11.14.2016

ब्रेनट्युमरले ग्रस्त बच्चीको उपचारको लागी सहयोगगर्ने कोहि हुनुहुन्छ ?


तस्बिर: प्रितम के.सी बाट प्राप्त


कोहि हुनुहुन्छ मनकारी हातहरु ?

-जनकमान डंगोल 
सामाजिक संजाल फेसबुकमा जोडिनु भएको मित्र प्रितम के.सी ले च्याटमा सन्देस पठाउनु भएको रैछ  । च्याटमा भेरी अन्चल बर्दिया जिल्ला गुलरिया नगर पालिका वार्ड नम्बर ५ तुलसीपुर बस्ने बर्ष १२ कि सरस्वती सरस्वती खड्का सिकीस्त बिरामी भईन  ।

ऋण धनको जोहो गरेर नेपालगंजको एक नर्सिंग होममा चेकजाँचको लागि लगियो । नरसिंग होमले तपाईको बच्चाको ब्रेन ट्युमर भएको छ त्यसैले सुबिधा सम्पन्न राजधानीको अन्नपूर्ण हस्पिटलमा लैजानु होस् भनेर रिफर गरिदियो ।

आर्काको जमिनमा अधियाँ गरेर परिवारको पेटपाल्नु पर्ने अवस्थाको खड्का परिवारले बच्चीलाई घर फर्काएर ल्याए । रोग बढ्दै गएर अहिले दृस्टी कम्जोर हुने गएको छ ।

प्रितम के.सी को सन्देस प्राप्त हुनासाथ आफुले काम गर्दै गरेको ई-कोशी डटकममा समाचार बनाएर प्रेषित गरे समाचार पढ्नको लागी यहाँ थिच्नुहोस तर आजको मिति सम्ममा मनकारी मनहरु कोहि देखिनु भएको छैन ।

नेपाल सरकारका स्वास्थ्य मन्त्री गगन थापाले आफु स्वास्थ्य मन्त्रीको कुर्चीमा पद बहाली हुनासाथ गर्नु भएको बाचा सम्झिए तर मंत्रिज्युकै पार्टीको पुर्व उप-प्रधानमन्त्रि तथा कांग्रेस नेत्री सुजाता कोईरालालाई स्तन क्यान्सर भएको र उपचारको लागी एक करोड माग भएकोमा सरकारले पचास लाख दिने निर्णय गरेको समाचारको अगाडी बच्ची सरस्वती खडकाको समाचार सुर्यको अगाडी दियो हुनु स्वाभाविकै हो ।

प्रितमजीको अनुरोध तथा मानवताको हिसाबले प्रितामजी बाट प्राप्त भएको सन्देस हिन्दु जागरण नेपालका संयोजक रामकृष्ण उपाध्याय देखि केहि पत्रकार मित्रहरुलाई पनि सम्प्रेषण गरि दिएको छु । आसा छ नतिजा राम्रै आउला ।

नेपालमा सरस्वती खडका जस्तै बालबालिकाहरु  बच्चिहरु उपचारको अभावमा मृत्यु कुरेर बसेका छन । जनताको लागि भन्दै जबर्जस्ति लादिएको धर्म निरपेक्ष गणतन्त्रमा पार्टीका नेताहरु लाखौलाख रास्ट्रको ढुकुटीबाट  खर्चेर बिदेशका महंगा महंगा अस्पतालहरुमा उपचारको लागि जान्छन । सामाजिक संजाल तथा पत्रपत्रिकाहरुमा केहि दिन बिरोधका आवाजले गगन चुम्छ । त्यसपछि उक्त गगन भेदी विरोधहरु चियाको तुफान जस्तैगरि सेलाउछ ।

गणतन्त्रे सरकार गरिब जनताहरुको लागी भनेर स्थापित गरिएको हैन । ति अबोध १२ बर्षे ब्रेन ट्युमरले ग्रस्त बच्चीको सहयोग गर्नु भएमा ति गरिब परिवारले पक्कै पनि आशिख दिने थिए भनेर पुन: यो ब्लग पोस्ट गरेको छु ।
सहयोगी हातहरु ईच्छुक हुनुहुन्छ भने ति बच्चीको अभिभावक  आश्मा खड्काको मोबाईल नम्बर ९८४८१४३६५२ अथवा प्रितम केसी https://www.facebook.com/kunja.bihari1 लाई सम्पर्क गर्न सक्नु हुनेछ ।




Share This
Previous Post
Next Post

परिचय: पुर्व रास्ट्र सेवक, नेपाल पुर्व प्रहरी संगठन मकवानपुर जिल्लाको सह-सचिव, मकवानपुर जागरण अभियानका उपाध्यक्ष, छापा तथा बिधुतिय पत्रिकाहरुमा बिगत ८ बर्ष देखि स्तम्भ/व्यङ्ग्य लेखनमा सक्रिय एवम गरुड सेक्युरिटिज ब्रान्च हेटौडाको अप्रेशन सुपरभाईजरमा कार्यरत।

0 comments: