Home » » सधै दुखि देखिने यो कस्तो तस्बिर

सधै दुखि देखिने यो कस्तो तस्बिर

Written By खांट्टी कुरा on Friday, September 16, 2016 | September 16, 2016

तस्बिर साभार:अमृत वलीको फेसबुकबाट
अनुशासन र मर्यादा देखि शिल र स्वभावको छुट्टै परिभाषा र पहिचान हुन्छ ! नारी र पुरुषको परिभाषामा यी शब्दहरुले समेत महत्वपूर्ण स्थान राखेको हुन्छ ! 
पुष्पकमल दाहाल अहिले देसको प्रधानमन्त्री हुन भने उहाँको पत्नी सिता दाहाल ! प्रधानमन्त्री  दाहाल अहिले सरकार प्रमुख हुनभने उहाँको हरेक गतिविधिमा विश्वले नजर समेत राखेका हुन्छन ! 
अहिले प्रधानमन्त्री दाहाल दम्पति सहितको टोलि भारत भ्रमणमा गएका छन ! राजकीय भ्रमण दिइएको यो भ्रमणमा खिचिएका तस्बिरहरु मध्येको यो अमिल्दो तस्बिर यहाँ राखेका  छु !
हाँसो दुई प्रकारको हुन्छ ! 
प्राकृतिक र कृतिम !
सरकार प्रमुख देखि उहाँको धर्मपत्नी लगायतको एउटा हाँसोले पनि माहोल बदलिन सक्छ !
प्रधानमन्त्री पत्नी मुस्कुराउनु भनेको सारा नेपाली मुस्कुराउनु हो तर यसरि खिन्न परेको निन्याउरो अनुहार लाएको तस्बिर देख्दा संसारमा गतिलो सन्देस पक्कै पनि जान्न ! 
अस्ति पनि दुखि हिजो पनि दुखि र आज पनि दुखि छौ  प्रधानमन्त्री पत्नीको तस्बिरले यस्तै झल्को दिदैछ !
के प्रधानमन्त्री पत्नी सिता दाहाललाई भारत भ्रमणमा उहाँको ईक्षा बिपरित लगिएको हो र ?
क्यामेराम्यानको गल्ति हो वा प्रधानमन्त्री पत्नीको अज्ञानता यसरि तस्बिर खिच्दा खिच्नेलाई भन्दा नजर लाउनेलाई अप्ठ्यारो महशुस हुँदो रैछ !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger