Home » » कहिले चेत फिर्ला ए.ने.क.पा माओबादी पार्टीका हरुको !

कहिले चेत फिर्ला ए.ने.क.पा माओबादी पार्टीका हरुको !

Written By खांट्टी कुरा on Friday, August 23, 2013 | August 23, 2013

(तस्बिर: सेतो पाटि बाट साभार)
यो निषेधित क्षेत्र हो याहाँ कार्यक्रम गर्न सख्त निषेध छ टोलबासीले बिरोध गरे ! हाम्रो बिरोध गर्ने हैन गिड़ीयेला फेरी, वाई.सी.एल का कार्यक्रताले धम्काए ! कसलाई धम्काएको ? टोलबासी पनि विरोधकै सैलिमा उत्रिए ! सामान्य कुरा कानी हुँदै विरोधले उग्र रुप लिन थाल्यो ! टोलबासीले बनाउन लागेको मंच भत्काई दिन खोजे र चारैतिर बाट घेर्न सुरु के गरेका थिए अब स्थिति नियन्त्रण बाट बाहिर जाने भयो भनेर प्रहरीले बाटो ढाक्ने गरि कार्यक्रम नगर्न वाई.सी.एल का टोलीलाई अनुरोध गरे ! टोलबासी मात्र नभएर पुरै नगरबासीको आक्रामक रुप देखेर आफैले बनाउन लाको मंच भत्काएर अर्को ठाउँमा कार्यक्रम गर्न जान बिबस हुनु पर्यो वाई.सी.एल को दस्ता !
हेर्दा खेरि चलचित्रको झैं दृश्य लाग्ने यो घटना चलचित्रको नभएर मिति २०७० भाद्र ६ गते ए.ने.क.पा माओबादी को ताम्सालिंग राज्य सामितिले गर्न लागेको पहिलो अधिबेसन काभ्रे जिल्लाको ठुलो सहर बनेपाको दृश्य हो ! ताम्सालिंग राज्य समितिले राखेको कार्यक्रममा ए.ने.क.पा माओबादीका अध्यक्ष देखि सबै ठुला नेताले कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम थियो !
निर्वाचन नजिकिदैछ ! राजनीतिक पार्टीका नेता तथा कार्यकर्ताले जनताको मत जित्नु पर्ने ठाउँमा अझै पनि उही पुरानै सैलिमा धम्क्याउने, चन्दा माग्ने जस्ता अलोकप्रिय काम गर्ने गरेको देखिन्छ !
हिजो जनयुद्धमा के के भयो, के के गरे त्यसको फेहरिस्त लामै छ जसको बर्णन गरि साध्य छैन ! अझै पनि शक्तिको उन्माद देखाएर जनतालाई धम्क्याउने काम कार्य गर्दा भोलि निर्वाचनमा के कस्ती परिणाम आउछ त्यो किन सोच्दैनन यो चैँ बुझी नसक्नुको कुरा छ !
देशमा अहिले सम्म ५ बिकास क्षेत्र र १४ अन्चल अनि ७५ जिल्ला कायम छ ! हाँसो उठ्दो कुरा चैँ के छ भने ए.ने.क.पा माओबादीले मनचिन्ते तरिकाले राज्य विभाजन गरेको छ ! कसले अधिकार दियो ए.ने.क.पा माओबादी पार्टीलाई ? के कानुन बनाएर राज्य गठन गरिएको छ ? के अझै पनि देसको नागरिकलाइ पहिलाकै नागरिक झैँ सम्झेका छन ! नेपाली कांग्रेस, एमाले लगायत अन्य दलले समेत अहिले सम्म बिकास क्षेत्र, अन्चल र जिल्ला तोकेर पार्टी परिचालन गर्ने गरेको छ भने कहिँ नभाको जात्रा चैँ यहि ए.ने.क.पा माओबादी पार्टीले देखाउँदा रैछन !


Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger