Home » » सिकार सकियो त भाइ , डीम्मा खाने हो (संस्मरण) ?

सिकार सकियो त भाइ , डीम्मा खाने हो (संस्मरण) ?

Written By खांट्टी कुरा on Monday, September 16, 2013 | September 16, 2013

-जनकमान डंगोल
२०३९ सालमा पहिलो चोटि पुर्ब घुम्न जाँदा इटहरीमा भोगिएको घटना !
२०३८ सालमा SLC  दिए पश्चात २०३९ असार/साउना नतिजा आउँदा स्कुल निल भाको खबर ! फेरी फाराम त भरियो तर पढ्न मन गरिएन !
तिहार सकिए पछीको भोलि पल्ट मेरो अत्यन्त मिल्ने साथी राम भण्डारी (बरा बे गरेको ११ दिन नपुग्दै दुर्घटनामा बिते) ले दाइको गाडीमा साथि जा भनेर सुझ्याये ! बेरोजगार भयर हल्लिनु भन्दा त घुम्न पनि पाइने काम पनि हुने अर्थात 'एक पन्थ दो काज' भन्दै हिडियो 'अन्तरे' बन्न !
 'पुनम ट्रान्सपोर्ट' त्यो जमानाको पूर्वको १ नम्बरको ट्रान्सपोट ! त्यहि कम्पनीको हेड ड्राइभर मेरा छिमेकी दाज्यु ! बिरगंजमा सामान लोड गरि वरी त्याहाट  जनकपुर, लाहान, राजविराज हुदै भोलि पल्ट रातको ८ बजे इटहरी नजिक झुम्कामा पुग्दा गाडीको गियर बक्सले धोका दियो !इटहरी धरान लाइनको 'झरना होटेल' मुक्ति साहुको भन्थे ! च्यासे, लिखुरे बाहुन मुक्ति साहुजी स्या स्या गरेर बोल्थे ! तर खाना त्यो होटेलको जस्तो तगडा अन्त हुन्थेन भन्थे ! दिनको एउटा खसीले पनि पुग्दैन भनेर सुनाउथे ! राती ९/१० बजे पनि मान्छेको भिड त्यो जमानामा !

जसो तसो गाडी ९ बजे इटहरी पुर्याइयो ! दाजुले म बिराटनगर अफिस जान्छु ! त् मुक्ति दाइकोमा गएर खाना खा ! पैसो म आयेसी दिम्ला भनेर भन्नु भो ! मैले पनि हुन्छ भने ! दाइले बाटो बाटै भाइ लाइ खाना खुवाउनु भनि दिनु भो !

ओ लक्ष्मण गुरुजीको भाइ ? कस्तो कुट्याममा आको हाउ ? सिकार त सिद्दियो ता ! 'डीम्म़ा खाने' मुक्ति साहुले हकारे !

जिन्दगीमा पहिलो चोटि पुर्ब टेकेको १६ बर्षे केटा ! रातिको बिचमा 'डीम्म़ा खाने' भनेर थर्कौछ उफ्फ़ ! के को खाना न साना ! नबोली फनक्क फर्केर गाडीमा गएर सुते ! भोलिपल्ट दाजुले मिस्त्री र सामान ल्याउनु भो !

गाडी तयार भो अनि त्यस्तै १०/११ बजे खाना खानु गइयो ! मुक्ति साहुले भने 'हन के बिदि  टुप्पेको हाउ गुरुजी तपाइको भाइ त' ? दाइ जिल्ला पर्नु भो ! के गरिस ये मोरा ? म अक्क न बक्क परे !

अनि डराई डराई भने दाज्यु लाइ हेर्नुस न 'डीम्मा खाने' पो भन्छ ता ! दाज्युले कुरा बुझी हाल्नु भो !अनि हास्दै मुक्ति साहु पट्टि फर्केर भन्नु  भो थुक्क मोरा यता पूर्वमा कुखुराको अण्डालाइ  'डीम्म़ा' भन्छ ! भाषाको समस्याले गर्दा त्यो रात भोकै भो !

परार साल छुट्टीमा घर गाको मौकामा  आफ्नै ट्रकमा हिले घुम्न जाँदा त्यहि ठाउँमा हेरे तर त्याहा न झरना होटेल थियो न मुक्ति साहु ! इटहरी त अचम्म संग फेरिएको रैछ !
हाहाहा अब तपाइँ हरु पनि 'डीम्म़ा खाने' कि ?

Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger