Home » » लघुकथा - भक्ति

लघुकथा - भक्ति

Written By खांट्टी कुरा on Sunday, October 19, 2014 | October 19, 2014

कथाकार: देव थापा
~देव थापा

उनको धर्म परिवर्तन भएको लगभग तीन साल भयो!
त्यस पछि हाम्रो घरमा चाड पर्व मात्र आए उनी आइनन ! उन्लाई अकस्मात् टिका संग घृणा उत्पन्न भो, जमरा लाई सरापिन, यहाँ सम्म कि मेरो नाम संगै पनि उनको असहमति थियो!
"के नाम होला देव, बोलाउनै अप्ठ्यारो " कैले कैले बाटोमा भेट्दा उनी अप्ठ्यारो बोल्थिन्! म सोच्थे "कुन मन्दिर मा जान्छौ यात्री .......!" एउटा लाई घिन गरेर अर्को लाई पूज्ने कुन वाहियात धर्म रैछ त्यो!
बाबाले दुई बर्ष त तिहारमा कुर्नु भो पर्खिनु भो र रुनु पनि भो तर तेस्रो बर्ष चाहिँ यो घोषणा गर्नुभयो कि "बिचरी बहिनी मरीन!" मलाई पनि उनको खाली निधार देखेर हो जस्तै लाग्यो !
एकदिन ...ड्युटी सिद्धिए पछी मोबाइल हेरेको त बाबाको पन्ध्र मिसकल रहेछ! मैले हतार हतार कल गरे!
बाबाले हतार हतासमा भन्नु भयो उनको छोराको एक्सीडेन्ट भयो रे ! गाउँको अरू साथी पनि लिएर जानु.. पाटन हस्पिटल ! कुनै पनि काम पर्न सक्छ!
मैले बाबालाई नमस्कार भने मनमनै ! बाबा ज्वरोले थलिदा पनि उनको उपस्थिति थिएन तर बाबाको मनले कत्ति मिठो माफी दियो!
हामी दुईचार जना हस्पिटलमा थियौ! उनी एक्लै एमरजेन्सीमा टोलाएर बसेकी रै छिन ! हामी हतार हतार उनै तर्फ दौडियौ ! हामीलाई देखेपछि उनमा पनि अलिक साहस पलायो...
म नजिकै पुगेर उनलाई सोधे हतार र जोडले..
"बिष्णु दाई कता हुनुहुन्छ ?"
उनले आश्चर्य मानिन् "को बिष्णु दाई??"
"हजुरले बिष्णु दाई चिन्नु हुन्न!!!" मैले आश्चर्य सोधे!
"चिन्दिन तँ कसको कुरा गर्दैछस्!!??"
"हजुरको छोरा बिष्णु दाई...!" म जोडैले चिच्याएँ!
उनले हल्का कुटिल हासेर भनिन " एsss सिमसोन्... सिमसोन भन्न त अनि!"
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger