रो देस नेपालमा पनि २०४६ साल पछी भारतीय कांग्रेसी नेता तिवारी जस्तै चरित्रका नेताहरु थुप्रै जन्मिएका छन । सत्तामा मत्त भएर चरित्र आचरण बिपरितका काम गर्छन । पापको घडा भरिए पछी पोखिन्छ भने जस्तै उजुरी पर्छ । अदालतले दोषी देखाएर फैसला पनि गरेको दखिन्छ तर सम्मानित अदालतको ऐन कानूनको धज्जी उडाउदै म अदालतको फैसला मान्दिन भनेर भन्न समेत पछी पर्दैनन् भने यस्ता यस्तै कारणहरुले गर्दानै नेपाली उखान ‘जो अगुवा उही बाटो हगुवा’ भनेर कथिएको होला ।

Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger