Home » » कानो मामा

कानो मामा

Written By खांट्टी कुरा on Monday, May 16, 2016 | May 16, 2016

मोहन लामा रुम्बा
म सात आठ बर्षको बालक हुँदा मेरो घरमा बुबाले कुल पुजा गर्नुभएको थाहा थियो,त्यसपछि हाम्रो रुम्बा लामाहरुले कुल पुजा गरेको आजसम्म थाहा छैन,मैले काका बा हरुलाई सोध्दा हामी त लामाखोर(बुद्धिस्ट) भै हाल्योनी लामा कोन्छ्यो सुम(त्रिरत्न) नै हाम्रो कुल भइ हाल्यो त्यसको पुजा हामी दिनहुँ गर्छौं किन कुल पुजा गर्नु पर्‍यो ? भन्नू हुन्थ्यो।
होला भन्दै हिंड्यो,तर बुझ्दै सुन्दै पढ्दै आफ्नो जात धर्म संस्कृति पहिचान प्रति लगाव बढ्दै गयो त्यसपछि खोजी गर्न मन लाग्यो।
मैले रुम्बा थरको ऐतिहासिक थातथलो काठमाडौको ककनीमा खोजीमा जुटें,संयोगले बुद्ध रुम्बा लामा भेट भयो,समय मिलाएर गएको बर्ष भेट्न गएँ।
अलिकति झोंकी पाराको रहेछ, उमेरले म भन्दा जेठो हुनुहुदो रहेछ,त्यसपछि त दाइले भाईलाइ आफ्नो अधिकार प्रयोग गरिहाल्यो,त्यसपछि दाजुभाइको प्रश्न उत्तर……

लौ भन के सोध्न मन लाग्यो तिमिलाई ?
दाइ हामी त लामाखोर (बुद्धिस्ट)रे कुल पुजा गर्नुपर्दैन रे हो ?
उत्तर ÷ को गधा लामाले भनेको ?त्यसलाई म कहाँ लिएर आउ,त्यो बुद्धिस्ट हुनुपुर्व त्यसको पुर्खा थिएन रे ?त्यसलाई जन्मदिने पित्री हरु थिएन रे ?कुल पुजा भनेको जात संग सम्बन्धित हो धर्म संग होइन।
प्रश्न ÷ यसको कुनै ग्रन्थ छ दाजु ?
उत्तर ÷छ एउटा संक्षिप्त रूपमा अर्को बिस्तृत रूपमा लेखिएको रुम्बाको छुट्टै मेमे हरुले लेखेर राखेको ग्रन्थ म संग छ, म पुजा गर्दिउँला तिम्रो घरमा।
प्रश्न ÷बज्रयानको सद्धर्म पुण्डारिका ग्रन्थ पनि दाजु संग छ भनेर आएको म त !
उत्तर ÷ म संग नेवारी पुरानो भाषामा लेखिएको ग्रन्थ मात्रै छ के लाई चाहियो तिमि लाई ?
प्रश्न ÷ पढौं भनेर !
उत्तर ÷ त्यसो भए आइजा मेरो गुम्बामा सगुन राखेर गुरु थाप अलि दिन बस्ने गरि आउ।
प्रश्न ÷ होइन दाइ out knowledge को रूपमा………
उत्तर ÷ यो बज्रयान तान्त्रिक बौद्ध धर्म भनेको तिमीहरू ले आजभोलि फेसबुक गुगल लाइब्रेरी तिर भेटाउने हिनयानको बुद्ध कथा जस्तो हुदैन यसको लागि ज्ञान् संगै अभ्यास गर्दै बुझ्दै जानुपर्ने हुन्छ।
प्रश्न ÷दाइ यो तन्त्रयान बारेमा अलिकति बुझौंन।
उत्तर ÷समय मिलाएर कुनै दिन आउ सगुन राखेर बिधिबत रूपमा बताउँला।गुह्य ज्ञान् यसरी जथाभावी बोल्नु हुन्न।
प्रश्न ÷ सगुनमा रक्सी ?
उत्तर ÷ हो रक्सी।
प्रश्न ÷फ़ेरि रक्सी त…………
उत्तर ÷बाघले मासु खान्छ घाँस खाँदैन गाईले घाँस खान्छ मासु खाँदैन त्यस्तै देउता लाई दुध धूप फलफूल चढाउँछ भने देउताको सुरक्षाको रूपमा रहने धर्मपाल हरु सुङमा हरुलाई रक्सी चढाएर सुरक्षा घेरा बलियो बनाउँछ,उदाहरणका लागि नरेन्द्र मोदी साकहारी हुन् रक्सी सेवन गर्दैन तर पाकिस्तान को बोर्डर मा बस्ने सेनालाई रक्सी मासु खुवाउने गर्छ की गर्दैन ?त्यो देशको नागरिक ले त्यो दुबै आफ्नो संरक्षण गर्ने लाई मान्छ की मान्दैन ?त्यस्तै हो।
प्रश्न ÷गाईको कुरा पनि अघि………
उत्तर ÷ल तिमी गोठमा गएर एकपटक राँगाको आँखामा हेर अनि फ़ेरि गाईको आँखामा नियालेर हेर त्यो दुबैको आँखाको मुद्रामा फरक देखिन्छ की देखिदैन ? राँगोको आँखा आक्रमक दानवी रातो घेरो देखिन्छ भने गाईको आखामा करुणाको देखिन्छ।एकपटक हेरेर बिचार गर,
प्रश्न ÷दाजु म त हिन्दुराज्य माग्ने अभियानमा छु।
उत्तर ÷ठिकै छ बुद्धराज्य भए मामा हो भने हिन्दुराज्य कानो मामा हो।
प्रश्न ÷ किन र दाजु कानो नभए के हुन्छ ?
उत्तर ÷हेर भाइ यो काठमाडौ भ्याली को सम्पुर्ण ऐतिहासिक मठ मन्दिर बिहार भनेको हामी बज्रयानको मात्रै हो अहिलेको युवा जेनेरेसन तामाङ हरुलाई थाहा छैन सबै हिन्दुको होला हिन्दु नै गएर पुजा गरेको देखिन्छ भन्ने भ्रममा छ तर त्यस्तो होइन यो अज्ञान्ता हो, देश जब धर्म निरपेक्ष हुन्छ राज्य यो ऐतिहासिक सम्पदा संस्कृति परम्परा संरक्षण गर्न बाट तटस्थ हुन पुग्छ, अनि निजी ब्यक्तिगत रूपमा यो कुनै सम्पदा संस्कृति संरक्षण गर्न सकिन्न।
प्रश्न ÷ कानो मामाको लागि पनि बोल्नु पर्‍यो नी दाजु।
उत्तर ÷हामीले कानो मामा भनेको लाई आफ्नो आमा पर्ने हरु पनि बोल्नु पर्‍यो नी !डलरमा बेच्ने त्यो बाहुन हरुनै हो, बोलाएको ठाउँमा गएर बोलेकै छु।
प्रश्न ÷तपाईं त गुम्बा संचालन गरेर बस्नु भएको लामा हुनुहुन्छ फ़ेरि झिन्दा (जजमान) रिसाउँलानी।
उत्तर ÷कोही खाते रिसाएर मेरो रौं पनि झर्दैन ! एक बारको जुनिमा सत्य बोल्नुपर्छ धर्म छोड्नु हुन्न।
प्रश्न ÷ अनि दाजु…………
उत्तर ÷ लौ आजलाई भयो म ताइवान गएर फर्के पछि फ़ेरि भेट्न आउनु, रुम्बाको इज्जत राखेर हिंड।
Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger