Home » » हामी नेपालीहरुमा एकरत्ति एकता छैन (संस्मरण) !

हामी नेपालीहरुमा एकरत्ति एकता छैन (संस्मरण) !

Written By खांट्टी कुरा on Wednesday, July 16, 2014 | July 16, 2014

सुरक्षा गार्डको काम गर्ने भन्दै सन २००४ डिसेम्बर ९ तारिखमा नेपाल छाडेको हामि १८ जना नेपालीको टोलीले ! यता आयेसी सबै लाई एकै ठाउँमा राखेन ! हामि ५ जनालाई छुट्टै जिल्ला सदरमुकाममा लग्यो ! सन्जोग पनि कस्तो पर्यो भने हामीलाई घर भाडामा दिने घर बेटी साहु पन्जाबी रंजित शिहं, हामीलाई काम दिने मालिक मि.कोंग, र मैले रातको डिउटी गर्ने स्थानको मालिक मि.अंग हुवांग तोंग मलाय हाई स्कुलको सहपाठी रैछन !

म बसेको स्थानलाई काम्पुंग मर्डेका (kampung merdeka) भन्थ्यो जसको अर्थ हुन्छ काम्पुंग भनेको गाउँ र मर्डेका भनेको स्वतन्त्र ! अंग्रेजको पालामा बसाइएको बस्ति भन्थ्यो ! मलेसियामा आप्रबासी भारतीय, चाईनिज थुप्रै छन !

भारतीयमा पन्जाबी जसलाई यहा अंग्रेजको पालामा हुलाकी, रनर, क्लर्कको काम गर्न ल्याईएको हो भने दक्षिण भारतीय तामिलहरुलाई श्रम गराउन ! तामिलेहरु श्रमको मामलामा अब्बल छन ! जस्तो सुकै गर्मि पनि सहन सक्छन ! चाइनिज हरु चैँ माओको चिनिया सांस्कृतिक क्रान्तिको दमन सहन नसकेर भागेर आको भन्थे ! हो हैन तिनै जानुन !

घर पट्टि साहु रंजित शिंहको श्रीमती प्राय अंग्रेजी बोल्थी ! एकदिन मैले भने भाभीजी तपाईलाई हिन्दि आउदैन ? लजाउदै भनिन 'मुझे हिन्दि बोल्नेमे सरम आती हे' ! मैले भने हिन्दि तपाईहरुको मदर ल्यांग्वेज हो ! प्रतिबाद गर्दै तुरुन्तै भनिन 'हैन हाम्रो मदर ल्यांग्वेज 'पन्जाबी' हो ! प्रतिबाद गर्नु जरुरि ठानिन ! रंजित शिह चैँ हिन्दि बोल्थ्यो तर गोराको पारामा ! सुन्दै हाँसो उठ्थ्यो ! एक दिन भन्दिए 'तिमीहरु लाइ गोराले ल्याको भ र तिमीहरु पनि गोरा जस्तै भएछौ' !

मेरो घर पट्टि साहु रंजित शिंहले एक दिन भन्थ्यो हेर 'गुर्खा' हरु बहादुर छन तर मिलेर बस्न कहिले पनि जान्दैनन ! मेरो यत्रो ठुलो घर भाडामा लिएर बसेका छौ ! तिमीहरु ५ जना छौ तर अब केहि दिन पछी ५ जना ५ तिर हुन्छौ ! ताल परेको खण्डमा एक आपसमा खुकुरी हान्न पनि बेर लाउदैनौ ! मलाई गुर्खाको बानि थाहा छ, देखेको पनि छु ! गोराहरूले गोर्खालीलाइ 'गुर्खा' भन्छन त्यहि भएर मलेसियामा 'गुर्खा' नै भन्छन ! तर हिजाज चैँ धेरै नेपाली देखेर होला 'ओरांग नेप्पल' भन्छन त्यो भनेको चैँ ओरांग भनेको मान्छे अनि नेप्पल भनेको चैँ नेपाली अर्थात नेपाली मान्छे !
रंजित शिहंले भनेको कुरा खेर गएन ! नभन्दै मलेसिया आएको ३ महिना नबित्दै ५ जना साथि हरु ५ तिर भईयो !
कसरि ?

हामीले मलेसिया आउनु भन्दा पहिला नै म्यान पावर कम्पनीमा सक्कली सहमति पत्रमा दायाँ बायाँ ल्याप्चे सहित प्रति घण्टा मलेसियन पैसा ३/९० मा करारनामा गरेका थियौ ! यता आयेसी चाइनिज साहुले करारनामा मा २/६८ बनाएर बदलेछन ! मैले बिरोध गरे ! मैले बिरोध गर्नु भन्दा पहिला नै पुर्ब सुनसरी घर हुने गंगा बहादुर श्रेष्ठ नामको साथीले हामी सबैलाई उचाल्दै भन्थे हाम्रो एग्रिमेन्ट चेन्ज गरेको छ रे बिरोध गर्नु पछ बुझ्नु भयो, नत्र हेप्छ चाइनिजले! चाइनिज सित डराउनु हुँदैन ! हामी ४ जनाले एकै स्वरमा भन्यौ 'हुन्छ गङ्गा सर हजुरको अंग्रेजी राम्रो छ, हामि साथ् दिन्छ्म', आज बाट हाम्रो टोलि नेता नै तपाई हुनु भयो ! तपाईले जे भनेको नि हामी मान्छ्म !

साहु आयो बल्ल २ महिना पछी ! सहि गर भने, मैले पढे पहिला र भने पेपर यो सक्कली हैन ... किन बदल्नु भो ? मारुला झैँ गरेर चोर अम्लो देखाउदै भन्यो 'मैले कमान्डो खोजेको तर तिमीहरुको नेपलको मान्छेले सिभिल मिसाएर पठायो त्यहि भएर ! मि.तिर्थ चिटिंग टु मि भन्यो ! तिर्थ भनेको म्यान पावरको साहु ! मैले जानी नजानी अंग्रेजी मै भने 'यु वान्ट कमाण्डो, यु वान्ट सिभिलियेन ... आई डोन्ट नो... बट हवाई यु चेन्ज आवर कन्ट्रयाक पेपर ? साहु बोलेन !

यति भनेसी त साथ देलान त भनेको त्यहि गङ्गा भन्ने साथीले भने 'आ होस जनक सर पर्देसा के कालो मुख गर्नु म त सहि गर्छु भनेर सही धस्काई दियो ! उसैको अनुसरण अरुले पनि गरे ! जनक मान डंगोल 'कागको हलमा बकुल्ला' भो ! त्यति मात्रै हैन यो ज्यानलाई ६ महिना सम्म सुक्खा तलवमा समेत पारे !

बिदेसमा नेपालीहरुले परि आएको खण्डमा एक आर्कालाई सिध्याउन समेत बेर लाउदैन भन्ने मेरो तितो भोगाई हो यो ! मेरो बिरोधमा समर्थन गरि दिएको भए त्यति खेर महिनामा आरामले १७ सय आम्दानि हुन्थ्यो ! फाल्टु ओभर टाईमको त कुरै नगरौ ! १७ सय कमाउन डबल दुख गर्नु पर्यो !
स्वदेस होस या बिदेस हामि नेपालीहरुमा एकता फिटिक्कै छैन ! एकता भै दिएको भए न बिदेसमा आएर दुख गर्नु पर्थ्यो न नेताहरुले हाम्लाई उल्लु बनाउथे तर अझै पनि हामि किन चेती रहेको छैनौ यो चै मैले आज सम्म पनि बुझ्न सकेको छैन ! 
..
janakdangol@gmail.com 

Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger