Latest Post

'यु हामिल' (सत्य कथा)

Written By खांट्टी कुरा on Friday, October 31, 2014 | October 31, 2014

कथाकार जनक मान डंगोल
असंख्य हुलहरु मध्ये दुब्लो पातलो सरिर ख्याउटे गाला भएको सुदुर पूर्वको सामान्य गाउँ बाट मिठो सपना बोकेर मलेसिया छिरेको नेपाली कामदार जसलाई सबैले केपी भनेर बोलाउने गर्थे ! प्राय आइतवार म दिनको ओटी समेत गर्न जान्थे त्यहि बेला तिनी सिट भेटघाट गफगाफ हुन्थ्यो ! पुरा नाम कृष्ण प्रसाद अनि जातिले क्षेत्री ति मित्रको आसाम तिर पनि प्रसस्त जग्गा जमिन छ रे ! नेपाल घर झापा भएता पनि भारतको आसामे पनि अनि दुवै तिर बसोबास ! 

नेपाल बसाई हुँदाहुँदै भाई साथीको लहलहैमा लागेर नेपाल प्रहरीमा भर्ना भएका रैछन ! माओबादी जनयुद्दको बेला तालिम सकिए पछी कार्यक्षेत्र पनि आफ्नै जिल्ला परेछ ! एक दिन रातको गस्तीमा दोहोरो भिडन्त भएछ ! भिडन्तमा आफ्नै गाउँको मान्छे जो माओबादी छापामार थिए तिनको पनि मृत्यु भएको रैछ ! रातिको अन्धकारमा को दुस्मन को मित्र !

गाउँमा हल्लीखल्ली भएछ ! केपीकै गोलि लागेर मृत्यु भएको भन्ने हल्ला फैलियोरे ! कर्तब्यपरायणमा खटेको हुन भन्ने हेक्का हुँदाहुँदै पनि बिना कारणको आरोप सहन नसकेर जागिर बाट भगौडा भएर मलेसिया हान्निएका रैछन केपी ! 

हप्ताको ६ दिन कामको भिड तर आईतवार बिदाको दिन केपी बिहान देखिनै मातेर हिड्ने ! आराम र फुर्सद हुना साथ हिजोको त्यो दोहोरो भिडन्तको घटना झल्झली सम्झिदा रैछन अनि भुल्ने कसरि भन्दा उही रक्सिको नसा ! 

एकै कारखानामा काम गर्दा रहंदा बस्दा इण्डोनेसियाको केटि 'याती' भन्ने सित जान पहिचान भयो ! जान पहिचान बिस्तारै माया प्रेममा बदलियो ! हुँदा हुँदा दुवै जना एक आर्काको सहारा बिना बाच्न नसक्ने सम्म भएछन ! याती केपीको रक्सि खाने बानि छुटाउन खोज्ने तर केपी छोडन नसक्ने ! यहि निहुँमा झगडा हुँदै धेरै पटक हातहालाहाल सम्मको स्थितिमा पुग्दा रैछन !

सदाझै आइतवार म केपीकै कम्पनिको नजिकको गेटमा डिउटी बसेको थिए ! केटि भाग्दै आई र केपीको साथिलाई च्याप्प समातेर भनिन 'आबांग तोलोंग साया, हारिनी पुन डिया माबु, तेंगो पुकुल साया, सिला तांकाप डिया' (दाई मलाई सहयोग गर्नुस, आज पनि मातेको छ, हेर्नुस मलाई कुटेको, कृपया समाउनुस उसलाई) !

'लोग्ने स्वास्नीको झगडा परालको आगो' भनेझै थियो तिनीहरुको पिरती पनि ! केपी नेपाल जान लाग्यो भनेर थाहा पाउना साथ २ पटक आत्महत्याको प्रयास सम्म गरेकी रैछे केटिले ! सम्झाई बुझाई गरेर थामथुम पारेका रैछन ! प्रेम अन्धो हुन्छ भनेको यस्तै भएर होला त्यहि भएर केपी नेपाल जान सकेन !

कारखानामा गाईगुई हल्ला भयो 'यातीले भुडी बोकिछे भनेर' ! कम्पनि मालिकको मा कुरा पुग्यो ! मालिकले कार्यालयमा बोलाए र सोधे 'यु हामिल ? ( तिमि गर्भवती हो ?) घोसेमुन्टो लाई जवाफ फर्काउन सकिन ! मालिकले कड्किये रिसाए र पुन: सोधे 'यु हामिल, जवाब !

फुंग उडेको अनुहार त्यहि माथि डरले निलोकालो भो, हो भनु कि हैन भनु ! वाक्य फुटेन, आँखा बाट बग्यो टप टप बलेसी र चुहियो मालिकको कार्पेटमा ! मालिकले सोधखोज गर्दा केपीको भन्ने जवाफ पाए ! मालिकले ब्यंग्य कस्दै भने 'बालेक काम्पुंग जागा आनाक गुर्खा' (गाउँ जा र गोर्खालीको बच्चा हेरेर बस अब) !

पहिलाको घटना बिर्सिन खोज्दाखोज्दै आर्को घाउ थपियो ! पैला १/२ क्वाटर ले चित्त बुझाउने मान्छे अहिले ठुलै बोतलका बोतल रित्याउने सम्म भयो ! नेपाल जान मन नगर्ने र उताकाले पनि हार मानेर माया मारेको जस्ता भै सकेको रैछ !

धेरै बर्षको अन्तरालमा एकदिन बजारमा भेटे केपीलाई ! चिन्न नसक्ने भै सकेको रैछ ! भला कुसारी भयो ! अँध्यारो मुख लाउदै भन्यो चाहेर पनि मैले यातीलाई विह गर्न सकिन सर ! हुन पनि हो मलेसियामा बिहा गर्न ठुलै पापड बेल्नु पर्छ त्यै माथि याती परि अर्कै देसको ! मैले भने जे हुनु भै हाल्यो भाई सम्हाल र सक्छौ भने नेपाल हैन आसाम जाउ ! 

एक दिन केपीकै काम गर्ने कम्पनीको साथि भेट भयो ! कुरे कुरामा मैले के छ केपीको हालखबर भाइ भनेर सोधे ! पुलुक्क मेरो मुखमा हेर्दै भन्यो सरलाई थाहा छैन ? मैले भने के कुरा ? उसले भन्यो अघिल्लो महिना केपीले आत्महत्या गर्यो नि ! समुन्द्र घुम्न जाउ भनेर गाको फिट्टू थियो ! नजा भन्दा भन्दै पौडी खेल्न पसेको मान्छे ! निस्किन सकेन वा निस्किन मानेन ! अवाक भए म झल्झली आयो आँखामा केपी र फुंग अनुहार उडेको याती ! 

(पात्रहरु काल्पनिक हुन कोहि कसैको जिबन संग मेल खाएमा संयोग मात्र हुनेछ)

भाई फुटे गँवार लुटे !

Written By खांट्टी कुरा on Thursday, October 30, 2014 | October 30, 2014

-जनक मान डंगोल
रत्नपार्कमा हिन्दु सन्त महन्त साधु पण्डितहरु सान्तिपूर्ण बिरोधमा बसे सरकारले त्यो आन्दोलन विफल गराई दियो १/२ पार्टीले बिरोध गरेको जस्तो गरे अन्तिममा 'रातभरी करायो दक्षिणा हरायो' !

'रास्ट्रबादी' को बिल्ला भिर्ने तथाकथित हुन कि सांच्चिक्कै रास्ट्रबादीहरु हुन सामाजिक संजाल फेसबुकमा च्याउ उम्रे जस्तरी लाईक र ग्रुप पेज देखिन्छ ! यी सबैको उद्देस्य नराम्रा छन भन्न मिल्दैन !
त्यस्तै हिन्दु धर्म बचाउ भन्दै रास्ट्रबादीकै सक्कल बमोजिम नक्कल गर्दै थुप्रै पेजहरु खुलेको देखिन्छ त्यसरी पेज खोल्नेहरुको नियत पनि राम्रै होला ! आफ्नो देसको धर्म र संस्कृति बचाऔं भन्दै गरेको काम कार्य कदापि नराम्रो हुन सक्दैन !

नेपाल भन्ने देस पहिला छरिएर रहेको थियो ! गोर्खाका राजा पृथ्बी नारायण शाहले सुरु गरेको एकीकरणलाई तिनका सन्तानले कायमै राख्दै पुर्बको टिस्टा देखि पश्चिमको कांगडा सम्म पुर्याएको ईतिहास सबै नेपालीहरुले पढेको र सुनेको नै हुनु पर्दछ !

आफ्नै घर झगडाको कारणले गर्दा पुर्बको टिस्टा देखि पश्चिमको काँगडा सम्म भाको सिमाना पुर्बको मेचि देखि पश्चिमको माहाकाली सम्म खुम्चेको ईतिहास पनि सबैलाई थाहा भएकै हो र त्यसै बिचमा राणा सासनको जग बसाल्ने जंग बहादुर राणाले अंग्रेजलाई खुसि पारेर गुमेको भूभाग बाट केहि जिल्लाहरु पुन: नेपालमा गाभिएको भन्ने ईतिहास पनि सबैलाई ज्ञात भएकै हुनु पर्दछ !

पंचायती ब्यबस्था एकदलीय त्यहि माथि राजाको प्रत्यक्ष सासन भन्ने अत्तो थापेर बिदेसी गुहारेर २०४६ सालमा नेपालमा बहुदल अर्थात प्रजातन्त्र हुलेकै हो र त्यतिले पनि नपुगेर राजतन्त्रलाइ निलम्बनमा पारेर कथित लोकतन्त्र त्यो पनि जनता मस्त निदाको समय पारेर चोर बाटो बाट रातारात लागु गराको पनि धेरै बर्ष भै सकेको छ !

पन्चेतले बोल्न दिएन भनेर प्रजातन्त्र देखि लोकतन्त्र बहाल गराको भनेर सिना तानेर भन्ने लोकतान्त्रिक नेताहरूले सान्तिपूर्ण धर्नामा बसेको समुह माथी उग्र दमन गर्छन भने त्यो कुन तन्त्र भयो त्यो बताउनु जरुरि भएन !

'भाई फुटे गवाँर लुटे' भन्ने उखान नेपाल अधिराज्यमा पटक पटक घटिसकेको नजिरलाई आँखा चिम्लेको कारणले गर्दा आज देसमा देखावटी रुपमा नेपाली तर भित्र भित्र रुपमा बिदेसीले सासन गरेको हैन र छैन भनेर कसैले भन्न सक्छ ?

बहुमतको कदर हुन्छ भनेर नीति शास्त्रमा लेखिएको तथ्यलाई लात हानेर अल्पमत लागु गरिन्छ भने त्यो देसको सासन ब्यबस्था भद्रगोल नभएर अरु कुन देसको हुन्छ ? अभिलेखमा ८३% हिन्दु भनेर कायम गर्ने तर ब्यबहारमा लागु गर्दैनन भने यो कस्तो लोकतन्त्र ?

हिजो आज देसमा सबै लाई 'मै खाउ, मै लाउँ, मै मात्र बाँचु र मै मात्र अगाडी बढु' भन्ने रोगले गाँजेको छ र यो रोग ब्यक्ति मात्र नभएर राजनीतिक दल तथा पार्टीमा समेत लागु भएको छ ! एक जना हठी ब्यक्ति र उसको पछी लाग्ने १५/२० जना भएसी पार्टी गठन हुन्छ ! त्यसैको सिको गर्दै संघ तथा संगठनहरु जन्मिन्छ भने त्यसरी जन्मेको पार्टी देखि संघ संगठनले देस र जनताको हित हुन्छ ? जब सम्म एक जुट भएर अगाडी बढ्दैनन भने देस र जनताको कसरि हित हुन्छ ?

सामाजिक संजालमा व्यक्ति पिच्छे, संस्था पिच्छे लाईक पेज र ग्रुप पेज खोल्दैमा कोहि कसैको भलो हुन्न यो कुरा ध्रुब सत्य हो ! नेपालमा अहिले जाति पिच्छे संस्था त्यो पनि सप्तरंगी, धर्म पिच्छे संस्था बहुरंगी भएसी रत्नपार्कमा केहि हुलले जस्तो सुकै जायज माग राखेर आन्दोलन वा अनसन बसे पनि त्यस्तो आन्दोलन वा अनसनले कुनै अर्थ राख्दैन ! त्यसैले देस र जनताको भलो चाहने हो भने सबै एकजुट हुन सिकौ ! फुटेर हैन जुटेर अगाडी बढौ !


'काग लाई बेल पाक्यो हर्ष न बढाई'

Written By खांट्टी कुरा on Wednesday, October 29, 2014 | October 29, 2014

जनक मान डंगोल।janakdangol@gmail.c
om
..
'हाम्रो त तेन्जिंग शेर्पाले
चढ्यो है हिमाल चुचुरी'

ईस्वी सम्बत १९५३ मे २९ तारिखको दिन न्युजिल्याण्ड निवासी एडमण्ड हिलारी र निजको पथप्रदर्शक बनेर सोलुखुम्बु जिल्लाका तेन्जिंग नोर्गे शेर्पाले संसारको सबै भन्दा अग्लो हिम शिखरको सफलतापुर्वक आरोहरण गरेरे भन्ने खबर सुन्ना साथ देसको राजधानी काठमाण्डौमा हर्ष बढाई गर्दै तत्कालिन नेपाल सरकारले तेन्जिंग नोर्गे शेर्पालाई कार्यको कदरस्वरूप तक्मा पुरस्कारले समेत विभूषित गरिएको थियो !

शेर्पाले देखाएको अदम्य साहसलाई बयान गर्दै त्यो बेलाको चर्चित गीतकार तथा गायक स्व.धर्मराज थापाले माथि उल्लेखित 'हाम्रो त तेन्जिंग शेर्पाले' ... भन्ने गीत गाएर शेर्पा माथी सम्मान समेत प्रकट गरिएको थियो भन्ने गीतको लय र बोलबाट नै स्पष्ट हुन्छ !

विधिको बिडम्बना वा देसको माया कम भएर हो वा छिमेकीले दिएको लोभलालचमा परेर शेर्पाले भारतीय नागरिकता तथा पासपोर्ट स्वीकारी भारत पस्चिम बंगालको दार्जिलिंगमा गएर बसोबास गर्दै प्रबासी नेपाली बन्न रुचाय ! शेर्पा त्यसरी 'प्रबासी नेपाली' बन्न जान्छन भनेर थाहा पाएको भए स्व.गीतकार तथा गायक धर्मराज थापाले माथी उल्लेखित गीतको रचना पक्कै पनि गर्दैन थिए होलान ! शेर्पा पछि धेरै दक्ष प्रतिभावान नेपालीहरु शेर्पा जस्तै गरि देसबाट पलायन भएर बिदेसी भूमिमा बस्न रुचाय  निकाल्ने हो  जसको फेहरिस्त निकै लामो हुन्छ !

तस्विर साभार: गुगल सर्च
संसारकै अग्लो चुचुरो सगरमाथाकै नाम बाट राखिएको सगरमाथा अंचलको सप्तरी जिल्लाको महदेवामा जन्मी हुर्केका अत्यन्त तीक्ष्ण बुद्दी भएका डाक्टर चन्द्र कुमार राउतको प्रतिभाले गर्दा निजले अमेरिका लगाएत बिभिन्न बिकसित रास्ट्रमा अध्ययन गरे ! निजको अद्भुत प्रतिभा देखेर नै होला महासक्तिसाली रास्ट्र अमेरिकाको प्रतिष्ठित Raytheon संस्थामा अध्ययन तथा काम समेत गर्न पाए तर के कुन हिसाबले निज राउत नेपाल फर्केर आए पछी देसमा बिज्ञानको शिक्षा दिएर अन्य नेपालीहरुलाई दीक्षित बनाउनुको सट्टा देस टुक्राउने षडयन्त्रको तानाबाना बुन्न थाले ! निजको अनैतिक तथा अपराधिक क्रियाकलापले गर्दा सरकारले निजलाई हिरासतमा लिनु परेको घटना हाल सम्म सेलाएको छैन !

तस्विर साभार: सेटोपाटी अनलाईन
यसै हप्ता गोर्खा जिल्लामा पुर्ख्याली जन्मथलो भै सानै उमेरमा बिदेसमा शिक्षा दीक्षा लिने सौभाग्य जुटेका एक व्यक्तिको संसारभरीनै चर्चा चल्यो ! सरिरको अत्यन्त संबेदनसिल अंग मुटुले काम गर्न छोडेको बिरामीको सरिरमा मृत व्यक्तिको मुटु तिनी समेतको समुहले अस्ट्रेलियामा सफल प्रत्यारोपण गरेर देखाई दिए ! ति समुहको नाईके सदस्यको नाम हो डाक्टर कुमुद प्रसाद धिताल !

गोरखा पुर्ख्यौली घर भएका ५४ वर्षीय कुमुद पूर्वसचिव विष्णुप्रसाद धितालका छोरा हुन्। पञ्चायतकालमा कृषि मन्त्रालयको सचिव रहेका उनले सरकारी सेवापछि दश वर्ष एफएओमा काम गरे। त्यही क्रममा कुमुदको स्कुले पढाई घरी ललितपुरको सेन्टजेभियर्स घरी इटालीको रोममा भयो। उच्च माध्यमिक तहदेखि नै उनले बेलायत पढ्न थाले। (श्रोत:सेतोपाटी)
डाक्टर धितालको पुर्ख्यौली साईनो नेपालमा  भएतापनि युवा अबस्था देखिनै बिदेसमा अध्ययन गरे र उतै बिदेसमा बस्छन ! तेन्जिंग नोर्गे शेर्पा देखि राउत जस्तै गरि तिनी पनि प्रबासी नेपाली भै सकेका छन ! धिताल उमेरले ५० काटी सकेका हुन भने आक्कल झुक्कल जन्मथलो नेपाल आउनु कुनै ठुलो कुरा भएन तर तिनीले आफुले जानेको शिप र विधा नेपालको कनिस्ट डाक्टरलाई देलान ? त्यो अहिलेको समयमा ठोकुवा गरेर कसैले पनि भन्न सक्दैनन ! धिताल स्वयमले पत्रपत्रिकालाई दिएको अन्तरवार्तालाई आधार मानेर हेर्ने हो भने निजले प्राप्त गरेको सफलताले देसको गरिब जनताको लागी प्रत्यक्ष कुनै फाईदा देखिदैन !

शेर्पाले प्रथम आरोही बनेर संसारलाई आश्चर्यमा पारे तर आफुले आर्जेको ज्ञान र शिप आफ्नो देसको युवालाई नदिएर बिदेसीलाई दिन किन गए ? त्यस्तै डाक्टर राउतले आफुले अथक परिश्रम गरेर सिकेको बैज्ञानिक उपलब्धि नेपाली युवाहरुलाई उपलब्ध गराउनुको साटो मदेसी युवाहरुलाई रास्ट्रघातको प्रशिक्षण दिंदै किन हिडे ? त्यस्तै जुन व्यक्तिले संसारलाई नै आश्चर्यमा पार्ने सरिर बिज्ञानको अद्भुत शिक्षा हासिल गरे तर ति ब्यक्ति नेपालमा नभएर बिदेसमा बसोबास गर्ने प्रबासी नेपाली भई सकेका छन भने त्यस्ता व्यक्तिहरुको मुक्त कण्ठले प्रसंसा किन गर्ने ?

नेपाली माटोमा जन्मेर जसलाई आफ्नो देस र आफ्नो देसको नागरिक प्रतिको कुनै चासोनै छैन भने त्यस्ता व्यक्तिहरुको काम कार्यको हर्षबढाई गर्नुको के औचित्य छ ? स्वदेसी बाट बिदेसी बनेर देसै माया मारेर हिड्नेले जुन देसमा गएर बसोबास गर्छन त्यहि देसको लागी पसिना बगाउछन र फाईदा पनि त्यहि देसले नै लिन्छन भने त्यस्ता प्रबासी नेपालीहरुले गरेको काम र उपलब्धि भनेको 'काग लाई बेल पाक्यो हर्ष न बढाई' भने जस्तै हो कि हैन ? नेपालमा जन्मेर मात्र नेपाली भईदैन किनभने नेपाली भन्ने सक्कली परिचय प्राप्त गर्न देस र जनताको लागी पनि केहि गरेर देखाउनु पर्छ !



छिमेकी अनुसारको धर्म र राजनीति !

Written By खांट्टी कुरा on Monday, October 27, 2014 | October 27, 2014

तस्विर साभार: गुगल
रमेस राज वास्तोला/जनक मान डंगोल

अंग्रेजबाट स्वतन्त्र भए पछिको भारतीय राजनीतिमा कास्मिरी पण्डित जवाहरलाल नेहरु (१८८९-१९६४) माहात्मा गान्धी पछिको दोश्रो ठुलो नेतामा पर्दछन ! अत्यन्त दुरदृस्टी  भएका यी राजनेताका सन्तानको नाउँमा इन्दिरा प्रियदर्शिनी गाँधी (जन्म उपनाम: नेहरू 19 नवंबर १९१७-31 मृत्यु अक्टूबर 1984) मात्र भएको र त्यो बेला भारतमा महात्मा गान्धी अत्यधिक चर्चाको सिखरमा भएकोले यिनले छोरी ईन्दिराको बिवाह 'गान्धी खानदान' मा गरिदिए तर ईन्दिराको पति फिरोज गान्धी र महात्मा गान्धीको बिचमा कुनै साईनो पर्दैन ! ईन्दिरा गान्धी प्रधान मन्त्रि पदमा हुँदा नै निजको हत्या आफ्नो अंगरक्षक बाट भयो ! उनको हत्या पस्चात उनको छोरा राजिब गान्धी भारतको प्रधान मन्त्रि बने ! 

तस्विर साभार: गुगल
ईटाली देसको 'वैनेतो, लूसियाना' भन्ने गाउँमा ९ दिसम्बर १९४६ मा जन्मेकी एन्टोनिया मैनो एक भूतपूर्व फासिस्ट सिपाही स्टेफ़िनो मायनो को छोरी हुन र तिनै एन्टोनिया मैनो सित १९६८ मा ईन्दिरा गान्धीको छोरा राजिब गान्धीको बिवाह भयो ! बिवाह पछी नाम बदलेर तिनले सोनिया गान्धी राखिन ! बिवाहको १५ बर्ष पछी मात्र सोनिया गान्धीले भारतीय नागरिकता स्वीकारेकि हुन ! पति राजिब गान्धीको १९९१ मा चुनावको प्रचार गर्न जाँदा दक्षिण भारतको तमिलनाडु ,श्रीपेरंबदूरमा हत्या भयो त्यस पश्चात भारतीय राजनीतिमा नेहरु-गान्धी परिवारको राजनीति ओझेलमा परी सकेको थियो !

सन २००४ को भारतीय चुनाव भन्दा केहि महिना अगाडी मात्र अप्रत्यासित तरिकाले भारतीय राजनीतिमा पुन गान्धी परिवारको उदय भयो ! भारतीय रास्ट्रिय कांग्रेसको अध्यक्ष पदमा निर्बिरोध चुनिय पछी आजको मिति सम्म भारतीय रास्ट्रिय कांग्रेसमा पुन: गान्धी परवारको बर्चस्व कायम छ !
सन २००४ को उत्तर प्रदेशको राय बरेली लोक सभा बाट निर्वाचित हुना साथ् धेरैले अबको प्रधान मन्त्रि सोनिया गान्धी भनेर लख काटेका थिए तर चतुर सोनिया गान्धीले आफु प्रधान मन्त्रि नबनेर लोक सभा चुनावमा भाग नलिएका मन मोहन शिंहलाई मिलिजुली सरकारको प्रधान मन्त्रि बनाईन !
पंजावमा जन्मिएर बेलायतमा उच्च सिक्षा हासिल गरेका मन मोहन शिंह सिख धर्म मान्छन ! सोझा र भलाद्मी तथा कम बोल्ने स्वभावको भनेर मन मोहन शिंह लाइ चिनिन्छ तर मन मोहन शिंह प्रधान मन्त्रि भए पनि पर्दा पछाडी बाट देस चलाउने सोनिया गान्धी थिईन !

२०५१ सालमा तत्कालिन स.ज.मो ले सेर बहादुर देउवा सरकारलाई ४० सुत्रिय माग पेस गरे पछी तथाकथित जनयुद्धको घोषणा गरेर झन्डै १२ बर्ष नेपालमा माओबादीले मच्चाएको उपद्रोको के बयान गराई भो ! जब भारतमा कांग्रेसले सासन सत्ता हातमा लिए त्यस पश्चात सान्ति सम्झौता भन्दै दिल्लीमा १२ बुंदे हस्ताक्षर गरे पछी नेपालमा माओबादीले पटक पटक सरकारमा सहभागिता जनाएकै हो !

सरकार मा हुँदा र रहंदा बस्दा सम्म हिन्दु धर्मलाई खासै वास्ता नगर्ने नेपालको माओबादीहरुले जब छिमेकी भारतमा पुन नेहरु-गान्धी परिवारको राजनीति ओरालो लागेर कट्टरपन्थी हिन्दु बादी बिचार धाराको भारतीया जनता पार्टीको कट्टर हिन्दुवादी नेता नरेन्द्र दामोदर दास मोदीले सरकारको बागडोर सम्हाले त्यस पस्चात आश्चर्यजनक तरिकाले नेपालको माओबादीहरु पुरानै सनातन धर्ममा कथित रुपले फर्किएको देखाउदैछ्न जसको परिणाम हो माओबादीको पहिलो नेता तथा पुर्ब प्रधानमन्त्रि प्रचण्ड भनिने पुष्पकमल दाहाल तथा दोश्रो ठुला नेता पुर्ब प्रधानमन्त्रि डाक्टर बाबुराम भटराईले सामाजिक संजालमा पोस्ट गर्ने गरेका धार्मिक क्रियाकलापमा भाग लिएका तस्बिरहरुलाई लिन सकिन्छ, तर नेपालको माओबादीका नेताहरु के भित्रि आत्मालेनै पुरानै सनातन हिनु धर्ममा फर्किएका हुन ?

तस्विर साभार: गुगल
अबस्य पनि हैन किनभने जसरि छिमेकी भारतको बंसबादको राजनीतिको स्थापना गर्ने स्व.जवाहर लाल नेहरु तथा तिनका छोरी ईन्दिरा गान्धीले राजनीतिक लाभको लागि हिन्दु धर्मलाई तिलान्जली दिएका थिए त्यस्तै हो नेपालका कम्युनिस्ट नेताहरु र अझ अग्रपंक्तिमा पर्ने माओबादी कम्युनिस्ट भन्न रुचाउने नेताहरु ! 

निधारमा रातो टिका र गलामा सयपत्रिको माला लाउदैमा त्यसलाई हिन्दु धर्म मान्छन भनेर विश्वास गर्नु कदापि हुन्न किनभने जसले सच्चा हृदयले परम्परा अनुसार पुजाआजा देखि बिधि बिधान गर्दैन मान्दैन त्यस्तालाई हिन्दु धर्म र संस्कृति मानेछ भनेर कोहि कसैले बिस्वास गर्छ भने त्यो मुर्खता मात्रै हुनेछ !

तस्विर साभार:फेसबुक बाट
नेपालका तथाकथित जनयुद्दको ढोल फुकेर नेता बनेका क.प्रचण्ड देखि सो भन्दा मुनिका सबै नेताहरु छद्म भेसी नेता हुन र आफ्नो फाईदा र अस्तित्व बचाउन पुन: हिन्दु धर्म मानेको स्वांग रच्दैछन ! हिन्दुको छोराले जन्मदाताको मृत्युमा परम्परा अनुसार काज क्रिया गर्ने गर्छन भने सुट प्यान्ट टाई र छालाको टल्किने जुत्तामा सजिएर मुखाग्नी दिन घाटमा पक्कै पनि जादैनन !
हिन्दुका छोराले परम्पराअनुसार मनाउदै आएको भाई टिकामा बिधि बिधान अनुसार मण्डप बनाएर सप्तरंगी टिका, फुल माला मिठाई प्रसादी ग्रहण गर्नु पर्नेमा लोक र छिमेकीलाई देखाउन चेली बोलाएर स्टिलको थालीमा सप्तरंगी टिका देखाएर निधारमा लाउदैमा भाई टिका सम्पन्न गरेको भन्न मिल्छ ? त्यसरी लाईएको टिकाको के अर्थ ? 

आफ्नो राजनीति फाईदाको लागी आफ्नो जात धर्म कुल संस्कृति र परम्परा माथि जसरि भारतमा नेहरु-इन्दिरा गान्धी परिवारले खेलवाड गर्थे अहिले ठ्याक्कै त्यसैको सिको नेपालको कांग्रेस देखि कम्युनिस्टको नेताहरुले लिएको छन ! यो सबै लोकलाई भ्रममा पार्ने खेल भन्दा अरु केहि पनि हैन ! 
सबै तस्विरहरु साभार तस्बिर हुन ! तस्विर हरु गुगल सर्चको माध्यम द्वारा प्राप्त गरिएको हो !

कविता -- सुनकोशी र पहिरो

समा श्री
गिलो छातीमा छोडेका पदछाप
अब गिलो रहेनन्
चट्टान भएका छन्
कठोर अति कठोर भइसके
आँखा भने अझै गिला छन्
सप्को भिजाउँदै
जब नानीहरू अबोध प्रश्न गरिदिन्छन्
"बा खै ?" भनेर
आँशुको श्रोत चाहार्छु
तब कलेजी रेटिन्छ
अनि भेटछु
थुप्रै बिझाउने कुराहरू
आँखालाई धेरै कुराले बिझाउँदा रहेछन्...
शब्द त फूल भन्दा कोमल हुनुपर्ने
तर होइन रहेछ
कोमलता जिब्रोले मात्र सम्हाल्दो रहेछ
बचन त हृदय बेधने धारीला बाण रहेछन्
भित्रभित्रै पहिरो जान्छ
सेती खोँचझैँ
नसानसामा लावा बनेर
प्रश्न दगुरिदिन्छ
चट्टान हृदयबाट प्रवाहित रसले
आँखालाई गिला बनाउछन्
आँखालाई प्रश्नले पनि बिझाउँदो रहेछ

तिमीले के गर्‍यौ ?
गर्न हुने गर्‍यौ कि
गर्न नहुने गर्‍यौ ?
तिम्रो मृत्यु
अनेक उपमा र अलंकार युक्त छन्
मानिसहरू त्यसै भन्छन्
मृत्युलाई वरण गर्नु
के तिम्रो महानता हो ?
या प्राप्तिको लागि बलि ?
मलाई सोध्न मन लाग्छ
त्याग गरेर तिमीले के पायौ ?
त्याग गरेर तिमीले के दियौ ?
तिमी कहाँ छौ थाहा छैन
तर नानीहरूका प्रश्नको जवाफ दिन
यहाँ कोही छैन
यहाँ कोही पनि छैन
एकलासमा तिम्रो अनुपस्थिति
आँखालाई गिला बनाउछन्
आँखालाई अनुपस्थितिले पनि बिझाउँदो रहेछ

ओठलाई बलजफति जोडेर
शब्द नखस्ने बाँध बनाउन
दुष्कर हुँदो रहेछ
यहाँ त बाध्यताले
ओठ सिइदिएका छन्
भित्र गहिरो कालो गाढा मौनता
प्रतिपल जन्मिदैछ
मौनता अर्थहिन हुँदैन
मौनता निर्वल पनि हुँदैन
यो बडो निर्दयी हुन्छ
यो बडो जण्ड हुन्छ
दुष्परिणामको भयले
मेरो हृदय काँप्छ
म जबरजस्ती मौनतालाई सुस्केरामा बेह्रेर
फुस्स उडाइदिन्छु
माउ माकुरी बनेर
रक्षा गर्छु नानीहरूको
र उनीहरूलाई हेर्छु
प्रश्न गर्दागर्दा
उत्तर नपाएर निराश नानीहरू
आजकाल प्रश्न गर्दैनन्
कहिले एकटक भित्तातिर हेरिरहेका हुन्छन्
कहिले आकाश हेर्दै टोलाइरहेका हुन्छन्
थाकेर जब उनीहरू
मेरा आँखामा हेर्छन्
तब शून्यता
आँखालाई गिलो बनाउछ
आँखालाई शून्यताले पनि बिझाउँदो रहेछ

सुनकोशी
पहिरो नजाँदा पनि बगेको थियो
सुनकोशी
पहिरो गएपछि पनि बगिरहेकै छ ।

लघुकथा -न्याय

Written By खांट्टी कुरा on Sunday, October 26, 2014 | October 26, 2014

तस्विर साभार: कथाकारको फेसबुक बाट
कथाकार।देव थापा

उसको गोजी बाट उसैको मोबाइल निकाल्न मलाई निकै गारो भयो! एक त उ आफ्नै रगतमा लतपतिएको थियो अनि निर्जीव र फेरी कम्मर भन्दा मुन्तिरको जम्मै अङ्ग क्षतिग्रस्त!
उसलाई पलास्टिक मा पट्टाएर शव वाहन मा हाले पछि मैले जिन्दगीको भरोसा गर्न नै छोडे... हुन पनि एक घण्टा पहिले हामीले संगै खाना खाएका थियौ। बिदेश फापेन उसलाई ।
त्यो दिन कसरी बित्यो मलाई यादै छैन! भोलिपल्ट दिनभर हामी शोकमा थियौं, समवेदना र अपसोचमा थियौँ !
उसको कान्छी श्रीमती को मिसकल झन्डै साठी सत्तरी पुगिसक्याथ्यो मेरो मोबाइल मा! फोन रिसिभ गर्ने हिम्मत जुटिरा थेन! फेरी कसरी एक्कासी सिउँदो पुछ्न भन्नु!
साँझमा त फोन उठाउनै पर्यो!
"खोइ त दुई दिन भै सक्यो , उहाको खबर छैन , कता हुनुहुन्छ ?"
मैले उनको जबाफ नदिएर उल्टै सोधे "अनि खानपिन भयो त हजुरको?"
"हजुर भयो नि, दुईजना छोरीहरू त खाएर निदाई पनि सके....!"
"अनि हजुरको बाबा कता हुनुहुन्छ ? संगै छन्?"
"उँहा संग आए पछि, बाबा त्यति बोल्नु हुन्न म संग.. छोरीहरू संग एक्लै छु म...!"
"सुन्नुहोस्.. अब जसरी हुन्छ बाबा र दाजु भाइ लाई फकाएर दुईटै छोरीहरू लिएर उनको घर जानुहोस्।"
"किन र !!! के भयो उनलाई ?"
"उहाँ हिजो दुर्घटनामा पर्नुभयो.. एक हप्ता भित्र सायद उहाँको लास आइ पूग्छ..." मैले यति भन्नलाई झन्डै पाँच मिनेट लगाएँ!
त्यस पछि उनको रुवाइलाई म बयान गर्न सक्दिनँ।
झन्डै पन्ध्र बिस मिनेट पछि मैले उनलाई निकै संझाएँ!
"हेर्नुहोस् अब घटना घटीसक्यो.. अब नाबालक छोरी हरूलाई सम्हाल्ने जिम्मा हजुरकै हो... जसरी हुन्छ छोरी हरूलाई लिएर उनको घर जानुहोस्।"
"म उहाँको घर जानै मिल्दैन, उहाँको जेठी र परिवार ले मार्छन्!! "रुवाइ अझै थियो आवाजमा !
"छोरी हरू उहाँकै हो भनेर त थाहा छ नि उहाँको परिवार लाई.. नभए पुलिस लिएर भए पनि जानुहोस्.. उनको इन्स्योरेन्सको पैसा हजुरलाई नमिले पनि छोरीहरू लाई मिल्नु पर्ने दबाब दिनुहोस् !"
उनी केही क्षण चुप लागिन र भनिन "यहा कुरा अर्कै छ.. यो दुईजना छोरी हरु उहाँको हैनन्.. उहाँ मेरो बुढाको साथी हुनुहुन्थ्यो .. हाम्रो घरमा उहाँको आवत जावत हुन्थ्यो... र कसरी कसरी हाम्रो प्रेम हुन पूग्यो .. र छोरी सहित मलाई भगाएका हुन!!"
म पूर्णत स्तब्ध भए.. त्यस पछि उनले के के भनिन् र मैले के के भने मलाई न याद छ न वास्ता नै!
भोलिपल्ट । उनलाई व्यक्तिगत रुपमा पठाउने भनेर जम्मा गरेको पैसा हरू मैले साथीहरू को नाम हेर्दै फिर्ता गरिदिएँ! लास नेपाल पूग्ने समय र मिति उनलाई सुनाएँ पछि मोबाइल को सिमकार्ड पनि चेन्ज गरे!
"देव"को अदालतमा कुन्नि कस्तो निर्णय होला तर मेरो अदालतले उसको तेर्हौ दिनमा ... समवेदना भन्न सकेन!

सोचम है सबैले !

Written By खांट्टी कुरा on Saturday, October 25, 2014 | October 25, 2014

तस्विर साभार: गुगल 
नायिका :-'मेन्टल' हे तु ?
नायिकाको दिदि:- 'फ्रड' करते  करते जेल मत चलि जाना !
नायक;- 'मटन' हे, 'डिजे' हे, दारु हे... सब हे !
नायिका;- बहन बनाकर ले जायगी कि 'गर्ल फ्रेण्ड' बनाकर ले जायगी ! 
..
देख्नु भो माथिको लेखाई ?
चर्चित हिन्दि सिनेमा 'हम्टी शर्मा कि दुल्हनिया' भन्ने चलचित्रमा नायक तथा नायीका बिचको सम्बाद हो यो !
१० देखि १५ सेकेन्ड बीचको सम्बादमा आधा भन्दा बढ्ता अंग्रेजी भाषा मिसायर तयार पार्ने यो चलचित्रको लेखक, निर्देशक, निर्माता र दर्शक मध्येमा सबै भन्दा बढ्ता दोषी को ?
यस्तो खिचडी भाषालाई आँखा चिम्लेर 'U' अर्थात उत्तम भनेर प्रमाणपत्र दिने सरकार चैँ दोषी निर्दोषी छुट्याउने कसले ?
भारतमा जे गर्यो त्यसको सत प्रतिसत नक्कल छिमेकी देस मात्र नभएर अन्य देसहरुमा समेत गर्ने गरिन्छ भने अंग्रेज गए तर अंग्रेजको भाषा संस्कारलाई चैँ बडो माया र प्रेमले अंगाल्न अहिले सम्म छोडेका छैनन भने,
चिप्लिभिंडी अर्थात रामतोरियालाई 'भिंडी, भन्टालाई 'बैगन', माछालाई 'मछली', जुलेबीलाई 'जेरी' हुँदै तिहारको मण्डललाई 'रंगोली' भन्यो भनेर किन आश्चर्य मान्ने ?
हमारे कालिमाटीमे आओ तुमको दिखादेंगे भनेर बिहारीले हाक्काहाकी भन्दा जुवा हारेको पाँच पाण्डबले झैँ मुन्टो निउर्यायेर हिड्ने दिन कुन व्यवस्थाले पारेको ?
हिजो पन्चेतले बिदेसी भाषामा कडी कड़ाउ गर्दा 'कालो कानून' भन्दै उफ्रेको फल त बिस्तारै देखिदैछ नि !
भाषा, संस्कृति, भेषभुषा, रहन सहन देखि खानपान सम्म बिदेसीको अंगाले पछी आज आएर चुकचुकाउने कि त्यसलाई सच्याउने ?
बल हाम्रै खुट्टामा छ आत्मघाती गोल नगरौ नत्र भोलि सन्ततिले सराप्ला !
रह्यो कुरा देउवा सरकारलाई ४० बुंदे तेर्स्याउने लाल ब्वासांहरुको ! तिनीहरु मान्छे हैनन ! मान्छेको टाउकोमा गिदी हुन्छ र त्यो गिदीले सहि र गलत सोच्छ भने लाल ब्वासां देखि तिनका अनुयायी भनेका जंगली बाँदर हुन ! बाँदरको बारेमा मैले विश्लेषण गर्नु पर्ला र ?
अन्तिममा,
साहरुख खानको ह्यापी न्यु ईयर कस्तो रैच्च त अध्यक्ष काम्रेट ? ४० बुंदे सम्झिनु भो कि नाई ?
..
तात्कालीन \'संयुक्त जनमोर्चा नेपाल’ का चालीस सूत्रीय मागहरू
(संजमोको केन्द्रीय प्रतिनिधिमण्डलले तात्कालीन संयुक्त सरकारका प्रधानमन्त्री शेरबहादुर देउबालाई भेटेर प्रस्तुत गरिएका मागहरू)
२०५२ माघ २१ गते
श्री सम्माननीय प्रधानमन्त्री ज्यू, 
प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार, काठमाडौं

विषय- ज्ञापनपत्र

बुँदानं ८ मा यस्तो लेखिएको थियो !
८. साम्राज्यवादी तथा विस्तारवादी सांस्कृतिक प्रदूषण र अतिक्रमणको अन्त्य गरिनुपर्छ । देशभित्र छाडा हिन्दी सिनेमा, भिडिओ र पत्रपत्रिकाहरूको आयात र वितरणमा तुरुन्त रोक लगाइनुपर्छ 

अमिलो, टर्रो, बेस्वादे महहरु !

Written By खांट्टी कुरा on Thursday, October 23, 2014 | October 23, 2014

छिमेकी भारतमा बितेको हप्तामात्रै बीसौं बर्ष पुरानो भ्रस्टाचार काण्डको फाईलले पूर्णता पाउना साथ अभियुक्तले जेलको हावा खानु पर्यो भने हाल अभियुक्त स्वास्थ्यको कारण देखाउंदै जेलबाट धरौटीबाट छुटन सफल भएकी छिन !

कुनै समयको दक्षिण भारतको चर्चित अभिनेत्री जयराम जय ललिताले चलचित्र क्षेत्रलाई सन्यास दिंदै राजनीतिमा पाईलो राखिन त्यस पछीको उनको राजनीति अहिले सम्म कायमै छ भने यो बिचमा उनि भ्रस्टाचार काण्डमा दुई पटक जेलको हावा खाई सकेकी छिन ! माथिको चर्चा यिनै अभिनेत्री तथा राजनेताको बिषयमा गरिएको हो !
जय ललिता जनताको माझमा अत्यन्त प्रिय छिन ! उनको एक ईसारामा जनता ज्यान अर्पिन तयार छन ! उनि जेल परेको खबर फैलिना साथ केहिले आत्महत्या समेत गरे भने उनको पकड क्षेत्रमा हिंसात्मक तोडफोड देखि आगजनी समेत भयो !
कानूनले अपराधी हो भनेर दण्ड संजाय देखि काराबासको संजाय तोके पछी ति व्यक्ति स्वत: अपराधी भयो कि भएन ? तिनै अपराधीको पुजा गर्ने, अपराधीको लागी आफ्नो ज्यु ज्यानको बलिदान दिने देखि रिसको आवेगमा सरकारी सम्पति सम्म तोडफोड गर्न पछी नहट्ने त्यो कस्तो परिपाटि हो र न्यायालयलेनै अपराधी हो भनेसी ति कसरि भगवान भए ? (जय ललिता सम्बन्धि समाचारको लागी यहाँ क्लिक गर्नुहोस)
तस्विर साभार: महको फेसबुक बाट !

छिमेकी भारतमा जे जे गर्यो हाम्रो देसमा पनि सतप्रतिसत त्यतिको नक्कल गर्ने चलन छ र २०४६ साल पछी हाम्रो देस नेपालमा यस्तै परि पाटीको बिकास दिन प्रतिदिन बिकास हुँदै गई रहेको छ ! नेता हुन या अभिनेता खबरकर्मी हुन या अधिकारकर्मी तिनले गरेको क्षणिक काम कारबाहीलाई हेर्दै देवको पगरी गुथाउनु के त्यो जायज हो ?

कथित अर्थात स्वघोषित 'नागरिक समाज' को नाम बाट ब्यबस्था बदल्न राजनीतिक पार्टीले गरेको बन्द हड्ताल देखि कानून तोडन समेत पछी नपर्ने कथित अधिकारकर्मी, खबरकर्मी, नेता देखि अभिनेताहरु मध्य अत्याधिक चर्चितमा रहेकोमा हास्यकलाकारद्वय 'मह' अर्थात मदन कृष्ण श्रेष्ठ र हरि बंश आचार्यको जोडी पनि पर्दछन ! 
'मह' जोडी त्यसै आपसेआफ चर्चित भएका हैनन ! नाटक तथा प्रहशनको माध्यम बाट तत्कालिन पंचायत ब्यबस्था बिरुद्ध चोटिलो ब्यंग्य गरेको कारण यी जोडी त्यो बेला देखि अहिले सम्म अत्यन्त चर्चित छन ! यमलोक, प्यारालाइसिस, अंसबण्डा, होस्टेहैंसे, कक फाईट, वडा नम्बर ३४ देखि पंचायतको श्राद्ध जस्ता प्रहसनले गर्दा पंचायतकालमा यो जोडीले नाम देखि दाम सम्म कमाए भने पटक पटक तत्कालिन ब्यबस्थाले हिरासतमा पनि लिएकै हुन !

नागरिकताको बिषयलाई लिएर तत्कालिन सुर्य बहादुर थापा सरकारलाई 'होस्टे हैंसे' मार्फत कडा चोटिलो ब्यंग्य प्रहार गर्ने यो जोडी लोकतन्त्रमा खोस्टा सरि बिदेसी खास गरि भारतीयहरु लाई नागरिकता बाड्दा किन चुप बसे ? 

उति बेला निरंकुस सासन भनेर अत्यन्त कम बैदेसिक सहयोग आउथ्यो र त्यसमा पनि बिदेसिले दिने सहयोग र गोष्ठीको बिषयमा गरिएको बिषयलाई आधार बनाएर 'त्यस्ता गोस्टी र सेमिनारले कर्णालीमा विकास गर्न पुग्थ्यो भनेर 'नाता' प्रहसनमा व्यङ्ग्य गर्ने यो जोडीले अहिले असिना सरि बर्षिएको युरो देखि डलर पाउण्ड हुँदै अन्य बिदेसी सहयोगको चरम दुरुपयोग हुँदा पंचायती सासनमा झैँ कडा ब्यंग्य प्रहार गर्ने आँट किन गरेनन ?

गायक अमृत गुरुङ,तस्विर साभार गुगल सर्च !
मह जोडी देखि हाल चर्चित गायक अमृत गुरुङ हुँदै उज्यालो जस्ता मिडियाकर्मी संस्थाहरु समेतले बिदेसी दात्री निकायबाट सहयोग थापेर कार्यक्रम चलाउछन भनेर केहि महिना अगाडी माई संसार ब्लगले सप्रमाण प्रकाशित गरेकै हो !

बिदेसिले दान सहयोग त्यसै दिन्छन ? बिदेसीले देको दान सहयोगले गर्दा हिजोको सान्ति र सम्रिद्दी भाको देसहरु ईराक, लिबिया, सिरिया,अफगानिस्थान देखि अफ्रिकी मुलुकहरु सम्मको आजको हालत के कस्तो छ ? किन एकै देसका नागरिकहरु एक आर्कोको बिरुद्ध मार्न र मर्न लड्दैछन ? 

आफ्नै देसको २५ बर्षको प्रत्यक्ष घटना आँखै अगाडी देख्दादेख्दै पनि हिजो तिनै बिदेसीले देको दान सहयोगको कडा बिरोध गर्ने 'मह' जोडीले किन र के हिसाबले प्रजातन्त्र देखि लोकतन्त्रमा बिदेसी सहयोग थापेर आफ्नो संस्था मह संचारको नाउँ बाट कार्यक्रम बनाए ? आज बिदेसीको दान सहयोग लिएर कार्यक्रम चलाउछन भने त्यस्ता ब्यक्ति वा संस्थाहरु माथि चोर अम्लो किन नदेखाउने ? कि हिजो आफुले पनि बिरोध गर्नु हुन्थेन छ नि नेपाली उखान 'चोर चोर मौसेरा भाई' अर्थात 'काले काले मिलेर खाउँ भाले' भन्ने ! त्यहि भयो कि भएन ?

धेरै पाठक तथा मित्रहरुले मह हुन या अन्य नाम चलेका अभियन्ता बिरुद्ध लगाईएको आरोप तथा प्रत्यारोपको विश्वास गर्न सक्दैनन ! प्रसिद्धिको सिखर चुमेका व्यक्तिहरुको जस्तो सुकै कुकृत्य पनि पत्याउन गारो हुन्छ किनभने 'नागरिक समाज' का खोल ओढेर राजनीतिक पार्टीको हरेक कार्यक्रम देखि बन्द हड्ताल होस या अबज्ञा आन्दोलन गर्ने यी कलाकार गायक देखि नागरिक समाजका अगुवा, मानव अधिकार कर्मी हुन या लेखक, पत्रकार देखि सामाजिक अभियन्ता यी सबै बिदेसीको ईसारामा देसको व्यवस्था परिवर्तन गर्ने र गराउन उक्साउने भरिया मात्र हुन ! २०४६ सालको आन्दोलन होस या ६२/६३ को आन्दोलनहरुमा यी जमातेहरुको उत्तिकै सक्रियता थियो कि थिएन ?

राजनीतिक पार्टीहरु सित लागेर यीनीहरुले गरेको आन्दोलन सफल पनि भयो तर देस र जनताले चैँ के पायो ? किन आज हज्जारौको लर्को लगेर खाडी मलेस्यामा पसिना बगाउन जान्छन गरिब नेपालीका सन्तानहरु ? गाउँ टोलहरुमा खडा गरिएको बिदेसी दात्री निकाएको संस्थाहरुले समाजलाई जोडेका छन कि तोडेका छन ? धर्म परिवर्तन किन व्यापक हुँदैछ ? नाटकको पर्दामा मेल मिलापको नारा दिंदैमा के समाज पंचायतीकालमा झैँ  नंग र मासु झैँ मिलेर बसेका छन ? देसमा सान्ति र अमन चयन कायम छ ?

छैन भने सामाजिक संजालको भित्तामा दानबहरुलाई देब बनाएर पुजा किन गरिन्छ ? मान्छे मार्नेलाई मात्रै अपराधी भनिदैन ! उक्साउनेहरु पनि हत्यारा जत्तिकै अपराधी हुन भने नागरिक समाजको खोल ओढेर आफ्नो डम्फु बजाउदै बिदेसीको ईसारामा काम गर्ने मानवअधिकारकर्मी, पत्रकार, गायक, लेखक देखि कलाकारहरु भनेको देस जोड्ने हैन तोड्ने भत्काउने देखि बिगार्ने सम्मक जमातेहरु हुन भनेर प्रमाणित भै सके पछी यस्ताहरुको गुणगान गाएर नथाक्नेहरु सद्धे हुन कि खुस्केका हुन त्यो के बर्णन गर्नु पर्ला र ?
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger