Home » » लघुकथा-मुस्कान !

लघुकथा-मुस्कान !

Written By खांट्टी कुरा on Saturday, August 09, 2014 | August 09, 2014

कथाकार-रवीन्द्र समीर

बूढाबूढी, केटाकेटी तथा गृहणीमात्र रहेकाले राजुलाई गाउँमा बस्न लाज लाग्यो । बेरोजगार भए पनि खेतीपाती गरेर परिवार पालेकै थियो ।
- ‘कस्तो लाछी लाठे रहेछ ! यसो अरबतिर जानु, पैसा कमाउनु !
...
राजुलाई यो वाक्यले बारम्बर ठुँगिरह्यो । त्यसैले ऋण गरेर भए पनि स्थानीय एजेन्टमार्फत् ऊ खाडीतिर लाग्यो ।

मरुभूमिको प्रचण्ड धूप, खाना तथा पानीको कमी, कामको चाप एवं साहुको पेलानबाट राजु निरुत्साहित भयो । उदास भयो । डिप्रेसनको शिकार भयो । उसको मुखमण्डलबाट मुस्कानको लाली सर्लक्क पुछियो ।
श्रीमतीले उसको छायाछवि खोज्दै फोनमा भनी – ‘तपाईं त कस्तो निष्ठुरी ! विदेश गएको दुई वर्ष भयो, एउटा फोटो पनि नपठाउने ?’
पर्वको दिन उसले कामबाट छुट्टी पायो । साथीहरुसँग मिलेर ऊ एउटा ठूलो सपिङ मलमा गयो । यता हेर्‍यो, उता हेर्‍यो । धेरै ठाउँमा सोध्यो । अन्त्यमा फुटपाथमा गएर एक जोर राम्रा कपडा किन्यो ।
पार्श्वमा गगनचुम्बी महलहरु आउनेगरी साथीलाई एउटा फोटो खिच्न लगायो । कपडा चम्किला भए पनि उसको अनुहार औंशीको रातजस्तै थियो ।
- ‘कमसेकम फोटो खिच्ने बेलामा त एकपटक हाँस् !’
यन्त्रमानवले झैँ यन्त्रवत् चिज-हाँसो हाँस्यो, खिसिक्क ।
उसकी श्रीमती फोटो हेरेर दङ्ग परी – ‘आहा ! मेरा श्रीमानले त खुब सुख पाउनुभएको रहेछ विदेशमा । ठूलो सहर, राम्राराम्रा कपडा अनि मीठो मुस्कान… !’
..
https://www.facebook.com/sameer.rabindraबाट साभार !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger